पहाडी भेगमा पनि आर्थिक क्षेत्रको सम्भाब्यता अध्ययन गर्दै वर्दघाट नगरपालिका

दर्शक: 49

नवलपरासी १९ माघ
समृद्ध नगर बनाउने अभियानमा जुटेका जिल्लाका वर्दघाट नगरपालिकाले लक्ष्य अनुसारको काम गर्ने गरि पालिका भित्रै स्रोत पहिचानमा तिब्रता दिएको छ । तराईको समथर भुमिसँगै चुरेपहाडसँगै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले तराईमा मात्रै नभई पहाडी क्षेत्रमा पनि स्रोत पहिचान गर्ने कार्यलाई तिब्रता दिएको हो ।
समृद्ध नेपाल शुखी नेपाली राष्ट्रिय नारालाई साकार पार्नका लागि पनि नगरपालिका स्तरबाट पनि आर्थिक सम्भावनको खोजी गर्न नगरपालिका लागेको छ । त्यसका लागि तराई,मधेश र पहाडी क्षेत्रलाई पनि अध्ययन थालिएको छ । पहाडलाई पनि आर्थिक स्रोतको सम्भाब्यता रहेको र त्यसको पहिचान गर्नका लागि नगरप्रमुख शम्भुलाल श्रेष्ठ,उपप्रमुख रुद्र प्रकाश उपाध्याय सहितको प्राविधिक टोलीले पहाडको मोर्चाघोला विहारी हुदै सँसारकोटसम्मको क्षेत्रको स्थलगत अवलोकन गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए ।
टोलीसँगै प्रमुख प्रशासकिय अधिकृत सापकोटा समेत सो क्षेत्रको स्थलगत गरेको उनले सुनाए । पहाड पनि सम्भावना बोकेको स्थल रहेको छ, उनले भने,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशसँग जोडिएको उतm स्थान पर्यटकिय सम्भावना बोकेको मात्रै नभई खेतीपाती हुने गरेको पाइएको छ । त्यहाँको अम्रिसो खेती पनि लोभ लाग्दो छ । अहिलेको अवस्थामा अम्रिसो पनि पहाडका लागि एक नगदेबाली जस्तै हो । अम्रिसोलाई प्राथमिकताका साथ पहाडी क्षेत्रमा प्रवद्र्धन गर्न सकिएमा पर्यावरणिय सुधार,पर्यापर्यटनको सम्भावना वृद्धि हुुनुका साथै अम्रिसोको बढदो मागले पनि पहाडलाई आर्थिक विकासमा उपयोग ल्याउन सकिने आधार भेटिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जनाए ।
पुर्वपश्चिम महेन्द्र राजमार्ग,हुलाकी राजमार्ग,गण्डक मार्ग मात्रै नभएर वर्दघाट नगरपालिकाले जोडेको छ । बजार क्षेत्रको ठूलो सम्भावना बोकेको वर्दघाट नगरपालिकाले आर्थिक क्षेत्रलाई प्राथमिकतमा राखेर कार्य अगाडी बढाएको छ । यसमा जनप्रतिनिधि पनि उत्साही देखिएका छन्, प्रमुख प्रशासकिय अधिकृत सापकोटाले थपे, यहाँका हरेक योजनालाई प्राथमिकताको आधार बनाउन स्थलगत प्राविधिक टोलीको साथमा अध्ययन गर्ने कार्य भई रहेको छ । सम्भाब्यता अध्ययन नगरि हचुँवामा योजना बनाउदा असफल पनि हुन सक्ने हुदा ति क्षेत्रको स्थलगत,बस्तुगत अध्ययन आवश्यक पर्छ । सोही अनुसार नगरपालिकाले आर्थिक स्रोतको पहिचान गर्ने कार्यमा अहिले जुटेको छ ।
पहाडी क्षेत्रको सम्भाब्यताका साथै सोही क्षेत्रबाट सञ्चालित हुने पटुके सिचाई योजनाको पनि अवलोकन गरिएको थियो । चुरेको पानी तराईमा कसरी ब्यवस्थित गर्दै उत्पादन मुखी बनाउने कार्यमा पनि नगरपालिकाले अध्ययन गर्ने कार्यलाई निरन्तरता दिदै आएको उनले सुनाए । कृषि र पर्यटन आर्थिक विकासको प्रमुख स्रोत भएको आधारलाई मनन गरिएको छ । कृषि उत्पादन बढाउन सकिएमा कृषि जन्य आवश्यकता स्थानिय स्तरबाट परिपुर्ति गर्न सकियो भन्ने कृषिमा आधारित बस्तुको बाहिर आयातलाई प्रतिस्थापन गर्न सकिन्छ । निर्यात गर्न नसकिए पनि आयातलाई प्रतिस्थापन गर्न सक्नु पनि उपलब्धी मान्नु पर्ने उनको भनाई थियो । त्यसका लागि नगरपालिकाले उद्योग ब्यवसायसँगै कृषिलाई पनि उत्तिकै महत्वका साथ अगाडी बढाएको छ । कृषिसँगै पर्यटन क्षेत्रलाई पनि ब्यवस्थित गर्न सकिएमा बाहिरबाट आउने पर्यटकले नगरक्षेत्रमा खर्च बढाउने छन्,बाहिरबाट मुद्रा पालिका भित्र भित्रिने छ । त्यसले यहाँका आर्थिक गतिविधिलाई बढावा दिने छ । पर्यटनमा पनि प्रकृति मैत्री पर्यटन प्रवद्र्धनलाई जोड गरिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने,यसको पनि आधार तयार गर्ने कार्य भई रहेको छ । उनका अनुसार यसका लागि पर्यटन पदमार्ग बनाउन बाउन्न घोल सिमसार—सहिद पार्क— पोखरीछापको पोखरी—विहारी डाडाको इनारचुली गुफा—दाउन्नेमन्दिरको तिलकेनीलाई जोडेर पर्यटन पद मार्ग छनौटमा परेको छ ।
त्यसैगरि हिल स्टेसन प्रोत्साहित गर्ने स्थानमा संसारकोट पटुके,तिलकेनी ,पोखरीछाप र विहारी चावचा लगायतको क्षेत्र रहेको छ । त्यसै गरि साहसिक पर्यटन प्रवद्र्धन कार्यक्रमलाई पनि पहाडसँगै जोडिने उनले जनाकारी गराए । यि सबै क्षेत्रको विकासका लागि आमबास — संसारकोट एकिकृत विकास परियोजनाको तर्जुमा गरिएको उनको भनाई थियो । जनप्रतिनिधि र कर्मचारीको टिमवर्कले स्थानियबासीलाई समेत उत्साही गराएको छ । स्थानियबासी पनि हरेक योजना र परियोजनामा आफ्नो सहकार्य र सहयोगका लागि प्रतिवद्धता देखाउने गरेका कारण नगरपालिकाले लिने लक्ष्य पुरा गर्न सक्ने साहस प्रदान गरेको छ,उनले भने ।

Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *