जिल्ला भलिबल संघको अध्यक्षमा विजयकुमार कर्माचार्य निर्विरोध

नवलपरासी ४ असोज
जिल्ला भलिबल संघ नवलपरासीको अधिवेशनबाट विजयकुमार कर्माचार्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । आईतवार भएको ७ औ अधिवेशनले कर्माचार्य सहित नयाँ कार्यसमिति समेत निर्विरोध चयन गरेको हो ।
अधिवेशनबाट संघको उपाध्यक्षमा गोविन्द प्रधान र मनोजकुमार चौधरी निर्वाचित भएका छन भने , नमनारायण चौधरी सचिव र देव क्षेत्री कोषाध्यक्षमा निर्विरोध चयन भएका छन्। नयाँ कार्यसमितिका सदस्यहरूमा शिवलाल चौधरी, महेन्द्र चौधरी, कुञ्जबिहारी कँवर, दुधनाथ गुरौ, मेनुका गाहा, लक्ष्मी श्रेष्ठ र रमेश कर्माचार्य चयन भएका छन्। अधिवेशनबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । नवनिर्वाचित समितिले जिल्लामा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगिताको आयोजना र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
भलिबल नेपालको लोकप्रिय खेलमध्ये एक भए पनि स्थानीय तहमा नियमित प्रशिक्षण, खेलमैदान, प्रतियोगिता तथा खेलाडीलाई आवश्यक अवसरको अभाव चुनौतीका रूपमा रहँदै आएको छ । नयाँ कार्यसमितिले जिल्लाका प्रतिभावान खेलाडीको पहिचान गर्दै उनीहरूलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितासम्म पुग्ने वातावरण निर्माण गर्नुपर्ने अपेक्षा खेल क्षेत्रका सरोकारवालाले गरेका छन् । निर्वाचित पदाधिकारी सदस्यहरुलाई रमेश कर्माचार्यले जिल्ला भलिबल संघ नवलपरासीको नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ्। उनले जिल्लामा भलिबल खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि नयाँ कार्यसमितिले प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । नयाँ नेतृत्वले स्थानीयस्तरमा भलिबल गतिविधि विस्तार गर्नुका साथै विद्यालय तथा क्लबस्तरबाट खेलाडी उत्पादन, नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *