रोहिणी नदि किनारमा प्राचिन सभ्यताको बुद्धपार्क बनाउदै रोहिणी सरकार

दर्शक: 112

नवलपरासी,१० भदौ
प्राचिन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यताको खोजी गर्ने कार्य गरिरहेको रुपन्देहीको रोहिणी गाउपालिकाले रोहिणी किनारमा बुद्धपार्क बनाउने योजना अगाडी सारेको छ । रोहिणी नदीको तत्कालिन कोलिय र शाक्य राज्यका जनताले बाडफाड गर्ने बेला विवाद भई युद्ध हुने अवस्थासम्म पुग्न थाले पछि श्रावस्तीको जेतवन विहारमा रहेका भगवान बुद्ध विवाद सुल्झाउन आएको स्थानलाई पार्कको स्वरुप दिने गरि योजना अगाडी बढाइएको गाउपालिकाले जनाएका हो ।
बौद्धकालिन प्राचिन शाक्य राजाहरुको कपिलबस्तु राज्य र कोलिय राजाहरुको कोलिय गणराज्यको सिमा निर्धारण गर्ने रोहिणी नदीलाई प्राचिन सभ्यता र संस्कृति अनुसार पुर्नउत्थान गर्ने उदेश्यले रोहिणी गाउपालिकाले उतm कार्य शुरु गरिएको गाउपालिका अध्यक्ष विद्या यादवले बताए । रोहिणी बौद्धकालिन प्राचिन इतिहास बोकेको स्थान हो, उनले भने, त्यही प्राचिनतालाई झल्काउने उदेश्यले यो गाउपालिकाको नाम पनि रोहिणी राखिएको छ । रोहिणी नदी किनारमाम रहेको यो गाउपालिकाले नै जिम्मेवारी बोध गर्दै प्राचिन रोहिणी सभ्यताको पनि खोजी गर्दै छ ।
त्यसका लागि बौद्ध अध्ययेताहरुलाई लगाइएको उनले सुनाए । अहिले तत्कालन भैरहवा —भुमही राजमार्गमा पार्ने रोहिणी नदीको पुल देखी दक्षिणमा रहेको वृक्षारोपण क्षेत्रलाई रोहिणी सभ्यता बुद्धपार्कको रुपमा विकास गर्ने गरि नगरपालिकाले योजना बनाएको उनले बताए । सो क्षेत्रलाई पार्कको रुपमा बिकास गर्नेछौ, उनले भने, रोहिणी नदी किनारमा कोलिय र शाक्यहरु भेला हुने स्थानको पनि ब्यवस्थान गरिने छ । सो राजमार्गमा हिड्ने यात्रु र पर्यटकलाई समेत केही समय विश्राम गर्ने गरि उतm पार्कको विकास गरिने उनको भनाई थियो । पार्कको होर्डिगँबोर्ड केही दिन भित्रै राख्छौ,उनले थपे,तत्पश्चात सो क्षेत्रमा पार्क विकासका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरिने छ । डिपिआर अनुसारका कार्य निरन्तर गर्दै जाने र त्यसमा विभिन्न दातृनिकाय,बौद्ध अध्ययेतालाई समेत समेट्दै अगाडी बढने योजना उनले सुनाए ।
गत बर्ष रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यता र संस्कृति अनुसारको ऐतिहासिक तथा पुरातात्विक पहिचानको खोजका लागि गाउपालिकाले बजेट नै विनियोजन गरि कामको जिम्मेवारी बौद्ध अध्ययेताहरुलाई जिम्मा लगाइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले जानकारी गराए । बौद्ध साहित्यमा रोहिणी नदीको कुरा उल्लेख भएको पाइन्छ । भगवान बुद्ध बेला बोला यहिँ रोहिणी नदीमा आउने कुराहरु पनि उल्लेख भएको भईन्छ । विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पाँउ परेको स्थान रोहिणी नदी आफैमा एक पवित्रा बोकेको स्थान हो । जहाँ भगवान बुद्ध पुगेर विभिन्न धर्मोपदेश गरेका हुन् ।
रोहिणी प्राचिन सम्पदा हो,यसलाई यहाँका पुर्खाले संरक्षण गर्दै आएका छन् । अहिले त्यसै प्राचिनताको आधारमा गाउपालिकाको नामाकरण हुदा त्यसको संरक्षण,प्रवद्र्धन र विकास गर्ने जिम्मेवारी पनि गाउपालिकाकै हो । वृहद लुम्बिनी र बौद्ध परिपथसँगै जोडेर यसलाई बौद्ध पर्यटनको रुपमा विकास गर्न आवश्यक छ । बौद्ध साहित्यमा उल्लेख भए अनुसार कोलिय र शाक्यहरुको प्राचिन काल देखी अन्तरसम्बन्ध भए पनि रोहिणी नदीको पानी खेतीपातीमा उपयोग हुने गरि कोलिय राज्यका जनता र शाक्य राज्यका जनताले रोहिणी नदीमा बाँध बाधेर त्यसको पानीले सिचाई गर्दै आएका थिए । पानीका कारण नदी छेउमा हुन थालेको विवाद सुनेर भगवान बुद्धले बाँध क्षेत्रमा भिच्छुसँघ सहित आएका थिए । र कोलिय राज्यका जनता र शाक्य राज्यका जनतासँग पानी र रगतको मुल्यमा कस्को मुल्य बढि छ ? भनेर सोधेका थिए । भगवानको प्रश्नमा कोलिय र शाक्य दुबै देशका जनताले पानी भन्दा रगतको मुल्य बढि छ भनेर जवाफ दिएका थिए ।
त्यसो भए रोहिणी नदीको पानीका लागि रगत बगाउने काम तर्फ किन उन्मुख भएका छौ ? भनेर प्रश्न गरे पछि दुबै देशका जनताले भगवान बुद्धको कुरा प्रति सहमत भए । युद्धको अवस्था पर सरेको थियो । युद्धको अवस्था भगवान बुद्धको एक शब्दले शान्तिमा परिणत भयो । शाक्य र कोलिय राज्यका जनता दुबैले अहंकार र प्रतिसोधको कारण रगत बग्छ । सहकार्य गरियो भने शान्ति बढछ । शान्ति पुर्ण तरिकाले दुबै राज्यका जनताले रोहिणीको पानी पालैपालो उपयोग गरे । भगवान बुद्धलाई कृतज्ञता प्रकट गर्दै अब देखी आपसमा मिलेर बस्ने प्रतिवद्धता जनाएका थिए । भगवान बुद्धले अन्य क्षेत्रमा पनि द्धन्द्धको समाधानका उपायमा रोहिणी नदी क्षेत्रमा भएका आपसी समझदारीलाई उदाहरणको प्रस्तुत गर्दै द्धन्द्ध र विवाद समेत मिलाउने गरेका थिए ।
उनले रोहिणीको बाँध क्षेत्रमा कोलिय र शाँक्य राज्यका बढापाखाहरुले विवाद समाधानका लागि बाँधमा जसरी पराल राख्ने,माटो राख्ने क्रम जोडदै बाँधको निर्माण हुन्छ । त्यसै गरि एकले आर्कालाई सहयोग गरि शान्ति स्थापनाको बाँध निर्माण हुन्छ । एक आपसको सदभाव प्रकट गरिएको रोहिणी नदी प्राचिन कालमा उदाहरणिय स्थान हो । सोही स्थानको खोज आज आवश्यक छ ,विश्व शान्तिको मुहान सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी भए पनि ति स्थान बुद्धको जन्म स्थल हो,प्रमुख प्रशासकिय अधिकृत गौतमले भने,तर बास्तविक शान्तिको सन्देश दिएको स्थान रोहिणी नदी किनार हो । जहाँबाट शान्तिको सन्देश विश्व भरिका लागि उदाहरणिय बन्न सक्छ । त्यसैले अहिले तत्काल रोहिणी नदि किनारमै रोहिणी सभ्यता बुद्ध पार्कको शुभारम्भ गर्न गाउनपालिका अगाडी सरेको छ । तर सहयोग सबै क्षेत्रबाट हुन आवश्यक रहेको उनले सुनाए ।

Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *