
नवलपरासी,२४ माघ
जिल्लाको वर्दघाट नगरपालिकाले समृद्ध र सुन्दर नगर बनाउनका लागि विभिन्न नयाँ नयाँ कार्यको थालनीसँगै समृद्धिका लागि दश अभियानको सुभारम्भ गरेको छ । विकास पुर्वाधार,अध्ययन अनुसंधानसँगै दैनिक जिवनमा उपयोगी हुने र समृद्धिको आधारमा सहयोगी बन्ने उतm दश अभियान शुभारम्भ गरेको हो ।
नगरप्रमुख,उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत सहित वार्डअध्यक्ष कार्यपालिका सदस्य र विभिन्न शैक्षिक समाजिक संघ सस्थाहरु सहित पुरै नगरपालिका परिवारलाई परिचालित हुने गरि मुख्य दश अभियान सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । ति अभियानमा धेरै जसो अभियानले गति लिई सकेका छन्,उनले भने,बाकी अभियानलाई पनि गतिशिल बनाउदै छौ । यसमा नगरबासीले समेत चाँसो लिएर सहभागिता जनाउदै सहयोग गर्दै आएका छन् ।
उनका अनुसार सडक बत्ति ब्यवस्थापन अभियान,फोहोर बर्गिकरण अभियान,राजस्व परिचालन अभियान,ब्यवसाय दर्ता अभियान,नगर सफाई र हरियाली प्रवद्र्धन अभियान,सार्वजनिक जग्गा संरक्षण अभियान,छाडा पशु ब्यवस्थापन अभियान,वित्तिय साक्षरता प्रवद्र्धन अभियान,सेवा प्रवाहमा सरलिकृत गर्ने(नक्सापास एकिकृत घुम्ति सेवा) अभियान र रोजगारी प्रवद्र्धन (सामी र प्रधानमन्त्री रोजगार कार्यक्रम सहित)को अभियान सञ्चालनमा ल्याइएको छ । यि सबै अभियानलाई वार्ड र टोल तहसम्म पुर्याइएको बताउदै उनले यसको प्रभाव पनि नगरपालिकामा हेर्न सकिने अवस्थामा पुगेको छ ।
कुनै पनि कार्यक्रम समान्य रुपमा गर्ने गर्दा सबैमा सुचना प्रवाह हुन सक्दैन,उनले भने,तर त्यसैलाई अभियानको रुपमा सञ्चालनमा ल्याए पछि नगरबासीसम्म सुचना प्रवाह पुगेको हुन्छ,नागरिक स्वम् अभियानसँग जोडिन पुग्छन्, उनीहरु पनि नगरको समृद्धि र विकासमा सहभागि भएको कुरालाई गौरवको रुपमा लिन्छन् । यसले एक आर्कामा सञ्चार प्रवाह गर्छ । कर्मचारी र पदाधिकारी सबैले अ आफ्नो स्थानबाट काम गरेकै हुन्छन्,प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने,तर त्यसलाई अभियानको स्वरुप दियो भने एक उत्सवको स्वरुप पाउछ । यसले काम गर्नेलाई भार महशुस हुनु भन्दा मनोरन्जन पनि दिलाउछ । यसले गर्दा काम गर्नेलाई पनि थकान महशुस पनि हुदैन् । एक पछि आर्को काम गर्ने उत्साह थपिन्छ । अहिलेसम्म सबै अभियानमा स्थानियबासी,कर्मचारी र पदाधिकारीको उत्साह नै देखिएको उनले बताए ।
पहिलो बर्षको यो दश अभियानको समिक्षा आर्थिक बर्षको अन्तिममा हुन्छ । अभियानले दिएको परिणामले आर्को रणनीति बनाउनमा योगदान पुर्याउने छ । अभियानको स्वरुप प्रदान गरि नगरपालिकाले काम गर्दा आउने चुनौतीलाई सामुहिक रुपमा सामना गर्ने अवस्था हुन्छ । सबैको अपनत्व हुन्छ । यस्तो अभियानको एक प्रतिवेदन तयार हुन्छ,अभियानले नै विकासलाई सबै भन्दाबढि गति प्रदान गर्ने गरेको छ । अझै पनि नगरभित्र धेरै कामहरु गर्न बाकी नै छ,उनले भने,तर यो बर्ष उल्लेखित अभियानलाई सञ्चालन गर्दै छौ,अगामी बर्षमा आवश्यकता पहिचान गरि थप अभियानहरु जोड्न सक्ने उनको भनाई थियो ।
फोहोर बगिकरण अभियान अहिले धेरै प्रभावकारी बन्दै गएको छ,उनले थपे,यसमा विद्यालयहरु,स्थानिय समुह सस्थाहरु पनि स्वतःस्फुर्त रुपमा लाग्दा अहिलेको अभियान निरन्तरता पाउदै पछिलाई यो सस्कार बस्ने र सफा संस्कृतिको रुपमा विकसित हुनेछ । कुनै पनि कुरालाई सस्कार बसाल्दै संस्कृति बनाउदै गइयो भने,त्यसले दिगोपना हुन्छ । कुनै परियोजना जस्तो नभई यो संस्कार र संस्कृतिले नागरिकको मुल्य मान्यतासँग जोडिन पुग्छ,उनले विभिन्न दृष्टान्त उल्लेख गर्दै थपे,सस्कार र संस्कृतिका समाजमा धेरै उदाहरणहरु हेर्न सकिन्छ,जसलाई सरकारले केही नगरे पनि एक पुस्ता देखी आर्का पुस्तासम्म सर्दै जाने छ । यसका लागि फेरी फेरी सरकारले त्यसमा लगानी गरिरहन पर्दैन् । सरकारले थप नयाँ नयाँ काम गर्न अग्रसर हुन्छ । नेपालमा जे पनि कुरा अभियानले सार्थकता पाउने गरेको छ । अहिले वर्दघाट नगरपालिकाले पनि सोही कुरालाई मध्यनजर गर्दै यो बर्ष दश अयिभान शुरु गरेको उनको भनाई थियो ।
