पाल्ही बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष पाठकले गरे सञ्चालक समितिको विस्तार

नवलपरासी,२८ फागुन
जिल्लाकै जेठो पाल्ही बहुमुखी क्याम्पस परासीमा चौथो पटक निर्वाचित अध्यक्ष राधेश्याम पाठकले समितिलाई पुर्णता दिनका लागि सदस्य मनोनयन गर्दै विस्तार गरेका छन् । अधिवेशन बाट चौथो कार्यकालको लागि संचालक समितिको अध्यक्षमा निर्वाचित अध्यक्षले सोमवार एक कार्यक्रमका विच मनोनित सदस्यहरुलाई स्वागत समेत गरेका हुन् ।
उनले समितिको विधान अनुसार उपाध्यक्षमा राजेश यादव सहित ११ सदस्यीय सदस्य मनोनित गरिएको बताए । जस्मा सदस्यहरु राधेरमन पाण्डेय रामग्राम –७, राजेश कुमार गुप्त रामग्राम –६ , रघुनन्दन पाण्डेय पाल्हीनन्दन–६,सतिश कुमार गुप्ता रामग्राम–१२,मोहन प्रसाद वि.क. प्रतापपुर–८, आधना भट्ट रामग्राम –५, चन्द्रिका अग्रहरी रामग्राम –२, दिनेश कुमार पाण्डेय रामग्राम –१४,बद्री आलम रामग्राम –२, सर्बजीत तिवारी रामग्राम –१७ रहेको अध्यक्ष पाठकले जानकारी गराएका थिए । उनले उतm समारोहमा मनोनित भएको उपाध्यक्ष लगायत सम्पूर्ण सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ । यो समितिको कार्यकालको प्रमुख जिम्मेवारी क्याम्पसमा स्नातकोत्तर(मास्टर डिग्रि) सम्मको पठन पाठनको ब्यवस्थापन तथा विश्व विद्यालय अनुदान आयोगले तोकेको मापदण्ड (क्युएइ) पास गराउने रहेको छ, अध्यक्ष पाठकले भने, सदरमुकामको एक मात्र सामुदयिक क्याम्पसमा प्राविधिक धारका लागि पनि पहल गरनेछ । यसका लागि स्थानिय सरकार,प्रदेश सरकार तथा संघिय सरकारसँग पनि निरन्तर पहल र सहकार्य गर्दै अगाडी बढने उनको भनाई थियो ।

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *