बौद्धकालिन ‘खिर वृक्ष’को संरक्षण हुनु पर्ने स्थानियबासीको माग

नवलपरासी,११ माघ
जिल्लाको रामग्राम १८ स्थित बन्जारिन माई स्थान परिसर भित्र रहेको लोपोन्मुख खिर वृक्षको संरक्षण गर्नु पर्ने स्थानियले औल्याएका छन् । जडिबुटीको रुपमा रहेको उतm वृक्ष बन्जारिन माई परिसरमा एउटा रुखको रुपमा शुरक्षित रहेको र स्थानिय भाषामा (खिरको वृक्ष) रुखलाई संरक्षण गर्नु पर्ने स्थानियबासीले माग समेत गरेका हुन् ।


प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम (पण्डितपुर) क्षेत्रसँग जोडिएको र सो वृक्ष बुद्धकालिन हुनु पर्ने दाबी गर्दै स्थानियले सो रुखको संरक्षण गर्नु पर्ने स्थानिय राधेश्याम अग्रहरीले बताए । पहिला आफुहरु स साना हुदा खेरी नै खिर वृक्षको फल टिपेर खाने गरेको सम्झदै ५५ बर्षिय अग्रहरीले भने,हामी स साना हुदा जस्तो अवस्थामा रुख थियो,अहिले पनि उहिाँ अवस्थामा रुख रहेको छ । यस्तो प्रजातीको रुख विरुवा कोलिय गणराज्यको राजधानी नजिकै पाइएको हुदा कोलवृक्ष,पुत्रन्जिी,बोधिवृक्ष जस्तै यसको पनि महत्व हुन सक्ने हुदा त्यसबारे अनुसंधान हुनु पर्ने पनि उनको भनाई थियो । जैविक विविधताको संरक्षण र आउने पुस्ताका लागि पनि यो खिर वृक्ष कस्तो हुन्छ ? देखाउन र परिहचान गर्नका लागि पनि यसको संरक्षण हुन आवश्यक देखिन्छ, उनले भने,यसको प्रमुख जिम्मेवार रामग्राम नगरपालिकासँगै बन बनस्पती विभाग र आयुर्वेद विभागले गर्नु पर्छ ।
यो वृक्षको आयुर्वेदिक र अध्यात्मिक महत्व पनि हुन सक्छ,उनले थपे,त्यही भएर यस्तो रुख अन्यत्र पाइएको छैन् र यो प्राचिन स्मारक क्षेत्र रहेको बन्जारिन माई परिसरमा एउटा मात्र रुख देख्न पाईन्छ । यसको जैविक महत्वबारे पनि अनुसंधान हुुन पर्ने स्थानिय बुद्धिजिवी राधेश्याम सिँह सैथवारले बताए । नेपालमा नयाँ नयाँ विदेशी प्रजातीका रुख विरुवा बन विभागले ल्याउने तर आफ्नै मुलुकमा रहेका यस्तो लोपोन्मुख बनस्पती र रुख वृक्षको संरक्षण तथा विस्तार गर्न नसक्ने दुर्भाग्य भएको उनले सुनाए । आफु सानो छदा देखी नै यो रुख जस्तो थियो,अहिले पनि उस्तै अवस्थामा रहेको छ ।
सानो छदा यसको फल पाके पछि भुईमा झर्थ्यो,उनले रुख देखाउदै भने,खादा गुलियो स्वादको हुन्छ,साना हुदा खुब खाईयो,तर अहिले एउटा मात्र यो रुख यहाँ देख्न भेट्न पाईन्छ । संरक्षणमा चाँसो कस्ले लिइने भन्ने नै यहाँ समस्या देखिन्छ । नेपालमा बनस्पती विभाग छ,तर त्यो विभाग काठमाडौमा केन्द्रित छ । विदेशी बनस्पतीबारे अनुसंधान गर्छ,आयात गर्छ।,प्रवद्र्धन गर्छ । तर आफ्नै देशको रुख विरुवा नष्ट हुदैछन् । तर त्यसबारे कुनै चाँसो लिदैन् । बन्जारिन माई प्राचिन स्मारक क्षेत्र भित्र रुखसँगै प्राचिन इनार छ,उनले भने,जस्को पानी अहिले पनि स्थानियबासीले श्रद्धास्वरुप खाने गरेका छन् । अहिले पनि इनारको पुजा गर्ने,पानी झिकेर खाने गर्दा शुभलाभ प्राप्त हुन्छ भनि मान्यता छ । त्यसका लागि अहिले पनि इनारमा पानी झिक्नका लागि बाल्टी,डोरी र खानका लागि लोटा राखिएको छ । त्यहीसँगै यो खिर वृक्षको पनि महत्व उत्तिकै रहेको भनाई सैथवारको थियो ।
नवलपरासीमा मात्रै बौद्धकालिन कोलवृक्ष,पुत्रन्जिवी र अहिले खिरवृक्ष यसको सोध अनुसंधान आवश्यक रहेको स्थानिय पुरातत्व क्षेत्रमा अध्ययन अनुसंधान गर्ने नारद यादवले बताए । प्राचिन कालको यो पण्डितपुर कोलिय गणराज्यको राजधानी क्षेत्र हो । पण्डितपुर राजधानी देखी दुई किलोमिटर उत्तर पुर्वमा बन्जारिन माई प्राचिन स्मारक क्षेत्रमा सो रुख अवस्थित हुनु बुद्धकालिन राजाहरुले नै यस्तो वृक्ष यहाँ राखेको हुनु पर्ने उनको भनाई थियो । इतिहास,पुरातत्वसँगै जैविक अवस्थाले पनि यो क्षेत्रको प्राचिनतालाई दर्शाउछ । तर सरकारी निकाय यस प्रति वेखबर रहेको पाइन्छ ।
े २०५९ सालमै आफु कोलिय राजधानी क्षेत्र पण्डितपुरको खेत खेतमा फालिएको प्राचिन ग्रेवर जस्ता बस्तु पुरातत्व विद शुक्रसागर श्रेष्ठलाई देखाउदा उनले सो बस्तु कहाँ छ ? भनेर चाँसो देखाए र मैलो उहाँलाई ल्याएर त्यस क्षेत्रको भ्रमण गराए,यादवले भने, पुरातत्वविद श्रेष्ठले यि बस्तुहरु प्राचिन शाक्य राज्य कपिलबस्तुसँग मेल खाने बस्तुहरु भएको हुदा यो नै कोलिय गणराज्यको राजधानी हुनु पर्ने अनुमान गरि उत्खनन कार्यमा लागेका थिए । अन्ततः अहिले भुभौतिक सर्वेक्षणले पनि राजधानीको ९९ प्रतिसत प्रमाण फेला पारेर राजधानी भनिसकेको छ । त्यसै गरि उनले यो बनस्पतीको पनि आफ्नै महत्व होला,संरक्षणको आवश्यकता रहेको छ ।
तर बनस्पती विभागले यसको संरक्षणमा चाँसो लिनु पर्छ । कोलवृक्षको पनि आफ्नै इतिहास रहेको सुनाउदै उनले कोलिय गणराज्यको नाम नै प्राचिन राजाले कोलवृक्षबाट राखेका थिए । स्थानिय भाषामा पतजिव भनेर चिनिने जस्को फल सेवनले पुत्रलाभ प्राप्त हुन्छ,भनेर आयुर्वेदिक महत्व भएको पुत्रन्जिवीको रुख यहिँ नवलपरासी जिल्ला सरावल १ भगडामा पाईन्छ । त्यसै गरि खिरको पनि महत्व पनि कहिँ न कहिँ बौद्ध साहित्यमा उल्लेख भएको पनि हुन सक्छ । त्यो भएर बौद्ध इतिहाससँग बौद्धकालिन रुख विरुवाको पनि उत्तिकै महत्व हुन सक्ने हुदा यसको संरक्षण हुनु पर्ने उनको भनाई थियो । यो वृक्षको आयुर्वेदिक महत्व हुन सक्न प्रतापपुर गाउपालिका आयुर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्राले बताए । तर यसका लागि अनुसंधान आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *