नवलपरासी,२४ कार्तिक
नेपालमा राजनीतिक ब्यवस्था परिवर्तन पटक पटक भए पनि शैक्षिक अवस्था परिवर्तन हुन नसकेको लुम्बिनी प्रदेश सरकारका समाजिक विकास मन्त्री जनमेजय तिमिसिल्नाले बताएका छन् । नवलपरासीको परासी स्थित पाल्ही बहुमुखी क्याम्पसको पाँचौ क्याम्पस सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेपालमा राजनीतिक परिवर्तन भए पनि शिक्षा क्षेत्रमा परिवर्तन नहुदा विश्व प्रतिस्पर्धात्मक र उत्पादनमुखी शिक्षा नभएकोले नेपाल अहिले आयात प्रधान मुलुक बनेको उनले बताए । चालिस बर्ष पहिला नेपालबाट थुप्रै समान उत्पादन भई निर्यात भई रहेको थियो,तर अहिले निर्यात बन्द हुदै मालबस्तुको आयात बढेको छ,उनले भने, यहाँका शिक्षा प्रणाली परिवर्तन नहुदा यहाँका युवा विदेश खाडीमा काम गर्न जाने र अहिले अध्ययनकै नाममा थुप्रै युवा विदेशिने अवस्था रहेको छ । निरकुँश राणाशासन,पञ्चायती ब्यवस्था फालिदै मुलुकमा प्रजातन्त्र,लोकतन्त्र हुदै अहिले गणतन्त्रात्मक ब्यवस्था ल्याइएको छ । तर यसका लागि निरन्तर लड्ने नागरिकका सन्तती शिक्षा र रोजगारीका लागि विदेशिनु पर्ने अवस्था दुखद भएको र यस प्रति पनि समिक्षा आवश्यक रहेको उनले औल्याएका थिए ।
नेतृत्व पँक्तिले काम नगरेर हो ? कि शिक्षा प्रणालीमा दोष छ, उनले प्रश्न गर्दै भने यस प्रति समिक्षा गर्दै सच्याएर आज विश्व सुहाउदो र प्रतिस्पर्धा गर्न सक्ने प्राविधिक शिक्षाको ब्यवस्थापन आवश्यक छ । शिक्षामा लगानी बढाउन पनि आवश्यक छ । राजनीतिक परिवर्तन गरेर मात्रै गौरव गर्ने अवस्था छैन्, उनले थपे, यहाँका बालबालिका र युवाहरुलाई उचित शिक्षा र रोजगारी दिन सकेर विदेश जान बाध्य हुदा राजनीतिक तहमा बसेकाले काम नगरेर कुरा मात्रै गरेको देखिन्छ । अब कुरा होईन,काम गर्ने बेला आएको छ । यसका लागि साझा संकल्प सहित सबै मिलेर अगाडी बढनु पर्ने उनको सुझाव थियो । वि.सं २०४६ सालमा स्थापना भएको जिल्लाकै सबै भन्दा जेठो क्याम्पस भएको र यसको स्तरोन्नतीमा आफ्नो तर्फबाट सधै सहयोग रहने प्रतिवद्धता समेत जनाएका थिए ।
क्याम्पससभाकै अवसरमा क्याम्पस परिसरमा निर्माण भएका प्रवेशद्धार,क्यान्टिन,नवनिर्मित भवन,सभा हल लगायतका पुर्वाधारहरुको औपचारिक उदघाटन समेत गराइएको क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले जानकारी गराएका थिए । चार कार्यकाल देखी निरन्तर क्याम्पसको विकासका लागि लागि परेका अध्यक्ष पाठकले अहिलेसम्म क्याम्पसका लागि सबै क्षेत्रबाट सहयोग हुदै आएका ब्यतिmत्वहरुलाई आभार ब्यतm गर्दै सहयोगका लागि अपिल पनि गरेका थिए । भौतिक पुर्वाधारले सम्पन्न हुदै गएको यो क्याम्पसमा अबको योजना प्राविधिक धारको शिक्षा सहित स्नातकोत्तर तहसम्मको अध्ययन र संकाय थपको योजना सुनाएका थिए । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरि उतm क्याम्पसमा अहिले बाणिज्य र शिक्षा संकायको स्नातक तहको अध्यापन हुदै आएको छ ।