नवलपरासी,२२ माघ
भगवान गौतम बुद्धको संसारमा एक मात्र सिँगो भाग अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्रको विकासका लागि ‘रामग्राम स्तुप विकास कोष’को कार्यलाई रामग्राम नगरपालिकाले अगाडी बढाएको छ । स्तुप क्षेत्रको विकास, सँसार भरी स्तुपको महत्वको प्रचार प्रसार र आउने बौद्ध तिर्थयात्री तथा देशी विदेशी पर्यटकको बसाई ब्यवस्थापन गर्ने उदेश्य राखी रामग्राम विकास कोष गठन गर्न कानुनी संरचना बनाउन जुटेको हो ।
लुम्बिनी गार्डेन फाउण्डेसनको सहजीकरणमा सो कोषको ऐन तर्जुमा गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले बताए । शुक्रवार विहान फाउण्डेसनको एक टोलीसँग पहिलो चरणको छलफल भएको छ, उनले भने, छलफलबाट धेरै कुराहरुलाई सैद्धान्तिक आधार बनाउनमा सहयोगी बनेको छ । अब केही कानुन विद सहितको टोलीसँग पनि छलफल हुने उनले बताए । रामग्राम स्तुपलाई मात्र आधार बनाई कोषको स्थापना गर्ने कि प्राचिन कोलिय गणराज्य अन्रतगत रहेका अन्य बौद्ध स्थलहरुको पनि विकास हेर्ने गरि कोष बनाउने भन्ने बारे पनि कुरा उठेको बताउदै यसबारे पनि जिल्ला भित्रका अन्य पालिकामा रहेका बौद्ध स्थलहरुको कुरा समेट्नका लागि सम्बन्धित पालिका प्रमुखहरुसँग पनि परामर्श बैठक राखेर कोषका लागि कानुनी अन्तिम रुप दिईने जानकारी गराए । नगरसभाले कोष गठन गर्ने निर्णय समेत गरि सकेको हुदा नगरपालिकाले सो कार्यलाई अगाडी बढाएको उनले बताए ।
जिल्ला समन्वय समिति(जिसस)को समन्वय अधिकारीको समेत भुमिकामा रहेका प्रमुख प्रशासकिय खड्काले भने,नवलपरासी जिल्ला भित्रका अन्य पालिकामा पनि प्राचिन बौद्ध स्थलहरु रहेका छन् । ति स्थानलाई पनि रामग्राम विकास कोषसँगै जोडेर काम गर्ने ? कि रामग्राम नगरपालिका भित्र रहेको रामग्राम स्तुप र प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम(पण्डितपुर) क्षेत्रलाई मात्रै समेट्ने गरि बनाउने कार्यका लागि एक पटक जिल्लाका सातवटै स्थानिय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतहरुसँग बसेर अन्तिम टुगोँ लगाउने कार्य हुन्छ । रामग्राम विकास कोषको गठन गर्ने कार्य हुन्छ,उनले थपे, अब त्यसको क्षेत्रअधिकारलाई टुगोँ लगाएर छ्ट्टिै कार्य प्रारम्भ हुन्छ । उनका अनुसार जिल्ला भित्र कोलिय राजधानी रामग्राम र कोलिय राजाले बनाएको स्तुप मात्रै नभएर कोलिय राज्य भित्र विभिन्न कालखण्डमा भगवान गौतम बुद्ध पुगेर धर्मोपदेश दिएको प्राचिन नगरका अवशेष र इतिहास छ । ति सबैको पहिचान गरि स्थानिय तहले घोषणा समेत गरि सकेको अवस्था छ ।
प्राचिन कोलिय गणराज्य भित्रको सरावल गाउपालिका भित्र प्राचिन ककरपत्त नगर,सापुगा नगर,कुण्डिय नगर,सज्जनेल नगर,हल्लिदावसन नगर रहेका छन् भने वर्दघाट नगरपालिकामा बौद्धकालिन प्राचिन हल्लिदावसन नगर र सुनवल नगरपालिका भित्र प्राचिन उत्तरक नगर रहेको छ । त्यसै गरि सुस्ता गाउपालिका भित्र सिद्धार्थ गौतम ज्ञानको खोजीका लागि गृह त्याग गरेर निस्कदा अनोमा नदी(गण्डकी) नदीको किनारको अनोमाघाट (हाल ठाढीघाट) पुगेर राजकिय पोशाक त्याग गरि कपालमुण्डन गरेर स्नान गरेर सन्यास धारण गरेको बौद्ध साहित्य अनुसार महाभिनिष्क्रमण लिएको स्थान रहेको छ । त्यसै गरि सतिपठ्ठानको देशना गरेको स्थान सतपती पनि सुस्ता गाउपालिका भित्रै रहेको छ । प्रतापपुर गाउपालिकाको जगरनाथपुर नजिकै बौद्ध स्थल र पाल्हीनन्दन गाउपालिकाको नन्दन ताल नजिकै बौद्ध कािलन क्षेत्र भएको अनुमान गरिएको र त्यसबारे अनुसंधान कार्य भईरहेकोछ ।
कोषको गठन पश्चात पालिका,प्रदेश सरकार र संघिय सरकारका साथै अन्य दातृनिकायसँग समन्वय गरि काम गर्ने जिम्मेवारी गठन हुने रामग्राम विकास कोषको रहने छ । एक पटक जिल्लाका सबै पालिकासँग संयुतm बैठक बसेर कोषको क्षेत्रबारे ति पालिकाहरुसँग पनि परामर्श गरिने नगर प्रमुख धनपत यादवले बताए । बसै पालिका समहती दिए सबै क्षेत्र समेट्ने गरि कोषको प्रारुप तयार हुन्छ,सहमत नभए रामग्राम स्तरकै भए पनि कोषको स्थापना हुने गरि काम गरिने प्रतिवद्धता जनाए । जनतामा प्रतिवद्धता जनाएर नै आफु नगरपालिकामा काम गर्न आएको हुदा कोष जसरी पनि बनाउने आफ्नो जिम्मेवारी भएको बताउदै उनले भने,लुम्बिनी बिकास कोषको भरमा परियो भन्ने अहिले पनि रामग्रामको विकास सताब्दी लाग्न सक्छ,त्यो भएर अब लुम्बिनी बिकास कोषको भर परिदैन्,समन्वय गर्दै रामग्राम बिकास कोषले काम गर्छ । भर पर्दा सन १८९६ मा पत्ता लागेको लुम्बिनी विश्वसम्पदा सुचिकृत भई विकासको उचाई लिएको छ,तर त्यसको दुई बर्ष पछि मात्र सन १८९८ मा पत्ता लागेको रामग्राम स्तुपा क्षेत्र जहाँको तही छ । जबकी लुम्बिनी एक ऐतिहासिक क्षेत्र हो,तर रामग्राम स्तुप क्षेत्र ऐतिहासिकसँगै अध्यात्मिक क्षेत्र पनि हो ।
रामग्राम स्तुपको महत्व ऐतिहासिक र सांस्कृतिक महत्व मात्र छैन,यो संसारको एक अध्यात्मिक स्थल हो । संसारका बौद्धमार्गी र बुद्धका उपासकका लागि जिवनमा कम्तीमा एक पटक पुगेर पुजापाठ,परिक्रमा प्रार्थना र ध्यान अभ्यास गरि पुण्यलाभ लिन गरे रामग्राम कोषले निरन्तर सँसार भरि प्रचार प्रसारमा लाग्ने र सबैलाई एक पटक रामग्राम स्तुपको दर्शन गराउने गरि काम हुने बनाउदै नगरप्रमुख यादवले त्यसका लागि नगरपालिकाले अब सबै कार्य गर्छ । त्यसका लागि लुम्बिनी गार्डेन फाउण्डेसनले पनि संसारमा रामग्राम स्तुपको महत्वको प्रचार प्रसार गराउने र बौद्ध तिर्थयात्रीलाई स्तुपको दर्शन गराउनमा पहल गर्नु पर्ने आग्रह समेत उनले गरे ।
छलफलमा रामग्राम विकास कोषका लागि कानुनी दस्तावेज,रामग्रामको ऐतिहासिक,पुरातात्विक,सास्कृतिक,धार्मिक र अध्यात्मिक महत्व,रामग्राम विकास कोषको आवश्यकता,गुरुयोजना,स्रोतको अवस्था,कार्य भुमिका,प्रदेश सरकार र संघ सरकारसँगको अन्तरसम्बन्ध,संरक्षक र समितिको प्रारुप,लुम्बिनी गार्डेन फाउण्डेसनको भुमिका,कुनै विवाद परे समाधानका लागि कानुनी उपचार र आधार गरि मुख्य ११ बुदामा केन्द्रित रही पहिलो चरणको परामर्श बैठक भएको नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले जानकारी गराए । बैठकमा नगरउपप्रमुख सम्झना चौधरी,नगर शिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी,स्तुपसँग जोडिएका वार्डअध्यक्षद्धय मदन यादव,रविन्द्र यादव कानुन विद अधिवतmा बाबुराम पौडेल लगायत गार्डेन फाउण्डेसनका प्रतिनिधि मण्डलको सहभागिता रहेको थियो ।
I like this website very much, Its a real nice berth to read and get information.Blog range