नवलपरासी,२५ चैत्र
लुम्बिनी प्रदेश सरकार अन्तरगत रहेको लुम्बिनी पर्यटन परिषदले नवलपरासीमा दिगो पर्यटन विकासका सम्भावनाहरुको खोजीमा लागेको छ । जिल्ला समन्वय समितिसँग सहकार्य गर्दै जिल्लाका सबै नगरपालिका र गाउपालिकासँग पर्यटकिय क्षेत्रको खोज,दिगो पर्यटन क्षेत्र विकासको खोजीमा लागेको हो ।
विभिन्न स्थानिय तहमा रहेको पर्यटन क्षेत्रको सम्भावना,खोजी,लगानी,ब्यवस्थापन आदीबारे जिज्ञासा राख्न लगाएर सो सुझाव लुम्बिनी प्रदेश सरकारलाई उपलब्ध गराउने गरि सो कार्यक्रम भएको थियो । नवलपरासी जिल्ला आन्तरिक र बाह्य पर्यटकको रोजाईमा रहेको विभिन्न पर्यटकिय स्थलको उचित ब्यवस्थापन प्रचार प्रसार र पुर्वाधार योजनाबारे कुरा उठानका लागि सो कार्यक्रमको आयोजना गरिएको जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव(रुदल)ले जानकारी गराए । जिल्ला भरि पर्या पर्यटन,धार्मिक पर्यटन,सांँस्कृतिक पर्यटनका सम्भावना छ,तर प्रचार प्रसार र पुर्वाधार अभावले ति स्थान ओझेलमा पर्ने गरेका छन्,ब्यवस्थापन नहुदा अब्यवस्थित अवस्थामा पनि रहेका छन् ।
पर्यापर्यटनको सम्भावनामा चुरे पर्वतमा पर्वतारोहण,सुस्ताताल,नन्दनताल,बुद्धमंगलताल,महलपोखरी,तरगौली ताल,सिमसार र गण्डक नदी तथा गण्डक नदीबाट बनाइएको गण्डक सिचाई आयोजनाहरुको जलासय समेत उपयोगमा ल्याई र्याफ्टिगँ,डुगाँ सफारी,र बन क्षेत्रमा जंगल सफारीका सम्भावना छ । अति मनोरन्जनात्मक दृष्य रहेका पर्यापर्यटन क्षेत्रको प्रचार प्रसार र ब्राण्डिगँको पनि उत्तिकै आवश्यकता रहेको पनि सो कार्यक्रममा उठान गरिएको थियो । धार्मिक पर्यटन क्षेत्रका लागि पनि इलास्मिक,हिन्दु र बौद्ध तिर्थ स्थल,धामहरु प्रयाप्त मात्रामा छन्,उनले भने,तर त्यसको महत्व झल्किने गरि ति स्थानमा सुचना बोर्ड,प्रकासन,आवश्यक अध्यात्मिक अभ्यासका लागि पुर्वाधार र टुर गाईडको अभाव छ ।
नेपालकै इस्लामिक पुरातात्विक धार्मिक क्षेत्र रहेको मदारबाबामा बर्षेनी एक सातामा ५ लाख भन्दा बढि पर्यटक आउने गरेका छन्।वर्दगोरियामा एक दिनमा डेढ लाख भारतिय पर्यटक आउने गरेका छन् । तर ति स्थानमा ब्यवस्थापन र बसाई लम्बयाउने गरि कुनै योजना छैन् । संसारकै बौद्धिष्टका लागि बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपमा पनि दर्जन बढि देशीका हजारौ पर्यटक आउने गरेका छन्,तर त्यसलाई पनि उचित ब्यवस्थापन र पर्यटक मैत्री क्षेत्र बन्न सकेको छैन् । बुद्धले कपालमुण्डन गरि सन्यास धारण गरि महाभिनिष्क्रमण लिएको अनोमाघाट(ठाढीघाट) सुस्ता गाउपालिका ५ मा अवस्थित छ,तर त्यसमा पनि बौद्ध पर्यटकलाई पुर्याउन सकिएको छैन् । त्यसै गरि बुद्धसाईटकै रुपमा प्राचिन कोलिय गणराज्य अन्तरगत प्राचिन नगरहरु मध्ये सरावलको ककरपत्तनगर,सज्जनेलनगर,कुण्डियनगर,सायुगा नगर,वर्दघाटको हल्लिदावसन नगर,सुनवलको उत्तरक नगर सुस्ताकै सतपति रहेको छ ।
स्थानियबासीलाई स्वम् ति स्थानका महत्वबारे जानकारी नभएका कारण आउने पर्यटकलाई त्यसबारे कुनै सुचना दिन सक्ने सक्षम जनशतिm अभाव छ । नेपालमा पर्यटक पनि नआएका होईन्,आउने पर्यटकका लागि घुम्ने,रमाउने,खाने बस्ने,अभ्यास गर्ने अध्ययन गर्ने खालका सुचना केन्द्रहरु पनि प्रयाप्त मात्रामा उल्लेख छैनन् । श्रब्यदृष्यको अवस्था,चित्रकथा,आर्ट,कलाकारिता र संस्कार तथा संस्कृतिलाई समेत जोडेर पर्यटकिय क्षेत्रको ब्राण्डिगँ गर्नु पर्ने आवश्यकता औल्याइएको थियो । पहिचान धेरै भई सकेका छन्,जिसस प्रमुख यादवले भने,त्यस पहिचान अनुसारका पुर्वाधार प्रचार प्रसार तथा ब्यवस्थापनको अब आवश्यकता छ ।
सबै भन्दा बढि भारतिय पर्यटक नेपालमा आउछन्,तर नेपालको सुरक्षा प्रशासनले विभिन्न बहानामा दुःख दिने हुदा पनि पर्यटन क्षेत्रमा समस्या र चुनौती रहेको कुरा पनि उठाइएको थियो । भारतिय नम्बर प्लेटका गाडी देख्ने वित्तिकै प्रहरीको नजरिया फेरिने जसरी पनि रकम असुल्ने कार्यमा लाग्ने हुदा हाम्रो ‘अतिथि देवो भवः’मान्यतालाई उपेक्षा गरेको पाइएको छ । एक तिर पर्यटक ल्याउन भन्ने आर्को तर्फ आउने पर्यटक प्रति दुब्र्यवहार गर्ने अवस्थाले पर्यटन फस्टाउन नसक्ने बतmाहरुले बताएका थिए । पर्यटनको सम्भावना थप्रै भए पनि चाहे अनुसारको काम हुन नसकेको बताउदै परिषदका कार्यकारी निर्देशक रामु जोशीले परिषद गठन भएको एक बर्ष मात्रै भएको बताएका थिए । अब परिषदले जिल्ला जिल्ला र पालिका पालिकासम्म पुगेर पर्यटकिय क्षेत्रको खोजी गर्ने र विकासका लागि सहजकरण गर्ने बताएका थिए । उनले पर्यटकिय क्षेत्र भए पनि त्यसको आकर्षण,सहज पहुँच,गतिविधि,सेवा सुविधा,जनशतिm र प्रवद्र्धनका कार्य गर्न बाकी रहेको हुदा अबका दिनमा परिषदले यसै क्षेत्रमा काम गर्ने बताएका थिए ।