नवलपरासी,२० मंसिर
जिल्लाको पाल्हीनन्दनका स्वास्थ्य सेविकाहरुले मनाए अन्तराष्ट्र्रिय स्वम्सेवक दिवस मनाएका छन् । पाल्हीनन्दन गाउपालिकाले पालिका भित्रका सम्पुर्ण महिला स्वास्थ्य स्वम्सेविकाहरुको क्षमता अभिवृद्धि गराउदै अर्धबार्षिक समिक्षा समेत गरेका हुन ।
अन्तराष्ट्र्रिय स्वम्सेवक दिवसको अवसर पारेर स्वास्थ्य स्वम्सेविकाहरुलाई क्षमता अभिवृद्धि,सेवा प्रतिवद्धतासँगै अर्धबार्षिक समिक्षा कार्यक्रम गरेर उनीहरुलाई प्रोत्साहित समेत गरेको हो । स्वम्सेविकाहरुके आत्मसम्मान वृद्धि गर्नका लागि पनि गाउपालिकाले उनहरुलाई प्रोत्साहन गरेको पालिका स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले जनाए । उनका अनुसार दुई दिनसम्म कार्यक्रम गरे पनि स्वम्सेविकाहरुले आफुले गर्ने सेवाबारे प्रतिवद्धता गरि हस्ताक्षर समेत गरेकी थिईन् । जस्मा उनीहरुले स्वम्सेवी भावले समुदायको स्वास्थ्य अधिकार र पहुँचलाई मुलमन्त्र मानी नैतिकता,इमानदारिता र उच्च मनोबलका सथा कार्य गर्ने,आफ्नो सिप र ज्ञानको उपयुतm रुपमा सदुपयोग गरी विभिन्न स्वास्थ्य कार्यक्रममा संलग्न भई समुदायमा स्वास्थ्य सेवाको प्रवद्र्धन गर्ने,आफु सम्बद्ध स्वास्थ्य आमा समुह प्रति इमानदारी,जवाफदेहि तथा प्रतिवद्ध भई पुर्ण रुपमा कार्य गर्ने,स्वम्सेवकको भावना र मर्मलाई कार्यगत रुपमा उतारी समुदायको स्वास्थ्य र भलाईको प्रवद्र्धन गर्ने,सिकेका ज्ञान र सिपलाई सहि सदुपयोग गरी आमा र शिशुको स्वास्थ्य उत्थानमा आफ्नो दायित्व निर्वाह गर्ने रहेको छ ।
त्यसैगरि गाउघर क्लिनीकबाट स्वास्थ्य सेवा लिन प्रेरित गर्ने,समुदायसँगको ब्यवहार सधै विनम्र रुपमा सहयोगी हुने,सेवाग्राहीको गोपनियता कायम राख्ने,स्वास्थ्य आमा समुहको शसतिmकरण गर्न तथा स्वास्थ्य सेवा सुदृढ गर्न यथासाक्य कोसिस गर्ने,महिला स्वास्थ्य सेविका कोषको भावना र मर्म अनुसार यसको दिगोपन र प्रयोगमा सहमागी हुने,समुदाय तथा ब्यतिmको मान्यता र संस्कृतिलाई करद गरी पक्षपात रहित सेवा दिने,स्वास्थ्य क्षेत्रमा सञ्चालिन अभियान कार्यक्रममा सक्रिय रुपले सहभागि हुने,सेविकाले पालना गर्ने नीति,नियम तथा मन्त्रालय अन्तरगतका कार्यक्रमहरुलाई प्राथमिकताका साथ सम्पन्न गर्ने,कुनै पनि तलबी कार्यमा वा राजनीतिक पदमा नियुतिm भएमा महिला स्वास्थ्य सेविकाको उत्तरदायित्वलाई अलग हुने,जात लिगँ,धर्म,भाषा,रँग,उमेर,शारीरिक असक्षमता,राजनीतिक विचारधारा तथा अन्य कुराले कार्यमा बाधा पर्ने छैन भनेर प्रतिवद्धता जनाएकी थिईन् ।