पर्यटन

चिसापानी सामुदायिक वनमा प्रकृति, संस्कृति र साहसिक पर्यटनको संगम
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

चिसापानी सामुदायिक वनमा प्रकृति, संस्कृति र साहसिक पर्यटनको संगम

सिमसार, जलविहार, वनविहार र धार्मिक सम्पदाले बढाउँदै पर्यटकीय आकर्षणस चुरेका चुचुरोमा पदयात्रा सञ्चालन गर्ने तयारी नवलपरासी,९ कातिकवन भन्नासाथ काठ, दाउरा र घाँसको स्रोत मात्र सम्झिने परम्परागत सोचलाई बदल्दै जिल्लाको बर्दघाट स्थित चिसापानी सामुदायिक वनले प्रकृति, संस्कृति र पर्यटनलाई एकै ठाउँमा जोड्ने प्रयास गरिरहेको छ । हरियाली वन, सिमसार क्षेत्र, जलविहार, मत्स्यपालन, वन्यजन्तुको अवलोकन तथा हिन्दु र बौद्ध धर्मावलम्बीका धार्मिक सम्पदाले चिसापानी सामुदायिक वनलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै लगेका हो ।जिल्लाकै पहिलो सामुदायिक वनका रूपमा पर्यापर्यटनको अवधारणा अघि बढाएको चिसापानीले वन संरक्षणसँगै स्थानीय आयआर्जन र पर्यटकीय गतिविधिलाई विस्तार गर्ने सम्भावना देखाएको छ । यहाँ प्रकृतिको शान्त वातावरणमा रमाउन चाहने देखि धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न चाहनेसम्मका पर्यटकका...
दुर्गम पहाडलाई पर्यटनसँग जोडेर सुनवलको समृद्धि सम्भव: इन्जिनियर राजेश शर्मा
पर्यटन, शिक्षा, समाज, सुनवल नगरपालिका

दुर्गम पहाडलाई पर्यटनसँग जोडेर सुनवलको समृद्धि सम्भव: इन्जिनियर राजेश शर्मा

सुकरात गौडनवलपरासी,१७ असोजजिल्लाको सुनवल नगरपालिकाका युवा इन्जिनियर राजेश शर्मा चापागाईँले सुनवलको समृद्धिका सपनाको खोजमा लागेका छन् । उनी सोही क्रममा नगरपालिकाको दुर्गम पहाडी क्षेत्र महलपोखरीस्थित सामुदायिक विद्यालयको अवलोकन गर्दै स्थानीय अवस्था र सम्भावनाबारे जानकारी लिएका छन्।अवलोकनका क्रममा उनले विद्यालयका बालबालिकासँग अनौपचारिक कुराकानी गर्दै उनीहरूलाई अध्ययनप्रति उत्साहित गराएका थिए। दुर्गम क्षेत्रमा पुगेर स्थानीय बालबालिका तथा समुदायसँग प्रत्यक्ष भेटघाट गर्दा आफूले सुनवललाई हेर्ने दृष्टिकोणमा समेत फरक अनुभूति भएको उनले बताए । सुनवललाई राजमार्ग आसपासको सुगम बजार क्षेत्रका रूपमा मात्र बुझ्न नहुने बताउँदै शर्माले नगरपालिकाभित्र रहेका पहाडी तथा दुर्गम क्षेत्रको सम्भावनालाई पनि विकाससँग जोड्नुपर्ने धारणा राखे । पैदल यात्रा गर्दै महलपोखरी पुगेका उनले बाटाघाटा तथा आवागमनको अवस्थालाई...
कञ्चनगढी निर्माणमा आर्थिक स्रोतको अभाव, ३५ करोडको डीपीआर पूरा गर्न चुनौती
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

कञ्चनगढी निर्माणमा आर्थिक स्रोतको अभाव, ३५ करोडको डीपीआर पूरा गर्न चुनौती

नवलपरासी,७ असोजबर्दघाट नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढाइएको कञ्चनगढीको पूर्वाधार निर्माणमा आर्थिक स्रोतको अभाव देखिएको छ । ऐतिहासिक, प्राकृतिक तथा पर्यटकीय महत्व बोकेको कञ्चनगढीलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब ३५ करोड रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि हालसम्म करिब ५ करोड रुपैयाँ मात्र लगानी भएको नगरपालिकाले जनाएको हो ।डीपीआरमा समेटिएका विभिन्न पूर्वाधार निर्माणका काम पूरा गर्न आवश्यक ठूलो रकमको तुलनामा हालसम्म भएको लगानी निकै कम रहेकाले परियोजना कार्यान्वयनमा चुनौती देखिएको नगरपालिकाका सुचना अधिकारी पुस्कर काफ्लेले जनाए । आवश्यक बजेटको सुनिश्चितता नहुँदा डीपीआरअनुसारका संरचना निर्माण तथा अन्य पूर्वाधार विकासका कामलाई अपेक्षित गतिमा अघि बढाउन समस्या भएको छ,उनले भने, विगत बर्षमा प्रदेश स...
धरम पोखरीलाई पर्यटन गन्तव्य बनाउने सम्भावना, एकीकृत विकासको माग
पर्यटन, रामग्राम नगरपालिका, समाचार

धरम पोखरीलाई पर्यटन गन्तव्य बनाउने सम्भावना, एकीकृत विकासको माग

नवलपरासी,४ असोजजिल्लाको रामग्राम नगरपालिका–१८ धरमपुरमा रहेको ऐतिहासिक तथा प्राकृतिक महत्वको धरम पोखरीलाई व्यवस्थित गरी धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पुरातात्विक पर्यटनसँग जोडिएको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयले माग गरेका छन्।करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको उक्त पोखरीको संरक्षण तथा पूर्वाधार विकासका लागि करिब १५ करोड रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ, भने हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको सोही वार्डका वार्ड अध्यक्ष गोपाल डिस्वा मागरले बताए । प्राकृतिक रूपमा आकर्षक देखिने धर्मपोखरी अहिले स्थानीय तथा बाह्य क्षेत्रका मानिसका लागि पिकनिक तथा घुमफिरको स्थलका रूपमा प्रयोग हुँदै आएको छ । पर्याप्त पूर्वाधार, व्यवस्थित प्रचारप्रसार र पर्यटन मैत्री संरचनाको विकास हुन सकेमा यसलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको महत्वपूर्ण गन्त...
पिडुरा–झरही दोभान कुण्डका गोही आरक्षमा सरकारी चाँसो बढ्दै, बजेट विनियोजन गर्न थाले
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, रामग्राम नगरपालिका, समाचार, सरावल गाउँपालिका

पिडुरा–झरही दोभान कुण्डका गोही आरक्षमा सरकारी चाँसो बढ्दै, बजेट विनियोजन गर्न थाले

नवलपरासी,जिल्लामा स्थानीयस्तरबाट गोही संरक्षणको पहल अघि बढेसँगै संरक्षणका लागि सरकारी निकायले पनि चाँसो लिन थालेका छन् । जिल्लाको गण्डक कमाण्ड क्षेत्रसँग जोडिएको झरही–पिडुरा दोभान कुण्ड क्षेत्रमा अवलोकनकर्ताको चहलपहल बढ्न थालेको र अहिले सो संरक्षण आरक्ष क्षेत्रमा संरक्षण तथा जागरणका लागि लुम्बिनी प्रदेश सरकार सरावल गाउपालिकाले लगानी गर्ने चाँसो बढाएको हो ।वर्षौंदेखि सो क्षेत्रका जलाशय तथा कुण्डमा गोही बस्दै आएको बताउँदै स्थानीयले संरक्षणका लागि आरक्ष क्षेत्र बनाउन पहल थाले पछि आन्तरिक तथा भारतीय पर्यटकसमेत अवलोकनका लागि आउन थालेका छन् । यसैले अहिले पहिलो बर्षमा सरावलको भागमा पर्ने क्षेत्रमा संरक्षण तथा प्रचार प्रसार र जागरणका लागि २ लाख रुपिया विनियोजन गरिएको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताए । यो लगानी बर्षेनी थपिदै जानेछ, उनले भने, यस क्षेत्रमा अब्यवस्थित रुपमा रहेका गोहीलाई आरक्ष क्...
रामग्राम : बुद्धधातुको अमूल्य स्मृति र नागले संरक्षण गरेको पवित्र स्तूप
पर्यटन, रामग्राम नगरपालिका, विचार

रामग्राम : बुद्धधातुको अमूल्य स्मृति र नागले संरक्षण गरेको पवित्र स्तूप

बौद्ध अध्येता डा. कौशलेन्द्रबहादुर श्रीवास्तव इतिहास केवल राजवंश, युद्ध र राजनीतिक घटनाहरूको क्रम होइन। इतिहास मानिसले कुनै भूगोलसँग जोडेर सुरक्षित राखेको स्मृति, आस्था, परम्परा र सभ्यताको अभिलेख पनि हो। यही दृष्टिले हेर्दा रामग्राम बौद्ध सभ्यताको इतिहासमा अत्यन्त विशिष्ट महत्व बोकेको स्थलका रूपमा देखिन्छ। रामग्रामको महत्त्व केवल एउटा प्राचीन स्तूप वा पुरातात्त्विक अवशेषमा सीमित छैन। यसको ऐतिहासिक स्मृतिको केन्द्रमा भगवान् बुद्धको शरीरधातु, त्यसलाई सुरक्षित राखिएको स्तूप, त्यसको संरक्षणसँग जोडिएको नाग परम्परा, स्तूपमा श्रद्धा अर्पण गर्ने हात्तीहरूको कथा, भिक्षुहरूको साधना तथा प्राचीन बौद्ध तीर्थयात्राको परम्परा जोडिएको छ। रामग्रामसम्बन्धी सबैभन्दा महत्वपूर्ण लिखित विवरणमध्ये सातौँ शताब्दीका चिनियाँ बौद्ध यात्री ह्वेनसाङ् (Xuanzang) को यात्रावृत्तान्त प्रमुख स्रोत हो। उनको Records...
रामग्राम स्तुप परिसरमा पाच बर्गिय भिच्छुद्धारा प्रथम बर्षा बास
पर्यटन, रामग्राम नगरपालिका, समाचार, समाज, संस्कृति

रामग्राम स्तुप परिसरमा पाच बर्गिय भिच्छुद्धारा प्रथम बर्षा बास

नवलपरासी,१३ साउनशान्तिका अग्रदुत भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा पहिलो पटक पाँच बर्गिय(पाँच जना) भिच्छु तिन महिनाका लागि बर्षाबास बसेका छन् । बर्षायमा लागे देखी बुद्ध धर्म अनुसार असार अर्थात गुरुपुर्णियमा देखी असोज महिनासम्म बौद्ध भिच्छु एकै स्थानमा बसेर ध्यान साधना गर्ने प्रावधान अनुसार रामग्राम स्तुपमा पहिलो पटक पाँच जना भिच्छुले बर्षाबासको शुभारम्भ गरेका हुन् ।प्रथम बर्षाबास २०८३ भन्दै असार १३ गते देखी कार्तिक ९ गतेसम्म रामग्राम बौद्ध स्तुपा उज्जैनीमा ति भिच्छुहरु बर्षाबासको शुभारम्भ गरेको सोही वार्डका पुर्व वार्डअध्यक्ष समेत रहेका उपासक रामाशंकर हरिजनले जानकारी गराए । आधुनिक कालमा रामग्राम स्तुपमा भिच्छु बर्षाबास बस्ने कार्य ऐतिहासिक कार्य भएको छ, उनले भने, प्राचीन कालमा भिच्छुहरु स्तुप नजिकै बसेर ध्यान साधना र पुर्जा आर्चना गर्ने गरेको उल्लेख पाइए पनि आधुनिक क...
कोलवृक्ष संरक्षण विकास र विस्तारमा लुम्बिनी प्रदेश सरकारको बन वातावरण मन्त्रालयको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलवृक्ष संरक्षण विकास र विस्तारमा लुम्बिनी प्रदेश सरकारको बन वातावरण मन्त्रालयको चाँसो

नवलपरासी, २३ असारनेपाल कै लोपोन्मुख कोलवृक्षबारे चाासो लिदै लुम्बिनी प्रदेश सरकार बन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले सो वृक्षको अनुसंधान गरि विस्तार गर्नु पर्ने बताएका छन् । हालै मात्र उनले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख बन तथा बन्यजन्तुको विशेषतामा आधारित भएर संरक्षण गित सार्वजनिक गरेका सचिव भट्टराईले जुन जिल्लाको जुन विशिष्टिकृत बनस्पतिको अनुसंधान,संरक्षण र विकास विस्तार गर्ने लक्ष्य बनाएर कार्य गरिने बताएका हुन् ।नवलपरासी जिल्लाको ऐतिहासिक कोलवृक्षलाई आफ्नो गितमा समेटेर प्राथमिकता दिएका छन् । सोहीबारे उनी सोमवार रामग्राम स्तुप परिसरमा रहेको कोलवृक्षको तस्विर लिन पुगेका थिए । साथै सँगै रहेका नवलपरासीको सिनियर डिभिजन बन अधिकृत राजु क्षेत्रीलाई सो वृक्षको संरक्षण र विकास विस्तारका लागि कार्यक्रम गर्न र कार्ययोजना बनाउनु पर्ने बताएका थिए । केही बर्ष पहिला नै कोलवृक्ष...
जलकुम्भिले भरिएको प्राचीन पाल्ही पोखरी वार्डले सफा गरायो
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

जलकुम्भिले भरिएको प्राचीन पाल्ही पोखरी वार्डले सफा गरायो

नवलपरासी,२२ जेठविगत बर्ष देखी नै जलकुम्भिले भरिएको प्राचीन सेन कालिन इतिहास बोकेको पाल्ही माझखण्डका प्राचीन पोखरी अहिले सरसफाई गरिएको छ । पाल्हीनन्दन गाउपालिका ४ स्थित पाल्ही भगवती मन्दिर परिसर नजिकैको उक्त पोखरीको ब्यवस्थापन,सरसफाई र सौन्दर्यीकरणमा ध्यान नदिएको आरोप लाग्दै आएकोले वार्ड स्तरिय बजेट विनियोजन गरि वार्डले सो पोखरीको सफाई गरेको हो ।करिब पाँच विघा क्षेत्रफलमा फैलिएको उत पोखरी सौन्दर्यीकरणका लागि संघिय सरकारले ९० लाख रुपिया विनियोजन गरेको थियो । तर गाउपालिकाले त्यसको आवश्यक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई काम गर्ने उपभोक्ता समिति गठन पनि गर्न नसक्दा उक्त पोखरीको सफाई हुन नसकेको जनगुनासो बढदै गए पछि वार्डले आफ्नै पहलमा सो पोखरीको सफाई गरेको जनाएको हो । ठेक्का मार्फत पनि काम गराउन नसक्दा उक्त रकम फ्रिज भएर गएको सोही वार्डका वार्ड अध्यक्ष रविन्द्र कुमार सहानीले बताएका थिए ।...
नवलपरासीमा सारस संरक्षण अभियान शुरु
कृषि, नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

नवलपरासीमा सारस संरक्षण अभियान शुरु

नवलपरासी,२० जेठजिल्लाको सिमसार क्षेत्रहरू विस्तारै सुक्दै जाँदा दुर्लभ मानिने सारस चराको अस्तित्व संकटमा पर्न थालेको महशुस गर्दै अहिले डिभिजन बन कार्यालयको सहयोगमा सारस देखिने क्षेत्रमा सचेतना अभियान शुरु गरिएको छ । स्थानिय वातावरणिय प्रदुषण चेतना र न्युनिकरणका लागि राष्ट्रिय संगठन (नारेप) को सहकार्यमा सो अभियान शुरु गरिएको सस्थाका उपाध्यक्ष हैदर अलि मोमिनले बताएका हुन्उनका अनुसार हाल जिल्लाको नन्दन ताल क्षेत्र रहेको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिकासँगै पिडुरा झरही दोभान गोही आरक्ष क्षेत्र जोडिएको सरावल गाउपालिकामा उतm अभियान सञ्चालन भएका छन् । रामग्राम १७ बरारीमा पहिलो कार्यक्रम गरि अभियानको शुभारम्भ गरिएको हो,अलिले भने,नन्दन ताल भएको पाल्हीनन्दन ६ सनईमा पनि सचेतना कार्यक्रम गरिएको छ। कार्यक्रम गर्दा सहभागिहरुले अज्ञानताबस ताल क्षेत्रमा धान खेतमा सारसले फूल पार्ने क्षेत्र रहेको ...