भारतिय गण्डक नहर भन्दा नेपाल गण्डक नहरमा पानी प्रवाह शुरु

नवलपरासी,१ पुस
नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा सिचाईका लागि जलप्रवाह शुरु गरिएको सिचाई ब्यवस्थापन कार्यालय सेमरी नवलपरासीले जनाएको छ । स्थानिय किसानको माग अनुसार नै गण्डक नहरमा पानी प्रवाह गरिएको जानकारी गराएको हो ।
विगत बर्षमा भारतिय नहरमा पानी प्रवाह भए पछि मात्र नेपाल गण्डक नहर सिचाई प्रणालीमा पानी प्रवाह गरिने परम्परा थियो । तर गत बर्ष देखी तोडिएको पछि त्यसैको निरन्तरता अनुसार यो बर्ष पनि भारतिय नहर भन्दा अगावै नहरमा पानी प्रवाह भएको सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले जनाए । पहिला भारतिय नहरमा पानी प्रवाह गरिए पनि मात्रै नेपाली नहरमा पानी प्रवाह हुने परम्परा थियो,उनले भने,तर गत बर्ष भारतिय पक्षसँग भारतीय किसान भन्दा नेपाली किसानलाई पहिला नै पानी आवश्यक पर्छ ।
सम्झौतामै उल्लेख नभएको कुरा परम्परा बनाएर नेपाली किसानलाई मर्कामा नपार्न भनि संवाद गरियो । त्यो तर्कबाट भारतिय पक्ष सहमत भयो, उनले थपे,त्यसैको निरन्तरता अहिले पनि कायम भएको छ । भारतिय पश्चिमी नहर सिचाई प्रणाली र पुर्व नहर सिचाई प्रणालीमा भारतले पानी छाडेको छैन् । तर नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा पानी छाडिएको उनले जनाए । नेपाली किसानका लागि यो एउटा सुनौलो अवसर बनेको उनको भनाई थियो । कार्यालय प्रमुख शाहको पहलले बेलामै नेपाली नहरमा पानी प्रवाह शुरु भए पछि नेपाली किसानलाई राहत भएको छ ।
कार्यालय प्रमुखको भुमिका नेपाली किसान प्रति सकारात्मक भएको कृषक हक हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष सम्भु उपाध्यायले बताए । उनले कार्यालय प्रमुख शाहको सो कार्य सराहनिय रहेको बताउदै उनले खुशी ब्यतm गरेका छन् । विगतका कार्यालय प्रमुखहरुले नगरेको कार्य अहिले उहाँले भारतिय पक्षसँग पहल गरेर दुई बर्ष देखी निरन्तर भारतिय नहरमा पानी प्रवाह गराउन सक्नु एक कुशल प्रमुखको भुमिका निर्वाह गरेको अध्यक्ष उपाध्यायले बताएका थिए ।
भारत भन्दा नेपालका किसानले छिट्टै हिउँदे खेती शुरु गर्ने गरेका छन् । नेपालको भुमि भारत भुमि भन्दा छिट्टै आद्रता घटदै सुख्खा हुने हुदा नेपाली किसानले छिट्टै खेतमा विउँ छर्ने र उम्रिने गरेको छ । भारतीय भुमि केही दिन ढिलो मात्र सुख्खा हुदा बाली पनि ढिलो लगाउने हुदा भारतिय किसानलाई ढिलो पानी आवश्यक पर्छ । यि कुरा भारतिय पक्षसमक्ष राखिए पछि उनीहरु समहत भएका थिए । सिचाई प्रणालीमा भारतिय नहरका लागि छुट्टै ढोका छ, प्रमुख शाहले भने, नेपाल गण्डक पश्चिमी नहरमा छुट्टै ढोका छ । त्यो भएर गण्डक ब्यारेज बन्द गरे पानीको सतह निर्धारण गरि पठाउनु पर्छ ।
त्यसले भारतिय नहरलाई प्रभावित गर्दैन् । तर नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा पानी प्रवाह भए पनि नेपाल गण्डक पुर्वि नहरमा अहिले पनि पानी प्रवाह भने भएको छैन् । नेपाल गण्डक पुर्वि नहरमा पानी प्रवाहका लागि गण्डक सिचाई प्रणालीमा छुट्टै ढोकाको ब्यवस्थापन गरिएको छैन् । सो नहरमा पानी प्रवाह हुनका लागि भारतिय पुर्वि नहरबाट भारतको रामनगरबाट मात्रै शाखाको रुपमा पानी जाने गरेको छ । पुर्वि नहरले नेपालको बारा,पर्सा र रौतहटमा सिचाई गर्ने गरेको छ । त्यसै गरि नेपाल गण्डक पश्चिमी नहरमा मात्रै पानी प्रवाह भईरहेको भए पनि भारतिय गण्डक पश्चिमी नहरबाट पानी प्रवाह हुने गरेको नवलपरासीकै प्रतापपुर र सुस्ता गाउपालिकामा सिचाई हुने पिपरपाती प्रसौनी सिचाई प्रणालीमा अझै पनि पानी प्रवाह नभएको ब्यवस्थापन कार्यालयले जनाएको छ ।
ति नहरमा भारतिय पश्चिमी नहर सिचाई प्रणालीमा पानी प्रवाह भए पछि मात्र सम्भव हुनेछ,ब्यवस्थापन कार्यालय प्रमुख शाहले भने, तर अधिकाँश भुमि सिचिँत गर्ने नेपाल गण्डक नहर सिचाई प्रणालीमा पानी प्रवाह भई सकेको छ । गत बर्ष मंसिर २३ गते नै पानी नेपाल गण्डक नहर सिचाई प्रणालीमा प्रवाह भई सकेको थियो,उनले थपे,तर गण्डक नदीमा केही निर्माण कार्य भईरहेको हुदा यो बर्ष एक साता ढिलो मात्र मंसिर २८ गते पानी थुन्ने कार्य भएको थियो । अहिले नहरमा पानी प्रवाह भई रहेको छ । नहरमा पानी पुणर् रुपमा प्रवाह हुनका लागि भारतिय नहरमा पनि पानी प्रवाह हुनु पर्छ । तर पनि पुणर् रुपमा पानी प्रवाह नभए पनि किसानलाई राहत मिलेको उनको भनाई थियो । नेपाल गण्डक नहर सिचाई प्रणालीको ७ हजार ८ सय हेक्टर क्षेत्रफल सिचिँत क्षेत्र रहेको छ । केही नहर संरचना जिणर् भई सकेको र केही नहरका शाखा प्रशाखाहरु पनि पुरिएका कारण सिचिँत क्षेत्र भरि पानी जाने अवस्था नहरको उनले स्वीकार गरे ।
विगत बर्षमा नहर प्रति स्थानिय किसानको भरोसा उठ्दै जादा नहरको प्रशाखाहरु पुर्दै केही किसानले बोरिगँलाई सिचाईको आधार बनाएका थिए । तर अहिले इन्धनको मुल्य बढदै गए पछि पुनःनहर सिचाई प्रति आकर्षण बढदो क्रममा रहेको प्रमुख शाहको भनाई छ । सिचाईका लागि अहिले पनि नेपाली किसानले पानी पोत थोरै मात्रामा उठाउने गरेका छन् । प्रति विघा ८० रुपिया सिचाई सेवा शुल्क(पानीपोत) रहेको छ । जबकी बोरिगँले सोही जमिनको सिचाई गर्दा ५ सय देखी १ हजार बढि खर्चिनु पर्छ । त्यसले किसानको उत्पादन लागत बढने हुन्छ । स्थानिय तह र प्रदेश सरकार वा भुमिगत सिचाई परियोजनाले गण्डक क्षेत्रमा बोरिगँ गाड्ने भन्दा अब गण्डक नहरको शाखा प्रशाखा सरसफाईमा स्थानिय किसानलाई सहयोग गरिदिए नेपाली किसानलाई फाईदा पुग्ने उनको तर्क थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *