समाज

भूमही खोलामा प्राकृतिक स्रोतको दोहन, तस्करी नियन्त्रणमा निकायहरू उदासीन
अर्थ, समाचार, समाज, सुनवल नगरपालिका

भूमही खोलामा प्राकृतिक स्रोतको दोहन, तस्करी नियन्त्रणमा निकायहरू उदासीन

नवलपरासी, १२ कात्तिकनवलपरासीको सुनवल नगरपालिका क्षेत्रस्थित भूमही खोलामा ढुंगा, मिस्कटलगायत नदीजन्य पदार्थको व्यापक चोरी–तस्करी भइरहेको स्थानीयले आरोप लगाएका छन् । चाडपर्वको मौका छोपेर नदीजन्य पदार्थको अवैध उत्खनन, भण्डारण तथा ओसारपसार भइरहेको भन्दै स्थानीयले सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठाएका हुन् ।स्थानीयका अनुसार साँझ र बिहान अँध्यारोको समयमा दर्जन ट्र्याक्टर मार्फत खोलाबाट ढुंगा तथा मिस्कट निकाल्ने, विभिन्न स्थानमा भण्डारण गर्ने र पछि टिपरमार्फत अन्यत्र पठाउने गरिएको छ । यस्तो गतिविधि नियन्त्रण गर्नुपर्ने निकायले प्रभावकारी निगरानी नगरेको र केही कर्मचारीसँगको मिलेमतोमा चोरी–तस्करी भइरहेको उनीहरूको दाबी छ । विशेषगरी चाडपर्वको समयमा निगरानी कमजोर हुने मौका छोपेर नदीजन्य पदार्थको अवैध कारोबार बढेको स्थानीयको भनाइ छ । उनीहरूले खोलाबाट निकालिने सामग्रीको परिमाण, ओसारपसारमा प्रयोग हु...
नेपालमा ढुङ्गाका पहाड, सिलौटो बनाउने ढुङ्गा देखी औद्योगिक प्रयोजनका ढुगाँ पनि भारतबाट आयात
अर्थ, रामग्राम नगरपालिका, समाचार, समाज

नेपालमा ढुङ्गाका पहाड, सिलौटो बनाउने ढुङ्गा देखी औद्योगिक प्रयोजनका ढुगाँ पनि भारतबाट आयात

नवलपरासी,११ कातिकनेपालमा ढुङ्गाका पहाडै पहाड भए पनि दैनिक उपभोगका लागि आदीबासी जनजाती देखी घरेलु उद्योग तथा ठूला उद्योग समेतमा भारतिय ढुगाँ प्रयोग गर्नका लागि आयात गर्न परेको छ । सरकारी नीति निर्माताका कमजोरीका कारण पहाडै पहाड भएको मुलुकमा ढुगाँ निर्यात गर्नुको सट्टा आयात गर्नु पर्ने कुरा दुःखद भएको स्थानियले बताएका हुन् ।आदीबासी जनजाती कुशौडिया (पथ्थरकट्टा) समुदायले आफ्ना परम्परागत पेशाका लागि पहिला नेपाली ढुगाँ नै प्रयोग गर्दै आएका थिए । तर अहिले उनीहरु नेपाली ढुगाँमा रोक लगाए पछि भारतबाट ढुगाँ खरिद गरि ल्याउन परेको छ । घरेलु उद्योगमा पनि भारतिय ढुगाँ नै प्रयोग भई रहेको उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य ओम प्रकाश अग्रहरीले भने, अहिले जिल्लामा ढुगाँबाट मार्वल,टायल र ग्रेनाईटहरु भारतबाट ल्याएर दर्जन उद्योग सञ्चालन भई रहेका छन् । तर नेपालका ढुगाँको प्रयोग कसरी बढाउने भन्ने बारे ने...
मजदुर माथि ब्यवस्थापनबाट ज्यादती भएको भन्दै एशियन कन्क्रेटो उद्योगका मजदुर आन्दोलित
अर्थ, रामग्राम नगरपालिका, समाचार, समाज

मजदुर माथि ब्यवस्थापनबाट ज्यादती भएको भन्दै एशियन कन्क्रेटो उद्योगका मजदुर आन्दोलित

नवलपरासी,१० कातिकजिल्लाको रामग्राम १६ लालपाटी स्थित एशियन कन्क्रेटो उद्योगका मजदुर आफ्ना विभिन्न माग राख्दै हडताल गरेर धर्मा बसेका छन् । विगत ९ बर्ष देखी कार्यरत रहेका उद्योगका करिब ८० जना मजदुर कर्मचारीहरुले अहिलेसम्म नियुतिmपत्र नपाएको र श्रम ऐन अनुसारको सेवा सुविधान नदिएको भन्दै माग पुरा गराउनका लागि काम हडताल गरि धर्ना बसेका हुन् ।पटक पटक आफुहरुले उद्योग प्रशासन र उद्योग ब्यवस्थापनलाई माग बारे जानकारी गराउदै आएको तर उद्योग ब्यवस्थानले नसुने पछि वार्ड कार्यालयमा समेत निवेदन दिए पछि उद्योग प्रशासनका कर्मचारीले कामबाट निकाल्ने धम्कि दिन थाले पछि उनीहरु धर्मा बसेको जानकारी गराएका थिए । औषधी उपचार खर्च,दुर्घटना हुदा हुने उपचार,शुरक्षाका लागि जुत्ता,पोशाक आदी जस्ता समास्या छन् । तर उद्योग प्रशासनले जहिले पनि काम गर्ने भए गर,नत्र छाडेर जाऔ भन्दै धम्कि दिदै आएको एक मजुदरले सुनाए । हामी माथि उद...
महेशपुर भन्सारको मुख्य गेटमै वर्षदिनदेखि फोहोर पानी जम्दा दुर्गन्ध
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज, स्वास्थ्य

महेशपुर भन्सारको मुख्य गेटमै वर्षदिनदेखि फोहोर पानी जम्दा दुर्गन्ध

नवलपरासी,८ कातिकनवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयको मुख्य गेट अगाडि ढल निकासको उचित व्यवस्थापन नहुँदा फोहोर पानी जमेर दुर्गन्ध फैलिएको छ । ढल निकासको मर्मत तथा सरसफाइ नहुँदा भन्सार कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा आवतजावत गर्ने यात्रुले सास्ती खेप्नु परेको छ ।“आतिथी देवो भव” मान्यता राख्ने नेपालीले भन्सार कार्यालय पुग्ने भारतिय पर्यटक,ब्यवसायिहरु पनि बाहिरी अतिथी जस्तै हुन,तर ति आतिथीको स्वागत दुर्गन्धित वातावरणले गरिनु दुखद भएको स्थानिय जितेन्द्र गुप्ताले बताए । यस्मा सरकारी निकाय र महेशपुर बजारबासी चुकेकै छन्, उनले भने,ढल निकासको ब्यवस्थापन हुदै जाला तर तत्कालको दुर्गन्धित वातावरणलाई ब्यवस्थापन गरिनु भन्सार कार्यालयको पनि दायित्व हो । यसमा पाल्ह्ीनन्दन गाउपालिकाले समेत ध्यान दिनु पर्ने उनले औल्याएका थिए ।नेपाल सरकारको अर्थ मन्त्रालयअन्तर्गत रह...
चाडपर्वको आडमा खोला जन्य समाग्रिको तस्करी बढदै
समाचार, समाज, सुनवल नगरपालिका

चाडपर्वको आडमा खोला जन्य समाग्रिको तस्करी बढदै

नवलपरासी,७ कातिकप्रहरी, प्रशासन र जनप्रतिनिधि बडा दशैंमा केन्द्रित हुदा खोला तस्कर खोलामा नदिजन्य पदार्थ उतखन्नमा केन्द्रित देखिएका छन् । सुरक्षा निकायको ब्यस्तताको मौका छोप्दै जिल्लाको सुनवल स्थित तुरिया खोला लगायत जिल्लाका विभिन्न खोलानालामा नदीजन्य पदार्थ चोरी तथा तस्करी बढ्न थालेको हो ।सुनवल नगरपालिका को प्रस्तावित औद्योगिक ग्राम क्षेत्रमा तुरिया खोलाबाट ढुगाँ,मिस्कटर चोरी गरि भण्डारण गर्ने र टिपर मार्फत बाहिर पठाउने कार्य तिब्र रुपमा भई रहेको स्थानियले जनाएका छन् । चाडपर्वको ब्यस्तताको फाईदा तस्करलाई भएको छ,एक स्थानियले भने, यसमा प्रहरीले चोरी तस्करी रोक्न नभ्याएको हो,कि मिलोमतोमा मौका दिएको हो ? यो कुरा पनि विचारणिय छ । खोला नालाको ठेक्का लाग्ने बेला अहिले धमाधम चोरी तस्करी गरि खोलाजन्य समाग्रि झिकि सक्छन् । औद्योगिक ग्राम क्षेत्रमा रहेको खर भित्र लुकाई जेसिबि राखिएको हुन्छ । राती रा...
दसैँलाई मर्यादित र सभ्य बनाउन ध्वनि प्रदूषण नियन्त्रण गर्नुपर्नेमा प्रजिअ नेपालको जोड
नवलपरासी (ब.सु.प.), समाचार, समाज, संस्कृति

दसैँलाई मर्यादित र सभ्य बनाउन ध्वनि प्रदूषण नियन्त्रण गर्नुपर्नेमा प्रजिअ नेपालको जोड

नवलपरासी,२८ असोजप्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले दसैँ पर्वलाई मर्यादित, सभ्य र व्यवस्थित रूपमा मनाउनुपर्नेमा जोड दिएका छन ्। उद्योग वाणिज्य संघ नवलपरासीले बुधवार आयोजना गरेको बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बताएका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी नेपालले पछिल्लो समय दुर्गा पूजा तथा दसैँका नाममा ध्वनि प्रदूषण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले चाडपर्व मनाउने क्रममा आम नागरिकको स्वास्थ्य, सुविधा र शान्तिपूर्ण वातावरणलाई प्राथमिकता दिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले दुर्गा पूजा तथा अन्य धार्मिक गतिविधिका क्रममा लाउडस्पिकर र ध्वनि विस्तारक यन्त्रको अनियन्त्रित प्रयोगले सर्वसाधारणको जनस्वास्थ्यमा असर पर्न सक्ने उल्लेख गरे । चाडपर्वको उत्साह र धार्मिक आस्थालाई कायम राख्दै ध्वनिको मात्रा कम गर्ने, निश्चित समयभित्र मात्रै ध्वनि विस्तारक ...
नेपाल रेडक्रस हकुई–सुक्रौली उपशाखाको नवनिर्मित दुईतले भवन उद्घाटन
रामग्राम नगरपालिका, समाचार, समाज

नेपाल रेडक्रस हकुई–सुक्रौली उपशाखाको नवनिर्मित दुईतले भवन उद्घाटन

नवलपरासी। नेपाल रेडक्रस सोसाइटी हकुई–सुक्रौली उपशाखाको नवनिर्मित दुईतले भवनको उद्घाटन गरिएको छ। बुधबार, २०८३ असोज २८ गते लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालले एक कार्यक्रमबीच भवनको उद्घाटन गरेका हुन्। उपशाखाको संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा मानवीय सेवाका गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएको भवनको उद्घाटनसँगै उपशाखालाई आफ्ना गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारको योजनाबाट ९ लाख ३९ हजार रुपैयाँ र उपशाखाको आन्तरिक स्रोतबाट ४ लाख ९२ हजार १२१ रुपैयाँ खर्च भएको छ। भवन निर्माणमा कुल १४ लाख ३१ हजार १२१ रुपैयाँ लागत लागेको उपशाखाले जनाएको छ। प्रदेश सरकारबाट प्राप्त बजेट र उपशाखाको आन्तरिक स्रोत परिचालन गरी भवन निर्माण कार्य सम्पन्न गरिएको हो। स्थानीयस्तरमा मानवीय सेवा, विपद् व्यवस्थापन, प्राथमिक उपचार तथा रक्तद...
खानेपानीको बक्यौता महशुल नउठ्दा महेशपुर खानेपानी आयोजनामा थपिदै चुनौती
अर्थ, पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

खानेपानीको बक्यौता महशुल नउठ्दा महेशपुर खानेपानी आयोजनामा थपिदै चुनौती

नवलपरासी,२० असोजखानेपानी महशुल बक्यौता उठन नसक्दा महेशपुर खानेपानी आयोजना सञ्चालनमा चुनौती बढदै गएको छ । पाल्हीनन्दन गाउपालिका १ र २ वार्डका जनतालाई खानेपानी आपुर्तिका लागि दुई दशक देखी सञ्चालनमा रहेको आयोजनाका उपभोतmाहरुले महशुल बुझाउन नसक्दा आयोजना सञ्चालन र ब्यवस्थापनमा समस्या भई रहेको खानेपानी तथा सरसफाई उपभोतmा समितिले जनाएको हो ।उपभोतmाहरुलाई प्रति दिन नियमित ९ घण्टा धारामा पानी पुर्याउदै आएको तर खानेपानी महशुल बुझाउन उपभोतmाहरु आनाकानी गर्दा आयोजना सञ्चालनमा चुनौती थपिदै गएको उपभोतmा समितिका अध्यक्ष सञ्जय कानु बनियाले बताए । उनका अनुसार ५ सय भन्दा बढि खानेपानीका धाराहरु जडान गरिएका छन्,तर धेरैले महशुल नबुझाउदा ९ लाख भन्दा बढि बक्यौता रहेको सुनाए । दुई जना कर्मचारी नियमित काम गर्दै आएका छन्,उनले भने,बक्यौताका कारण उनीहरुलाई तलब सुविधा दिनका लागि पनि बेला बेला समस्या आउने गरेको छ । बज...
दुर्गम पहाडलाई पर्यटनसँग जोडेर सुनवलको समृद्धि सम्भव: इन्जिनियर राजेश शर्मा
पर्यटन, शिक्षा, समाज, सुनवल नगरपालिका

दुर्गम पहाडलाई पर्यटनसँग जोडेर सुनवलको समृद्धि सम्भव: इन्जिनियर राजेश शर्मा

सुकरात गौडनवलपरासी,१७ असोजजिल्लाको सुनवल नगरपालिकाका युवा इन्जिनियर राजेश शर्मा चापागाईँले सुनवलको समृद्धिका सपनाको खोजमा लागेका छन् । उनी सोही क्रममा नगरपालिकाको दुर्गम पहाडी क्षेत्र महलपोखरीस्थित सामुदायिक विद्यालयको अवलोकन गर्दै स्थानीय अवस्था र सम्भावनाबारे जानकारी लिएका छन्।अवलोकनका क्रममा उनले विद्यालयका बालबालिकासँग अनौपचारिक कुराकानी गर्दै उनीहरूलाई अध्ययनप्रति उत्साहित गराएका थिए। दुर्गम क्षेत्रमा पुगेर स्थानीय बालबालिका तथा समुदायसँग प्रत्यक्ष भेटघाट गर्दा आफूले सुनवललाई हेर्ने दृष्टिकोणमा समेत फरक अनुभूति भएको उनले बताए । सुनवललाई राजमार्ग आसपासको सुगम बजार क्षेत्रका रूपमा मात्र बुझ्न नहुने बताउँदै शर्माले नगरपालिकाभित्र रहेका पहाडी तथा दुर्गम क्षेत्रको सम्भावनालाई पनि विकाससँग जोड्नुपर्ने धारणा राखे । पैदल यात्रा गर्दै महलपोखरी पुगेका उनले बाटाघाटा तथा आवागमनको अवस्थालाई...
वरिष्ठ उपाध्यक्ष यादवले लिए माधव चौधरीका छोराछोरीको शिक्षाको जिम्मा
समाचार, समाज, सरावल गाउँपालिका

वरिष्ठ उपाध्यक्ष यादवले लिए माधव चौधरीका छोराछोरीको शिक्षाको जिम्मा

नवलपरासी, २० भदौ ।रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता रहेका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१, बासाबसही नयाँटोलका माधव चौधरीका छोराछोरीको विद्यालय तहको शिक्षामा लाग्ने सम्पूर्ण खर्च सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले व्यहोर्ने घोषणा गरेका छन्। बाढीपछि चौधरी बेपत्ता हुँदा परिवार आर्थिक तथा मानसिक संकटमा परेको अवस्थामा बालबालिकाको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले यादवले उनीहरूको शिक्षाको जिम्मेवारी लिने घोषणा गरेका हुन्। यादवले चौधरीको परिवारलाई यसअघि पनि खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेका थिए। तत्कालीन राहत सहयोगपछि बालबालिकाको शिक्षालाई निरन्तरता दिन दीर्घकालीन जिम्मेवारीसमेत लिने निर्णय गरेको यादवले बताएका छन्। चौधरी बेपत्ता भएपछि परिवारमा परेको आर्थिक कठिनाइका कारण बालबालिकाको शिक्षामा समस्या आउन सक्ने अवस्था देखिएपछि यादवको सहयोगले उनीह...