प्रेस चौतारीको ‘पर्यटन सञ्चार यात्रा’ सम्पन्न

नवलपरासी,२ चैत्र
प्रेस चौतारी नेपाल नवलपरासीको आयोजना र लुम्बिनी प्रदेश कार्य समितिको सहभागितामा नवलपरासीका प्रमुख पर्यटकिय स्थलको भ्रमण गर्ने उदेश्यले पर्यटन सञ्चार यात्रा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहने गरि जिल्लाका प्रमुख पर्यटकिय स्थल सम्बन्धित अन्तरक्रिया गरिनुका साथै महत्वपुर्ण पर्यटकिय क्षेत्रको भ्रमण समेत गराइएको हो ।
पुर्वनिर्धारित कार्यक्रम अनुसार नै शुक्रवार पत्रकारहरु र सरोकारवाला विच अन्तरक्रिया गरिनुका साथै मुख्य पर्यटकिय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गराइएको प्रेस चौतारी नवलपरासीका अध्यक्ष मेघराज गौतमले जानकारी गराएका थिए । अध्यक्ष गौतमका अनुसार जिल्ला स्थित प्राचीन बौद्धकालिन पर्यटकिय स्थलहरुमा रामग्राम स्तुपा,प्राचीन नन्दन नगर,प्राचीन ककरपत्त नगर र शिवपार्वती सिद्धधाम लोहरौली तथा पाल्ही भगवती मन्दिरको स्थलगत भ्रमण गराइएको थियो । त्यसै गरि जिल्लाका प्रमुख पर्यटकिय स्थल रामग्राम स्तुप उजैनी,प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर),प्राचीन नन्दननगर पडरी र प्राचीन नन्दन ताल सनई,प्राचीन हल्लिदावस नगर दविला वर्दघाटर,प्राचीन सज्जलेन नगर बासा,प्राचीन सायुगा नगर सरावल,प्राचीन उत्तरक नगर तरगौली सुनवल,प्राचीन कुण्डिय नगर भगाडा, सत्तिपठन देशना स्थल सतपति चुहाडी सुस्ता,सिद्धार्थगौतमको महाभिनिष्क्रमण स्थल अनोमाघाट र प्राचीन कोलिय राज्यको गजसैनिक गण स्थल गजगढी अर्थात बाउन्न गढी तथा शिवपार्वती सिद्धधाम लोहरौली र पाल्ही भगवती शतिmपिठ स्थलको ऐतिहासिक,धार्मिक,पुरातात्विक र अध्यात्मिक महत्वबारे जानकारी गराइएको थियो ।


सरावलको ककरपत्त नगर जहाँ भगवान बुद्धले गृहशुख सन्देश सुनाएको स्थानबाट भ्रमण गर्दै टोली रामग्राम स्तुपा पुगेको थियो । तत्पश्चात सिवपार्वती सिद्धधाम लोहरौली र पाल्ही भगवाती शतिmपिठको भ्रमण गरेर प्राचीन नन्दन नगरको स्थलगत अवलोकन गराइएको अध्यक्ष गौतमले बताएका थिए । ककरपत्त नगरमा सरावल गाउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमती हरिजनले स्वागत गरेका थिए । स्वागत पश्चात त्यो स्थानको परिचय गराइएको थियो । जुन ककरपत्त नगरको प्राचित इतिहास बौद्धकालमा दिर्घजानु भन्ने कोलिय पुत्र बुद्ध आएको बेला बुद्ध समक्ष पुगेर भगवान बुद्धसँग आग्रह गरे कि हामी गृहस्तहरु भिच्छु हुन सक्दैनौ बुद्ध,तर हामी गृहस्तहरु कसरी मुतिmको मार्गमा जान सक्छौ ? दिर्घजानुको आग्रहमा भगवान बुद्धले गृहस्तले मुतिmको मार्गमा जानका लागि विभिन्न आठ सम्पदा आर्जन गर्ने उपाय बताएका थिए । जुन कुरा त्रिपिटकको अगुत्तर निकायमा उल्लेख गरिएको छ ।


त्यसलाई नै गृहशुख सन्देशको रुपमा बुझने गरिएको छ । गृहस्तले आर्जन गर्नु पर्ने ८ सम्पदा मध्ये ४ वटा इहलौकिक शुखका लागि र ४ वटा पारलौकिक शुखका लागि छ । दिर्घजानु सुत्तका अनुसार इहलौकिक शुख भनेको अहिले यहिँ जन्ममा भौतिक रुपमा प्राप्त गर्ने शुख हो । त्यसका लागि पहिलो उठ्ठान सम्पदा अर्थात खेतीपाती गरि अन्न,धन आर्जन गर्ने,दोश्रो आरक्ष सम्पदा कमाइएको ति अन्न धनको सुरक्षा गर्ने,तेश्रो कल्याणमित्रता अर्थात सज्जनसँग संगत गर्ने सल्लाह लिदै गर्ने र चौथो समआजिविका अर्थात सहि मार्गले अन्न धनको आर्जन गर्ने थियो । त्यसै गरि पारलौकिक शुख आर्थत मरणोपरान्त आर्को लोकमा पाउने खुशका लागि पहिलो शिल सम्पदा आर्जन गर्ने अर्थात बुद्धले भनेका कम्तीमा पञ्च शिलसम्मको शिल सम्पदा आर्जन गर्ने जस्मा चोरी नगर्नु,झुठो नबोल्नु,प्राणी हिँसा नगर्नु,दुराचार्य नगर्नु र नसापदार्थको सेवन नगर्नु रहेको छ ।


दोश्रो श्रद्धा सम्पदा आर्थत भगवान बुद्ध वा कल्याणमित्र प्रति श्रद्धा जागृत गर्नु पुण्य आर्जन गर्नु रहेको छ । तेश्रो त्याग सम्पदा आर्थत इहलौकिक दुनियाका सबै थोक अनित्य छ,अनात्म छ,सब्ब संस्कारा अनिच्च को भाव सहित लोभ र मोह मुतm भई त्याग गर्न सक्नु पर्छ । चौथो प्रज्ञा सम्पदा आर्थत शिल,समाधिको अभ्यास गर्दै प्रज्ञा आर्जन गर्नु पर्छ । प्रज्ञाले मात्र मुतिmको मार्गमा पुर्याउन सक्छ,भवचक्रबाट बाहिर लैजान सक्छ भनेर महत्वपुर्ण सन्देश सुनाएका थिए । दिर्घजानुको नामले जावा गाउको रुपमा अहिले चिनिने गरिएको छ । प्राचिन कमलपोखरी र कोलवृक्ष जस्ता आधारका कारण नै प्राचिन ककरपत्त नगर भएको मानिएको छ । त्यसै गरी रामग्राम स्तुपको स्थाना र त्यसको महत्वबारे पनि जानकारी गराइएको थियो । त्यसै गरि शिवपुराण कथाका अनुसार सतिको सव लिएर शिव ब्रम्हाण्डमा लिएर विचरण गर्दा शरिरको भाग खसेर पाल्ही भगवती शतिmपिठको रुपमा स्थापित भएको थियो र पछि सति पार्वतीको रुपमा अवतरण भए पछि उनका छोरा भगवान गणेश र कार्तिकेलाई शिवले सो शतिmपिठ देखाएको स्थान शिवपार्वती सिद्धधामको रुपमा परापुर्वकाल देखी रहेको जानकारी गराइएको थियो ।
त्यसै गरि प्राचीन नन्दन नगर पुगेको पत्रकारको टोलीलाई प्राचीन कोलिय गणराज्यका राजपरिवारले आनन्दन विहार गर्न आउने नन्दन ताल र ताल नजिकै बस्ने गरेको सैनिक गण स्थल पछि नगरको रुपमा स्थापित भएर नन्दन नगर भएको थियो । नजिकै पडाव अर्थात क्याम्पस राख्ने स्थान पडरी भएको समेत देखाइएको थियो । यो पर्यटन क्षेत्रको अन्तरक्रियात्मक कार्य गरिनुका साथै स्थलगत भ्रमण गराउने कार्यले यस जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोगी हुने विश्वास समेत उनले ब्यतm गरेका थिए । समृद्धिका लागि सञ्चार कर्म,प्रेस चौतारीको मूल मर्म नाराका साथ प्रेस चौतारी नेपाल नवलरासीद्धारा आयोजना गरिएको उतm पर्यटन प्रवद्र्धनमा लुम्बिनी प्रदेशमा सञ्चारकर्मीहरुको भुमिका विषयक अन्तरक्रियाको उदघाटन एमाले प्रचार विभागका प्रदेश प्रमुख तथा प्रेस चौतरीका पुर्व केन्द्रिय उपाध्यक्ष मोहन चापागाईले गरेका थिए । जस्मा जिल्लाको सम्भाब्य महत्वपुर्ण पर्यटकिय स्थलहरुको परिचयात्मक कार्यपत्र तथा प्रस्तुती प्रेसचौतारीका पुर्व केन्द्र्रिय सदस्य तथा पत्रकार बेचु गौडले गरेका थिए । पुरातात्विक स्थलको महत्व तथा पुरातत्वबारे जानकारी लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले प्रस्तुतीकरण गरेका थिए । लुम्बिनी प्रदेश सरकार पर्यटन मन्त्रालयका उपसचिवले लुम्बिनी प्रदेश सरकारले गर्दै आएको पर्यटन क्षेत्रको कार्यहरुबारे प्रस्तुतीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *