विधा

अवैध पशुपन्छी पैठारी रोक्न सरोकारवालाले सक्रिता बढाउदै,तर स्थानिय अझै शसतिmत
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

अवैध पशुपन्छी पैठारी रोक्न सरोकारवालाले सक्रिता बढाउदै,तर स्थानिय अझै शसतिmत

नवलपरासी,१३ कातिकजिल्लाका विभिन्न सीमावर्ती नाकाबाट हुने अवैध पशुपन्छीको चोरी पैठारी तथा पशुजन्य वस्तुको ओसारपसार तिब्र रुपमा भई रहेको जनगुनासो बढदै गए पछि अहिले सुरक्षा निकाय र सरोकारवाला सक्रिता बढाउन थालेका छन् । स्थानियबासीले पटकपटक यस्ता पशु र पशुजन्य पदार्थको चोरी पैठारी रोक्नु पर्ने माग उठाउन थाले पछि त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकाय र सरोकारवाला सक्रिता बढाएका हुन् ।सोहीक्रममा शुक्रवार सुरक्षा निकाय तथा नियमनकारी निकाय बीच प्रभावकारी समन्वय बैठक समेत गरिएको छ । सो बैठकमा सबै निकायले भारतबाट अवैध रुपमा हुने पशु तथा पशु जन्य पदार्थको चोरी पैठारी रोक्न आवश्यक रहेकोमा जोड दिइएको थिए । पाल्हिनन्दन गाउँपालिका–१, महेशपुरस्थित पशु क्वारेन्टाइन चेकपोस्ट कार्यालयमा आयोजित बैठक तथा अन्तरक्रिया कार्यक्रममा सीमा क्षेत्रमा हुने अवैध पशुपन्छी ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचमा कडाइ...
कृषिमा बर्षेनी लज्जास्पद रुपमा बजेट कटौती गर्दै सरकार
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

कृषिमा बर्षेनी लज्जास्पद रुपमा बजेट कटौती गर्दै सरकार

नवलपरासी,१३ कातिकजिल्ला कृषि ज्ञान केन्द्र नवलपरासीको बजेट लज्जा स्पद रुपमा बर्षेनी घट्दै जादा सरकारको नीति र नियतिमा फकर देखिन थालेको छ । ज्ञान केन्द्रले शुक्रवार स्थानीय तहका प्राविधिकहरुसँग राखेको अन्तरक्रियामा प्रस्तुत गरेको कृषिको बजेट कार्यक्रममा बर्षेनी बजेट घट्दै गएको तथ्याँक प्रस्तुत हुदा नेताले किसानका लागि गर्ने भाषण र भित्रि भित्र गर्दै आएको कर्तुतलाई उजागर गरिदिएको हो ।जिल्लाको बर्षेनी कृषि बजेट कटौतीले सेवालाई प्रभावकारी बनाउन नसकिएको ज्ञान केन्द्रका प्राविधिकहरुले बताएका थिए । बर्षेनी कृषिको बजेट घट्दै जादा कृषकलाई सेवा प्रवाहमा समस्या आउने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताए । कृषि ज्ञान केन्द्र प्रति कृषकको चाँसो बढदै गएको तर सरकारले बजेट कटौती गर्दै गएको छ, उनले भने, बजेटमा वृद्धि गर्नका लागि जिल्ला स्थित जनप्रतिनिधिहरुले पहल गर्नका लागि आग्रह समेत गरेका थ...
भूमिहीन र सुकुम्बासीकाको काम तत्कालै सुचारु सांसदको ताकेता
कृषि, बर्दघाट नगरपालिका, समाचार

भूमिहीन र सुकुम्बासीकाको काम तत्कालै सुचारु सांसदको ताकेता

नवलपरासी,१२ कातिकजिल्लाको बर्दघाट नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई धनीपुर्जा (लालपुर्जा) वितरणका लागि साँसदले ताकेता गरेका छन् । आफ्ना क्षेत्रका जनतालाई चुनावमा गरेको प्रतिबद्धता अनुसार काम गर्नका लागि वर्दघाट नगरपालिकामा सो क्षेत्रका साँसद विक्रम खनालले ताकेता गरेका हुन् ।उनले ताकेता गरे पछि लालपुर्जाबारे भइरहेको कार्य प्रगतिको वस्तु स्थितिबारे सरोकारवालाहरूसँग छलफल गरिएको थियो । वर्षौँदेखि पुर्जाविहीन नागरिकको समस्या समाधान गरी छिटोभन्दा छिटो लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउनका लागि संघिय साँसद खनालकै सहितको सहभागितामा उक्त छलफल गरिएको नगरपालिकाले जनाएको थियो । नगरपालिकाका अनुसार छलफलका सहभागितहरुले जति सक्दो छिटो लालपुर्जा वितरण गर्नु पर्ने र सहभागी सरोकारवालाहरूले सकारात्मक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उतm छलफलमा प्रत...
डेढ करोड लगानीमा बनेको सञ्चालनमा नआउदै लिफ्ट सिचाई आयोजना अलपत्र
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

डेढ करोड लगानीमा बनेको सञ्चालनमा नआउदै लिफ्ट सिचाई आयोजना अलपत्र

नवलपरासी,१२ कातिकजिल्लाको रामग्राम ८ स्थित झरहीखोला लिफ्ट सिचाई आयोजना सञ्चालनमा नआउदै अलपत्र हुने देखिएको छ । पहिला आयोजनाको जग भास्सिएर जग चर्किएको पुर्वाधार मर्मत सम्भार गरिए पनि अहिले सो आयोजनाको ट्रान्फर्मर नै चोरी भएर जडान हुन नसक्नु र पाईपलाईन,कुलो समेत समेत विस्तार हुन नसक्दा करोडौ लगानीको आयोजना अलपत्र देखिएको हो ।सञ्चालनमा नआउदै जग चक्रिनु सिचाई डिभिजन कार्यालयले तयार गरेको उतm आयोजनाका कामको गुणस्तर माथि प्रश्न उठेको थियो, यसको अनुसंधान गरि समाधान खोज्न समेत लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालले माग गरेका थिए । उतm आयोजनामा प्राविधिक कमजोरी हो,कि निर्माण कम्पनीको लापर्वाही हो ? त्यसको अनुसंधान हुनु पर्ने प्रदेश साँसद जैसवालले कुरा उठाए पनि त्यसैलाई टालटुल गरि आयोजना छाडियो, सोही वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले भने, अहिले चोरी भएको ट्रान्सफर्मर पनि जडान ह...
भूमही खोलामा प्राकृतिक स्रोतको दोहन, तस्करी नियन्त्रणमा निकायहरू उदासीन
अर्थ, समाचार, समाज, सुनवल नगरपालिका

भूमही खोलामा प्राकृतिक स्रोतको दोहन, तस्करी नियन्त्रणमा निकायहरू उदासीन

नवलपरासी, १२ कात्तिकनवलपरासीको सुनवल नगरपालिका क्षेत्रस्थित भूमही खोलामा ढुंगा, मिस्कटलगायत नदीजन्य पदार्थको व्यापक चोरी–तस्करी भइरहेको स्थानीयले आरोप लगाएका छन् । चाडपर्वको मौका छोपेर नदीजन्य पदार्थको अवैध उत्खनन, भण्डारण तथा ओसारपसार भइरहेको भन्दै स्थानीयले सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठाएका हुन् ।स्थानीयका अनुसार साँझ र बिहान अँध्यारोको समयमा दर्जन ट्र्याक्टर मार्फत खोलाबाट ढुंगा तथा मिस्कट निकाल्ने, विभिन्न स्थानमा भण्डारण गर्ने र पछि टिपरमार्फत अन्यत्र पठाउने गरिएको छ । यस्तो गतिविधि नियन्त्रण गर्नुपर्ने निकायले प्रभावकारी निगरानी नगरेको र केही कर्मचारीसँगको मिलेमतोमा चोरी–तस्करी भइरहेको उनीहरूको दाबी छ । विशेषगरी चाडपर्वको समयमा निगरानी कमजोर हुने मौका छोपेर नदीजन्य पदार्थको अवैध कारोबार बढेको स्थानीयको भनाइ छ । उनीहरूले खोलाबाट निकालिने सामग्रीको परिमाण, ओसारपसारमा प्रयोग हु...
नेपालमा ढुङ्गाका पहाड, सिलौटो बनाउने ढुङ्गा देखी औद्योगिक प्रयोजनका ढुगाँ पनि भारतबाट आयात
अर्थ, रामग्राम नगरपालिका, समाचार, समाज

नेपालमा ढुङ्गाका पहाड, सिलौटो बनाउने ढुङ्गा देखी औद्योगिक प्रयोजनका ढुगाँ पनि भारतबाट आयात

नवलपरासी,११ कातिकनेपालमा ढुङ्गाका पहाडै पहाड भए पनि दैनिक उपभोगका लागि आदीबासी जनजाती देखी घरेलु उद्योग तथा ठूला उद्योग समेतमा भारतिय ढुगाँ प्रयोग गर्नका लागि आयात गर्न परेको छ । सरकारी नीति निर्माताका कमजोरीका कारण पहाडै पहाड भएको मुलुकमा ढुगाँ निर्यात गर्नुको सट्टा आयात गर्नु पर्ने कुरा दुःखद भएको स्थानियले बताएका हुन् ।आदीबासी जनजाती कुशौडिया (पथ्थरकट्टा) समुदायले आफ्ना परम्परागत पेशाका लागि पहिला नेपाली ढुगाँ नै प्रयोग गर्दै आएका थिए । तर अहिले उनीहरु नेपाली ढुगाँमा रोक लगाए पछि भारतबाट ढुगाँ खरिद गरि ल्याउन परेको छ । घरेलु उद्योगमा पनि भारतिय ढुगाँ नै प्रयोग भई रहेको उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य ओम प्रकाश अग्रहरीले भने, अहिले जिल्लामा ढुगाँबाट मार्वल,टायल र ग्रेनाईटहरु भारतबाट ल्याएर दर्जन उद्योग सञ्चालन भई रहेका छन् । तर नेपालका ढुगाँको प्रयोग कसरी बढाउने भन्ने बारे ने...
मजदुर माथि ब्यवस्थापनबाट ज्यादती भएको भन्दै एशियन कन्क्रेटो उद्योगका मजदुर आन्दोलित
अर्थ, रामग्राम नगरपालिका, समाचार, समाज

मजदुर माथि ब्यवस्थापनबाट ज्यादती भएको भन्दै एशियन कन्क्रेटो उद्योगका मजदुर आन्दोलित

नवलपरासी,१० कातिकजिल्लाको रामग्राम १६ लालपाटी स्थित एशियन कन्क्रेटो उद्योगका मजदुर आफ्ना विभिन्न माग राख्दै हडताल गरेर धर्मा बसेका छन् । विगत ९ बर्ष देखी कार्यरत रहेका उद्योगका करिब ८० जना मजदुर कर्मचारीहरुले अहिलेसम्म नियुतिmपत्र नपाएको र श्रम ऐन अनुसारको सेवा सुविधान नदिएको भन्दै माग पुरा गराउनका लागि काम हडताल गरि धर्ना बसेका हुन् ।पटक पटक आफुहरुले उद्योग प्रशासन र उद्योग ब्यवस्थापनलाई माग बारे जानकारी गराउदै आएको तर उद्योग ब्यवस्थानले नसुने पछि वार्ड कार्यालयमा समेत निवेदन दिए पछि उद्योग प्रशासनका कर्मचारीले कामबाट निकाल्ने धम्कि दिन थाले पछि उनीहरु धर्मा बसेको जानकारी गराएका थिए । औषधी उपचार खर्च,दुर्घटना हुदा हुने उपचार,शुरक्षाका लागि जुत्ता,पोशाक आदी जस्ता समास्या छन् । तर उद्योग प्रशासनले जहिले पनि काम गर्ने भए गर,नत्र छाडेर जाऔ भन्दै धम्कि दिदै आएको एक मजुदरले सुनाए । हामी माथि उद...
सुनवल स्थित गैँडाखाल लवकेश्वर सिँचाइ आयोजनाबाट सयौँ किसान लाभान्वित
कृषि, रामग्राम नगरपालिका, समाचार

सुनवल स्थित गैँडाखाल लवकेश्वर सिँचाइ आयोजनाबाट सयौँ किसान लाभान्वित

नवलपरासी,१० कातिकनवलपरासीको सुनवल नगरपालिका–१० स्थित गैँडाखाल लवकेश्वर सिँचाइ आयोजनाले स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध गराए पछि कृषि उत्पादनमा सहजता भएको छ । जंगलबाट बगेर आउने खोलाको पानीलाई बाँध निर्माण गरी सङ्कलन तथा व्यवस्थापन गरेर सिँचाइमा प्रयोग गर्न थालिएपछि किसानलाई धान, गहुँ र तोरी खेती गर्न राहत पुगेको हो ।सुनवल नगरपालिका–१० मा रहेको उक्त सिँचाइ आयोजनाबाट रामग्राम नगरपालिका–१४ सम्मका खेतबारीमा समेत सिँचाइ सुविधा पुगेको वडाध्यक्ष ओमप्रकाश यादवले जानकारी दिए । उनका अनुसार आयोजनाले सयौँ किसानलाई प्रत्यक्ष लाभ पु¥याएको छ । सिँचाइ सुविधा उपलब्ध भएपछि किसानले समयमै धानको बीउ राख्न तथा खेतीपातीको काम गर्न पाएका छन् । यसअघि वर्षा र खोलामा उपलब्ध हुने पानीमा निर्भर रहनुपर्ने किसानलाई आयोजनाले कृषि कार्यमा सहजता प्रदान गरेको यादवले बताए । विशेषगरी हिउँदमा गहुँ र तोरी खेतीका लागि समेत ...
चिसापानी सामुदायिक वनमा प्रकृति, संस्कृति र साहसिक पर्यटनको संगम
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

चिसापानी सामुदायिक वनमा प्रकृति, संस्कृति र साहसिक पर्यटनको संगम

सिमसार, जलविहार, वनविहार र धार्मिक सम्पदाले बढाउँदै पर्यटकीय आकर्षणस चुरेका चुचुरोमा पदयात्रा सञ्चालन गर्ने तयारी नवलपरासी,९ कातिकवन भन्नासाथ काठ, दाउरा र घाँसको स्रोत मात्र सम्झिने परम्परागत सोचलाई बदल्दै जिल्लाको बर्दघाट स्थित चिसापानी सामुदायिक वनले प्रकृति, संस्कृति र पर्यटनलाई एकै ठाउँमा जोड्ने प्रयास गरिरहेको छ । हरियाली वन, सिमसार क्षेत्र, जलविहार, मत्स्यपालन, वन्यजन्तुको अवलोकन तथा हिन्दु र बौद्ध धर्मावलम्बीका धार्मिक सम्पदाले चिसापानी सामुदायिक वनलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै लगेका हो ।जिल्लाकै पहिलो सामुदायिक वनका रूपमा पर्यापर्यटनको अवधारणा अघि बढाएको चिसापानीले वन संरक्षणसँगै स्थानीय आयआर्जन र पर्यटकीय गतिविधिलाई विस्तार गर्ने सम्भावना देखाएको छ । यहाँ प्रकृतिको शान्त वातावरणमा रमाउन चाहने देखि धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न चाहनेसम्मका पर्यटकका...
बुद्ध धान ‘कालानमक’ खेतीमा किसानको आकर्षण बढ्दो
कृषि, रामग्राम नगरपालिका, समाचार, संस्कृति

बुद्ध धान ‘कालानमक’ खेतीमा किसानको आकर्षण बढ्दो

नवलपरासी,८ कातिकबुद्धकालीन इतिहाससँग जोडिएको सुगन्धित धान ‘कालानमक’ खेतीप्रति नेपाली किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा कुनै समय लोप हुने अवस्थामा पुगेको कालानमक धानको खेती पछिल्ला वर्षमा उल्लेखनीय रूपमा विस्तार भएको हो ।रामग्राम नगरपालिका ६ पोखरापालीमा लक्ष्मीनारायण गुप्ताले अहिले आफ्नो करिब डेढ विघा क्षेत्रफलमा कालानमक धान खेती गरेको बताए । विगतमा विभिन्न प्रजातीका हाईव्रिड लगायतका धानहरु रोपिने गरिएको थियो । तर पछिल्लो समय कालानमक धान रोप्न थालेको देखाए । कालनमक धान यसै क्षेत्रको बुद्धकालिन इतिहाससँग जोडिदा यो धान खेती गर्दा फरक गौरव र अनुभुति प्राप्त हुने गरेको उनले सुनाएका थिए । सरकारी स्तरबाट प्रवद्र्धन नगरिए पनि यस प्रति आफ्नै तरिकाले किसान आकर्षित हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गुप्ता जस्तै जिल्लामा धेरै किसान अहिले कालानमक धान तर्फ आकर्षित देखिएका छन् ।धान प्रवद्र्...