सुस्ताको समस्या बुझ्दै नेपाली सेनाका जर्नेल

दर्शक: 44

नवलपरासी,२७ भदौ
पटक पटक भारतिय अतिक्रमणको चपेटामा पर्दै आएको जिल्लाको सुस्ता भुमिमा अहिले सरकारी सुविधा के कस्तो पुगेको बारे जानकारी नेपाली सेनाका जर्नेल नवराज गुरुगँले लिएका छन् । नेपाली भुमि संरक्षण गरि बस्दै आएका सुस्ताबासीको समस्या बेला बेला उठ्ने गरेको र त्यसमा के कति ? सेवा सुविधा पुगेको बारे चाँसो लिएर गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायसँग जानकारी लिएका हुन् ।
केही बर्ष देखी सुस्ताको विवादित भुमि यथास्थितीमा रहेको र नेपालीहरु बसोबास गर्दै आएको सुस्ता क्षेत्रमा सरकारको तर्फबाट सौर्य उर्जा मार्फत विद्युत सेवा,बाटो घाटोको समेत निर्माण गरिने कार्य भई रहेको अध्यक्ष उपाध्यायले जनाएका थिए । सुस्ताको अतिक्रमित भुमि समेत उनले देखाउदै भने,अतिक्रमणको चपेटाबाट सुस्ताबासी जोगिएका छन्,तर समस्याबाट अझै मुतm हुन सकेका छैनन् । जर्नेल गुरुगँसँगै परासी स्थित गोरखदल गणका कर्नेल ज्ञानकाजी श्रेष्ठले समेत नदी वारीबाटै सुस्ताको अवस्था दर्शाएका थिए । उनले सुस्ता गाउ,सुस्ताको विवादित भुमि,अतिक्रमणमा परेको भुमि देखाएका थिए ।

विद्युतका लागि १ सय किलोवाट विद्युत उत्पादन हुने गरि सौर्य प्लान्ट उर्जा मन्त्रालयले जडान गरेको छ, सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले भने, तर त्यसले उज्यालो मात्र बनाउन सकेको छ । कम्प्यटुर लगायका उपकरण चल्न नसक्ने अवस्था रहेको छ । ति उपकरण चल्नलाई विद्युतको भोल्टेज नपुग्ने हुदा समस्या देखिएको उनको भनाई थियो । त्यसै गरि छाप्रोमा बस्दै आएका सुस्ताबासीको जनता आवास कार्यक्रम मार्फत २ सय ५० घरधुरीको पक्कि घर निर्माण भई रहेको र ति अहिले पनि निर्माणाधिन अवस्थामा छन् । निर्माणधिन घरहरु बन्ने कार्य अन्तिम चरणमा पुगेको तर अहिले पनि थप घरहरु बनाउन आवश्यकता हरेको छ । ति घरका लागि सौचालयहरु समेत बनाउनु पर्ने आवश्यकता रहेको छ ।
सस्ता भुमिका स्थानियलाई स्वास्थ्य सेवा पुर्याउनका लागि स्वास्थ्यचौकी भवन पनि निर्माणाधिन क्रममा छन् । आधारभुत स्वास्थ्य सेवा पुर्याईदै आइएको छ । शिक्षाका लागि आधार भुत विद्यालय कक्षा ८ सम्म पठन पाठन हुने गरेको छ । तर पनि माध्यमिक तह अध्ययन गर्नका लागि सुस्ताका बालबालिकालाई नदी तरेर आउने जाने बाध्यता रहेको छ । सुस्ता भुमिमा सहज आवागमनका लागि नेपालकै लामो झुलगेँपुल निर्माणाधिन क्रममा रहेको छ । पुलको अझै पनि दुई वटा पिलर बनाउन पर्ने छ । नदीको विचमा पिलर बनाउने कार्य चुनौतीपुर्ण र्नै रहेको हुदा काममा ढिलाई भए पनि सुस्ताबासीलाई नदीमा भविष्यमा सहज आवागमनका लागि आशाबादी बनाई दिएको छ ।
त्यसै गरि भारतिय पक्षले सुस्ता भुमि नै कटान गरि सुस्ताको इतिहास मेटाउने गरी बनाएको योजनाबाट जोगिने गरि नेपाल सरकारको तर्फबाट सुस्ता भुमि कटान रोक्न ठूलै लगानी गरि तटबन्धनका कार्य गरिएका छन् । भारतले सुस्ता भुमि कटान हुने गरि नै अनोमाघाट(ठाढीघाट)मा कोण (एँगल) मिलाएर स्परको निर्माण गरेको थियो । जस्ले गर्दा सुस्ता भुमि तिब्र रुपमा कटान बढेको थियो । सयौ विघा जमिन दुई तिन बर्षमै कटान गरिदियो, गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताएका थिए । तर अहिले तटबन्धनले कटान रोकिएको छ । हातले खियाउने ढुगाँको भरमा सुस्ताबासी ढुगाँ तर्दा बढि समय लाग्ने गरेको थियो,तर अहिले यन्त्र(इन्जन) जडान गरि ढुगाँ चल्ने बनाइएको छ । त्यसले सहज बनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले आकस्मिक रुपमा नारायणी नदी तरेर सुस्तामा दैविप्रकोपको बेला उद्धार गर्ने गरि स्टीमर उपलब्ध गराउने जानकारी आएको समेत गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले जानकारी गराएका थिए । स्टीमरले पनि सुस्तबासीलाई धेरै सहज बनाउने छ । सुस्ता समस्या राष्ट्रिय समस्या हो,उनले भने, यसमा गाउपालिकाले मात्र हल गरेर हुदैन,संघ प्रदेश र स्थानिय तिन वटै सरकारले सरोकार राखी काम गरेमा सुस्ताको समस्या विस्तारै हट्दै जाने छ । सुस्ताका नागरिकलाई भारतिय परनिर्भरताबाट जोगाउने कार्यमा नेपाल सरकार लागेको स्थानिय वार्ड अध्यक्ष प्रभुनाथ यादवको भनाई थियो । संघियता पछि सुस्ताभुमि सुस्ता गाउपालिका वार्ड नं.५ मा गभिदा पनि धेरै राहत महशुस गरेको उनको भनाई थियो । पहिला सुस्ता गाउपञ्चायतको रुपमा सुस्ता भुमि थियो । पछि नदीले धार फेर्दै बाढीले सुस्ताबासीलाई विस्थापित गरिदिए पछि सुस्ताबासी त्रिवेणी गाउपञ्चायतमा सरेका थिए ।
बचेको सुस्ता भुमि गाभेर त्रिवेणी सुस्ता गाविस बनाइएको थियो । गाविसबाट सेवा लिनका लागि सुस्ताबासी ११ किलोमिटर त्रिवेणीधाममा जानु पथ्र्यो,तर अहिले सुस्तालाई लुम्बिनी प्रदेश सुस्ता गाउपालिकाको ५ नं. वार्डमा गाभिए पछि सहज बनेको छ । हालको सुस्ता गाउपालिकाको वार्ड नं.५ तत्कालिन पकलिहवा गाविस थियो । सुस्ताबासी पकलिहवा भएर आफ्नो त्रिवेणीसुस्ता गाविस भवनमा सेवा लिन जानु पर्ने बाध्यता अहिलेलाई हटेको छ । सरकारले सुस्तामा यातायात,विद्युत,पुल,स्वास्थ्य र शिक्षा र सुरक्षाका पुर्वाधार पुर्याउने काम गरेको छ । तर गुणस्तरिय सेवा पुर्याउनका लागि अझै पनि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको सुस्ता गाउपालिकाले जनाएको छ ।

Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *