
नवलपरासी,२९ माघ
जिल्लाको सरावल गाउपालिका ५ धनगडवा स्थित मनमोहक प्राचिन धनपोखरा अहिले आन्तरिक पर्यटकको रोजाई बन्दै गएको छ । प्राचिन इतिहास बोकेको उतm पोखराको ब्यवस्थापन र सौन्दर्यीकरण गरिए पछि पोखरा घुम्न र रमाउन आउनेको संख्या बढदै गएको हो ।

पोखराको प्राचिन महत्व भए पनि धेरैलाई सो पोखराबारे जानकारी नभएका कारण अहिले स्थानियबासीले समान्य माछा मार्ने र पोखराको पानी सिचाईमा प्रयोग गर्दै आएका छन् । तर सो प्राचिन धनपोखराको महन्त्व झल्किने गरि त्यहाँ अन्य रमणिय पुर्वाधारहरुको विकास गर्न सकिएमा स्थानियसँगै अन्य प्राचिन अध्ययेताहरु समेत यस क्षेत्रमा आउन सक्ने सम्भावना रहेको स्थानिय रबिन्द्र गौडले बताए । परापुर्व काल देखी नै यो पोखरा रहदै आएको गाँउका पुढापाकाहरुले भन्ने गरेका छन्,उनले भने,तर यसको प्राचिनताबारे तथ्यगत रुपमा खोज हुन सकेको छैन् । जलासय र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ,उनले थपे,तर यसको प्राचिनता खोज र तथ्य पस्कन सक्नु पर्छ । यसका लागि सरावल गाउपालिकाले पनि अध्ययन गराउनु पर्ने उनको भनाई छ । ५ विघा भन्दा बढि क्षेत्रफलमा फैलिएको पोखराको माछा मार्ने,सिचाई गर्ने र छठघाटको रुपमा छठिमाईको पुजा गर्ने गरिएको छ ।

पोखराको ब्यवस्थापनमा पनि गाउपालिकको तर्फबाट खासै चासो देखिएको छैन्,स्थानिय बालमुकुन्द चौधरीले भने,यसको प्रमुख जिम्मेवारी गाउपालिकाकै हो । बौद्धकालिन प्राचिनता झल्किने अवशेषहरु पनि बेला बेला देख्ने गरिएको छ । तर तथ्यपरक आधार खोज्न त सो क्षेत्रका ज्ञाता नै आवश्यक पर्ने उनको भनाई थियो । धनगडवा गाउको नाम पनि सम्भवतः यहिँ धनपोखराले नै राखिएको हुन सक्ने उनले अनुमान ब्यतm गरेका थिए । यसको सन्दर्भ पनि दविला स्थित बुद्धमंगल तालसँग भएको ताल क्षेत्रको जानकार वर्दघाट नगरपालिका भटवलिया बजार स्थित दिप प्रकाश लोहनीले बताए । बुद्धमंगलमा तालमा विगत बर्षमा तालमा रहेको धनदेवीको धन चोरेर चोरहरुले दक्षिण तर्फ त्यही धनगडवा तर्फ लगेको थिए । सो धन उनीहरुले त्यही पोखरा नजिकै गाडेका थिए । पछि धन खोज्दा पोखरा बनेको र त्यसको वरिपरि गाँउ बस्ती बन्दै जादा स्थानियले धनगडवा गाउ हुन गएको किवदन्ती उनले सुनाए । जुन गाँउ अहिले पनि अवस्थित छ ।
दविलाको बुद्धमंगल ताल अहिले प्राचिन हल्लिदावसन नगर भएको खोज हुदै वर्दघाट नगरपालिकाले घोषणा गरि सकेकोछ । हल्लिदावसन नगरमा स्वम्बुद्ध आएर मित्त सुत्त (मंगलमैत्री सुत्र) सुनाएको कुरा बौद्ध साहित्य र इतिहासको खोज भई रहेको छ । यदि बुद्धमंगल ताल बौद्धकालिन हो,भने त्यहीसँग किवदन्तीका अनुसार सम्बन्ध जोड्दा यो पनि बुद्धकालिन हुन सक्ने आधार तयार गर्छ । तर यसको लागि सम्बन्धित पुरातत्वविद,इतिहास विदहरुलाई यस क्षेत्रमा खोज गर्न लगाई यसको महत्व झल्काउन सकिन्छ, चौधरीले भने,तर त्यसको लागि गाउपालिकाले जिम्मेवारी लिई काम गर्न सक्नु पर्छ ।
प्राचिन कोलिय गणराज्य भित्रकै यि प्राचिन गाँउहरु भएको हुदा कोलिय सभ्यता र संस्कृति अहिले पनि विभिन्न रुपमा जिवित छ । थेरबादले थारु बनेको र चाहे त्यो बुद्धमंगल ताल होस वा त्यससँग जोडिएको धनगडवा गाउको धनपोखरी त्यसको वरिपरि थारु समुदायले नै बसोबास गर्दै आएका छन् । त्यसले पनि बौद्धकालिन सभ्यता झल्काउदै आएको गाउपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरीले बताए । उनले आफ्नो कार्यकालमा यहिँ सरावल गाउपालिकामा प्राचिन ककरपत्त नगर,सज्जनेल नगर,कुण्डिय नगर र सायुगा नगर खोज गराई घोषणा गराइएको उनले बताए । अहिले धनगडवाको सन्दर्भ जोडिदा यसको पनि खोज हुन आवश्यक देखिएको उनको भनाई थियो । प्राचिनताको खोज र अनुसंधानलाई गाउपालिकाले निरन्तरता दिदै जाने र अब यो धनगडवाबारे पनि खोज गराईने गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । सांस्कृतिक सम्पदाले भरिपुर्ण यो सरावल गाउपालिका नै साँस्कृतिक गाउपालिका जस्तै छ । तर यसको सोध खोज र ब्यवस्थापन गर्न आवश्यक रहेको छ,उनले भने,यसका लागि गाउपालिका निरन्तर काम गर्छ,स्थानियबासीको पनि सहयोग र साथ चाहिन्छ । सबै पर्यटकिय,साँस्कृतिक,पुरातात्विक र जलासय पोखरा सम्पदा हो,यसको संरक्षण र प्रचार प्रसार पनि उत्तिकै आवश्यक छ ।
