नवलपरासी,१४ चैत्र
विभिन्न स्थानमा मिटर ब्याजी विरुद्ध भईरहेको आन्दोलनले सहकारी सस्थाहरुलाई पनि ऋण उठाउनमा समस्या ल्याएको छ । ६६ औ सहकारी दिवसको अवसरमा सरावलमा आयोजित सहकारी विचहरु विच अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो ।
सहकारी सस्थाहरु लोकतान्त्रिक पद्यतीमा चल्ने संस्था भएको हुदा सहकारी सरकारको सहयात्री पनि भएको बताइएको थियो । सहकारी प्रति स्थानिय सरकार उदासिन भएको गुनासो समेत सहकारीकर्मीहरुले गरेका थिए । स्थानिय तहको नियमनमा सहकार िसस्थाहरु जादा सहकारीलाई नियमन र प्रोत्साहन गर्ने कार्य प्रभावकारी ढंगले स्थानिय तहबाट हुन नसक्दा सहकारीमा निस्कृयता बढेको छ, स्थानिय बडहरा दुबौलिय सहकारी सस्थाका ब्यवस्थापक रामचन्द्र राजभरले भने,गाउपालिका भित्रकै महिलाको शसतिmकरण गर्ने कार्य,रोजगारी,पुजिँ संकलनमा समेत काम गर्दै आएको छ । तर गाउपालिकाले सहकारी प्रति सकारात्मक भाव राखेको छैन् ।
अहिले मिटर ब्याजी विरुद्ध आन्दोलन चलेको छ,त्यसले सहकारीबाट ऋण लिएका ब्यतिmलाई पनि प्रभावित बनाएको छ । आन्दोलन गरे ऋण तिर्न पर्दैन भन्दै केही ब्यतिm सहकारी सदस्यहरुलाई समेत भड्काउने गरेको उनले बताएका थिए । यसले सहकारी सस्थालाई धारासायी बनाउने छ । सहकारीबाट ऋण लिने ब्यतिmले सहकारीको ऋण नतिर्दा सहकारी सस्थाकै ब्यतिmको बचत र सेयर पुजिँबाट ति ऋण प्रवाह गरिएको छ । भन्ने कुरा बुझाउन आवश्यक रहेको उनले बताएका थिए । सहकारीकर्मी राधेश्याम चौधरीले अहिले नापी शाखामा कित्ताकाट रोकिदा धेरै किसानलाई समस्या भई रहेको छ,यसले सहकारीलाई पनि प्रभावित पारेको बताए । सहकारीमा दोहरो सदस्यताले समस्या निम्त्याउने गरेको हुदा दोहोरो सदस्यतालाई नियमन र नियन्त्रण गर्नु पर्ने समेत उनले औल्याएका थिए ।
सहकारीकर्मी देवराज श्रेष्ठले स्थानिय तहले बजेट कार्यक्रम बनाउदा सहकारीलाई समेत समेटेर बनाउन आग्रह गरेका थिए । स्थानिय तहले बजेट कार्यक्रम बनाउदा अनुसंधान र आवश्यकताको पहिचान नगरि बनाउने गरेको बताए । सहकारीले स्थानिय किसानको जिवन स्तर उकास्नमा मद्दा पुरयाउने गर्छ,उनले भने,तर स्थानिय तहले बजेट बनाउदा सहकारी भन्दा मठमन्दिर बनाउनमा बजेट खर्च गर्छ । एक करोड भन्दा बढि यो सरावल गाउपालिकाको बजेट मठमन्दिरमा बार्षिक लगानी गर्दै आएको छ,उनले भने,ति लगानी सहकारी मार्फत,दुग्ध विकास,मलखाद्य,विउ विजन,भण्डारण,शित भण्डार जस्ता क्षेत्रमा लगानी गरिदिए जनतालाई राहत पुर्याउन सक्छ । भावना र भोट केन्द्रित लगानीले आर्थिक समृद्धि नल्याउने उनको भनाई थियो ।
सहकारी सरकारको सहयात्री हो,उनले भने,सहकारीमा हजारौ जनता आवद्ध छन्,तिनै जनता मतदाता पनि हुन,सहकारी मार्र्फत उनीहरुको जिवन स्तर उकास्नु पर्छ । यसका लागि सहकारीकर्मी काम गर्न प्रतिवद्ध छन् । कार्यक्रममा गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले सहकारीको योगदान उल्लेखनिय रहेको बनाए । अगामी दिनमा सहकारी लक्षित कार्यक्र्रम बनाईने समेत उनले प्रतिवद्धता जनाएका थिए । तर सहकारीले पनि बचत ऋणमा काम गरेर नपुग्ने हुदा सहकारीले उत्पादन मुलक कार्यमा लगानी बढाउन आवश्यक रहेको बताए ।
यहाँका उत्पादनको सम्भाब्यता हेर्दै उत्पादन गर्ने,प्रसोधन गर्ने र बजारी करण गर्ने र जनतामा उपभोग प्रवृतिको समेत विकास गराउन आवश्यक रहेको उनले औल्याएका थिए । यसका लागि सहकारी सस्थाहरु गाउपालिका स्तरिय सञ्जाल बनाई अग्रसर हुन उनले अनुरोध गरेका थिए । सहकारीले वित्तिय कार्य बाहेक उत्पादन मुलक,समाजिक अभियानमुखी समाजिक गतिविधिमा समेत नेतृत्वदायी कार्य गर्नका लागि आग्रह गरेका थिए । गाउपालिका सरकारले काम गरेर मात्र गाउपालिकाको विकास सम्भव नभएका कारण सहकारिताले जनपरिचालनमा काम गर्नु पर्ने आवश्यकता औल्याएका थिए ।