विधा

स्वास्थ्य कार्यालय नवलपरासीको समीक्षा कार्यक्रम सम्पन्न, २९ सूचकमा मूल्यांकन
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

स्वास्थ्य कार्यालय नवलपरासीको समीक्षा कार्यक्रम सम्पन्न, २९ सूचकमा मूल्यांकन

नवलपरासी । पश्चिम नवलपरासीमा स्वास्थ्य क्षेत्रअन्तर्गत सञ्चालन भएका कार्यक्रमको वार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्यसम्बन्धी योजना तथा प्राथमिकता निर्धारण गरिएको छ। स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा भूमहीमा भएको कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रगति, सेवा प्रवाह, उपलब्धि तथा चुनौतीबारे समीक्षा गरिएको हो। समीक्षा पश्चात् स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवा प्रवाहको गुणस्तर सुधार र नागरिकमैत्री स्वास्थ्य प्रणाली विकासलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ। स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जिल्लाका स्वास्थ्य संस्थाबाट प्रवाह भइरहेका सेवाको अवस्था, उपलब्धि, चुनौती तथा स्वास्थ्यसम्बन्धी सूचकांकको समीक्षा गरी आगामी योजना तयार गरिएको बताए। वार्षिक समीक्षा कार्यक्रममा मातृ तथा बाल...
वरिष्ठ उपाध्यक्ष यादवले लिए माधव चौधरीका छोराछोरीको शिक्षाको जिम्मा
समाचार, समाज, सरावल गाउँपालिका

वरिष्ठ उपाध्यक्ष यादवले लिए माधव चौधरीका छोराछोरीको शिक्षाको जिम्मा

नवलपरासी, २० भदौ ।रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता रहेका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१, बासाबसही नयाँटोलका माधव चौधरीका छोराछोरीको विद्यालय तहको शिक्षामा लाग्ने सम्पूर्ण खर्च सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले व्यहोर्ने घोषणा गरेका छन्। बाढीपछि चौधरी बेपत्ता हुँदा परिवार आर्थिक तथा मानसिक संकटमा परेको अवस्थामा बालबालिकाको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले यादवले उनीहरूको शिक्षाको जिम्मेवारी लिने घोषणा गरेका हुन्। यादवले चौधरीको परिवारलाई यसअघि पनि खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेका थिए। तत्कालीन राहत सहयोगपछि बालबालिकाको शिक्षालाई निरन्तरता दिन दीर्घकालीन जिम्मेवारीसमेत लिने निर्णय गरेको यादवले बताएका छन्। चौधरी बेपत्ता भएपछि परिवारमा परेको आर्थिक कठिनाइका कारण बालबालिकाको शिक्षामा समस्या आउन सक्ने अवस्था देखिएपछि यादवको सहयोगले उनीह...
संस्कृति तथा सम्पदा संरक्षणमा योगदान पुर्‍याएका शर्मा सम्मानित
नवलपरासी (ब.सु.प.), समाचार, समाज

संस्कृति तथा सम्पदा संरक्षणमा योगदान पुर्‍याएका शर्मा सम्मानित

नवलपरासी । संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षणमा योगदान पुर्‍याएको भन्दै संस्कृति सम्पदा संरक्षण महाअभियानका संयोजक अनिल शर्मा सम्मानित भएका छन्। दाङवोला ग्युईठिम तामाङ संघ, काठमाडौंले शनिबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा शर्मालाई सम्मान गरिएको हो। मौलिक संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षणमा उनले पुर्‍याउँदै आएको योगदानको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। रामग्राम नगरपालिका–५, नवलपरासी पश्चिम निवासी शर्मा लामो समयदेखि संस्कृति तथा सम्पदा संरक्षणसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। आफ्ना स्वर्गीय पिता दामोदर शर्माको स्मृतिमा उनले संस्कृति तथा सम्पदा संरक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको आयोजकको भनाइ छ। शर्माले संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षणलाई निरन्तरता दिँदै मौलिक पहिचान र परम्पराको संरक्षणका लागि अभियान सञ्चा...
उद्योगी–व्यवसायी र वित्तीय संस्थाबीचको अन्तरसम्बन्ध | ओम प्रकाश अग्रहरी | चिन्तन–मनन Ep. 05
अन्तर्वार्ता, अर्थ, नवलपरासी (ब.सु.प.)

उद्योगी–व्यवसायी र वित्तीय संस्थाबीचको अन्तरसम्बन्ध | ओम प्रकाश अग्रहरी | चिन्तन–मनन Ep. 05

https://youtu.be/9IsOlip9m2U?si=2Hdw9Y-amXPH-pVv
सरावलमा रेडक्रस दिवसको अवसरमा वृहत् वृक्षरोपण, करिब ३०० बिरुवा रोपिए
समाचार, सरावल गाउँपालिका, स्वास्थ्य

सरावलमा रेडक्रस दिवसको अवसरमा वृहत् वृक्षरोपण, करिब ३०० बिरुवा रोपिए

नवलपरासी, भदौ १९ ।६४औँ नेपाल रेडक्रस दिवसको अवसरमा सरावल गाउँपालिका–२, मनरीस्थित जनता माध्यमिक विद्यालय परिसरमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी देवगाउँ उपशाखाको आयोजना तथा जनता माध्यमिक विद्यालय मनरीको सहआयोजनामा भएको कार्यक्रममा करिब ३०० वटा विभिन्न प्रजातिका शोभनीय तथा वातावरणमैत्री बिरुवा रोपिएका छन्। कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी थारू (चौधरी) प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश रेडक्रसका कोषाध्यक्ष हैदर अली मोमिन विशेष अतिथिका रूपमा सहभागी थिए। वृक्षरोपण कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। जुनियर रेडक्रसका विद्यार्थीहरूले उत्साहपूर्वक बिरुवा रोप्नुका साथै रोपिएका बिरुवाको संरक्षण र हु...
जिससद्धारा जिल्लाको प्रगति समिक्षा तथा नयाँ अभ्यासको अनुभव आदान प्रदान कार्य
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जिससद्धारा जिल्लाको प्रगति समिक्षा तथा नयाँ अभ्यासको अनुभव आदान प्रदान कार्य

नवलपरासी,१७ भदौजिल्ला समन्वय समिति नवलपरासीले जिल्लाको प्रगति समिक्षा कार्यक्रम गरि नयाँ अभ्यासको अनुभवन आदान प्रदान गर्ने कार्य गरेको छ । समन्वय समितिले आयोजना गरेको आर्थिक बर्ष २०८२।०८३ को बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक निकायबाट हुने गरेका नयाँ अभ्यास सम्बन्धि अनुभवन आदान प्रदान कार्यमा जिल्लाका ३ नगरपालिका र ४ गाउपालिका गरि ७ वटा पालिकाका र प्रदेश सरकार तथा संघिय सरकार सहित विभिन्न आयोजना परियोजनाका तर्फबाट प्रस्तुतिकरण गरिएको हो ।संघिय संसद प्रतिनिधिसभा सदस्य साँसद बिक्रम खनालको प्रमुख आथित्यतामा उतm समिक्षा कार्यक्रम भएको समन्वय प्रमुख भगौती प्रसाद यादवले जानकारी गराएका थिए । खनाल सहित संघिय साँसद नरेन्द्र कुमार गुप्ता र रिगँला यादवको समेत सहभागिता रहेको थियो । प्रदेश साँसद र पालिकाका प्रमुख प्रतिनिधिहरु समेत सहभागि कार्यक्रममा जिल्लाको समग्र विकास र समृद्धिका लागि एकताबद्ध भएर ...
भदौ २४ देखि नवलपरासीमा एचपीभी खोप अभियान, २०० केन्द्रमा सेवा दिइने
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

भदौ २४ देखि नवलपरासीमा एचपीभी खोप अभियान, २०० केन्द्रमा सेवा दिइने

भदाै १७, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा भदौ २४ गतेदेखि तीनदिने एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। अभियानको तयारी तथा सञ्चालनसम्बन्धी जानकारी दिन जिल्ला समन्वय समिति, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को कार्यालयमा मंगलबार कार्यक्रम आयोजना गरिएको हो। जिल्ला समन्वय समिति प्रमुख भगवती यादव (रुदल)को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले एचपीभी खोप अभियानको तयारी, खोप केन्द्र तथा परिचालन हुने जनशक्तिबारे जानकारी दिएका थिए। शाहीका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा भदौ २४ देखि २६ गतेसम्म तीन दिन एचपीभी खोप अभियान सञ्चालन हुनेछ। लक्षित समूहसम्म सहज रूपमा खोप सेवा पुर्‍याउने उद्देश्यले जिल्लाभर २०० वटा खोप केन्द्र निर्धारण गरिएको छ। निर्धारित खोप केन्द्रमध्ये १०९ वटा सामुदायिक अर्थात् सरकारी र ९१ वटा संस्थागत अर्थात् गैर...
बिरेन्द्र यादवसँग उद्योग, व्यापार र सरावलको आर्थिक सम्भावनाबारे विशेष संवाद | चिन्तन–मनन EPISODE 4
अर्थ, भिडियो, सरावल गाउँपालिका

बिरेन्द्र यादवसँग उद्योग, व्यापार र सरावलको आर्थिक सम्भावनाबारे विशेष संवाद | चिन्तन–मनन EPISODE 4

https://youtu.be/krRyoDLYNao?si=Glzrp_A-mjvowK89
बेपत्ता पारिएकाहरूको सम्झनामा परासीमा दीप प्रज्वलन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

बेपत्ता पारिएकाहरूको सम्झनामा परासीमा दीप प्रज्वलन

नवलपरासी, भदौ १४ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा आइतबार परासीमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ। एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–३१, परासीको आयोजनामा परासीस्थित बुद्ध चोकमा दीप प्रज्वलन गर्दै बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस–२०८३ मनाइएको हो। कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख अतिथि राजेश गुप्ताले सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारले वर्षौँदेखि आफ्ना आफन्तको अवस्था र सत्यबारे जवाफ खोजिरहेको बताए। उनले हालै रसुवामा आएको बाढीपहिरोमा बेपत्ता तथा ज्यान गुमाएका परिवारको पीडाप्रति पनि राज्य संवेदनशील हुनुपर्ने बताए। राज्यले बेपत्ता भएका व्यक्तिको अवस्था र घटनाबारे सम्बन्धित परिवारलाई जानकारी दिनुपर्नेमा जोड दिँदै गुप्ताले परिवारले आफ्ना आफन्त कहाँ छन् र कुन अवस्थामा ...
भोटेकोसी बाढीपछि सम्पर्कविहीन माधवको परिवारलाई राहत
समाचार, समाज, सरावल गाउँपालिका

भोटेकोसी बाढीपछि सम्पर्कविहीन माधवको परिवारलाई राहत

नवलपरासी, १४ भदौ ।भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ नयाँटोलका माधव चौधरीको परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ। ३५ वर्षीय माधव बाढीपछि सम्पर्कविहीन भएपछि उनको परिवार आर्थिक समस्यामा परेको छ। घरको मुख्य आम्दानी गर्ने व्यक्ति नै सम्पर्कविहीन भएपछि परिवारलाई दैनिक खर्च चलाउनसमेत कठिनाइ भएको हो। परिवारको अवस्थाबारे जानकारी पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरावलका सभापति वीरेन्द्र यादवले आइतबार चौधरीको घरमै पुगेर खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराएका छन्। करिब एक महिनाका लागि पुग्ने गरी चामल, दाल, आलु, प्याज, तेललगायत सामग्री सहयोग गरिएको छ। माधव वेत्रावती विद्युत् आयोजनाको हाइटेन्सन क्षेत्रमा ट्याक्टर चालकका रूपमा काम गर्दै आएका थिए। भोटेकोसीमा आएको बाढीपछि उनी सम्पर्कविहीन भएका हुन्। माधव सम्पर्कविहीन भएपछि उनकी श्री...