भगवान गौतम बुद्धले गृह शुख सन्देश दिएको प्राचिन ककरपत्त नगरमा ककरपत्त महोसत्व मनाइनुको साथै तत्कालिन नगर(निगम) प्रमुख दिर्घजानुको मुर्ति समेत प्रतिस्थापन गरिएको छ । नवलपरासीको सरावल गाउपालिका २ जावा कोलवृक्ष बगैचा क्षेत्रलाई दुई बर्ष पहिला ककरपत्त नगर घोषणा भएको स्मरण दिवसलाई समेत बनाएको हो ।


गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले कोलिय गणराज्य अन्तरगतको यो ककरपत्त नगर गृहस्थलाई सन्देश दिएको हुदा सँसारकै गृहस्थले यो स्थानमा आएर भगवान बुद्धको सन्देश सुन्न सकने र आफ्नो मुतिm साधन पाउने स्थलको रुपमा विकास गरिने बताए । अहिले समान्य रुपमा ककरपत्त महोत्सव मनाएको भए पनि अगामी दिनमा यसलाई भब्य तरिकाले मनाउदै लैजाने समेत उनले जानकारी गराएका थिए । पुरातत्व विभागले समेत यस क्षेत्रलाई प्रााचिन स्मारकको रुपमा संरक्षण गर्ने गरि राष्टिय सम्पदामा सुचिकृत गरि सकेकोले यो स्थान भविष्यमा विश्व सम्पदामाम जाने र विश्वकै ध्याना तान्न सक्ने धार्मिक पर्यटन क्षेत्रको सम्भावना बोकेको छ । बुद्ध दर्शनका अनुसार कोलिय पुत्र दिर्घजानुको नामले जावा गाउ रहन गएको थियो । उतm स्थानलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्ने उदेश्यले सरावल गाउपालिकाले विभिन्न कार्य गर्दै आएको छ ।
भगवान बुद्ध बेला बेला गाउ निस्कने बेला विभिन्न स्थानमा धर्म देशना गर्ने क्रममा भगवान चरिया गर्दै ककरपत्त आएका थिए । सोही बेला ककरपत्तका नगरप्रमुख कोलिय पुत्र दिर्घजानुले भगवान समक्ष उपस्थित भई आफुहरु गृहत्याग गरि भिच्छु हुन नसक्ने बताउदै समान्य गृहस्तहरु कसरी मुतिmको मार्गमा जान सक्ने आग्रह गरेका थिए । भगवान बुद्धले दिर्घजानुको आग्रहलाई स्वीकार गर्दै गृहशुख सन्देश सुनाएका थिए । जुन कुरा त्रिपिटकको अगुत्तर निकायको दिर्घजानु सुत्तमा उल्लेखछ । गृह शुख सन्देश दिदा भगवान बुद्धले गृहस्थको इललौकिक अर्थात जिवित हुदासम्म र पारलौकिक अर्थात मरणोपरान्त गर दुई भागमा सन्देश शुनाउनु भएको थियो । इहलौकिक शुखका लागि पहिलो उठ्ठान सम्पदा यसको मतलब गृहस्थले कमाउनु पर्छ पर्छ । दोश्रो आरक्ष सम्पदा कमाएको धनमाल संरक्षण गर्नु पर्छ । तेश्रो कल्याणमित्र सम्पदा राम्रो सज्जन मानिस सदगुरुको संगतमा बस्नु पर्छ र चौथो समआजिविका सहि तरिकाले कमाउने र आजिविका गर्नु पर्छ ।


त्यसै गरी पारलौकिक खुशका लागि पहिलो श्रद्धा सम्पदा अर्थात भगवान र कल्याणमित्र प्रति श्रद्धा उत्पन्नन गर्नु पर्छ । दोश्रो शिल सम्पदा अर्थात गृहस्थले कम्तीमा पनि पञ्चशिलको आचरण पुरा गर्नु पर्ने जस्मा चोरी नगर्नु,झुठो नबोल्नु,प्राणी हिँसा नगर्नु,नसा नगर्नु र ब्यविचार गर्नु हुदैन् । तेश्रो त्याग सम्पदा जस्मा गृहस्तले कुनै पनि कुरासँगै चिपकाव गर्नु हुर्दैन सहज ढंगले त्याग गर्न सक्नु पर्छ । किनकी एक दिन मानिसले आफ्नै शरिर नै छाडेर जानु पर्ने अवस्था आउछ जस्को तुलनामा अन्य बस्तु तुच्छ हुन्छ । चौथो प्रज्ञा सम्पदा अर्थात प्रजा जागृत गरेर विमुतिmको मार्गमा जानु पर्छ । अविद्या हटाउनु पर्छ । जस्मा प्रज्ञा जागृत गर्नका लागि विपश्यना विद्याको अभ्यास गर्नु पर्ने महत्व पुर्ण सन्देश दिएका थिए ।


गाउपालिकाले अहिले गौरवकै आयोजनामा समावेश गरि ककरपत्त नगर क्षेत्रलाई संरक्षण,विकास,प्रवद्र्धनका लागि विभिन्न पुर्वाधारको विकास समेत गर्दै आएको छ । ककरपत्त क्षेत्रमा सभाहल,बालउद्धान,भगवान बुद्धको मुर्ति स्थापना अहिले भगवान बुद्धको मुर्तिसँगै भगवानले सन्देश दिदै गरेको दिर्घजानुको मुर्ति समेत प्रतिस्थापन गरेको छ । ककरपत्त क्षेत्रमा नै कमलपोखरी रहेको क्षेत्रलाई संरक्षण गरि सो क्षेत्रमा प्रतिक्षालय,चरा अवलोकन गर्ने स्थलहरुको समेत संरचना निर्माण गरेको छ । ककरपत्त क्षेत्रमा स्थानिय पर्यटक समेत आउने गरेका छन् ।
तर पनि यसको एकिकृत रुपमा विकासका लागि स्थानिय तह मात्रै नभई प्रदेश सरकार र संघ सरकारले समेत सहयोग गर्नु पर्ने आवश्यकता औल्याइएको थियो । कोलवृक्ष पर्यटन वकास संस्थाका अध्यक्ष नरेन्द्र चौधरीको अध्यक्षतामा भएको उतm कार्यक्रममा पत्रकार बेचु गौंडले सो क्षेत्रको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष बासमती हरिजन,वार्डअध्यक्ष सम्भु चौधरी लगायत जनप्रतिनिधिहरु,लायन्स क्लबका श्याम कुमार बस्याल,स्थानिय समाजसेवी शुशान्त शर्मा घिमिरे लगायतको सहभागिता रहेको थियो । सो स्थानमा सबै स्थानियबासीले घरबाट माटो दियो बाल्ने र परिक्रमा गरि मनाएका थिए । कार्यक्रमको सञ्चालन सस्थाका चौधरी अतेन्द्र चौधरीले गरेका थिए ।