Author: Bechu Gaud

भन्सार छली ल्याइएको २७ क्विन्टलभन्दा बढी तोरी बरामद
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

भन्सार छली ल्याइएको २७ क्विन्टलभन्दा बढी तोरी बरामद

सुकरात गाैड नवलपरासी, ४ असोज । भारतबाट भन्सार छली ल्याएर पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरमा भण्डारण गरिएको २७ क्विन्टल ८६ किलोग्राम तोरी प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार महेशपुरस्थित सामान राख्न बनाइएको टहरामा भन्सार छली गरी ल्याइएको तोरी भण्डारण गरिएको सूचना पाएपछि २०८३ असोज ३ गते दिउँसो करिब ४ः४५ बजे संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय नवलपरासी र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको टोलीले टहरामा जाँच गर्दा २७ क्विन्टल ८६ किलोग्राम तोरी फेला पारी बरामद गरेको हो। बरामद तोरीको अनुमानित मूल्य ४ लाख ७३ हजार ६२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको तोरी आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जारी गरेको प्रेस विज्ञप्तिमा उल...
एचआईभि संक्रमितको समस्या चुनौतीपुर्ण
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

एचआईभि संक्रमितको समस्या चुनौतीपुर्ण

नवलपरासी,१ असोजजिल्ला भित्र अहिले पनि एचआईभि एड्सका समस्या चुनौती पुर्ण नै रहेको सरोकारवाला संस्थाले जनाएका छन् । एचआईभि एड्स सम्बन्धि जिल्ला स्थित सरोकारवाला संघसस्थाहरुको समन्वय बैठकमा जनस्वास्थ्यको विभिन्न चुनौती मध्ये एचआईभि एड्स अझै लुकेको अवस्थामा रहेको त्यसलाई पत्ता लगाई नियमित औषधी उपचार,खोप लगायतका स्वास्थ्यकर्मीको सम्पर्क ल्याउनु पर्ने कार्य चुनौती पुर्ण नै रहेको बताएका थिए ।एचआईभि संक्रमितहरुकै सस्था लुम्बिनी प्लसले जिल्लामा ७ सय बढि एचआईभि संक्रमितहरु सम्पर्कमा रहेको जानकारी गराउदै अझै पनि गरिब विपन्न परिवारमा लुकेर बसेको अवस्थाम संक्रमित हुन सक्ने जानकारी गराएको थियो । एचआईभिको परिक्षण आफै स्वतःस्फुर्त तरिकाले हुने गरेको छैन । यो पनि चुनौती रहेको पृथ्वीचन्द्र अस्पतालका प्रमुख डा.वृज कुमार यादवले बताएका थिए । उनले पालिका स्तरमा रहेका सबै स्वास्थ्य शाखाहरुले एचआईभि संक्रमितलाई प...
विद्यालयमा बेरुज घटाउन सार्वजनिक खरिद तथा लेखा सम्बन्धी दुई दिने तालिम सम्पन्न
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

विद्यालयमा बेरुज घटाउन सार्वजनिक खरिद तथा लेखा सम्बन्धी दुई दिने तालिम सम्पन्न

नवलपरासी, १ असोजजिल्लाका सामुदायिक विद्यालयहरुमा बढदो बेरुजु कम गराउने उदेश्यले विद्यालयका प्रधानाध्यापक तथा लेखाका कर्मचारीहरुलाई सार्वजनिक खरिद तथा लेखा सम्बन्धि तालिम सञ्चालन गरिएको छ । प्रधानाध्यापक तथा लेखा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सार्वजनिक खरिद तथा लेखा व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको हो ।शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीले जिल्लाका सामुदायिक विद्यालयका प्रअ र लेखा कर्मचारीलाई उतm तालिम दिलाइएको कार्यालय प्रमुख महेन्द्र सुवेदीले जानकारी गराए । उनका अनुसार तालिममा सार्वजनिक खरिद प्रक्रिया, लेखा व्यवस्थापन, आर्थिक अनुशासन तथा कार्यालयको कामकारबाहीलाई व्यवस्थित बनाउने विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो ।े सार्वजनिक निकायबाट हुने खरिद प्रक्रियालाई प्रचलित कानुन, नियम तथा कार्यविधि अनुसार पारदर्शी र व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्न...
काँग्रेस नेता कण्डेल केन्द्रिय सदस्यको मान्यता पाउदा उनी निकटका कार्यकर्तामा उत्साह
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

काँग्रेस नेता कण्डेल केन्द्रिय सदस्यको मान्यता पाउदा उनी निकटका कार्यकर्तामा उत्साह

नवलपरासी,१ असोजनेपाली काँग्रेसको विशेष महाधिवेसनले केन्द्रिय सदस्य गुमाउन पुगेका नवलपरासीका नेता तथा पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेललाई पार्टीले पुनः केन्द्रिय सदस्य कै मान्यता प्रदान गरे पछि उनी निकटका नेता कार्यकर्ता उत्साही भएका छन् । कण्डेल केन्द्रिय सदस्य गुमाउन पर्दा उनको प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ मा टिकट समेत गुमाउन पर्दा उनी निकटका नेता कार्यकर्ता निरुत्साही भए पनि अहिले पार्टीको पछिल्लो निर्णयले उत्साही बनाएको हो । विगत बर्ष देखी नै पार्टीमै संघर्षरत नेता कण्डेलको शक्ति क्षिण बन्दा केही कार्यकर्तामा नैराश्यता मात्रै नभई कतिपयले गुट परिवर्तन गर्ने मनस्थितीमा पुगेका थिए,भने केहीले गुट परिवर्तन समेत गरि सकेको अवस्था छ । तर अहिले पार्टीले देश र परिस्थिती हेरेर जुन निर्णय गरेको छ,त्यो स्वागत योग्य मान्नु पर्ने कण्डेल निकटका नेता राजेन्द्र सहानीले बताए । अहिले...
दुई वर्षदेखि चिकित्सक विहीन नवलपरासीको पाल्हीनन्दन अस्पताल
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

दुई वर्षदेखि चिकित्सक विहीन नवलपरासीको पाल्हीनन्दन अस्पताल

नवलपरासी,३१ भदौजिल्लाको पाल्हीनन्दन गाउँपालिका–४ मा रहेको आधारभूत अस्पताल दुई वर्ष देखि मेडिकल अधिकृत विहीन हुँदा अस्पतालको नियमित सेवा प्रभावित भएको छ । पन्ध्र शैयाको क्षमतामा सञ्चालनका लागि निर्माण गरिएको अस्पतालमा आवश्यक चिकित्सक नहुँदा स्वास्थ्य सहायकको भरमा अस्पताल सञ्चालन गर्न परेको हो ।अस्पतालमा चिकित्सक नहुदा आधारभुत स्वास्थय सेवा बाहेक चिकित्सिय सेवाको उपचारका लागि आउने बिरामीले अपेक्षित सेवा पाउन नसकेको स्थानीयको गुनासो छन् । अस्पताल बन्यो,स्थानिय प्रेम सागर पटेलले भने,तर सेवा स्वास्थ्यचौकी सरहको छ । बोर्डमा अस्पताल लेखेर के उपलब्धी भयो,उनले थपे,जब सेवा पहिला जस्तै स्वास्थ्य चौकी स्तरकै छ । बर्थिगँ सेन्टर र प्याथोलोजि सेवा सञ्चालनमा छ । तर चिकित्सक नभएका कारण विरामी भर्ना गरेर उपचार गर्ने,परिक्षणका लागि प्रिप्सक्रिप्सन लेख्ने कार्य हुन सकेको छैन् । गाँउमा अस्पताल बने पनि अस्पतालक...
विद्यालयमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सस्था (सिटिजन जुरी) द्धारा अनुगमन
रामग्राम नगरपालिका, शिक्षा, समाचार

विद्यालयमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सस्था (सिटिजन जुरी) द्धारा अनुगमन

विद्यालयमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सस्था (सिटिजन जुरी) द्धारा अनुगमननवलपरासी,३१ भदौजिल्लाको रामग्राम नगरपालिका १८ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सस्था(सिटिजन जुरी)ले अनुगमन गरेको छ । सो विद्यालयमा सौचालय नजिकै बालविकास केन्द्र राख्दा सौचालय दुर्गन्धि भई साना बालबालिकालाई प्रभावित बनाएको गुनासो बढे पछि जुरीले अनुगमन गरेको हो ।सौचालय नजिकै पहिला विद्यालयको अफिस रहेको हुदा दुर्घन्ध आउने हुदा बालविकास सञ्चालन हुदै आएको कक्षामा आफिस सार्ने र दुर्गन्धि क्षेत्र तर्फ गुनासो समेत राख्न नसक्ने साना बालबालिका रहको बालबाविकास केन्द्र सञ्चालन गरेको गुनासो स्थानियले जुरीलाई गरेका थिए । स्थानियको गुनासो अनुसार नै सो विद्यालयमा अनुगमन गरिएको जुरीका अध्यक्ष रामजी ज्ञवालीले बताए । उनका अनुसार नागरिक समाज नवलपरासी र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरु...
उपभोक्तालाई सामुदायिक बन समुहले वितरण गर्ने काठ दाउराको लगत विवरण माग गरिने
अर्थ, रामग्राम नगरपालिका, समाचार

उपभोक्तालाई सामुदायिक बन समुहले वितरण गर्ने काठ दाउराको लगत विवरण माग गरिने

जिल्ला स्थित सामुदायिक बन समुहहरुले समुहका सदस्यलाई वितरण गरेका काठ दाउराको लगत विवरण माग गरिने डिभिजन बन कार्यालयले जनाएको छ । समुह सदस्यलाई काठ वितरण गर्दा केही जनगुनासोहरु आएको हुदा समुहबाट काठको वितरण,सदुपयोगबारे अनुगमन गरिनुका साथै वितरणका लगत विवरण माग गरिने डिभिजन बन कार्यालयका डिभिजनल बन अधिकृत धनिश्वर न्यौपानेले जानकारी गराएका हुन् ।उनका अनुसार शुरुका सामुदायिक बनहरुले ढलापडा,सुकेका काठदाउरा संकलन गरि ब्यवस्थापन गर्दै आएका थिए । तर अहिले बैज्ञानिक बन ब्यवस्थापन गर्दै बढि मात्रामा काठदाउरा संकलन हुदै आएका छन् । ति काठको वितरण प्रणाली,ब्यवस्थापन प्रकृया,लेखाप्रणालीको लेखाजोखा,सार्वजनिक परिक्षण,खरिद ऐन अनुसारका मापदण्ड पुरा भए नभएको जस्ता धेरै कुराहरुलाई अवलब्ध गर्नु पर्ने हुन्छ । त्यसमा पनि कतिपय सामुदायिक बन र साझेदारी बन ब्यस्थापन समुहले समुहका उपभोतmाहरुलाई काठ दाउराको वितरण प्रक...
पृथ्वीचन्द्र अस्पतालमा रेडियोलोजिष्ट नहुदा सेवा प्रवाहमा असर
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा रेडियोलोजिष्ट नहुदा सेवा प्रवाहमा असर

नवलपरासी,३० भदौजिल्ला पृथ्वीचन्द्र अस्पतालमा विगत तिन महिना देखी रेडियोलोजि विशेषज्ञ चिकित्सक(रोडियोलोजिष्ट) नहुदा सेवा प्रवाहमा असर परेको छ । संघिय सरकार अन्तरगतको गजेन्द्र नारायण अस्पतालमा दरबन्दी भई काजमा खटिएर पृथ्वीचन्द्र अस्पतालमा सेवा दिदै आएका रेडियोलोजी विशेषज्ञ चिकित्सक डा.प्रकाश ढकाललाई संघिय सरकारले काज फिर्ता बोलाए देखी अस्पतालमा रेडियोलोजी विशेषज्ञ विहिन बने पछि समस्या देखिएको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले जानकारी गराएका हुन् ।संघिय सरकारमा दरबन्दी हुने तर काम प्रदेश सरकार मातहत रहेका अस्पतालमा कार्यरत देश भरिका कर्मचारी संघियमै फिर्ता बोलाउने संघिय सरकारको निर्णयका कारण अहिले समस्या उत्पन्न भएको उनको भनाई थियो । अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सकले सेवा दिदै आएका छन,उनले भने,तर ति विशेषज्ञ चिकित्सकलाई पनि रोग पहिचान गर्नका लागि रेडियोलोजी विशेषज्ञ चिकित्सक आवश्...
स्वास्थ्य कार्यालय नवलपरासीको समीक्षा कार्यक्रम सम्पन्न, २९ सूचकमा मूल्यांकन
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

स्वास्थ्य कार्यालय नवलपरासीको समीक्षा कार्यक्रम सम्पन्न, २९ सूचकमा मूल्यांकन

नवलपरासी । पश्चिम नवलपरासीमा स्वास्थ्य क्षेत्रअन्तर्गत सञ्चालन भएका कार्यक्रमको वार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्यसम्बन्धी योजना तथा प्राथमिकता निर्धारण गरिएको छ। स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा भूमहीमा भएको कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रगति, सेवा प्रवाह, उपलब्धि तथा चुनौतीबारे समीक्षा गरिएको हो। समीक्षा पश्चात् स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवा प्रवाहको गुणस्तर सुधार र नागरिकमैत्री स्वास्थ्य प्रणाली विकासलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ। स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जिल्लाका स्वास्थ्य संस्थाबाट प्रवाह भइरहेका सेवाको अवस्था, उपलब्धि, चुनौती तथा स्वास्थ्यसम्बन्धी सूचकांकको समीक्षा गरी आगामी योजना तयार गरिएको बताए। वार्षिक समीक्षा कार्यक्रममा मातृ तथा बाल...