शिक्षा

संस्कारयुक्त शिक्षा र नैतिक मूल्य विकासका लागि विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण
रामग्राम नगरपालिका, शिक्षा, समाचार, समाज, संस्कृति

संस्कारयुक्त शिक्षा र नैतिक मूल्य विकासका लागि विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण

नवलपरासी,२८ जेठजिल्लाकोे परासीस्थित सयपत्री माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ८ जना विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण गरिएको छ । विद्यार्थीहरूमा नैतिक शिक्षा, संस्कार, सकारात्मक सोच र जिम्मेवार जीवनशैलीको विकास गर्ने उद्देश्यले गीता परिवार नेपालले उक्त कार्यक्रम आयोजना गरेको हो ।बिहीबार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा गीता परिवार नेपालकी प्रमुख प्रशिक्षक अनामिका सिंहको नेतृत्वमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूलाई गीता हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई गीता केवल धार्मिक ग्रन्थ मात्र नभई मानव जीवनलाई सही दिशामा अघि बढाउने ज्ञानको स्रोत भएको सन्देश दिइएको थियो । पछिल्लो समय आधुनिक प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको बढ्दो प्रयोग र बदलिँदो जीवनशैलीका कारण बालबालिका तथा किशोरकिशोरीहरूमा नैतिक शिक्षा र संस्कारको पक्ष कमजोर बन्दै गएको चर्चा भइर...
प्रतापपुर गाउपालिकाको सहयोगमा पाँच दिने योग शिविर सञ्चालन
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार, स्वास्थ्य

प्रतापपुर गाउपालिकाको सहयोगमा पाँच दिने योग शिविर सञ्चालन

नवलपरासी,१७ जेठजिल्लाको प्रतापपुर गाउपालिका १ भिट्ठामा पाँच दिवसिय योग शिविर सञ्चालन भएका छन् । योगको माध्यमले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्यमा योगदान पुर्याउने हुदा योगबारे जानकारी गराउने उदेश्यले सो शिविरको आयोजना गरिएको हो ।प्रतापपुर गाउपालिकाको सहयोगमा गोपीगँज बजार विकास समितिले उतm शिविरको आयोजना गरेको गाउपालिकाले जनाएको हो । योगका सबै विधि,प्रकृयाहरु पताञ्जली योगको रहने हुदा त्यसको सहकार्य पताञ्जली योग सेवा केन्द्र गोपीगँजको सहकार्यमा शुरु गरिएको छ । जेठ १७ गते देखी २१ गतेसम्म उतm योग शिविर सञ्चालन हुने छन् ।योगका आधारभुत नियम,विधि,समय सिमा लगायतका कुरालाई सैद्धान्तिक तथा प्रयोगात्मक गराई सिकाईने गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका थिए । योगलाई पनि जनस्वास्थ्यको एक आधारभुत तत्व हो,भनेर नै गाउपालिकाले आफ्ना स्वाीथ्य सेवासँगै योग सेवालाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै...
विद्यालयको जग्गा गैससद्धारा कब्जा गरिएको आरोप
रामग्राम नगरपालिका, शिक्षा, समाचार

विद्यालयको जग्गा गैससद्धारा कब्जा गरिएको आरोप

नवलपरासी,२० बैशाखजिल्लाको रामग्राम ३ घोलपाली स्थित हरिशुशिल आधारभुत विद्यालयको जग्गा एक गैरसरकारी सस्थाले कब्जा गरेको विद्यालयले जनाएको छ । उतm बिद्यालयको जग्गामा रामग्राम नन्दन नामक सस्थाले सामुदायिक अध्ययन केन्द्र सञ्चालन गर्न लिएको उतm जग्गामा भवन निर्माण गरि कार्यालय मात्र सञ्चालन गर्दै आएको आरोप विद्यालयले लगाएको हो ।उतm जग्गा खाली गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गरिने विद्यालयका प्राधानाध्यापक रामलखन हरिजनले बताए । उनले कब्जा गरिएको उतm भवन देखाउदै भने,फरक उदेश्यले लिएको जग्गा उदेश्य अनुरुप काम नगरिएकोले सो जग्गा र भवन पुनः विद्यालयकै स्वामित्वमा फर्काउनका लागि नगरपालिकामा लेखि पठाईने छ ।रामग्राम नगरपालिका वडा नं ३ नवलपरासीमा रहेको हरि सुशील बिधालयको जग्गामा एक गैरसरकारी संस्थाले आफ्नो भबन बनाई कार्यालय संचालन गरेको पाईएको छ । रामग्राम नन्दन सामुदायिक अध्ययन केन्द्रले भबन बना...
निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नवलपरासी,२४ चैत्रसंविधान प्रदत्त अधिकार बालबालिकाले पाउने निशुल्क र अनिवार्य शिक्षालाई कडाईका साथ कार्यान्वन गर्न सरोकारवालाले सरकारसँग माग गरेका छन् । संविधानसभा सदस्य,पुर्व साँसद लगायत अभियानकर्मीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै उतm माग गरेका हुन् ।नेपालको संविधान २०७२ जारी भएको दशक पुग्यो । संविधानले समेत निशुल्क शिक्षालाई अंगिकार गरेको छ, त्यसमा पनि निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ जारी भएको ७ बर्ष भएको छ,तर सामुदायिक विद्यालयमा अहिले पनि सहयोग लगायत विभिन्न नाममा शुल्क उठाउने कार्य नरोकिएको कारण यो शैक्षिकसत्र २०८३ देखी संविधानलाई पुर्णतः कार्यान्वयन गर्नु पर्ने र ऐन विपरित शुल्क उठाउनेलाई कानुनी दायरामा ल्याई कारवाही समेत गर्नु पर्ने माग राखिएको छ ।अन्य कानुनमा कानुनको अनभिज्ञता क्षम्य हुदैन,भन्ने मान्यता अनुसार सरकारले कानुन विपरित कार्य गर्ने ...
सुनवलको विद्यासागर प्रसिद्ध इंगिलस स्कुलले प्राप्त गर्यो आइएसओ लोगो
शिक्षा, समाचार, सुनवल नगरपालिका

सुनवलको विद्यासागर प्रसिद्ध इंगिलस स्कुलले प्राप्त गर्यो आइएसओ लोगो

नवलपरासी,१२ चैत्रअन्तराष्ट्र्रिय स्तरको शैक्षिक गुस्तर खोज्दै विदेशिने विद्यार्थीका लागि अन्तराष्ट्र्रिय स्तरको शिक्षा प्रदान गर्न जिल्लाको सुनवल १२ हरकट्टा स्थित विद्या सागर प्रसिद्ध इंगिलस स्कुलले अग्रसरता लिएको छ । उतm विद्यालयले जिल्लामै दोश्रो अन्तराष्ट्र्रिय गुणस्तर मापदण्ड (आइएसओ) सुचकाँक पुरा गर्ने प्रतिवद्धता सहित अगाडी बढने गरि आईएसओ लोगो हस्तानान्तरण कार्यक्रम गरेको हो । विद्यालयले अहिले आईएसओको ३० प्रतिसत सुचकाँक पुरा गर्दै अभिभावक विच लोगो ग्रहण गर्दै ३ बर्ष भित्र सतप्रतिसत पुर्याउने प्रतिवद्धता सहित लोगो हस्तानान्तरित लोगो सार्वजनिक गरिएको विद्यालयका प्रिन्सिपल देव भट्टराईले जानकारी गराएका थिए । आईएसओ पुरा गर्नका लागि कुल ५१ वटा सुचकाँक पुरा गर्नु पर्छ,आईएसओ जारी गर्ने ग्लोबल क्वालिटि काउन्सिल नेपाल नामक सस्थाका ब्यवस्थापक सुदिप शर्माले जानकारी गराउका थिए । उनका अनुसार...
पाल्हीनन्दनमा निशुल्क तथा अनिवार्य शिक्षाबारे छलफल
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

पाल्हीनन्दनमा निशुल्क तथा अनिवार्य शिक्षाबारे छलफल

नवलपरासी,६ चैत्रजिल्लाको पाल्हीनन्दन गाउपालिकाले अनिवार्य तथा निशुल्क शिक्षाबारे सरोकारवालासँग छलफल अगाडी बढाएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि पालिका भित्रका सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यपकहरुसंग अन्तरक्रिया छलफल गरेको हो ।गाउपालिका अध्यक्षले आफ्नै कार्यकक्षमा बैठक डाकेर विद्यालयको गुणस्तरबारे छलफल चलाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडले जानकारी गराएका हुन् ।सरकारले लगानी गर्ने पालिकाले समेत विद्यालयका माग अनुसारको आवश्यक शैक्षिक समाग्रि,यातायताका साधनहरु समेत उपलब्ध गराउदा पनि शिक्षक तथा ब्यवस्थापन समितिले सोचे जस्तो नतिजा निकाल्न नसकेको प्रति गाउपालिकाले चिन्ता ब्यतm गरेको छ । विद्यार्थी र अभिावक तथा शिक्षक र ब्यवस्थापन समिति यि चारै खम्बा मिलेमा मात्र गुणस्तरिय शिक्षा दिन सकिन्छ । यस्ले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने छ ।गाउपालिकामा रहेका सामुदायिक...
नवलपरासी क्षेत्र २ का नवनिर्वाचित संघिय सांसद गुप्तालाई सुनवलमा क्याम्पसको सदस्यता प्रदान
शिक्षा, समाचार, सुनवल नगरपालिका

नवलपरासी क्षेत्र २ का नवनिर्वाचित संघिय सांसद गुप्तालाई सुनवलमा क्याम्पसको सदस्यता प्रदान

नवलपरासी,२५ फागुनक्याम्पसको विधान अनुसार नै अहिले नवलपरासी क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार गुप्तालाई महाकवि देवकोटा क्याम्पस सुनवलले सञ्चालक समितिको पदेन सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । क्याम्पस संचालक समितिको रुपमा सम्बन्धित क्षेत्रको संघिय सांसदलाई पदेन सदस्यको रुपमा गरिएको ब्यवस्था अनुसार हाल नवनिर्वाचित सासद गुप्तालाई कायम राख्दै क्याम्पसले उतm प्रमाणपत्र प्रदान गरेको हो ।क्याम्पसले सोमवार आयोजना गरेको एक औपचारिक कार्यक्रममा नवनिर्वाचित सांसद गुप्तालाई प्रमाणपत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । सदस्यता ग्रहण गर्दै सांसद गुप्ताले क्याम्पसको विकासमा सहयोग गर्ने बताए । उनले समग्र क्षेत्रको विकास र समृद्धिमा प्रतिबद्ध रहेको उल्लेख गर्दै क्षेत्रको समग्र शैक्षिक विकासमा आफ्नो निरन्तर प्रयास रहने बताएका थिए । क्याम्पस सञ्च...
पाल्ही बहुमुखी क्याम्पसको छैठौ साधारणसभा सम्पन्न
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

पाल्ही बहुमुखी क्याम्पसको छैठौ साधारणसभा सम्पन्न

नवलपरासी,२१ मंसिरजिल्लाकै पुरानो पाल्ही बहुमुखी क्याम्पस परासीले आफ्नो छैठौ क्याम्पससभा सम्पन्न गर्दै नयाँ योजना अगाडी सारेको छ । मुलुक भरि धेरै जसो क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेको तर विगत बर्षको तुलनामा सो क्याम्पसमा विद्यार्थीको आकर्षण बढदै गई रहेको जानकारी गराउदै क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले ९ सुत्रिय अगामी कार्य गर्नु पर्ने आवश्यकता औल्याएका हुन् ।उनले प्रस्तुत गरेका प्रतिवेदन अनसार क्याम्पसले उपभोग गर्दै आएको ७ विघा ६ कट्ठा जग्गा क्याम्पसकै नाममा दर्ता गर्नका लागि आवश्यक प्रकृया पुरा गर्ने,गुणस्तरिय शिक्षाका लागि आवश्यक पुर्वौधार थप गरिनु पर्ने,गुस्तरिय शिक्षाका लागि योग्य शिक्षक,सक्षम,दक्ष जनशतिmको दिगो ब्यवस्थापन गर्नु पर्ने भएकोले आवश्यक ब्यवस्थापकिय कार्य गर्नु पर्ने,गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्युएए) प्रकृयामा रहेको अवस्थामा आवश्यक मापदण्ड तत्कालै पुरा गरि क्य...
पाल्ही क्याम्पसको शिक्षा संकायमा समाजिक विषयसँगै डेढ बर्षे अधिस्नातक तह थपिदै
रामग्राम नगरपालिका, शिक्षा, समाचार

पाल्ही क्याम्पसको शिक्षा संकायमा समाजिक विषयसँगै डेढ बर्षे अधिस्नातक तह थपिदै

नवलपरासी,२३ कातिकजिल्लाकै पुरानो पाल्ही बहुमुखी क्याम्पसमा अध्यापन गराईदै आएको चार बर्षे (विएड) ब्याचलर अफ एजुकेसन(शिक्षा संकाय)मा थप आवश्यकता पहिचान गरि विषय र कार्यक्रम थपिने भएको छ । चार बर्षे वि एडमा समाजिक अध्यक्ष शिक्षा विषय थपिने निर्णय भएको र त्यसको जानकारी जिल्ला स्थित सर्वदलिय तथा जनप्रतिनिधिहरुलाई समेत जानकारी गराइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राधेश्याम पाठकले जानकारी गराएका हुन् ।उनका अनुसार विगत बर्षमा खारेज भएको एक बर्षे विएडको स्वरुप परिवर्तन भई अहिले तिन समेस्टरमा परिक्षा दिइने गरि डेढ बर्षे अधिस्थानक तह पनि थपिने निर्णय भएको छ । एक बर्षे विएड गर्न खोव्ने जुन सुकै संकाय र विषयका विद्यार्थीले उतm कार्यक्रममा भर्ना लिई पढन पाउने भएका छन् । क्याम्पसमा अहिले ब्यवस्थापन संकायको विविएस र शिक्षा संकाय(विएड) को अध्ययन अध्यापन हुदै आएको छ । मानविकिय संकाय.विए) को सम्बन्धन भए ...
प्रतापपुर गाउपालिकामा शैक्षिक समस्याबारे छलफल र अन्तरक्रिया
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुर गाउपालिकामा शैक्षिक समस्याबारे छलफल र अन्तरक्रिया

नवलपरासी,१६ कातिकजिल्लाको प्रतापपुर गाउपालिकाले शिक्षा सम्बन्धि समस्याबारे छलफल र अन्तरक्रियात्मक कार्यक्रम सञ्चाल गरेको छ । दुई साता पहिला गाउपािलकाले करार कर्मचारीको करार सम्झौता रद्दा गरे पश्चात सृजना भए पछि सो अन्तरक्रियाको आयोजना गरेको हो ।शैक्षिक सत्रको विचमै करारमा राखिएका शिक्षकहरु हट्ने अवस्थाले शैक्षिक क्षेत्रमा समस्या सृजना भएको अन्तरक्रियामा उपस्थित विद्यालयका प्राधानाध्यापकहरुले गुनासो राखेका थिए । गाउ शिक्षा समितिका सदस्य समेत रहेका त्रिभुवन मावि बेलाटारीका प्रधानाध्यापक नारद ठाकुरले शैक्षिक सत्रको विचमै करार शिक्षक हटाउनाले शैक्षिक गुणस्तरमा समस्या आउने बताएका थिए । दरबन्दी कम भएका विद्यालयमा करारका शिक्षकहरुबाट राहत पुगेको थियो,उनले प्रश्न गदौ भने,तर अहिले तिनै शिक्षक हटाइए पछि ति शिक्षकले पढाउदै आएका पाठ्क्रम कस्ले पढाईदिइने हो ? पािलका भित्रका अधिकाँस विद्यालयमा दरबन्दी अ...