फोहोरमैला ब्यवस्थापनमा अनुकरणिय कार्य गर्दै गरेको वर्दघाट नगरपालिकामा अध्ययन र अवलोकन टोली आउन थाल्यो

नवलपरासी,३ चैत्र
फोहोर ब्यवस्थापनमा अभियान नै सञ्चालन गरि उदाहरणिय कार्यको अध्ययन गर्नका लागि अन्य जिल्ला र प्रदेशबाट अध्ययन अवलोकन भ्रमण गर्न आउने थालेका छन् । नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि विभिन्न आयामहरु अपनाउदै अभिायन सञ्चालन गरेर अहिले पहिचान बनाउन थाले पछि त्यसबारे अध्ययनका लागि अन्य प्रदेश र जिल्ला तथा पालिकाबाट विभिन्न समुहहरु आउन थालेका हुन् ।
फोहोर ब्यवस्थापनका लागि नगरपालिका मत्रै नभई बालबालिकासम्म अभियानको रुपमा सञ्चालन गरिए पछि नगर सभा स्वच्छ र फोहोर मोहरमा परिणत हुन थालेको वर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । उनका अनुसार शुक्रवार गण्डकी प्रदेशको कास्की जिल्ला वालिगँबाट फोहरमैला ब्यवस्थापन —असल अभ्यास अध्ययन अवलोकन टोली वर्दघाट नगरपालिकामा आएको थियो । वर्दघाट नगरपालिकाले फोहरमैलाको ब्यवस्थापनमा के कस्तो अभ्यास गर्दै गरेको जानकारी सहित फिल्ड भिजिट पनि गर्यो,उनले भने,वर्दघाट बजारबाट निस्कने फोहरमैला फालिने स्थानमा फोहरमैलालाई कुहिने र नकुहिने गरि छुट्याईने गरिएको छ । जलाउनु भन्दा कुहिने फोहोरमा गडयौला राखिए पछि कुहाउनमा सहयोग मिल्ने भई रहेको छ । कुहिए पनि त्यही फोहर मलको रुपमा परिणत हुने छ । सो मल खेतबारीमा प्रयोग गर्न सकिन्छ । त्यसको स्थलगत अध्ययन र अवलोकन समेत सो टोलीले गरेको थियो ।
त्यसै गरि घरदैलो र विद्यालय सरसफाईबारे पनि जानकारी गराइएको थियो । प्रत्येक घरमा फोहरमैला छुट्याउने भाडो राखिएका छन् । विद्यालयमा समेत फोहरमैला छुट्याउने अभ्यास गराउने कार्य भई रहेको छ । बालबालिकालाई सरसफाईका लागि प्रत्येक दिन दुई मिनेट भनेर समय तोकी सरसफाईमा अभ्यास गराईदै छ । यि सबै कुराले नगर सरसफाई अभियानको टुल्स हो,उनले भने, यसबारे पनि आउने टोलीलाई जानकारी गराई अवलोकन समेत गराइएको थियो । यो असल अभ्यास अन्य पालिकाले गर्न सक्छ,वर्दघाट अहिले जिल्लाको उदाहरणिय बन्दै गरेकोमा सम्पुर्ण नगरबासीले गौरव गर्ने अवस्था आएको भनाई प्रमुख प्रशासकिय अधिकृत सापकोटाको थियो ।
गरे के हुदैन ? यसको उदाहरण अहिले वर्दघाट नगरपालिका बनेको छ, अधिकृत सापकोटाले भने, पढाइ र शिक्षाले मात्र्रै सरफाईका कार्य गर्न पुग्दैन, यसका लागि सफाई मानिसको दिनचर्या बन्नु पर्छ । सरकारले नीति नियम कानुन बनाउन सक्छ,बजेट सहयोग र मार्गदर्शन देखाउन सक्छ,तर फोहोर मैला ब्यवस्थापन आम मानिस र राज्यका हरेक नागरिक र उनका सन्ततीमा सस्कार र संस्कृति बन्नु पर्छ । त्यसका लागि समान्य पढाई लेखाई शिक्षा दिक्षाले पुग्दै ।
यसका लागि लामो समयसम्म अभियान चलाउनु पर्छ । दुई चार महिनाकै अभिायनले वर्दघाट नगरपालिकामा धेरै सुधार भएको छ, उनले भने, लामो समेय यहिँ अभिायनले निरन्तरता पायो भने संकार र संस्कृति बन्छ । मानिस दिनहुँ सुतेर उठेपछि हाथमुख धुने,सौचालय जाने,दाँत माझ्ने,सफा खानेकुरा खाने उस्को नित्यकर्म जस्तै संस्कार बनेको छ,त्यो संस्कृति पनि बनेको छ । ति कार्य पनि लामो समयको अभियानले सम्भव भएको हो । त्यसै गरि घरका फोहोर मैलाको बर्गिकरण गर्ने,कहिने नकुहिने फोहर छुट्टयाउने,कुहिने फोहोरलाई कुहाएर मल बनाउने र खेतबारीमा प्रयोग गर्ने र नकुहिने प्लाष्टिक र सिसाजन्य सुरक्षित राख्ने र फोहर संकलन गर्न आउनेलाई दिइने आनीबानीको रुपमा विकास गरिए पछि सरसफाई कार्य दिगो बन्ने उनले दृष्टान्त प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *