विद्युत समस्यालाई लिएर नागरिक समाजले बुझायो जिससलाई ज्ञापनपत्र

दर्शक: 274

नवलपरासी,२९ असार
नागरिक समाज नवलपरासीले जिल्ला भित्र पुर्ण भोल्टेजको विद्युत आपुर्ति नहुदा सेवाग्राही मर्कामा परेको जनाउदै जिल्ला समन्वय समिति(जिसस) लाई ज्ञापनपत्र बुझाएको छ । जिसस प्रमुख भगौती प्रसाद यादवलाई सो ज्ञापनपत्र बुझाउदै सम्बन्धित सरोकारवा निकायसँग पहल र समन्वय गर्न आग्रह समेत गरेको हो ।
नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रसँग सम्पर्क गर्दा केन्द्रले पुर्ण क्षमताको विद्युत आपुर्तिका लागि राष्ट्रिय प्रशारण लाईनको ३३ केभि लाईन विस्तार हुन आवश्यक रहेको र सो लाईन विस्तार अन्तिम चरणमा पुगे पनि केही स्थानमा अवरोधका कारण जडान हुन नसक्दा समस्या आएको विषय ज्ञापनपत्रमा उल्लेख गरिएको छ । अवरोध हटाउन जिससले पहल गरि दिन भन्दै ज्ञापनपत्र बुझाइएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । अवरोध के कति कारण र कस्को कारणले भई रहेको छ ? त्यसबारे पनि जिससले पत्ता लगाई समस्या हल गर्न आग्रह गरिएको छ । जिल्ला भित्र केही समस्या पर्दा सम्बन्धित निकायसँग समन्वय गर्ने जिससको दायित्व पनि हो,अध्यक्ष सैथवारले भने,जनताको जनप्रतिनिधि सस्था पनि जिसस नै भएको हुदा वास्तविक कारण पत्ता लगाई समस्या हल गर्नमा जिसस दायित्वबोध गर्नेमा हामी विश्वस्त छौ ।
एउटा निकायमा समस्या लिएर जादा एउटा कुरा भन्ने र आर्को समस्या आर्को निकायमा जादा आर्को कुरा भन्दै अझै पनि नागरिकलाई गुमराह पार्ने पद्यती हाभि नै छ । जिसस सबै सरोकारवाला सस्था भएको हुदा त्यहीबाट पहल गरियो भन्ने चाडै निकास निस्कने उनको भनाई थियो । प्रशासरण लाईनको विस्तार विगत ४ बर्ष देखी नै भई रहेको छ,जिसस प्रमुख यादवले भने,यसमा प्रत्यक्ष सरोकार राख्ने रामग्राम नगरपालिका र वार्ड नं.१ का वार्ड अध्यक्ष हुन् । कुलो पुरेर सडक निर्माण गराउदै सो वार्डका वार्ड अध्यक्ष रुद्र प्रसाद उपाध्यायले विद्युत प्रशारण लाईन विस्तार गर्न लगाएका थिए ।
अहिलेसम्म किन समाधान गर्न सकिरहेका छैनन् ? यसमा रामग्राम नगरपालिकाले पनि चाँसो लिएर काम गरिदिनु पर्ने प्रतिकृया दिदै जिससको तर्फबाट जति सक्दो चाडो सरोकारवालासँग पहल गरि निकास निकाल्ने आश्वस्त पारेका थिए । कुलो पुरेर सडकको मापदण्ड पुरा नगरि इटको टुक्रा हालेर सडक निर्माण गर्न लगाउदा स्थानियले विरोध समेत गरेका थिए । एक त कुलो पुर्ने र त्यसमा पनि इटको टुक्रा र धुलो हालेर सडक बनाउने,सडकको मापदण्ड निर्धारण नगरि सडक बनाउने कार्यले स्थानियबासी अवरोध गर्दा विद्युत प्रशारण लाईनमा अवरोध हुन पुगेको भनाई स्थानियबासीको रहेको छ । यसरी स्थानियबासी,वार्डअध्यक्ष र नगरपालिकाको आन्तरिक विवादका कारण करोडौको विद्युत प्रशारण परियोजना दुई बर्ष देखी अलपत्र परेको छ । विद्युत प्रशारण परियोजना अलपत्र हुदा विद्युत आपुर्तिमा भोल्टेज समस्या देखिन थालेको छ । भोल्टेज नहुदा पानी मोटर लगायतका विद्युत उपकरण पिक आवरमा नचल्ने समस्या देखिने गरेको छ ।

Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *