शिक्षा

दिवा खाजाले पनि जोगाउन सकेन विद्यार्थी, सामुदायिक विद्यालयमा घट्दो आकर्षण
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

दिवा खाजाले पनि जोगाउन सकेन विद्यार्थी, सामुदायिक विद्यालयमा घट्दो आकर्षण

नवलपरासी,२९ असोजजिल्लाको पाल्हीनन्दन गाउपालिका २ स्थित एक सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दै गए पछि एउटै कक्षाकोठामा फरक–फरक कक्षाका विद्यार्थीलाई राखेर पढाउनुपर्ने अवस्था देखिएको छ । निरन्तर विद्यार्थी संख्या घटदैगए पछि विद्यालयका एउटै कक्षाकोठामा विद्यार्थी राखेर पढाउन परेको हो ।विद्यार्थी टिकाइ राख्न सरकारले बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी दिवा खाजा कार्यक्रम सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न सकेको छैन । अभिभावकले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको भन्दै आफ्ना बालबालिकालाई अन्य विद्यालयमा पठाउन थाले पछि विद्यार्थी संख्या घट्दै गएको स्थानीयको भनाइ छ । विशेषगरी आर्थिक रूपमा विपन्न, गरिब तथा दलित समुदायका बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन् ।पाल्हीनन्दन गाउँपालिका–२ स्थित पाल्ही आधारभूत विद्या...
पाल्हीनन्दनका दुई विद्यालयको एसईई नतिजा कमजोर, ६२ मध्ये एक विद्यार्थी मात्रै उत्तीर्ण
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

पाल्हीनन्दनका दुई विद्यालयको एसईई नतिजा कमजोर, ६२ मध्ये एक विद्यार्थी मात्रै उत्तीर्ण

नवलपरासी,१९ असोजजिल्लाको पाल्हीनन्दन गाउँपालिकाका दुई सामुदायिक विद्यालयको शैक्षिक अवस्था एसईई परीक्षाको नतिजा कमजोर देखिएको छ । गाउँपालिकाका दुई विद्यालयबाट गत वर्षको एसईई परीक्षामा सहभागी भएका ६२ विद्यार्थीमध्ये एक जना मात्रै उत्तीर्ण भएकाले शैक्षिक अवस्था कमजोर देखिएको हो ।पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माध्यमिक विद्यालयबाट कृषि संकायका ८ र साधारणतर्फका १९ गरी २७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जिल्ला शिक्षा समन्वय इकाईको परीक्षा शाखाका अनुसार तीमध्ये साधारणतर्फका एक जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यसै गरि पाल्हीनन्दन गाउँपालिका–१ स्थित बाल शिक्षा निकेतनबाट ३५ विद्यार्थी एसईई परीक्षामा सहभागी भए पनि सबै विद्यार्थी अनुत्तीर्ण भएका थिए । दुई विद्यालयको नतिजाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको स्थानीयको भनाइ छ ।बाल ...
दुर्गम पहाडलाई पर्यटनसँग जोडेर सुनवलको समृद्धि सम्भव: इन्जिनियर राजेश शर्मा
पर्यटन, शिक्षा, समाज, सुनवल नगरपालिका

दुर्गम पहाडलाई पर्यटनसँग जोडेर सुनवलको समृद्धि सम्भव: इन्जिनियर राजेश शर्मा

सुकरात गौडनवलपरासी,१७ असोजजिल्लाको सुनवल नगरपालिकाका युवा इन्जिनियर राजेश शर्मा चापागाईँले सुनवलको समृद्धिका सपनाको खोजमा लागेका छन् । उनी सोही क्रममा नगरपालिकाको दुर्गम पहाडी क्षेत्र महलपोखरीस्थित सामुदायिक विद्यालयको अवलोकन गर्दै स्थानीय अवस्था र सम्भावनाबारे जानकारी लिएका छन्।अवलोकनका क्रममा उनले विद्यालयका बालबालिकासँग अनौपचारिक कुराकानी गर्दै उनीहरूलाई अध्ययनप्रति उत्साहित गराएका थिए। दुर्गम क्षेत्रमा पुगेर स्थानीय बालबालिका तथा समुदायसँग प्रत्यक्ष भेटघाट गर्दा आफूले सुनवललाई हेर्ने दृष्टिकोणमा समेत फरक अनुभूति भएको उनले बताए । सुनवललाई राजमार्ग आसपासको सुगम बजार क्षेत्रका रूपमा मात्र बुझ्न नहुने बताउँदै शर्माले नगरपालिकाभित्र रहेका पहाडी तथा दुर्गम क्षेत्रको सम्भावनालाई पनि विकाससँग जोड्नुपर्ने धारणा राखे । पैदल यात्रा गर्दै महलपोखरी पुगेका उनले बाटाघाटा तथा आवागमनको अवस्थालाई...
विद्यालयमा बेरुज घटाउन सार्वजनिक खरिद तथा लेखा सम्बन्धी दुई दिने तालिम सम्पन्न
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

विद्यालयमा बेरुज घटाउन सार्वजनिक खरिद तथा लेखा सम्बन्धी दुई दिने तालिम सम्पन्न

नवलपरासी, १ असोजजिल्लाका सामुदायिक विद्यालयहरुमा बढदो बेरुजु कम गराउने उदेश्यले विद्यालयका प्रधानाध्यापक तथा लेखाका कर्मचारीहरुलाई सार्वजनिक खरिद तथा लेखा सम्बन्धि तालिम सञ्चालन गरिएको छ । प्रधानाध्यापक तथा लेखा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सार्वजनिक खरिद तथा लेखा व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको हो ।शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीले जिल्लाका सामुदायिक विद्यालयका प्रअ र लेखा कर्मचारीलाई उतm तालिम दिलाइएको कार्यालय प्रमुख महेन्द्र सुवेदीले जानकारी गराए । उनका अनुसार तालिममा सार्वजनिक खरिद प्रक्रिया, लेखा व्यवस्थापन, आर्थिक अनुशासन तथा कार्यालयको कामकारबाहीलाई व्यवस्थित बनाउने विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो ।े सार्वजनिक निकायबाट हुने खरिद प्रक्रियालाई प्रचलित कानुन, नियम तथा कार्यविधि अनुसार पारदर्शी र व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्न...
विद्यालयमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सस्था (सिटिजन जुरी) द्धारा अनुगमन
रामग्राम नगरपालिका, शिक्षा, समाचार

विद्यालयमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सस्था (सिटिजन जुरी) द्धारा अनुगमन

विद्यालयमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सस्था (सिटिजन जुरी) द्धारा अनुगमननवलपरासी,३१ भदौजिल्लाको रामग्राम नगरपालिका १८ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सस्था(सिटिजन जुरी)ले अनुगमन गरेको छ । सो विद्यालयमा सौचालय नजिकै बालविकास केन्द्र राख्दा सौचालय दुर्गन्धि भई साना बालबालिकालाई प्रभावित बनाएको गुनासो बढे पछि जुरीले अनुगमन गरेको हो ।सौचालय नजिकै पहिला विद्यालयको अफिस रहेको हुदा दुर्घन्ध आउने हुदा बालविकास सञ्चालन हुदै आएको कक्षामा आफिस सार्ने र दुर्गन्धि क्षेत्र तर्फ गुनासो समेत राख्न नसक्ने साना बालबालिका रहको बालबाविकास केन्द्र सञ्चालन गरेको गुनासो स्थानियले जुरीलाई गरेका थिए । स्थानियको गुनासो अनुसार नै सो विद्यालयमा अनुगमन गरिएको जुरीका अध्यक्ष रामजी ज्ञवालीले बताए । उनका अनुसार नागरिक समाज नवलपरासी र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरु...
पवन माध्यमिक विद्यालयको शैक्षिक सफलताको कथा: प्रधानाध्यापक अरविन्द कुमार पाठकसँग विशेष संवाद
भिडियो, रामग्राम नगरपालिका, शिक्षा

पवन माध्यमिक विद्यालयको शैक्षिक सफलताको कथा: प्रधानाध्यापक अरविन्द कुमार पाठकसँग विशेष संवाद

https://youtu.be/TsoiL3I9MSM?si=NZ2-W73E2gg80UfR
संस्कारयुक्त शिक्षा र नैतिक मूल्य विकासका लागि विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण
रामग्राम नगरपालिका, शिक्षा, समाचार, समाज, संस्कृति

संस्कारयुक्त शिक्षा र नैतिक मूल्य विकासका लागि विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण

नवलपरासी,२८ जेठजिल्लाकोे परासीस्थित सयपत्री माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ८ जना विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण गरिएको छ । विद्यार्थीहरूमा नैतिक शिक्षा, संस्कार, सकारात्मक सोच र जिम्मेवार जीवनशैलीको विकास गर्ने उद्देश्यले गीता परिवार नेपालले उक्त कार्यक्रम आयोजना गरेको हो ।बिहीबार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा गीता परिवार नेपालकी प्रमुख प्रशिक्षक अनामिका सिंहको नेतृत्वमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूलाई गीता हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई गीता केवल धार्मिक ग्रन्थ मात्र नभई मानव जीवनलाई सही दिशामा अघि बढाउने ज्ञानको स्रोत भएको सन्देश दिइएको थियो । पछिल्लो समय आधुनिक प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको बढ्दो प्रयोग र बदलिँदो जीवनशैलीका कारण बालबालिका तथा किशोरकिशोरीहरूमा नैतिक शिक्षा र संस्कारको पक्ष कमजोर बन्दै गएको चर्चा भइर...
प्रतापपुर गाउपालिकाको सहयोगमा पाँच दिने योग शिविर सञ्चालन
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार, स्वास्थ्य

प्रतापपुर गाउपालिकाको सहयोगमा पाँच दिने योग शिविर सञ्चालन

नवलपरासी,१७ जेठजिल्लाको प्रतापपुर गाउपालिका १ भिट्ठामा पाँच दिवसिय योग शिविर सञ्चालन भएका छन् । योगको माध्यमले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्यमा योगदान पुर्याउने हुदा योगबारे जानकारी गराउने उदेश्यले सो शिविरको आयोजना गरिएको हो ।प्रतापपुर गाउपालिकाको सहयोगमा गोपीगँज बजार विकास समितिले उतm शिविरको आयोजना गरेको गाउपालिकाले जनाएको हो । योगका सबै विधि,प्रकृयाहरु पताञ्जली योगको रहने हुदा त्यसको सहकार्य पताञ्जली योग सेवा केन्द्र गोपीगँजको सहकार्यमा शुरु गरिएको छ । जेठ १७ गते देखी २१ गतेसम्म उतm योग शिविर सञ्चालन हुने छन् ।योगका आधारभुत नियम,विधि,समय सिमा लगायतका कुरालाई सैद्धान्तिक तथा प्रयोगात्मक गराई सिकाईने गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका थिए । योगलाई पनि जनस्वास्थ्यको एक आधारभुत तत्व हो,भनेर नै गाउपालिकाले आफ्ना स्वाीथ्य सेवासँगै योग सेवालाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै...
विद्यालयको जग्गा गैससद्धारा कब्जा गरिएको आरोप
रामग्राम नगरपालिका, शिक्षा, समाचार

विद्यालयको जग्गा गैससद्धारा कब्जा गरिएको आरोप

नवलपरासी,२० बैशाखजिल्लाको रामग्राम ३ घोलपाली स्थित हरिशुशिल आधारभुत विद्यालयको जग्गा एक गैरसरकारी सस्थाले कब्जा गरेको विद्यालयले जनाएको छ । उतm बिद्यालयको जग्गामा रामग्राम नन्दन नामक सस्थाले सामुदायिक अध्ययन केन्द्र सञ्चालन गर्न लिएको उतm जग्गामा भवन निर्माण गरि कार्यालय मात्र सञ्चालन गर्दै आएको आरोप विद्यालयले लगाएको हो ।उतm जग्गा खाली गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गरिने विद्यालयका प्राधानाध्यापक रामलखन हरिजनले बताए । उनले कब्जा गरिएको उतm भवन देखाउदै भने,फरक उदेश्यले लिएको जग्गा उदेश्य अनुरुप काम नगरिएकोले सो जग्गा र भवन पुनः विद्यालयकै स्वामित्वमा फर्काउनका लागि नगरपालिकामा लेखि पठाईने छ ।रामग्राम नगरपालिका वडा नं ३ नवलपरासीमा रहेको हरि सुशील बिधालयको जग्गामा एक गैरसरकारी संस्थाले आफ्नो भबन बनाई कार्यालय संचालन गरेको पाईएको छ । रामग्राम नन्दन सामुदायिक अध्ययन केन्द्रले भबन बना...
निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नवलपरासी,२४ चैत्रसंविधान प्रदत्त अधिकार बालबालिकाले पाउने निशुल्क र अनिवार्य शिक्षालाई कडाईका साथ कार्यान्वन गर्न सरोकारवालाले सरकारसँग माग गरेका छन् । संविधानसभा सदस्य,पुर्व साँसद लगायत अभियानकर्मीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै उतm माग गरेका हुन् ।नेपालको संविधान २०७२ जारी भएको दशक पुग्यो । संविधानले समेत निशुल्क शिक्षालाई अंगिकार गरेको छ, त्यसमा पनि निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ जारी भएको ७ बर्ष भएको छ,तर सामुदायिक विद्यालयमा अहिले पनि सहयोग लगायत विभिन्न नाममा शुल्क उठाउने कार्य नरोकिएको कारण यो शैक्षिकसत्र २०८३ देखी संविधानलाई पुर्णतः कार्यान्वयन गर्नु पर्ने र ऐन विपरित शुल्क उठाउनेलाई कानुनी दायरामा ल्याई कारवाही समेत गर्नु पर्ने माग राखिएको छ ।अन्य कानुनमा कानुनको अनभिज्ञता क्षम्य हुदैन,भन्ने मान्यता अनुसार सरकारले कानुन विपरित कार्य गर्ने ...