रामग्राम स्तुपलाई विश्वसम्पदामा सुचिकृत गराउन थप उत्खनन आवश्यक छ : डा.श्रीवास्तव

दर्शक: 57

नवलपरासी,१ फागुन
रामग्राम स्तुपमा जति सक्दो चाडो उत्खननका कार्य अगाडी बढाए त्यती छिटो विकास हुने रामग्राम स्तुप क्षेत्रका जानकार डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका छन् । भगवान गौतम बुद्धको अष्टधातु रहेको उतm स्तुपको २०५९ सालमा उत्खनन हुदाको बखत युनेस्कोका अधिकृतहरुले जति छिटो प्रमाण दियो उत्ति छिटो स्तुपा क्षेत्रलाई विश्व सम्पदामा सुचिकृत हुने कुरा बताएको स्मरण गराउदै उनले सो कुरा बताएका हुन् ।
संसारमा एक मात्र भगवान गौतम बुद्धको अस्ति भएको स्तुप जुन अहिलेसम्म पनि प्राकृतिक अवस्था(भर्जिन) अवस्थामा रहेको छ । इतिहासकारले विभिन्न चरणमा खोज र अ आफ्ना प्रतिवेदनमा उल्लेख गर्दै सरकारलाई सुझाव दिदै आए पनि सरकारको ध्यान त्यस तर्फ नगएको उनले बताए । यहिँ रामग्राम स्तुप हो,भनेर इतिहासकारले भन्दै आए पनि युनेस्कोलाई साक्ष्य प्रमाण नभएसम्म विश्व सम्पदामा सुचिकृत गर्दैन्,उनले भने, ति साक्ष्य प्रमाणका लागि उत्खनन नै प्रमुख कुरा हो । धेरै राजनेता,विद्धान आउने र विश्व सम्पदामा सुचिकृतका लागि आफुले पहल गर्ने भन्दै प्रतिवद्धता जनाउदै आएका छन् । तर समान्य उत्खनन कार्य किन रोकिएको छ ? बुझ्न गाह््रो भएको उनको भनाई थियो । यस क्षेत्रमा प्रारम्भिक उत्खनन कर्ता पुरातत्व विद डा.तारानन्द मिश्र र पुरातत्व विद शुक्रसागर श्रेष्ठले पनि अ आफ्नो प्रतिवेदनमा थप उत्खनन गर्न आवश्य रहेको कुरा उल्लेख गरेका छन् । भन्दा भन्दै लेख्दा लेख्दै ति दुबै विद्धान स्वर्गिय भई सकेका छन्,उनले दुखेसो पोखे,राजनीतिक कुरा सबैले गर्छन्,तर विद्धानको भाव बुझ्ने र कार्य गर्ने देखिएका छैनन् ।
स्वर्गिय शुक्रसागर श्रेष्ठको प्रतिवेदनमा पनि मौर्यन स्टोनका टुक्रा उत्खननका बेला भेटिएको कुरा उनको प्रतिवेदनमा उल्लेख छ । ति मौर्यन स्टोनका ठूलो भाग खोतल्नका लागि थप उत्खनन आवश्यक छ,भनेर उनले दुई दशक पहिला नै भनिसकेका छन् । तर रामग्राम स्तुप क्षेत्रको गुरुयोजनाका कुरा बढि सुन्ने गरिन्छ, । तर उत्खनन गर्ने कार्य कसैले उच्चारणसम्म पनि गर्दैनन । उत्खननले मात्र ह्वेगँसाँगको यात्रा वर्णनमा तत्कालिन मगध सम्राट अशोक र नागबंशीसँग भएको शिलालेखको कुरा उल्लेख भएको पाईन्छ । त्यहा प्राचिन बौद्ध विहार र पोखरी पनि रहेको कुरा उल्लेख छ, ८८ बर्षिय डा.श्रीवास्तवले भने,अहिले हालसालै भएको भुभौतिक सर्वेक्षण(जिओफिजिक्स सर्वे)ले पनि सो पोखरी र विहार भएको स्थानको पहिचान गराएको छ ।
अब सो स्थानमा उत्खननका लागि पहल गर्न आवश्यक छ । जति सक्दो चाडो उत्खनन गरियो,त्यती चाडो अधिकारिक प्रमाण भेटाउन सकिन्छ । जस्ले विश्वसम्पदा सुचिमा सुचिकृत गर्न सहजीकरण गर्छ । प्रचार प्रसार गर्नु पनि नराम्रो होईन, उनले भने,तर प्रचार प्रसार गरे पछि आउने पर्यटक तिर्थयात्रीलाई के देखाउने ? त्यस तर्फ पनि ध्यान पुर्याउन आवश्यक रहेको बताए । अहिले रामग्राम नगरपालिकाले रामग्राम स्तुपको विकास,संरक्षण र प्रवद्र्धनका लागि रामग्राम विकास कोष गठन गर्ने कुरा चलाएको छ । सो कुरा उत्साहपुर्ण र सकारात्मक रहेको छ । तर त्यसलाई प्रचार प्रसारमा मात्रै सिमित नराखी कार्यान्वनमा जानु पर्ने आवश्यकता रहेको उनले औल्याए । सन १८८६ मा पत्ता लागेको लुम्बिनीमा तत्कालै अशोक स्तम्भ फेला पर्यो,त्यसको आधारमा युनेस्कोले तत्कालै विश्वसम्पदामा सुचिकृत गर्यो, उनले थपे,विश्वसम्पदामा सुचिकृत हुने वित्तिकै विश्वको ध्यान लुम्बिनी तर्फ गयो । लुम्बिनीमा विकासका लागि विश्व जगत नै लागेको छ ।
तर त्यसको दुई बर्ष लगत्तै सन १८९८ मा अँग्रेजका विद्धान डा.डब्लु होयले रामग्राम स्तुप पत्ता लगाए तर रामग्राम स्तुपमा चिनियायात्री ह्वेगँसाँगले उल्लेख गरेको नागबंशी र सम्राट अशोकसँग भएको सम्वाद र राखिएको शिलाको कुरा उल्लेख छ , त्यो खोज्ने कार्य विगत बर्ष देखी नै भएन र २०६९ सालमा रामग्राम स्तुप क्षेत्रमा दुई बर्ष उत्खनन गरि काम रोकिएको छ । यसले पनि विश्वसम्पदामा सुचिकृत हुनबाट रोक्ने कार्य भईरहेको छ । यसलाई निरन्तरताका लागि पनि नगरपालिकाले पहल गर्नु आवश्यक रहेको उनको भनाई थियो ।
यता रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले नगरसभाले रामग्राम विकास कोष स्थापनाका लागि निर्णय गरिसकेको हुदा त्यो कार्य चाडै हुने बताए । सो कोष स्थापनाका लागि ऐनको मस्यौदा बनाउने कार्य भई रहेको छ,उनले भने,ऐन बने पछि कोषको गठन हुन्छ, सो कोषले रामग्राम स्तुप क्षेत्रमा गर्ने हरेक कार्य सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्दै काम अगाडी बढाउछ । स्तुप क्षेत्रमा उत्खनन कार्यका लागि पनि नगरपालिकाले पर्यटन मन्त्रीसँग निरन्तर संवादमा रहेको छ,उनले थपे,मन्त्रीसँग रामग्राम स्तुप क्षेत्रमा एक जना पुरातत्व विभागबाटै पुरातत्व अधिकृत खटाउने गरि काम गरिदिनका लागि पहल भई रहेको छ । अब रामग्राम नगरपालिका लुम्बिनी विकास कोषको भरमा पर्दैन् । आफैले कोषको स्थापना गरि पुरातत्व विभागसँग मिलेर रामग्राम विकासका सबै कार्य अगाडी बढाउछ । स्तुपा क्षेत्रमै नगरपालिकाले कोषको कार्यालय सञ्चालन गर्ने गरि भवन समेत बनाई सकेको छ । कोष गठन पश्चात सोही स्थानबाट सबै काम हुनेछ । यसका लागि सबै सरोकारवालाको सहयोगको आपेक्षा रहेको उनको भनाई थियो ।

Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *