निर्माण भएको दुई बर्ष वितिसक्दा सञ्चालनमा आएन लुम्बिनी प्रादेशिक पशुरोग अन्वेषण प्रयोगशाला

दर्शक: 126

नवलपरासी,३२ साउन
लुम्बिनी प्रदेश सरकारले नवलपरासीमा स्थापना गरेको पशु रोग अन्वेषण प्रयोगशाला निर्माण भएको दुई बर्ष वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । अहिले देशभरि पशुहरुमा देखिएका लम्पी स्किन जस्ता महामारीहरु फैलिदै गरेको अवस्थामा प्रादेशिक प्रयोगशाला प्रति सरकारी वेवास्ता गर्दा हालसम्म सञ्चालनमा आउन नसकेको हो ।
गत बर्ष नै लुम्बिनी प्रदेश सरकारद्धारा नवलपरासीको सदरमुकाम परासीमा निर्माण गरिएको प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने जानकारी गराइएको थियो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय परिसर भित्र निर्माण भएको उतm प्रयोगशाला लुम्बिनी प्रदेश सरकार नयाँ गठन भए पश्चात चाडै सञ्चालनमा आउने प्रयोगशालाले दाबी गरे पनि हालसम्म सञ्चालनमा आउन नसक्दा सरकारी पशु कृषक प्रति कति उदासिन देखिएको उदाहरण देख्न सकिन्छ । लुम्बिनी प्रदेश भित्र पशु र माछामा लाग्ने रोगको अनुसंधान अन्वेषण गरि रोगको कारण पत्ता लगाउने र रोग नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सुझाव सहितको प्रतिवेदन दिने गरि काम गर्ने प्रयोगशालाका तत्कालिन प्रमुख डा.उत्तम अचार्यले बताएका थिए । पशुमा लाग्ने रोगको कारण पत्ता लगाउने,उपचारको लागि भेटेनरी अस्पतालहरुलाई सुझाव पेश गर्ने गरि प्रयोगशाला बनेको छ । त्यही बेला देखी अहिले कार्यालय सञ्चालनमा ल्याइएको थियो तर हालसम्म पनि प्रयोगशाला सञ्चालनमा आई पुगेको छैन् । नयाँ सरकार गठन पश्चात यसको औपचारिक उदघाटन हुनेछ भनिएको थियो । तर तिन पटक सरकार फेरियो प्रयोगशाला सञ्चालनमा आउन नसकेको नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए ।
नेता मन्त्रीहरुको किसानको समस्या मुखले बोल्ने तर भित्र सत्ता स्वार्थमा लिन हुने मात्र देखिएको उनको भनाई छ । नागरिक प्रति नेता सरकारका मन्त्रिहरु पटक पटक बेईमानी गर्ने गरेका छन् । उनका अनुसार नवलपरासीमा यो प्रयोगशाला स्थापना हुनु उपलब्धी मुलक नै भएको हो,तर सञ्चालन भए पो पुर्ण उपलब्धी मान्न सकिन्छ । नवलपरासीमा प्रयोगशाला भए पनि यसले लुम्बिनी प्रदेशको १२ वटै जिल्लाबाट नमुना संकलन भएर आउने र त्यो नमुना परिक्षण गरि अन्वेषण गरिने छ ।
एक करोड बढि लगानीमा बनेको प्रयोगशालाले पशुमा लाग्ने ब्याक्टेरिया,भाईरस,फँगस(ढुसी) आदीबाट लाग्ने रोगको पत्ता लगाईने छ । पशुको रगत,पिसाब,दिसा आदीको परिक्षण गर्ने छ । प्रयोगशालाले भाईरस सम्बन्धी पिसिआर समेत गर्ने गरि स्थापना भएकोछ । यसले उपचार विधिमा कल्चर समेत परिक्षण गर्ने योजना छ । नवलपरासी जिल्लामा स्थापित उतm प्रदेश स्तरिय प्रयोगशाला लुम्बिनीप्रदेशको भए पनि नवलपरासीको सिमा भारतको उत्तर प्रदेश,विहार प्रदेश,नेपालको गण्डकी प्रदेशसँग पनि जोडिने हुदा ति प्रदेशमा पनि लाग्ने पशुजन्य रोगको नमुना आए परिक्षण गर्न सक्छ । खुल्ला सिमाका कारण रोग अन्य देश र प्रदेशका रोग पनि सजिलै लुम्बिनी प्रदेशको सिमा भित्र छिर्न सक्छ । रोगको अन्वेषण बेलामै गरेर उपचारका लागि सम्बन्धित पशु अस्पताललाई जानकारी गराई दिइने दायित्व यो प्रयोगशालाको रहने छ ।
नवलपरासी जिल्ला एक आफैमा विविधतापुर्ण छ,सिमा पनि तिन वटा प्रदेशले छोइन्छ । त्यो भएर पनि प्रयोगशाला उपयुतm स्थानमा लुम्बिनी प्रदेश सरकारले राखेको उनको भनाई थियो । पहिला नवलपरासी भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय मार्फत नै राख्ने योजना अनुसार यहाँ छनौट भएको थियो । तर पछि कृषि,खाद्य प्रविधि तथा भुमि ब्यवस्था मन्त्रालय अन्तरगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय मार्फत रहने गरि किटान गरिएको छ । हाल चार जना
कर्मचारीको दरबन्दी यो प्रयोगशालामा कायम गरिएको छ । तर सवारीसाधन,अन्य कार्यालयको ब्यवस्थापन हुन सकेको छैन् । प्रयोगशालाको प्रचार प्रसार,अन्य कार्यक्रमका लागि पनि सरकारले बजेट विनियोजन गरेको छैन् । लामो समय देखी सञ्चालनमा नआएको प्रयोगशाखा सञ्चालन छिट्टै हुने दाबी लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले बताए । सबै तयारी पुरा भई सकेको छ,उनले दाबी गरे,छिट्टै सरकारले निर्माण भएको उतm प्रयोगशाला सञ्चालनमा ल्याउने छ ।

Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *