
नवलपरासी २५ पुस
गाउपालिका भित्रका नागरिकलाई निशुल्क रगतको ब्यवस्था मिलाएको जिल्लाको पाल्हीनन्दन गाउपालिकाले मोतिविन्दुका अप्रेसन पनि निशुल्क हुने गरे सम्झौता गरेको छ । नेपाल रेडक्रमस सोसाईटीको ब्लड बैंकसँग निशुल्क रगत दिने सम्झौता पछि गाउपालिकाले सदरमुकाम परासी स्थित विनोद निता कण्डेल आँखा अस्पतालसँग निशुल्क मोतिविन्दुको अप्रेसन गरिदिन भनेर सम्झौता गरेको हो ।
नागरिकलाई स्वास्थ्यको अधिकारलाई सहज शुलभ बनाउदै आएको गाउपालिको पालिका भित्र सेवा नभएको रगतको ब्यवस्थापन र आँखाको मोतिविन्दुको अप्रेसन सेवालाई पनि निशुल्क उपलब्ध गराउने गरि सरोकारवाला संस्थासँग सम्झौता गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । अन्य स्वास्थ्य सेवाका लागि गाउपालिकाकै पाल्हीनन्दन आधारभुत अस्पताल तथा प्रत्येक वार्डमा रहेको स्वास्थ्य चौकी तथा गाउघर क्लिनीक मार्फत स्वास्थ्य सेवा दिदै आएको छ, प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने, मोतिविन्दु शिविर सञ्चालन गर्दा एकै पटक सबैलाई सेवा आवश्यक नपर्न सक्छ,सो शिविरमा अन्य ब्यतिm पनि आउने हुदा गाउपालिका माथि आर्थिक भार पनि पर्न सक्छ, तर यसरी सरोकारवाला संस्थासँगै सम्झौता गरिदिए पछि बर्ष भरि नै वार्डको सिफारिसमा यसै गाउपालिकाका नागरिकले सेवा लिईने छन् । अन्तिममा सेवा दिईने सस्थाले सो वापतको खर्च विवरण पेश गरे पछि गाँउपालिकाले भुतmानी गर्नेछ ।
रगत निशुल्क नै हुने भए पनि ब्लड बैंक सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाईटीले ब्लड बंैक सञ्चालन गर्दा आवश्यक ब्यवस्थापकिय कार्यका लागि शुल्क लिदै आएको छ । तर अहिले गाउपालिकाका नागरिकलाई आवश्यक पर्ने रगत ब्लड बैकबाट लिदा लाग्ने सेवा शुल्क गाउपालिकाले नै तिरिदिइने गरी सम्झौता भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । दुर्घटना तथा प्रसुती महिलालाई बढि आवश्यक पर्ने गरेको छ, उनले भने, पाल्हीनन्दनका विरामी भएको खण्डमा सिफारिस सहित रेडक्रससँग रगत माग गर्दा ति विरामीले तिर्ने शुल्क गाउपालिकाले नै तिर्छ । यसले विरामीलाई राहत पुग्ने विश्वास गरिएको उनले बताए ।
प्रमुख प्रशासकिय अधिकृत शुरुमा सरावल गाउपालिकामा हुदा देखी नै सरावलबाट यस्तो चलन चलाएका थिए । पछि सुस्ता जादा पनि सुस्तामा पनि यस्तो निर्णय भएको थियो । अहिले पाल्हीनन्दनमा सरुवा भई आएका प्रमुख प्रशासकिय अधिकृत पौडेलले सो सेवा पाल्हीनन्दन गाउपालिकामा पनि शुरु आँखा अस्पतालसँग सम्झौता गरि मोतिविन्दु भएका विरामीलाई पनि मोतिविन्दुको अप्रेसन गराउने खर्च पालिकाले नै ब्यहोरिदिने जानकारी गराएका थिए । रगतका लागि पनि विरामीलाई कति लाग्ने के लाग्ने र कहाँ पाउने जस्ता समस्या हट्नेछ । निशुल्क रगत र मोतिविन्दुका विरामीको आँखा अप्रेसन सधैभरि नै निशुल्क सेवा दिईने प्रति गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता पनि सकारात्मक र उत्साही नै रहेको उनको भनाई थियो । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव(रुदल)को उपस्थितीमा अध्यक्ष गुप्ताले आँखा अस्पतालसँग सम्झौतापत्र गरेर बुझाएका थिए । त्यसैगरि रगतका लागि रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीसँग सम्झौता पहिला नै गरि सकेका थिए ।