बालबालिकालाई न्यानोकपडा र टोपी वितरण

दर्शक: 59

नवलपरासी,१३ पुस
जिल्लाको विभिन्न विद्यालय तथा मदरसाका बालबालिकालाई परासी क्याम्पसका क्याम्पस प्रमुख तथा सञ्चालक समेत रहेका स्थानिय सुमन गोपाल अचार्यले कपडा र टोपी वितरण गरेका छन् । जाडोको बेला बालबालिकालाई जाडो झल्न सहज होस भनेर विभिन्न विद्यालय तथ मदरसाका बालबालिकालाई न्यानो कपडा र जाडोमा लगाउने टोपी वितरण गरेका हुन् ।
उनका अनुसार रामग्राम १७ स्थित शहिद जगदिश पासवान प्राविका २ सय ३५ जना बालबालिका,पाल्हीनन्दन गाउपालिका स्थित शहिद जगदिश पासवान प्राविकका १ सय ७० जना बालबालिका तथा सिद्धार्थ मावि कुश्मा स्थित सुस्त मनस्थिती कक्षाका १० जना बालबालिका रामग्राम ३ स्थित मदरसाका ४५ जना बालबालिकालाई न्यानो कपडा तथा टोपी वितरण गरिएको अचार्यले बताए । आफ्नै पहलमा उनले बाल स्वास्थ्यका लागि साझेदारी नामक सस्था सञ्चालन गर्दै आएका अचार्यले रामग्राम १ का हरिजन बस्तिमा रहेका ७२ जना बालबालिकालाई ट्रयाकसुट वितरण गरिएको बताए । विभिन्न समाजिक क्षेत्रमा काम गर्दै आएका अचार्य शिक्षा तथा बालबालिका क्षेत्रमा लामो समय देखी काम गर्दै आएका ब्यतिmत्व हुन् । उनी जिल्ला अदालतको बाल इजलासका बालमनोविमर्शकर्ता पनि हुन् ।

Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *