
नवलपरासी,१४ माघ
नयाँ नयाँ कार्यको थालनी शुरु गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले नगरक्षेत्रमा रहेका गर्भवती महिला तथा नव विवाहित दम्पतीलाई गर्भ शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कुनै पनि ब्यतिmको सिकाई गर्भबाटै शुरु हुने मान्यताका साथ गर्भदेखी नै सक्षम र सबल बालबालिकाको जन्म होस भनि गर्भवति महिलालाई गर्भ संस्कार शिक्षा कार्यक्रम शुभारम्भ गरेको हो ।
वर्दघाट नगरपालिका वार्ड नं.८ र ९ मा रहेकी ४५ जना गर्भवती महिलालाई सो शिक्षा प्रदान गर्दै गर्भसंस्कार शिक्षा कार्यक्रम शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । यस्तो शिक्षाको आवश्यकता बजेट बन्ने अवस्थामा नै नगरउपप्रमुख रुद्र प्रसाद उपाध्यायले बजेट बिनियोजन गर्न लागएका थिए । सो कार्यक्रम कार्यान्वनका लागि गर्भ सँस्कार शिक्षाको अभियान चलाउदै आएका अभियन्ता तथा प्रशिक्षक रामप्रसाद पाण्डेले प्रशिक्षण दिदै गर्भ सस्कार शिक्षा कार्यको शुभारम्भ गरिएको उनको भनाई थियो । सम्वतःनेपालमै पहिलो पटक वर्दघाट नगरपालिकाले यस्तो कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्दैछ,उनले भने,यसको प्रभावकारिता हेर्दै नगरका गर्भवती महिलालाई आवश्यकता ठम्याए यसलाई अगामी दिनमा नियमित कार्यक्रम भित्र नै राखेर गर्भ सस्कार शिक्षाको कार्यक्रमलाई निरन्तरता दिदै जाने उनको भनाई थियो ।
सबै वार्डमा रहेका झण्डै ५ सय गर्भवती महिलालाई यस्तो गर्भसस्कार शिक्षामा सहभागि गराईने छ,अधिकृत सापकोटाले भने,गर्भदेखी नै शिशुलाई के बनाउने कस्तो बनाउने कार्य गर्भवती महिलाले गर्भाअवस्था देखी नै शिक्षा श्रवण गर्ने,आनीबानीमा परिवर्तन गर्ने गरि ब्यवहारिक परिवर्तन आवश्यक रहेको छ । गर्भावस्था एक विशेष अवस्था पनि हो । गर्भवती महिलाको स्वास्थ्यका लागि शिक्षा,खानपान,ब्यवहार,आहार विहारसँगै कस्तो खालको भावना जागृत गर्ने हो ? सो कार्यले गर्भमै रहेका बालबालिकामा प्रभाव पार्छ । त्यो भएर यो गर्भसस्कार शिक्षा कार्यक्रम प्रभावकारी हुनेमा विश्वास लिइएका छौ । गर्भसस्कार शिक्षाका अभियन्ता रामप्रसाद पाण्डेले यसको महत्व सम्झाए पछि सो कार्यक्रम आफुले बजेट कार्यक्रममा समावेश गरिएको उपमेयर उपाध्यायले जनाए । यसले गर्भवती महिलालाई आफ्नो ब्यवहारिक ज्ञान वृद्धि गर्नेमा समेत सफल हुने उनले विश्वास ब्यतm गरेका थिए ।
गर्भसस्कार शिक्षा कार्यक्रम नेपालमा नौलो भए पनि विदेशमा यस्को अभ्यास धेरै बर्ष देखी भईरहेको प्रशिक्षक तथा गर्भसस्कार शिक्षाका अभियन्ता पाण्डेले बताए । बैज्ञानिक खोजले पनि शिशुले गर्भमै ८० प्रतिसत ज्ञान हासिल गरिसकेको ठहर गरिसकेको हुदा गर्भ देखी नै शिशुलाई शिक्षा आवश्यक पर्छ,उनले भने, यसको प्रयोग विगतमा नै भईसकेको छ । भारतका धेरै प्रदेशमा यो गर्भ सस्कार शिक्षा चलिरहेको छ । नेपालका लागि मात्रै नौलो हो,तर अन्य देशमा चलिसकेका कारण नेपालले पनि यसलाई देश भरि गर्भ शिक्षा चलाउन आवश्यक रहेको उनले सुझाव दिए । अहिले वर्दघाट नगरपालिकाले सबै वार्डका गर्भवती महिलालाई यो शिक्षा दिइने वातावरण मिलाएको छ,उनले भने,यो वर्दघाट नगरकी गर्भवती महिलालाई सौभाग्य पनि हो,जुन शिक्षा दिनका लागि अहिलेका जनप्रतिनिधिले सोच बनाए ।
हुन त सरकारले सुनौलो हजार दिन लगायत विभिन्न गर्भवती महिला लक्षित गरि स्वास्थ्य तथा गर्भ परिक्षण गर्ने,आवश्यक भौतिक उपचारहरु गर्ने,शुरक्षित सुत्केरी गराउने जस्ता कार्य गर्दै आएको छ । यो शिशुको लागि भौतिक शुरक्षा र भौतिक विकास हो । तर गर्भमै शिशुको चित्त,मनोदशा कस्तो बनाउने यो अध्यात्मिक(स्प्रीच्युअल) शिक्षा हो । उनले यो पश्चिमा देशमा धेरै महत्व पाएकोको बताए । तर शिक्षा भने यो पुर्विय दर्शनमै आधारित भएको दाबी गरे । उनले हाम्रो धार्मिक सस्कारमा शोषष संस्कार गरिन्छ, जस्मा पुन्सवन संस्कार गर्भावस्थामै गर्ने गरिएको छ । तर यो धार्मिक मान्यताले कर्मकाण्डमा मात्रै सिमित भएको हुदा वास्ताविक शिक्षामा परिवर्तन गर्न सकिएको छैन् । धर्म शास्त्रमा पनि गर्भ सस्कार शिक्षाकै कारण शिशुको जन्म पश्चात बास्तविक जिवनमा त्यसको प्रभाव परेको दृष्टान्त पुर्विय दर्शनमा पाईने गरेको उनले सुनाए ।
पुर्विय दर्शनमा महाभारतकालका अभिमन्यु जो अर्जुनका पुत्र थिए,उनले भने,अभिमन्यु गर्भमै हुदा अर्जुनले चक्रब्युमा कसरी प्रवेश गर्ने र निस्कनेबारे आफ्नी श्रीमती सुभद्रालाई सुनाउदै थिए । तर सो शिक्षा ग्रहण अभिमन्युले गर्भमै सुनिरहेका थिए । चक्रब्यु प्रवेशसम्मको विधि बनाईराख्दा सुभद्रा जागेकी थिईन,तर चक्रब्युबाट बाहिर निस्कने बेलाको कुरा सुनाउदा उनी निदाई सकेकी थिईन् । सुभद्रा निदाउदा गर्भभित्र रहेका अभिमन्यु पनि निदाए,पुर्ण शिक्षा पाउन सकेनन् । चक्रब्युमा प्रवेश गर्ने शिक्षा उनले गर्भमै पाएको हुदा महाभारत युद्धमा चक्रब्युको रचना हुदा गर्भमै सिकेको आधारमा चक्रब्युमा प्रवेश गरे तर निस्कने कुरा सिक्न नपाउदा चक्रब्युमै मर्न परेको थियो ।
त्यसै गरि भतm प्रहलादले पनि दैत्यराजको सन्तान भए पनि नारद ऋषिको संरक्षणमा उनकी आमा गर्भवती हुदा नारदबाटै अध्यात्मिक शिक्षा लिदा उनी अध्यात्मिक विचारका भएर जन्मेका थिए । यस्ता पुर्विय दर्शनमा धेरै दृष्टान्त भएको बताउदै उनले भने,पुर्विय दर्शनका कुरा पश्चिमाले लागु गरिरहेका छन् । तर हामी उनीहरुले के गर्दै छन ? त्यो हेरेर मात्र कार्य गर्दै आएको तर अब देखी आफ्नो पुर्विय दर्शन र सस्कारलाई जोडेर शिक्षा अभियान चलाउन आवश्यकता रहेको उनले सुनाए । यो वर्दघाटले शुभारम्भ गरेको छ,उनले भने, यसका लागि विभिन्न सोधखोजबाट आएको कुरालाई आधार बनाई पाठ्यक्रम बनाईएको छ,सोही अनुसार गर्भ शिक्षा अभियान सञ्चालन हुनेछ ।