Health Advertisement

रामग्रामका औद्योगिक क्षेत्रको समस्या बुझ्‌दै उबा संघ

नवलपरासी,२० फागुन
विश्व बैंकको सहयोगमा निर्माणाधिन रामग्रामका पर्यटन मार्गका कारण औद्योगिक क्षेत्रका दर्जनौ उद्योग डुबानमा पर्ने चुनौती बढदै गएको औद्योगिक क्षेत्रका उद्योगले जनाएका छन् । उद्योग बाणिज्य संघ नवलपरासीको नेतृत्वमा औद्योगिक क्षेत्रको समस्या,चुनौती र समाधानका उपायबारे सुझाव संकलन गर्ने अभियानमा औद्योगिक क्षेत्रका सञ्चालकहरुले गुनासो राखेका हुन् ।
संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त तथा पत्रकार महासंघका सहसचिव सद्दा हुसेन अंसारी सहितको टोली औद्योगिक क्षेत्रमा सुझाव परामर्श गर्न पुगे पछि उद्योगीहरुले उतm समस्या पहिलो भएको बताएका थिए । पर्यटन मार्गको निर्माण गर्दा सडकको दुबै किनारमा बन्ने नाली जमिन सतह भन्दा माथि बनाईदा सडकले औद्योगिक क्षेत्रलाई मात्रै नभई स्थानिय बस्ति र बालीनाली हुने खेतलाई समेत डुबान हुने बताएका थिए । नालीलाई देखाउदै रोस्लान भोड्का उद्योगका एक कर्मचारीले भने, उद्योग परिसरका पानी अहिले नै पम्पिगँसेटले उतm नालीमा फाल्न परेको छ । बर्षायामका पानीले तँ उद्योगलाई नै डबाउने छ । यस्ले सडक अग्लो बनाउदा सबै औद्योगिक क्षेत्र डुबानको चपेटामा पर्ने छ । डुबान सडकले हुदै आएको छ, उनले थपे,तर किसानको बाली डुब्दा उद्योगले क्षतिपुर्ति ब्यहोर्न परेको छ । सरकारसँग सुरक्षा माग्दा उल्टै उद्योगहरु डुबानमा पर्ने गरि संरचना निर्माण हुदैछ ।
उद्योगीहरुको समस्या जायज नै रहेको बताउदै यसबारे आफुले संघको साझा धारणा बनाई सरोकारवाला निकायमा पठाउने उद्योग उपाध्यक्ष पाण्डेले बताएका थिए । सडक र नाली अग्लो भए यस क्षेत्रको जलनिकास कसरी गर्ने ? भन्नेबारे रामग्राम नगरपालिका र अन्य प्रदेश तथा संघिय सरकारका सरोकारवाला कार्यालयसँग राखिने उनको भनाई थियो । छिट्टै नै औद्योगिक क्षेत्रमा सरोकारवालाहरुको सामुहिक छलफल गरि निकासका लागि पहल गरिने बाणिज्य उपाध्यक्ष गुप्ताले बताएका थिए । उद्योग बाणिज्य संघले पहिलो पटक यसरी उद्योगी ब्यवसायीको समस्या बुझ्‌ने अभियान चलाएको छ ।
एक्ला एक्लै उद्योगीले समस्या उठाउदा सुनुवाई नहुने र विभिन्न क्षेत्रबाट उद्योग प्रति नकारात्मक धारणा राखिने हुदा पनि औद्योगिक क्षेत्रको बास्तविक समस्या समाधान गर्न चुनौती रहेको छ । उद्योगको यो मात्र समस्या छैन्,उद्योग उद्योगको विच सामन्यजस्यता नहुदा पनि समस्याहरु छन् । यसका लािग उद्योगका साझा मञ्च बनाउन आवश्यक रहेको उपाध्यक्ष गुप्ताले औल्याएका थिए । उनका अनुसार उतm औद्योगिक क्षेत्रमा चार दर्जन भन्दा बढि उद्योगको ३० अर्ब भन्दा बढि लगानीका उद्योगहरु रहेका छन् । पहिला उद्योग स्थापना भयो,उनले थपे,अहिले सडक ढिलो बन्दै गर्दा सडक भन्दा होचो अवस्थामा उद्योग हुन्छ,डुबान निस्चित नै छ ।

उद्योगी ब्यवसायी मात्र नभई स्थानियले पनि सडकले सृजना हुने समस्याबारे चिन्ता ब्यतm गर्दै आएका छदन् । नाम विश्व बैंकको लगानी काम भन्ने जोडजाम गरेर गरिने कार्य जस्तै देखिएको छ, एक स्थानियले सडकमा हुदै गरेको सबबेसमा कति मात्रामा गिट्टि ? कति मात्रामा माटो मिसिएको छ ? कसैलाई थाहा छैन् । सम्बन्धित प्राविधिक र अनुगमन निकाय पनि ठेकेदारले भित्र दबाई सके(थ्रेस) पछि आउछन् । एक दुई स्थानमा खनखुद पारेर औपचारिकता पुरा गर्छन् । जस्ले गर्दा सडक कमसल सडक हुन्छ । दुई चार बर्ष पछि सडक भत्किन थाले पछि कमसल समाग्रि प्रयोग भएको कुरा खुल्न थाल्छ,जुन बेला ठेकेदारले सबै भुतmानी लिई गई सकेका हुन्छन् । उतm सडक औद्योगिक क्षेत्रको विचबाटै गएको हुदा उद्योगमा आउने भारी सवारीसाधनको भार वहन गर्न सक्छ ? कि सक्दैन ? भन्ने प्रश्न उठ्न थालेको छ ।
नेपाल शहरी शुसासन तथा पुर्वधार परियोजनाको नाँममा पोखरापाली देखी पण्डितपुर सडक स्तरोन्नती गर्न साढे पाँच किलोमिटर सडक निर्माणका लागि आशिस आशिर्वाद जेभि त्रियुगा ७ उदयपुरले निर्माण ठेक्का लिइएकोछ । तर काम कस्ले गराई रहेकोबारे सुचना स्थानिय स्तरमा छैन् । पेटि ठेकेदारले काम गरेको छ,कि सम्झौता गर्ने फर्मले त्यसको समेत स्थानिय स्तरमा जानकारी हुनु पर्ने हो,तर नगरपालिकाले सो सुचना स्थानिय स्तरमा गराएको छैन् । कुल ४१ करोड ८६ लाख २१ हजार ९ सय २६ रुपिया भ्याट र पिएस सहित को रकममा सम्झौता भएको छ । ४ अक्टुबर २०२३ मा सम्झौता भई ४ अप्रिल २०२५ सम्ममा सम्पन्न गर्नु पर्ने हो,तर म्याद भित्रै काम सम्पन्न हुने अवस्था छैन् ।
बर्षौ देखी ओझेलमा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) र रामग्राम स्तुपा जोड्ने मार्ग प्रति विश्वबंैकको टोलीले स्थलगत अध्ययन गरेर परियोजनाको निर्माण गराएको थियो । सो स्थान जोड्न पर्यटन मार्गको रुपमा निर्माण गर्ने गरि ६२ करोड को सडक पुर्वाधार प्रोजेक्ट बनाई विगत बर्ष देखी नै समाजिक तथा वातावरणिय पक्षको स्थालनगत अध्ययन गरेको थियो । पछि ठेक्कामा सम्बन्धित ठेकेदारले १८ करोड घटेर ठेक्का लिइएको देखिन्छ । घटेर ठेकका लिईने र अनुगमनकारी निकायलाई दवाव र प्रभावमा पारी कमसल काम गर्ने आम ठेकेदारको प्रवृति नै बनिसकेको छ । सरकार वा दातृनिकायले पुरै रकम दिदा किन ठेकेदारले घटेर लिन्छन ? कि बास्तवविक रुपमा प्राविधिकहरुले नै ओभर स्टिेमट गर्ने गर्छन् ।
पोखरापाली देखी सुक्रौली औद्योगिक क्षेत्र भएर घिनहा,कुईया,पण्डितपुर,दशकट्ठा हुदै रुपन्देही जोड्ने छ । विश्व बैंकको सहयोगमा बन्ने उक्त सडक अन्तरार्ष्टिय मापदण्ड अनुसार नै बन्ने हुदा नगरपालिकाकै लागि एक उदाहरणिय नमुना सडक पुर्वाधारको रुपमा बन्ने बताइएको थियो,तर अहिले काममा ठगि हुने गरेको स्थानियको आरोप रहेको छ । सडकले स्थानियको जिवनस्तरलाई उकास्ने मात्र नभई विश्व सम्पदा सुचिको पाईप लाईनमा रहेको रामग्राम स्तुपा र पुरातात्विक महत्व बोकेको प्राचिन कोलिय गणराज्यको राजधानी पण्डितपुर पनि विश्वसम्पदा सुचिमै पर्ने स्थान हो । यो विश्व सम्पदामा पर्ने हुदा विश्व बैंकको चाँसो पनि बढेको थियो । सडकको गुणस्तर जाँचका लागि विश्व बैंककै कन्सल्टेन्सीले नै जिम्मा लिइएको रामग्राम नगरपालिकाका इन्जिनियर महेश्वर ठाकुरले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *