समाज

वरिष्ठ उपाध्यक्ष यादवले लिए माधव चौधरीका छोराछोरीको शिक्षाको जिम्मा
समाचार, समाज, सरावल गाउँपालिका

वरिष्ठ उपाध्यक्ष यादवले लिए माधव चौधरीका छोराछोरीको शिक्षाको जिम्मा

नवलपरासी, २० भदौ ।रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता रहेका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१, बासाबसही नयाँटोलका माधव चौधरीका छोराछोरीको विद्यालय तहको शिक्षामा लाग्ने सम्पूर्ण खर्च सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले व्यहोर्ने घोषणा गरेका छन्। बाढीपछि चौधरी बेपत्ता हुँदा परिवार आर्थिक तथा मानसिक संकटमा परेको अवस्थामा बालबालिकाको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले यादवले उनीहरूको शिक्षाको जिम्मेवारी लिने घोषणा गरेका हुन्। यादवले चौधरीको परिवारलाई यसअघि पनि खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेका थिए। तत्कालीन राहत सहयोगपछि बालबालिकाको शिक्षालाई निरन्तरता दिन दीर्घकालीन जिम्मेवारीसमेत लिने निर्णय गरेको यादवले बताएका छन्। चौधरी बेपत्ता भएपछि परिवारमा परेको आर्थिक कठिनाइका कारण बालबालिकाको शिक्षामा समस्या आउन सक्ने अवस्था देखिएपछि यादवको सहयोगले उनीह...
संस्कृति तथा सम्पदा संरक्षणमा योगदान पुर्‍याएका शर्मा सम्मानित
नवलपरासी (ब.सु.प.), समाचार, समाज

संस्कृति तथा सम्पदा संरक्षणमा योगदान पुर्‍याएका शर्मा सम्मानित

नवलपरासी । संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षणमा योगदान पुर्‍याएको भन्दै संस्कृति सम्पदा संरक्षण महाअभियानका संयोजक अनिल शर्मा सम्मानित भएका छन्। दाङवोला ग्युईठिम तामाङ संघ, काठमाडौंले शनिबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा शर्मालाई सम्मान गरिएको हो। मौलिक संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षणमा उनले पुर्‍याउँदै आएको योगदानको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। रामग्राम नगरपालिका–५, नवलपरासी पश्चिम निवासी शर्मा लामो समयदेखि संस्कृति तथा सम्पदा संरक्षणसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। आफ्ना स्वर्गीय पिता दामोदर शर्माको स्मृतिमा उनले संस्कृति तथा सम्पदा संरक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको आयोजकको भनाइ छ। शर्माले संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षणलाई निरन्तरता दिँदै मौलिक पहिचान र परम्पराको संरक्षणका लागि अभियान सञ्चा...
भोटेकोसी बाढीपछि सम्पर्कविहीन माधवको परिवारलाई राहत
समाचार, समाज, सरावल गाउँपालिका

भोटेकोसी बाढीपछि सम्पर्कविहीन माधवको परिवारलाई राहत

नवलपरासी, १४ भदौ ।भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ नयाँटोलका माधव चौधरीको परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ। ३५ वर्षीय माधव बाढीपछि सम्पर्कविहीन भएपछि उनको परिवार आर्थिक समस्यामा परेको छ। घरको मुख्य आम्दानी गर्ने व्यक्ति नै सम्पर्कविहीन भएपछि परिवारलाई दैनिक खर्च चलाउनसमेत कठिनाइ भएको हो। परिवारको अवस्थाबारे जानकारी पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरावलका सभापति वीरेन्द्र यादवले आइतबार चौधरीको घरमै पुगेर खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराएका छन्। करिब एक महिनाका लागि पुग्ने गरी चामल, दाल, आलु, प्याज, तेललगायत सामग्री सहयोग गरिएको छ। माधव वेत्रावती विद्युत् आयोजनाको हाइटेन्सन क्षेत्रमा ट्याक्टर चालकका रूपमा काम गर्दै आएका थिए। भोटेकोसीमा आएको बाढीपछि उनी सम्पर्कविहीन भएका हुन्। माधव सम्पर्कविहीन भएपछि उनकी श्री...
रामग्राम स्तुपमा वर्षावासी भिक्षुको सेवामा समुदाय र संघसंस्था सक्रिय
रामग्राम नगरपालिका, समाचार, समाज

रामग्राम स्तुपमा वर्षावासी भिक्षुको सेवामा समुदाय र संघसंस्था सक्रिय

नवलपरासी,१७ साउनरामग्राम स्तुपमा बर्षाबास शुरु गरेका भिच्छुलाई भोजनदान देखी स्वास्थ्य परिक्षणसम्मको सेवामा स्थानिय संघसस्था जुटेका छन् । भिच्छुहरुलाई सेवाभावले आवश्यकता पुरा गर्ने र स्तुपामा भिच्छुद्धारा गरिने ध्यान अभ्यासले शान्ति,करुणाको विकास हुने र सेवा गर्नेले समेत पुण्यलाभ पाउने भएको भन्दै सेवामा जुटेका हुन् ।आईतवार इभरग्रिन अस्पताले पाँच जना भिच्छुको स्वास्थ्य परिक्षण गर्दै स्वास्य सेवा दिएको जानकारी गराएको थियो । त्यसै गरि प्रत्येक दिन ति भिच्छुहरुलाई कुनै न कुनै संघसस्था र र भोजनदान गर्दै आएका छन् । उजैनी र देउरवा गाँउका बासिन्दा पनि पालो बनाई प्रत्येक दिन भोजनदान गर्ने ब्यवस्थापनमा जुटेको स्थानियबासी तथा रामग्राम ७ का पुर्व वार्ड अध्यक्ष शंकर हरिजनले जनाए । अहिले स्तुपमा आन्तरिक पर्यटकको पनि संख्यामा उल्लेखनिय वृद्धि हुदै गएको बताउदै उनले स्तुपमा भिच्छुको उपस्थितीले पनि धार्मिक प...
एक महिना नबत्दिै पाल्हीनन्दन पोखरीमा बनाइएको पर्खाल चर्किदै
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

एक महिना नबत्दिै पाल्हीनन्दन पोखरीमा बनाइएको पर्खाल चर्किदै

नवलपरासी,१५ साउनजिल्लाको पाल्ह्ीनन्दन गाउपालिकाले बनाउन लागएको पोखरीको पर्खाल चर्किन थालेको जनाउदै स्थानियले त्यसबारे छानविन गरिनु पर्ने माग गरेका छन् । वार्ड नं.४ स्थित पौराणिक तथा सेनकालिन शिवपार्वती सिद्धधाम स्थित पोखरी ब्यवस्थापन गरि सौन्दर्यीकरण कार्यका लागि बनाइएको पोखरीको पर्खाल चर्किन थालेको देखिए पछि स्थानियले सो माग गरेका हुन् ।पर्खालको डिजाईनमा कमजोरी हो ? कि काम गुणस्तर हित हो ? कि पोखरीबाट अनियन्त्रित रुपमा माटो खनेर बाहिर लैजादा के कारणले पर्खाल चर्किन थालेकोबारे स्थानियले चाँसो लिदै छानविन गरि सत्यतथ्य सार्वजनिक गरि काम अगाडी बढाउनु पर्ने माग भई रहेको एक स्थानियले बताए । पोखरीबाट अनियन्त्रित माटो खनेर बाहिर लैजादा समस्या भएको हुन सक्ने स्थानियले अनुमान गरेका छन् । विना राजस्व करोड बढिको माटो झिकिएको दाबी समेत स्थानियको छ । सम्बन्धित ठेकेदारले कुनै पनि राजस्व नै नबुझाई लाखौ र...
रामग्राम स्तुप परिसरमा पाच बर्गिय भिच्छुद्धारा प्रथम बर्षा बास
पर्यटन, रामग्राम नगरपालिका, समाचार, समाज, संस्कृति

रामग्राम स्तुप परिसरमा पाच बर्गिय भिच्छुद्धारा प्रथम बर्षा बास

नवलपरासी,१३ साउनशान्तिका अग्रदुत भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा पहिलो पटक पाँच बर्गिय(पाँच जना) भिच्छु तिन महिनाका लागि बर्षाबास बसेका छन् । बर्षायमा लागे देखी बुद्ध धर्म अनुसार असार अर्थात गुरुपुर्णियमा देखी असोज महिनासम्म बौद्ध भिच्छु एकै स्थानमा बसेर ध्यान साधना गर्ने प्रावधान अनुसार रामग्राम स्तुपमा पहिलो पटक पाँच जना भिच्छुले बर्षाबासको शुभारम्भ गरेका हुन् ।प्रथम बर्षाबास २०८३ भन्दै असार १३ गते देखी कार्तिक ९ गतेसम्म रामग्राम बौद्ध स्तुपा उज्जैनीमा ति भिच्छुहरु बर्षाबासको शुभारम्भ गरेको सोही वार्डका पुर्व वार्डअध्यक्ष समेत रहेका उपासक रामाशंकर हरिजनले जानकारी गराए । आधुनिक कालमा रामग्राम स्तुपमा भिच्छु बर्षाबास बस्ने कार्य ऐतिहासिक कार्य भएको छ, उनले भने, प्राचीन कालमा भिच्छुहरु स्तुप नजिकै बसेर ध्यान साधना र पुर्जा आर्चना गर्ने गरेको उल्लेख पाइए पनि आधुनिक क...
देवगाव रेडक्रस उपशाखाद्धारा परोपकार अक्षय कोषको स्थापना
रामग्राम नगरपालिका, समाचार, समाज

देवगाव रेडक्रस उपशाखाद्धारा परोपकार अक्षय कोषको स्थापना

नवलपरासी,१३ साउनजिल्लाको रामग्राम ११ स्थित नेपाल रेडक्रस सोसाईटी देवगाव उपशाखाले स्थानिय स्तरमै दैविप्रकोपमा परेका विपन्न परिवारका लागि छुट्टै अक्षयकोषको स्थापना गरेको छ । उपशाखाले एक कार्यक्रम विच स्थानिय स्तरमा प्रकोप तथा विपन्नताको प्रभावलाई न्युनिकरणमा सहयोग जुटाउन सकियोस भन्ने उदेश्यले सो अक्षय कोष बनाउने कार्यको शुभारम्भ गरेको हो ।उपशाखाका सभापति रामउग्रह यादवले स्थानिय स्तरको परोपकार अक्षयकोष बनाउने सदस्यहरुले महशुस गरे पछि उपशाखाले निर्णय समेत गरेको थियो । कोषमा पहिलो पटक रेडक्रस लुम्बिनी प्रदेश शाखाका कोषाध्यक्ष हैदर अलि मोमिनले अध्यक्ष यदवलाई रु.५ हजार हस्तानान्तरण गर्दै कोषमा रकम जम्मा गर्ने कार्यको शुभासम्भ गरेका थिए । तत्पश्चात शाखाका सचिव अर्जुन चौधरी लगायत अन्य सेयर सदस्यहरुले पनि रकम जम्मा गरेका थिए । यो अभियानलाई निरन्तर जारी राख्दै उपशाखाले अन्य कार्यलाई पनि निरन्तर दिइने...
सहकारीले शसतmीकरणसंगै समृद्ध बन्दै ग्रामिण क्षेत्रका महिला
अर्थ, समाज, सरावल गाउँपालिका

सहकारीले शसतmीकरणसंगै समृद्ध बन्दै ग्रामिण क्षेत्रका महिला

नवलपरासी, १३ साउनढाई दशक पहिला सरावल २ (साविक मनरी गाविस) की रमा सिँह थारु चौधरीलाई महिलाहरुको समुह बनाउदा अहिलेको अवस्थाको अनुमान नै थिएन् । घर भित्र बस्ने गृहणीको भुमिकामा रहिँ खान पकाउने,बच्चा स्यार्ने,खेतीपातीमा सहयोगी भुमिका बारे अरु काम महिलाले गर्नु पर्छ,भन्ने अवस्था पनि थिएन् । त्यो बेला महिलाहरुलाई संगठित गरि समान्य बचत गर्न सिकाउदै,शुख दुखका कुरा सुन्ने र सुनाउने महिला समुह माध्यम बनेको थियो, उनको लागि । तर आज त्यही सानो लक्ष्य लिई महिला जागरण कार्य गर्दै आउने रमा महिला जागरण बहुद्देशिय सहकारीकी ब्यवस्थापक छिन् । सानो समुह अहिले सहकारीमा परिणत हुदै करोडको कारोबार गरि रहेको छ । यस्ले महिलालाई शसतिmकरणसँगै समृद्ध बनाउदै गएको उनले अनुभव सुनाईन् ।रमा बाहेक थप पाँच जना महिलालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ । महिलाहरु मात्रै सेयर सदस्य रहेको महिला जागरण बहुदेश्यि सहकारी सस्थाले हजार...
नागरिक निगरानी संस्थाको अनुगमन ःकर्मचारी अनुपस्थिति,औषधि अभाव तथा निर्माण कार्य गुणस्तर हिन
रामग्राम नगरपालिका, समाचार, समाज

नागरिक निगरानी संस्थाको अनुगमन ःकर्मचारी अनुपस्थिति,औषधि अभाव तथा निर्माण कार्य गुणस्तर हिन

नवलपरासी,६ साउनभ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था नवलपरासी (सिटिजन जुरी) नवलपरासीले रामग्राम नगर भित्रका विभिन्न स्थानमा अनुगमन शुरु गरेको छ । सो क्षेत्रका नागरिकले गरेको गुनासोको आधारमा अनुगमन शुरु गरेको हो ।अख्तियार दुरुपयोग अनुसंधान आयोगको समन्वयमा जिल्लामा गरिठ उतm सिटिजन जुरीले जनताको गुनासो आए पछि सम्बन्धित स्थानमा पुगेर स्थलगत अवलोकन गर्ने र सम्बन्धि कार्यालय तथा अख्त्यिारको कार्यालयमा प्रतिवेदन पठाउन थाले पछि अहिले गुनासो पनि बढन थालेको जुरीले जानकारी गराएको थियो । संस्थाका अनुसार नगरपालिका–१०, मन्झरिया स्थित मन्झरिया स्वास्थ्य चौकी र रामग्राम ३ घोलपालीमा बनेको सडकमा अनियमितताबारे अनुमन गरेको थियो । ति स्थानमा अनुगमन गर्दै गर्दा कर्मचारीको नियमित उपस्थिति देखि औषधि उपलब्धतासम्मका विषयमा चासो व्यक्त गरेको थियो । स्थानीयवासीबाट स्वास्थ्य चौकीमा कर्मचारी नियमित रूपमा नबस्ने तथा आ...
नवलपरासीमा वर्षेनी बढ्दै अपराधका मुद्दा ,तीन वर्षमा ४ सय ६८ बाट ६ सय ६२ पुगे
नवलपरासी (ब.सु.प.), समाचार, समाज

नवलपरासीमा वर्षेनी बढ्दै अपराधका मुद्दा ,तीन वर्षमा ४ सय ६८ बाट ६ सय ६२ पुगे

नवलपरासी,४ साउन जिल्लामा वर्षेनी दर्ता हुने आपराधिक मुद्दाको संख्या निरन्तर बढ्दै गएको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तीन आर्थिक वर्षको तुलनात्मक तथ्यांकले जिल्लामा अपराधका घटनासँगै मुद्दा दर्ता हुने क्रम पनि वृद्धि हुँदै गएको देखाएको हो ।जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक(एसपी) रामबहादुर केसीले आर्थिक वर्ष २०८०÷८१ देखि २०८२÷८३ सम्मको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा सेवा प्रवाहका विषयमा जानकारी गराए । उनले सीमित जनशक्तिका बाबजुद प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरिरहेको दाबी समे गरेका थिए । प्रहरी उपरीक्षक केसीले विगत तीन वर्षको तथ्यांक प्रस्तुत गर्दै अपराधका प्रकृति परिवर्तन हुँदै गएको र त्यससँगै अनुसन्धानको दायरा पनि फराकिलो बन्दै गएको बताए । “मुद्दाको ...