रामग्राम : बुद्धधातुको अमूल्य स्मृति र नागले संरक्षण गरेको पवित्र स्तूप
बौद्ध अध्येता डा. कौशलेन्द्रबहादुर श्रीवास्तव
इतिहास केवल राजवंश, युद्ध र राजनीतिक घटनाहरूको क्रम होइन। इतिहास मानिसले कुनै भूगोलसँग जोडेर सुरक्षित राखेको स्मृति, आस्था, परम्परा र सभ्यताको अभिलेख पनि हो। यही दृष्टिले हेर्दा रामग्राम बौद्ध सभ्यताको इतिहासमा अत्यन्त विशिष्ट महत्व बोकेको स्थलका रूपमा देखिन्छ।
रामग्रामको महत्त्व केवल एउटा प्राचीन स्तूप वा पुरातात्त्विक अवशेषमा सीमित छैन। यसको ऐतिहासिक स्मृतिको केन्द्रमा भगवान् बुद्धको शरीरधातु, त्यसलाई सुरक्षित राखिएको स्तूप, त्यसको संरक्षणसँग जोडिएको नाग परम्परा, स्तूपमा श्रद्धा अर्पण गर्ने हात्तीहरूको कथा, भिक्षुहरूको साधना तथा प्राचीन बौद्ध तीर्थयात्राको परम्परा जोडिएको छ।
रामग्रामसम्बन्धी सबैभन्दा महत्वपूर्ण लिखित विवरणमध्ये सातौँ शताब्दीका चिनियाँ बौद्ध यात्री ह्वेनसाङ् (Xuanzang) को यात्रावृत्तान्त प्रमुख स्रोत हो। उनको Records...










