महिला स्वास्थ्य सेविकालाई मानसिक रोगीको पहिचान गर्न मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण

नवलपरासी,१५ चैत्र
जिल्लाको पाल्हीनन्दन गाउपालिकाले गाउपालिका भरिका महिला स्वास्थ्य स्वम्ेविकाहरुलाई नसर्ने मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गराएको छ । मानसिक समस्या भएका तथा मानसिक रोग सम्बन्धित गाँउ टोलमा मानसिक समयस्या झेल्दै आएको ब्यतिmको पहिचान गरि मानसिक रोग विशेषज्ञ समक्ष प्रेसण गर्न सक्ने गरि आधारभुत तालिम दिलाएको हो ।
गाँउ टोलमा खोपजन्य,बालबालिका,महिला स्वास्थ्य सम्बन्धि विभिन्न स्वास्थ्य सम्बन्धि खोजपडताल गरि स्वास्थ्य कर्मी समक्ष ल्याइदिइने महिला स्वास्थ्य सेविकाहरु हुन् । अहिले मानसिक रोग सम्बन्धि अभिमुखीकरण गराएर त्यस्ता विरामी पनि स्वास्थ्यकर्मी र विज्ञ समक्ष पुर्याउनमा सहयोगी हुने विश्वास लिइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पौडेलले बताए । नेपालमा स्वास्थ्य सेवाको सुचकाँक र प्रतिफल ल्याउनमा महत्वपुर्ण भुमिका खेल्दै आएकी स्वासथ्य सेविकाहरुको प्रशँसा गर्दै उनले भने, अहिले समाजमा मानसिक समस्या पनि देखिन थालिएकोछ ।
बेलामै उपचार गर्न सकिएमा ति रोगको पनि निदान हुन सक्छ,तर धेरैलाई शुरुमा आफुलाई मानसिक समस्या हो भन्ने थाहा नै हुदैन् । गम्भिर लक्षण देखाउन थाले पछि मात्र मानसिक समस्या भएको पहिचान गर्ने गर्छन् । थाहा पाए पनि झारभुखमा पनि धेरै समय विताउदै रोगलाई जटिल र गम्भिर बनाई दिन्छन् । तर बेलामै मानसिक रोगका विशेषज्ञसँग भेट गराईदियो भन्ने सहजै उपचार भएर आफ्नो समान्य जिवनमा पनि फर्कन सक्ने अवस्था हुनछ । मानसिक रोग सम्बन्धि समस्या गाँउमा धेरै नै छन्, उनले थपे, तर पहिचान गर्ने स्वास्थ्यकर्मीको सम्पर्कमा आउदैनन् । आए पनि धेरै जटिल र गम्भिर चरणमा प्रवेश गरि सके पछि आउने गर्छन ।
जसरी शरिरसँग सम्बन्धित भएर स्वास्थ्य समस्या जोसुकैलाई आउछ,त्यसै गरि मन र मनमा उत्पन्न हुने विचार,तनाव आदीले पनि मानसिक समस्या उत्पन्न हुन्छ । शारिरीक जस्तै मानसिक समस्याका लक्षण देखिने वित्तिकै चिकित्सकसँग पुर्याउनमा महिला स्वास्थ्य सेविकाको महत्वपुर्ण भुमिका रहने उनको भनाई थियो । बेलामै चिकित्सकको परामर्शमा गए समान्य उपचारले नै रोग निको भई हाल्छ,उनले भने, तर ढिलो भयो भन्ने मानसिक रोगी त रोगी नै भई हाल्छ,त्यसले उस्को घरपरिवार तथा छरछिमेकीलाई पनि असर पर्न थाल्छ ।
महिला स्वास्थ्य सेविकालाई मानसिक रोगबारे अभिमुखीकरण कार्यक्रमले मानसिकर रोगको लक्षणका आधारमा गाँउ घरमै अब पहिचान हुने अवस्था आउन सक्ने गाउपालिकाकी उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना)ले बताएकी थिईन् । पहिचानको आधारमा ति मानसिक समस्या सम्बन्धि पनि जागरण,सेवा शिविर तथा उपचारकार्यका लागि गाउपालिकाले योजना बनाई नागरिकको मानसिक स्वास्थ्य सेवा समेत प्रवाह गर्नमा सहयोग पुर्याउने बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *