सुनवल क्रिकेट प्रतियोगिताको तृतीय पुरस्कारका लागि महलपोखरी सुनवल युवा क्लबका अध्यक्ष इन्जिनियर राजेश शर्माद्वारा सहयोग
नवलपरासी,१३ कातिकसुनवलमा भई रहेको प्रथम सुनवल नगरस्तरीय क्रिकेट प्रतियोगिता–२०८३ को तृतीय पुरस्कारका लागि सुनवल–४ निवासी युवा इन्जिनियर राजेश शर्माले ३१ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । विभिन्न समाजिक संघसस्थालाई सहयोग गर्दै आएका युवा समाजसेवी इन्जिनियर शर्माले खेलप्रेमी युवाहरुलाई प्रोत्साहित गर्ने उदेश्यले सो रकम प्रदान गरेका हुन् ।सुनवल नगरपालिकामा आयोजना हुन लागेको प्रतियोगितामा स्थानीय खेलकुदको विकास तथा युवाहरूलाई क्रिकेटप्रति आकर्षित गर्ने उद्देश्यले शर्माले तृतीय पुरस्कार प्रायोजन गर्ने घोषणा गरेका थिए । प्रतियोगितालाई सफल बनाउन स्थानीय व्यवसायी, समाजसेवी तथा खेलप्रेमीहरूबाट सहयोग जुट्ने क्रम बढिरहेका बेला शर्माको सहयोग घोषणाले आयोजकलाई थप उत्साहित बनाएको छ । स्थानीय स्तरमा खेल प्रतिभाको पहिचान, खेलाडीको क्षमता विकास र क्रिकेट खेलको प्रवद्र्धनमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान ...










