Health Advertisement

रामग्राम स्तुपको संघराम रामग्राम १७ ‘देवगाव’ गाउको प्राचीन स्थल भएको भन्दै अनुसंधान

नवलपरासी, २५ फागुन
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप वरिपरि रहेको संघरामको खोजीमा रामग्राम विकास कोषले अध्ययन अनुसंंधान कार्यमा लागेको छ । रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला गर्ने स्तुप देखी पुर्वमा रहेको देवगाव नै संंघराम भएको अनुमान गर्दै अनुसंधान थालिएको हो ।
बुद्धसँग सम्बन्धित महत्वपुर्ण स्थानमा एक संघराम हुने बौद्ध परम्पराहरुमा भएको हुदा बुद्धको अस्ति नै रहेको कोलिय राजाद्धारा निर्मित रामग्राम स्तुप नजिकैको वरिपरीमा संघराम हुनु पर्ने हो । त्यसको खोजी कार्यलाई कोषले निरन्तरता दिइने क्रममा रामग्राम १७ देवगावको प्राचीन स्थल नै संघराम हुने अनुमान गरि अनुसंधान गर्न थालिएको कोषका सदस्य समेत रहेका पुरात्वका जानकार नारद यादवले बताए । संघराम नजिकै ठूलो पोखरी,स साना पोखरी तथा इनारहरु समेत सो क्षेत्रमा देखिएका छन्, उनले भने, बौद्ध भिच्छुहरुलाई विश्राम वा आराम गर्ने गरि बनाइएका प्राचीन आवासहरुको पर्खालहरु भेटिने गरेको छ । अनुसंधान कार्य निरन्तर भई रहेको छ, उनले थपे, सम्भवत : देवगावकै प्राचीन स्थल संघराम हुनु पर्छ भन्ने हाम्रो अनुमान छ । त्यसको अझै गहिराईसम्म पुगेर पुरातात्विक,ऐतिहासिक अनुसंघान आवश्यक नै रहेको छ ।


बौद्ध संस्कृति र इतिहास अनुसार संघराम (संस्कृतः संघाराम संघाराम) ले “मन्दिर“ वा “मठ“ लाई जनाउँछ । यो त्यो ठाउँ हो, यसको बगैंचा वा ग्रोभ सहित, जहाँ बौद्ध भिक्षु समुदायको संघ बस्छ । तत्कालिन मगधको राजधानी पाटलिपुत्रमा रहेको कुक्कुटुर संघरामको एउटा प्रसिद्ध संघराम थियो । दोस्रो शताब्दीको अशोकवादनका अनुसार, कुक्कुटुर संघराम पछि नष्ट भयो र यसका भिक्षुहरूलाई मौर्य वंशका अन्तिम राजा वृहद्रथको हत्या पश्चात उनका सेनापति पुष्यमित्रले मारे । “त्यसपछि राजा पुष्यमित्रले चार गुणा सेना सज्जित गरे, र बौद्ध धर्मलाई नष्ट गर्ने उद्देश्यले, उनी कुक्कुटराम गए । त्यसैले पुष्यमित्रले संघरामलाई नष्ट गरे, त्यहाँका भिक्षुहरूलाई मारेर गए ।
मौर्य बंशका आफ्‌ना राजा वृहद्रथको हत्याको प्रतिसोध पाटलीपुत्रका प्रजाले लिन सक्ने खत्तरा महशुस गरेर पुष्पमित्र सुंघले आफ्‌नो राजधानी उज्जैनमा सारेका थिए । सम्भवतः तिनी पुष्पमित्रकै सेनाले रामग्रामको संघाग्राम भएको देवगावका भिच्छुलाई मारेर भगाएको हुन सक्ने अनुमान अधिवतmा मनोज नागबंशीले गरेका छन् । उजैनबाट आउने वृहद्रथका सेना रामग्राम स्तुप नजिकै बस्ने हुदा नजिकै उजैनी गाँउ रहेको अनुमान गर्न सकिन्छ । स्तुप भएको गाँउ देउरवा हो,संघराम भएको गाउ देवगाव हो । संघरामको पहिचान पछि अब बौद्ध भिच्छुको गतिविधि यहाँ पनि गरिने योजना सुनाएका थिए ।
बौद्धकालिन इतिहासमा संघरामको पनि ठूलो महत्व हुने गर्छ । बुद्धको इतिहाससँग जोडिने संघरामले मूल रूपमा सात बुद्ध र आठ बोधिसत्व महान् धारणी मन्त्र सूत्रमा धर्मका अठार पवित्र रक्षकहरूलाई उल्लेख गरेको थियो । पछि, जेतवनका तीन गुणवान सेवकहरू, कोसलका पसेनदी (संस्कृत नामः प्रसेनजित, पाली नामः पसेनदी), राजकुमार गीता, र अनाथपिण्डिका (अनाथपिण्डिक, जसलाई सुदत्त पनि भनिन्छ, जसको अर्थ “राम्रो अनुदान“ हो) ले जेतवन परिसरको दानको कारणले गौतम बुद्धलाई एउटा रूख दान गरे। सिद्धार्थलाई “जेतवन“ दान गरेको कारणले अनाथपिण्डिक (जसलाई सुदत्त पनि भनिन्छ, जसको अर्थ “राम्रो अनुदान“ हो) गौतम ऋषिहरूमा समावेश गरिएको थियो, जसले गर्दा गौतम ऋषिहरूको संख्या २१ पुग्यो ।


संघरामको उपयुतm स्थान नहुदा स्तुपमा आउने बौद्ध भिच्छुहरुलाई कुनै उचित स्थानमा भोजनदान पनि गराउन सक्ने अवस्था भेटिदैन् । हालै मात्र भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसर स्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको थियो । परासी विपश्यना समुहको सक्रियता तथा रामग्राम विकास कोषको समन्वयमा उतm भोजनदान कार्यक्रम गरिएको थियो । विश्वशान्तिको कामना र नेपालमा थाई वन परम्परालाई प्रचार गर्ने उदेश्यका साथ नेपाल फोरेस्ट मोनाष्ट्री समुहले शुभारम्भ गरेको एक हप्ते आध्यात्मिक यात्रामा आउने भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको रामग्राम विकास कोषका सदस्य समेत रहेका विपश्यनका सहायक अचार्य रामप्रसाद पाण्डेले बताए ।
रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो । विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्त्ुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मिलेर थप काम गर्दै अगाडी बढने रामग्राम विकास कोषको लक्ष्य रहेको छ । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो । त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुप उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुप संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *