भूमिहीन र सुकुम्बासीकाको काम तत्कालै सुचारु सांसदको ताकेता
नवलपरासी,१२ कातिकजिल्लाको बर्दघाट नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई धनीपुर्जा (लालपुर्जा) वितरणका लागि साँसदले ताकेता गरेका छन् । आफ्ना क्षेत्रका जनतालाई चुनावमा गरेको प्रतिबद्धता अनुसार काम गर्नका लागि वर्दघाट नगरपालिकामा सो क्षेत्रका साँसद विक्रम खनालले ताकेता गरेका हुन् ।उनले ताकेता गरे पछि लालपुर्जाबारे भइरहेको कार्य प्रगतिको वस्तु स्थितिबारे सरोकारवालाहरूसँग छलफल गरिएको थियो । वर्षौँदेखि पुर्जाविहीन नागरिकको समस्या समाधान गरी छिटोभन्दा छिटो लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउनका लागि संघिय साँसद खनालकै सहितको सहभागितामा उक्त छलफल गरिएको नगरपालिकाले जनाएको थियो । नगरपालिकाका अनुसार छलफलका सहभागितहरुले जति सक्दो छिटो लालपुर्जा वितरण गर्नु पर्ने र सहभागी सरोकारवालाहरूले सकारात्मक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उतm छलफलमा प्रत...










