
नवलपरासी,१५ फागुन
जिल्लाको सुस्ता गाउपालिकाले आन्तरिक आय वृद्धि गर्ने उदेश्यले राजश्व सुधार कार्ययोजना बनाउने कार्य थालेको छ । गाउपालिका भित्र आन्तरिक आय बढाउने सक्ने धेरै सम्भावना भए पनि हालसम्म राजश्व सम्बन्धि कुनै ठोस नीति र कार्ययोजना बन्न नसक्दा राजश्व न्युन रहेको कुरा मनन गरि गाउपालिको राजश्व सुधार कार्ययोजना बनाउन लागेको हो ।
जनताको सेवा सुविधा पुर्याउनका लागि माग थपिदै गएको र ति सेवा सुविधा पुर्याउनमा प्रयाप्त आमदनी नहुदा सेवा सोचे जस्तो पुर्याउन सकिएको छैन् । विगत बर्षमै यस्तो राजश्व सुधार सम्बन्धिी नीति,कार्यक्रम,योजना, कार्ययोजना,आवश्यक ऐन नियमावली र कार्यविधि बनाई काम गर्नु पर्ने भए पनि हुन सकेको थिएन् गाउपालिका राजश्व परामर्श समितिका अध्यक्ष समेत रहेकी गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले भनिन्, अहिले गाउ कार्यपालिकाको पहिलो प्राथमिकता आन्तरिक आय वृद्धि रहेको छ । आन्तरिक आय बढाउन सकिएमा आवश्यक कर्मचारी राख्न सकिन्छ,उनले थपिन्,कर्मचारी भए मात्र कार्यपालिकाले अ आफ्ना नीति कार्यक्रम तथा सेवा सुविधा बढाउन सक्छ । त्यसको लागि योजना बनाउन आवश्यक छ । गाउपालिका भित्र आम्दनी गर्न सक्ने थुप्रै साधन स्रोत रहेका छन् । तर पनि गाउपालिका नेपाल सरकारको अनुदानको भरमा सञ्चालन हुदै आएको थियो । अनुदानको भरमा मात्र गाउपालिकाले लिएको लक्ष्य पुरा गर्न सम्भव छैन् । यसका लागि आन्तरिक आय बढाउन आवश्यक छ ।
आन्तरिक आय न्युन हुदा नेपाल सरकारको ससर्त अनुदानमा काम गर्नु परेको बताउदै प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेले अबको लक्ष्य विगत भन्दा बढि आन्तरिक आय बढाउनु रहेको छ । संघ र प्रदेशको कानुनको अधिनमा रही नेपाल संविधान २०७२ र स्थानिय तह सञ्चालन ऐन २०७४ ले प्रदान गरेको स्थानिय तहको अधिकार भित्र पर्ने सबै प्रकारका कर जन्य र गैर करजन्य आम्दनीको सम्भाब्यता खोजी गरिनुका साथै राजश्व तथा आमदनीका विभिन्न आयामलाई पहिल्याउदै गाउपालिका राजश्व वृद्धि तर्फ केन्द्रित भएको उनले बताएका थिए । यसका लागि स्थलगत रुपमा परामर्शदातालाई खटाएर अध्ययन गराउने कार्य भई रहेको छ,उनले भने,परामर्शदाताले खोज पडताल गरि आन्तरिक आयको स्रोत पहिचान गरि ल्याउने छन् । त्यसबारे गाउपालिकाको राजश्व परामर्श समिति र गाउकार्यपालिका विच छलफल गरिने छ । ति राजश्व उठाउनका लागि आवश्यक कार्ययोजना गाउ कार्यपालिका सदस्य र वार्ड अध्यक्ष विच छलफल गरिने छ । कार्ययोजना गाउ कार्यपालिकाले पास गरि सके पछि गाउसभाबाट अनुमोदन गराईने र आवश्यक कार्यविधि नियमावलीहरु तर्जुमा गरि कानुनको रुप प्रदान गरि राजश्व उठाउने कार्य गरिने छ ।
गाउपालिकामा अझै राजश्व शाखाको गठन भई काम हुन सकेको थिएन्,प्रमुख प्रशासकिय अधिकृत पौडेलले थपे,अब कार्ययोजना पास भए पछि राजश्व शाखा गठन गरि राजश्व सम्बन्धि जनचेतना,उत्प्रेरणा जगाउने,प्रोत्साहित गर्ने,कर्मचारीको क्षमता अभिवृद्धि गरिने र राजश्व वृद्धिका लागि विभिन्न शिविर तथा अभियानहरु मार्फत राजश्व वृद्धिका कामहरु गरिने बताएका थिए । अहिले सम्म भुमि कर तथा सिफारिस शुल्क बाहेक धेरै राजश्वका स्रोत त्यतीकै खेर गई रहेको गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । यस्ता नीतिगत काम पहिला कार्यकालकै जनप्रतिनिधिले चाँसो लिएर काम गर्नु पथ्र्यो,तर हुन सकेन् । अब अहिले कार्यपालिकाले जिम्मेवारी बोध गरेर राजश्व सम्बन्धि कार्ययोजना बनाउने कार्य अगाडी बढाएको छ । कार्ययोजना पछि राजश्व संकलन अभियान चलाईने उनले बताएका थिए ।
सम्पती कर,नारायणी नदीमा पनि चल्ने तारघाट,दहत्तर बहत्तर,माछापालन,ब्यवसाय कर लगायत गाउपालिकाको स्वामित्वमा रहेको पुर्वाधार सटकको भाडा उठाउने कार्य,थप आयका स्रोत वृद्धि गर्ने धेरै सम्भावना बोकेको सुस्ता गाउपालिका स्रोत परिचालन गर्न नसक्दा आन्तरिक आय न्युन रहेको उनको भनाई थियो । यसमा जनप्रतिनिधिहरुले साथ दिनु पर्छ,अध्यक्ष उपाध्यायले भने, गाउपालिकाको विकास तथा आय बढाउनका लागि केही कठोर निर्णयहरु पनि लिनु पर्छ । जनप्रतिनिधिहरु पनि कर्मचारी तथा परामर्शदाता सस्थाहरुसँगै खटेर काम गरे राजश्व बढाउन सकिने धेरै आधारहरु रहेको उनले औल्याएका थिए ।