राजनीति

सुस्ताका बाढी प्रभावित लागि आएको राहत साता वितिसक्दा पनि वितरण भएन
राजनीति, समाचार, सुस्ता गाउँपालिका

सुस्ताका बाढी प्रभावित लागि आएको राहत साता वितिसक्दा पनि वितरण भएन

नवलपरासी,२१ असोजजिल्लाको सुस्ता गाउँपालिका–५ का बाढी प्रभावित नागरिकका लागि विभिन्न संघ–संस्थाले उपलब्ध गराएको राहत सामग्री साता दिन भन्दा बढि भई सक्दा पनि बाडिएको छैन् । वडा कार्यालयले समय मै वितरण नगर्दा पीडितहरू खाद्यान्न अभावमा बस्न बाध्य भएको पिडितहरुले बताएका हुन् ।बाढी प्रभावित नागरिकका लागि नेपाल रेडक्रस सोसाइटी, उद्योग बाणिज्य संघ,जरलैया आमा समूह, इन्द्रेणी सामाजिक विकास मञ्च तथा विभिन्न राजनीतिक दलको तर्फबाट त्रिपाल, चामल, दाल, तेल, सोयाबिन, मसला, नुन, चिउरा, नमकिन, चाउचाउ, बिस्कुट, पाउरोटी, पानीलगायतका राहत सामग्री उपलब्ध गराइएको थियो । ती सामग्री सुस्ता–५ का जनप्रतिनिधिलाई हस्तान्तरण गरिएको भए पनि १० दिन बितिसक्दा पनि प्रभावित नागरिकसम्म पुग्न सकेका छैनन् । राहतका लागि प्राप्त खाद्यान्न तथा अन्य सामग्री वडा कार्यालयको कोठाभित्र राखिएको छ, एक स्थानियले भने, बाढीका कारण घर तथा दै...
स्थानीय तहबीच साझा सेवा सञ्चालनका लागि कार्यविधि बनाइँदै
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

स्थानीय तहबीच साझा सेवा सञ्चालनका लागि कार्यविधि बनाइँदै

नवलपरासी,१९ असोजजिल्लाको सुनवल नगरपालिकामा अन्तर नगर साझेदारी तथा संयुक्त सेवा सञ्चालन कार्यविधि २०८३ बनाउने बारे पालिकाका प्रतिनिधिहरु विच छलफल भएको छ । नगरपालिका संघको समन्वयमा नवलपरासीका पालिकाहरुले सो कार्यविधि बनाउने बारे छलफल गरिएको हो ।पालिका पालिका विच केही अनौपचारिक रुपमा आपसी समझदारीका कार्य हुदै आएको भए पनि त्यसलाई कानुनी मुर्त रुप दिनका लागि पनि यस्ता कार्यविधिहरुको आवश्यकता देखिएकोले कार्यविधिबारे छलफल चलाइएको सुनवल नगरपालिकाकी मेयर विमला अर्यालले बताईन् । सबै नगरपालिकाले यो कार्यविधिको आवश्यकता महशुस गरेका थिए,उनले भनिन,अहिले नगरपालिका महासंघले यसलाई सबै पालिकाहरुले यस्ता कार्यविधि पास गर्नका लागि पहलकदमी लिएको छ । यो सराहनिय कार्य हो,उनले थपिन,छलफलको निष्कर्ष पछि पालिकाहरुले अ आफ्ना कार्यपालिका बैठकमा छलफल गर्ने पछि सभामा पनि प्रस्तुत गर्न सक्ने छन् ।उनका अनुसार वृहद पुर्वाध...
काँग्रेस नेता कण्डेल केन्द्रिय सदस्यको मान्यता पाउदा उनी निकटका कार्यकर्तामा उत्साह
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

काँग्रेस नेता कण्डेल केन्द्रिय सदस्यको मान्यता पाउदा उनी निकटका कार्यकर्तामा उत्साह

नवलपरासी,१ असोजनेपाली काँग्रेसको विशेष महाधिवेसनले केन्द्रिय सदस्य गुमाउन पुगेका नवलपरासीका नेता तथा पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेललाई पार्टीले पुनः केन्द्रिय सदस्य कै मान्यता प्रदान गरे पछि उनी निकटका नेता कार्यकर्ता उत्साही भएका छन् । कण्डेल केन्द्रिय सदस्य गुमाउन पर्दा उनको प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ मा टिकट समेत गुमाउन पर्दा उनी निकटका नेता कार्यकर्ता निरुत्साही भए पनि अहिले पार्टीको पछिल्लो निर्णयले उत्साही बनाएको हो । विगत बर्ष देखी नै पार्टीमै संघर्षरत नेता कण्डेलको शक्ति क्षिण बन्दा केही कार्यकर्तामा नैराश्यता मात्रै नभई कतिपयले गुट परिवर्तन गर्ने मनस्थितीमा पुगेका थिए,भने केहीले गुट परिवर्तन समेत गरि सकेको अवस्था छ । तर अहिले पार्टीले देश र परिस्थिती हेरेर जुन निर्णय गरेको छ,त्यो स्वागत योग्य मान्नु पर्ने कण्डेल निकटका नेता राजेन्द्र सहानीले बताए । अहिले...
जिससद्धारा जिल्लाको प्रगति समिक्षा तथा नयाँ अभ्यासको अनुभव आदान प्रदान कार्य
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जिससद्धारा जिल्लाको प्रगति समिक्षा तथा नयाँ अभ्यासको अनुभव आदान प्रदान कार्य

नवलपरासी,१७ भदौजिल्ला समन्वय समिति नवलपरासीले जिल्लाको प्रगति समिक्षा कार्यक्रम गरि नयाँ अभ्यासको अनुभवन आदान प्रदान गर्ने कार्य गरेको छ । समन्वय समितिले आयोजना गरेको आर्थिक बर्ष २०८२।०८३ को बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक निकायबाट हुने गरेका नयाँ अभ्यास सम्बन्धि अनुभवन आदान प्रदान कार्यमा जिल्लाका ३ नगरपालिका र ४ गाउपालिका गरि ७ वटा पालिकाका र प्रदेश सरकार तथा संघिय सरकार सहित विभिन्न आयोजना परियोजनाका तर्फबाट प्रस्तुतिकरण गरिएको हो ।संघिय संसद प्रतिनिधिसभा सदस्य साँसद बिक्रम खनालको प्रमुख आथित्यतामा उतm समिक्षा कार्यक्रम भएको समन्वय प्रमुख भगौती प्रसाद यादवले जानकारी गराएका थिए । खनाल सहित संघिय साँसद नरेन्द्र कुमार गुप्ता र रिगँला यादवको समेत सहभागिता रहेको थियो । प्रदेश साँसद र पालिकाका प्रमुख प्रतिनिधिहरु समेत सहभागि कार्यक्रममा जिल्लाको समग्र विकास र समृद्धिका लागि एकताबद्ध भएर ...
बेपत्ता पारिएकाहरूको सम्झनामा परासीमा दीप प्रज्वलन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

बेपत्ता पारिएकाहरूको सम्झनामा परासीमा दीप प्रज्वलन

नवलपरासी, भदौ १४ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा आइतबार परासीमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ। एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–३१, परासीको आयोजनामा परासीस्थित बुद्ध चोकमा दीप प्रज्वलन गर्दै बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस–२०८३ मनाइएको हो। कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख अतिथि राजेश गुप्ताले सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारले वर्षौँदेखि आफ्ना आफन्तको अवस्था र सत्यबारे जवाफ खोजिरहेको बताए। उनले हालै रसुवामा आएको बाढीपहिरोमा बेपत्ता तथा ज्यान गुमाएका परिवारको पीडाप्रति पनि राज्य संवेदनशील हुनुपर्ने बताए। राज्यले बेपत्ता भएका व्यक्तिको अवस्था र घटनाबारे सम्बन्धित परिवारलाई जानकारी दिनुपर्नेमा जोड दिँदै गुप्ताले परिवारले आफ्ना आफन्त कहाँ छन् र कुन अवस्थामा ...
१५०१औँ मोहम्मद जयन्ती शान्तिपूर्ण बनाउन प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलको प्रतिबद्धता
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्ती शान्तिपूर्ण बनाउन प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलको प्रतिबद्धता

सुकरात गौड | कोलियखबर नवलपरासी, भदौ ५ । नवलपरासीमा १५०१औँ मोहम्मद जयन्तीलाई शान्तिपूर्ण, व्यवस्थित तथा सामाजिक सद्भाव कायम हुने गरी सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल तथा धार्मिक अगुवाहरूले प्रतिबद्धता जनाएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासीको सभाहलमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा बसेको जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति बैठकमा जिल्लाको शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल भएको हो। बैठकमा जिल्ला समन्वय समिति प्रमुख भगौती यादवको विशेष उपस्थिति रहेको थियो। बैठकमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवचका अध्यक्ष हैदर अली मोमिनले मोहम्मद जयन्तीका अवसरमा सञ्चालन गरिने विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमको कार्यतालिका प्रस्तुत गरेका थिए। प्रस्तावित कार्यक्रमअनुसार बृहत् बैठक, जिल्ला प्रशासन, सर्वधर्म प...
रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि
राजनीति, रामग्राम नगरपालिका, समाचार, समाज

रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि

नवलपरासी,१० जेठजिल्लाको रामग्राम नगरपालिकाका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । जागरण मिडिया सेन्टरले ति दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरि नगरसभामा दलित महिला जनप्रतिनिधिको अर्थपुर्ण सहभागिता हुनु पर्नेमा जोड दिएको हो ।हालसम्म एक दिनको नगरसभा त्यसमा पनि एक घण्टामै सभा सकाउने परिपाटीले दलित जनप्रतिनिधि उपस्थित हुने र हाजिरी गर्नु पर्ने बाहेकका अन्य कुनै काम गर्न नपाएको गुनासो गरेका थिए । समान्य कुरा उठाउदा सुक्ष्म रुपमा मासिक सेवा सुविधा लिन छैन ? भन्दै त्रास दिईने पनि काम नगरपालिका नेतृत्वबाट आउने गरेको उनीहरुले सुनाएका थिए । दलित जनप्रतिनिधि देखाउनलाई मात्र रहेका छन्,आफ्ना वार्ड अध्यक्षले भनेको स्थानमा हस्ताक्षर गर्ने कार्य मात्र रहेको अधिकाँस दलित महिला जनप्रतिनिधिहरुको गुनासो रहेको थियो । दलित महिलाबाट कम्तीमा एक जना कार्य...
जिल्लाका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराए जिल्लाका साँसदद्धय खनाल र गुप्ता
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जिल्लाका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराए जिल्लाका साँसदद्धय खनाल र गुप्ता

नवलपरासी,२४ चैत्रप्रधानमन्त्री बालेन शाहले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग सिंहदरबारमा गरेको छलफलमा जिल्लाका दुबै साँसदले अ आफ्ना क्षेत्रका विकास र सीमा समस्याबारे अवगत गराएका छन् । लुम्बिनीका साँसदहरसँगको छलफलमा क्षेत्र नं. १ का सांसद विक्रम खनाल र क्षेत्र नं. २ का सांसद नरेन्द्र कुमार गुप्ताले जिल्लाका प्रमुख मुद्दाहरू समेटिएको लिखित योजना प्रस्तुत गरेका हुन् ।सांसद खनालले जिल्लालाई नेपाल–भारत रणनीतिक पारवहन र कृषिको महत्त्वपूर्ण प्रवेशद्वारको रूपमा चित्रण गर्दै बीबीध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाएका थिए । ६ वर्षदेखि अलपत्र हुलाकी राजमार्गको नारायण चोक–त्रिवेणी खण्ड तत्काल सम्पन्न गर्न र दाउन्नेको विकल्पमा भूताहा–संसारकोट–दुम्किबास सडक निर्माण गर्न , र सुस्ताबासीलाई नागरिकता र लालपुर्जा उपलब्ध गराउन माग समेत गरेका थिए ।यसैगरी सांसद गुप्ताले प्रधानमन्त्री तहबाट ...
प्राचीन कोलियराज संरक्षण समिति बनाउन साँसद गुप्ताको पहल,स्थानियमा उत्साह
पर्यटन, राजनीति, रामग्राम नगरपालिका, संस्कृति

प्राचीन कोलियराज संरक्षण समिति बनाउन साँसद गुप्ताको पहल,स्थानियमा उत्साह

नवलपरासी,१७ चैत्रजिल्लाबाट नवनिर्वाचित साँसद नरेन्द्र कुमार गुप्ता प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) लगायत कोलिय राज्य भित्रका विभिन्न नगर र बौद्ध स्थलको संरक्षण गर्ने गरि कोलियराज संरक्षण विकास समितिको पहल थालेका छन् । कोलिय राजको राजधानी सहित डेढ दर्जन प्राचीन नगर र बौद्ध स्थलहरु अहिले पहिचानमा आई सकेको हुदा कोलियराजका सबै संरचना र कोलिय संस्कृतिको पुर्नत्थान गर्न सो बिकास समिति बनाउन उनले पर्यटन मन्त्री खडकराज पौडेलसँग परामर्शमा जुटेको उनको सचिवालयले जनाएको हो ।प्राचीन संस्कृति जोगाउने र त्यसलाई बौद्धकालिन सभ्यातासँगै पर्यटकिय क्षेत्रको विकासका लागि संघिय सरकारले समिति बनाइदिनका लागि साँसद गुप्ताले अवधारणा समेत पर्यटन मन्त्रीलाई प्रस्तुत गरेका थिए । साँसद गुप्ता सोही क्षेत्रका पुर्व मेयर समेत हुदा विभिन्न कामहरु गरेका थिए,अहिले साँसद भए पछि संघिय सरकार मार्फत कार...
काँग्रेसको अधिकारिक उमेदवारको विवाद अझै टुगोँ लागेन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

काँग्रेसको अधिकारिक उमेदवारको विवाद अझै टुगोँ लागेन

नवलपरासी,७ माघउमेदवार माथिको दाबी विरोधको निर्धारित समय भित्र नवलपरासी क्षेत्र नं.२ मा कुनै पनि उमेदवार माथि दाबी विरोध नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार बुधवार उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको भए पनि समय सिमा भित्र जिल्लामा कुनै पनि उम्मेदवारविरूद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत डाक्टर राजेन्द्रप्रसाद आचार्यले जानकारी गराएका हुन् ।तर नेपाली काँग्रेसबाट दुई जनाले दर्ता गराएको उमेदवारीको टुगोँ नलाग्दा हालसम्म ति दुई जनाको उमेदवारी विवाद कायम नै रहेको छ । दुबैले अ आफ्नो पक्षमा निर्वाचन आयोग र पार्टी केन्द्रिय कार्यालयबाट नै निर्णय हुने आशमा भए पनि दुबै पक्षमा त्रास भने कायम नै रहेको छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका दुई उम्मेदवारको विषयमा विहिवार मात्र टुङ्गो लाग्ने मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी गराएका थिए । कांग्रेसबाट भ...