स्थानीय तहबीच साझा सेवा सञ्चालनका लागि कार्यविधि बनाइँदै
नवलपरासी,१९ असोजजिल्लाको सुनवल नगरपालिकामा अन्तर नगर साझेदारी तथा संयुक्त सेवा सञ्चालन कार्यविधि २०८३ बनाउने बारे पालिकाका प्रतिनिधिहरु विच छलफल भएको छ । नगरपालिका संघको समन्वयमा नवलपरासीका पालिकाहरुले सो कार्यविधि बनाउने बारे छलफल गरिएको हो ।पालिका पालिका विच केही अनौपचारिक रुपमा आपसी समझदारीका कार्य हुदै आएको भए पनि त्यसलाई कानुनी मुर्त रुप दिनका लागि पनि यस्ता कार्यविधिहरुको आवश्यकता देखिएकोले कार्यविधिबारे छलफल चलाइएको सुनवल नगरपालिकाकी मेयर विमला अर्यालले बताईन् । सबै नगरपालिकाले यो कार्यविधिको आवश्यकता महशुस गरेका थिए,उनले भनिन,अहिले नगरपालिका महासंघले यसलाई सबै पालिकाहरुले यस्ता कार्यविधि पास गर्नका लागि पहलकदमी लिएको छ । यो सराहनिय कार्य हो,उनले थपिन,छलफलको निष्कर्ष पछि पालिकाहरुले अ आफ्ना कार्यपालिका बैठकमा छलफल गर्ने पछि सभामा पनि प्रस्तुत गर्न सक्ने छन् ।उनका अनुसार वृहद पुर्वाध...










