Author: Bechu Gaud

पहिलो पटक सेयर सदस्यलाई लाभाँस बाड्दै सहकारी संघको शितभण्डार
अर्थ, कृषि, समाचार, सुनवल नगरपालिका

पहिलो पटक सेयर सदस्यलाई लाभाँस बाड्दै सहकारी संघको शितभण्डार

नवलपरासी, १६ असारविभिन्न चुनौतीका विच सञ्चालन हुदै आएको जिल्लाको सुुनवल नगरपालिका‐२ मुखियाटोलमा सहकारी संघको शीतभण्डारले पहिलो पटक आफ्ना सेयर सदस्यलाई लाभाँस वितरण गर्ने भएको छ । स्थानिय तह देखी विभिन्न सहकारी संघसस्थाहरु यसको सेयर सदस्य रहेको जनाउदै अहिले पहिलो पटक शितभण्डारले फाईदा गरेर लाभाँस वितरण गर्न लागेको हो ।शितभण्डार तथा संघका सेयर सदस्यहरुलाई पहिलो पटिक सेयर लाभान्स वितरण लाग्दा खुशी लागेको संघका कोषाध्यक्ष हैदल अलि मोमिनले बताए । उनका अनुसार १ सय रुपिया सेयर रहेको प्रति सेयर कित्ताको ३.६९ रुपियाको दरले सेयर लाभाँस वितरण गरिन्छ । सेयर लाभाँस पाउनेमा कम्तीमा ११ सेयर भन्दा माथिका सेयर लिएका र्सघसस्थाहरु यसमा आवद्ध छन् । बढीमा ४ हजार सेयर कित्ता रहेका सेयर सदस्य पनि छन् । कुल १ सय ८४ वटा संघसस्थाहरुले भिन्न भिन्न संख्यामा सेयर लिएका छन् । बढिमा ४ हजार कित्ता कायम गरि ४० लाखसम्म सेय...
चिसापानी सामुदायिक बनले शुरु गर्यो, पर्यापर्यटन सञ्चालन कार्य
-

चिसापानी सामुदायिक बनले शुरु गर्यो, पर्यापर्यटन सञ्चालन कार्य

नवलपरासी,१४ असारजिल्लाकै अग्रणी सामुदायिक बन उपभोतmा समुहको रुपमा चिनिएको वर्दघाट नगरपालिका २ स्थित चिसापानी सामुदायिक बनले तिन बर्ष पहिला ल्याएको रिसोर्ट सञ्चालन गर्ने अवधारणा अहिले सकार पारेको छ । उतm बनले बनभित्र पर्यापर्यटन विस्तारका लागि रिसोर्ट समेत सञ्चालन गर्ने गरि अवधारणा ल्याएको र अहिले सो कार्य पुरा गरि कार्य शुभारम्भ गर्ने तयारीमा लागेको हो ।अवधारणा अनुसारको कार्य गर्न विस्तृत परियोजना प्रतिवेदन बनाई आवश्यक कानुनी प्रकृया पुरा गरेर केही कार्य सम्पन्न भई सकेको जानकारी गराउन आईतवार पत्रकारसँग सुचना आदानप्रदान कार्यक्रमको आयोजना गरि जानकारी गराएको थियो । जिल्लाको पहिलो सामुदायिक बन हो,जस्ले पर्यापर्यटनको अवाधारणा बनाई काम गर्न लागि रहेको कार्यक्रमका प्रमुख अथिती सिनियर डिभिजन बन अधिकृत राजु क्षेत्रीले सो कार्यको प्रशंसा गरेका थिए । उनका अनुसार सामुदायिक बनहरु अब बनको घासपात र काठद...
सुस्ताबासीको समस्या बुझ्न चर्चित साँसद रिगँला यादव सुस्तामा
-

सुस्ताबासीको समस्या बुझ्न चर्चित साँसद रिगँला यादव सुस्तामा

नवलपरासी,३१ जेठभारतिय सिमा सुरक्षा बल(एसएसबी)को त्रासमा बाच्ने नेपालका सुस्ताबासीलाई सान्तवना दिन नेकपा एमालेकी हाल चर्चित साँसद रिगँला यादव सुस्ता पुगेकी छिन् । भारतिय एसएसबीले हातहतियार सहित सुस्तामा पुग्दा सुस्ताबासीसँग भएको झडप पछि त्रसित बनेका सुस्ताबासीको अवस्था बुझ्न र सान्तवना प्रदान गर्न उनी आईतवार सुस्ता पुगेकी हुन् ।प्रधानमन्त्री बालेनको सिमा क्षेत्रमा नेपालले पनि अतिक्रम्ण गरेको संसदमा दिएको अभिब्यतmीले उत्साही भएका एसएसबी सुस्ता पस्ने गरेको स्थानियले साँसद यादवसँग गुनासो गरेका थिए । पहिला उनीहरु सुस्ता कटान गर्दै आएको बाँधमा अवरोध गर्न पुगे,सुस्ताको अवस्थाबारे वेलिविस्तार सुनाउदै सुस्ता बचाउ अभियानकी नेतृ लैला वेगमले भनिन्,पछि हतियार सहित सुस्ताबासीले गर्दै आएको खेतीपाती क्षेत्रमा घुस्न थालेका कारण स्थानियले सामुहिक रुपमा लखेटन पुगेका थिए । जनता र पत्रकारबाट निरन्तर सहयोग भई र...
चिस्यानकेन्द्रमा मालबस्तु भण्डारण गर्ने क्रम घट्दै जादा सञ्चालनमा चुनौती
कृषि, समाचार, सुनवल नगरपालिका

चिस्यानकेन्द्रमा मालबस्तु भण्डारण गर्ने क्रम घट्दै जादा सञ्चालनमा चुनौती

नवलपरासी, २८ जेठजिल्लाको सुुनवल नगरपालिका‐२ मुखियाटोलमा सहकारी शीतभण्डारमा भण्डारण गर्ने मालबस्तु घट्दा अहिले सञ्चालन खर्च बढेर चुनौती थपेको छ । गत बर्षको तुलनामा झण्डै एक तिहाई मालबस्तु भण्डारण गर्ने क्रम घटेर चिस्यान केन्द्रको सञ्चालन लागत बढेर चुनौती थपिएको हो ।चिस्यान केन्द्रमा राखिने मालबस्तुलाई चिस्यान कायम गरिराख्नका लागि चाहे थोरै होस वा धेरै विद्युतिय उपकरण चलाई राख्न पर्छ । थोरै बस्तु भए पनि विद्युत उपकरण चलिराख्दा उठ्ने विद्युत महशुल उत्तिकै हुने तर कम मालबस्तुबाट कम भाडा उठ्ने हुदा सञ्चालन लागत बढेको संस्थाका अध्यक्ष समेत रहेका जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेले बताए । यसका लागि सरकारले विद्युत महशुलमा राहत दिईनु पर्ने उनको भनाई छ । कृषकले उत्पादन गर्ने कृषि क्षेत्रमा सिचाई मिटर भनेर सरकारले विद्युत महशुलमा छुट दिए पनि कृषि क्षेत्रकै चिस्यान केन्द्र लगायतका क्षेत्रलाई कृ...
संस्कारयुक्त शिक्षा र नैतिक मूल्य विकासका लागि विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण
रामग्राम नगरपालिका, शिक्षा, समाचार, समाज, संस्कृति

संस्कारयुक्त शिक्षा र नैतिक मूल्य विकासका लागि विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण

नवलपरासी,२८ जेठजिल्लाकोे परासीस्थित सयपत्री माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ८ जना विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण गरिएको छ । विद्यार्थीहरूमा नैतिक शिक्षा, संस्कार, सकारात्मक सोच र जिम्मेवार जीवनशैलीको विकास गर्ने उद्देश्यले गीता परिवार नेपालले उक्त कार्यक्रम आयोजना गरेको हो ।बिहीबार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा गीता परिवार नेपालकी प्रमुख प्रशिक्षक अनामिका सिंहको नेतृत्वमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूलाई गीता हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई गीता केवल धार्मिक ग्रन्थ मात्र नभई मानव जीवनलाई सही दिशामा अघि बढाउने ज्ञानको स्रोत भएको सन्देश दिइएको थियो । पछिल्लो समय आधुनिक प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको बढ्दो प्रयोग र बदलिँदो जीवनशैलीका कारण बालबालिका तथा किशोरकिशोरीहरूमा नैतिक शिक्षा र संस्कारको पक्ष कमजोर बन्दै गएको चर्चा भइर...
जलकुम्भिले भरिएको प्राचीन पाल्ही पोखरी वार्डले सफा गरायो
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

जलकुम्भिले भरिएको प्राचीन पाल्ही पोखरी वार्डले सफा गरायो

नवलपरासी,२२ जेठविगत बर्ष देखी नै जलकुम्भिले भरिएको प्राचीन सेन कालिन इतिहास बोकेको पाल्ही माझखण्डका प्राचीन पोखरी अहिले सरसफाई गरिएको छ । पाल्हीनन्दन गाउपालिका ४ स्थित पाल्ही भगवती मन्दिर परिसर नजिकैको उक्त पोखरीको ब्यवस्थापन,सरसफाई र सौन्दर्यीकरणमा ध्यान नदिएको आरोप लाग्दै आएकोले वार्ड स्तरिय बजेट विनियोजन गरि वार्डले सो पोखरीको सफाई गरेको हो ।करिब पाँच विघा क्षेत्रफलमा फैलिएको उत पोखरी सौन्दर्यीकरणका लागि संघिय सरकारले ९० लाख रुपिया विनियोजन गरेको थियो । तर गाउपालिकाले त्यसको आवश्यक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई काम गर्ने उपभोक्ता समिति गठन पनि गर्न नसक्दा उक्त पोखरीको सफाई हुन नसकेको जनगुनासो बढदै गए पछि वार्डले आफ्नै पहलमा सो पोखरीको सफाई गरेको जनाएको हो । ठेक्का मार्फत पनि काम गराउन नसक्दा उक्त रकम फ्रिज भएर गएको सोही वार्डका वार्ड अध्यक्ष रविन्द्र कुमार सहानीले बताएका थिए ।...
गोही संरक्षण गर्न साईन रेसुगाँ बैंकको समाजिक उत्तरदायित्व अन्तरगत लगानी गरि कार्यक्रम
-

गोही संरक्षण गर्न साईन रेसुगाँ बैंकको समाजिक उत्तरदायित्व अन्तरगत लगानी गरि कार्यक्रम

नवलपरासी,२१ जेठस्थानिय स्तरबाट जिल्ला स्थित झरही पिडुरा दोभान कुण्डको गोही संरक्षणमा साईन रेसुगाँ डेभेलपमेन्ट बैंकले गोहीको आहारा माछा छान्ने,होर्डिगँबोर्ड राख्नुका साथै जनचेतना मुलक कार्यक्रम गरेको छ । बैंकले आफ्नो समाजिक उत्तरदायित्वक(सिएसआर) अन्तरगत सो कार्यक्रम गरेको हो ।रामग्राम नगरपालिका १७ बरारी स्थित देवगाव आयआर्जन तथा साना किसान कृषि सहकारी सस्थाको परिसरमा स्थानिय विद्यार्थी,बालबालिका,जनप्रतिनिधिहरुको उपस्थितीमा गोही संरषणबारे जनचेतना कार्यक्रम,पिडुरा घोल खोलामा ५० केजी जिउदो माछा छाडेने कार्य र झरहीखोलाको गण्डक पुल नजिकै होर्डिगबोर्ड राखेको सो वार्डका वार्ड अध्यक्ष कन्यैया मौर्यले बताए । निजी क्षेत्रको वित्तिय सस्थाबाट यो पहिलो पटक यस्तो कार्यक्रम हुन थालेको छ, उनले भने, यो अति नै सराहनिय कार्य भएको छ । यसले निरन्तरा पाउनु पर्छ ।उता सहकारी सस्थाका अध्यक्ष हैदर अलि मोमिनले गोही सं...
प्रदेश साँसदले मलखाद्यको माग गर्दै प्रधानमन्त्रीलाई बुझाएका ज्ञापन
-

प्रदेश साँसदले मलखाद्यको माग गर्दै प्रधानमन्त्रीलाई बुझाएका ज्ञापन

नवलपरासी, २० जेठलुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश सांसद) वैजनाथ जैसवालले प्रधानमन्त्रीसँग कृषकका लागि प्रयाप्त मलको ब्यवस्थापन गर्न माग गर्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मार्फत ज्ञापनपत्र बुझाएका छन् । कृषकको समस्याबारे प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गराउदै साँसद जैसवालले कृषकहरूलाई आवश्यक रासायनिक मल यथाशीघ्र उपलब्ध गराउन र नवलपरासी स्थित कृषि सामग्री कम्पनीमा मौज्दात रहेको मल वितरण गराउन माग गरेका हुन् ।कम्पनीको गोदाममा अहिले पनि ७०० मेट्रिक टन रासायनिक मल तत्काल किसानहरूलाई वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै उनले प्रजिअ दिपकराज नेपाललाई भएको मल वितरणका लागि पहल गर्न आग्रह गरेका थिए । कृषकहरु अहिले मलका लागि भौतारि रहेका छन्,उनले भने,कम्पनीले गोदाममा मल थन्काएर राखेको छ । यसको वितरणका लागि पनि पहल गर्नु पर्ने उनले आग्रह गरेका थिए ।कृषि उत्पादनको महत्वपूर्ण समयमा मल अभाव...
थारु समुदायको परम्परागत खानाको ब्यवसायिकीकरण गर्न पाँच दिइने तालिम
समाचार, सरावल गाउँपालिका, संस्कृति

थारु समुदायको परम्परागत खानाको ब्यवसायिकीकरण गर्न पाँच दिइने तालिम

नवलपरासी,१८ जेठथारु समुदायको परम्पारागत खानाको ब्यवसायिक उत्पादन सम्बन्धि पाँत दिईने तालिम शुरु भएको छ । थारु कल्याणकारी सभा नवलपरासीको समन्वयमा लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय अन्तरगतको पर्यटन डिभिजन कार्यालय रुपन्देहीले उतm तालिमको शुभारम्भ गरेको हो ।जिल्लाको सरावल २ स्थित थारु साँस्कृतिक पार्क नजिकैको थारु रिसोर्टमा सञ्चालन गरिएको उतm तालिममा जिल्ला भित्रका ३० जना भन्दा बढि थारु युवा युवती सहभागि छन् । उनीहरु आफ्नो समुदायले विगत देखीका परम्परागत खानालाई कसरी ब्यवसायिक खानाको रुपमा परिस्किृत गर्ने र अन्य समुदायका लागि खान आकर्षित गर्नेबारे खाने गरेका खानाको परिकार बनाउने बारे सिप सिकाउने कार्य गरिने प्रशिक्षक बालिका चौधरीले बताएकी थिईन ।उनका अनुसार थारु संस्कृति र सभ्यता भित्रै पर्ने थारुको परम्परागत खाना पनि एक महत्वपुर्ण विषय हो । जुन अहिलेको पुस्ताले बाहिरी...
नवलपरासीमा सारस संरक्षण अभियान शुरु
कृषि, नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

नवलपरासीमा सारस संरक्षण अभियान शुरु

नवलपरासी,२० जेठजिल्लाको सिमसार क्षेत्रहरू विस्तारै सुक्दै जाँदा दुर्लभ मानिने सारस चराको अस्तित्व संकटमा पर्न थालेको महशुस गर्दै अहिले डिभिजन बन कार्यालयको सहयोगमा सारस देखिने क्षेत्रमा सचेतना अभियान शुरु गरिएको छ । स्थानिय वातावरणिय प्रदुषण चेतना र न्युनिकरणका लागि राष्ट्रिय संगठन (नारेप) को सहकार्यमा सो अभियान शुरु गरिएको सस्थाका उपाध्यक्ष हैदर अलि मोमिनले बताएका हुन्उनका अनुसार हाल जिल्लाको नन्दन ताल क्षेत्र रहेको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिकासँगै पिडुरा झरही दोभान गोही आरक्ष क्षेत्र जोडिएको सरावल गाउपालिकामा उतm अभियान सञ्चालन भएका छन् । रामग्राम १७ बरारीमा पहिलो कार्यक्रम गरि अभियानको शुभारम्भ गरिएको हो,अलिले भने,नन्दन ताल भएको पाल्हीनन्दन ६ सनईमा पनि सचेतना कार्यक्रम गरिएको छ। कार्यक्रम गर्दा सहभागिहरुले अज्ञानताबस ताल क्षेत्रमा धान खेतमा सारसले फूल पार्ने क्षेत्र रहेको ...