विकास पुर्वाधार

जलकुम्भिले भरिएको प्राचीन पाल्ही पोखरी वार्डले सफा गरायो
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

जलकुम्भिले भरिएको प्राचीन पाल्ही पोखरी वार्डले सफा गरायो

नवलपरासी,२२ जेठविगत बर्ष देखी नै जलकुम्भिले भरिएको प्राचीन सेन कालिन इतिहास बोकेको पाल्ही माझखण्डका प्राचीन पोखरी अहिले सरसफाई गरिएको छ । पाल्हीनन्दन गाउपालिका ४ स्थित पाल्ही भगवती मन्दिर परिसर नजिकैको उक्त पोखरीको ब्यवस्थापन,सरसफाई र सौन्दर्यीकरणमा ध्यान नदिएको आरोप लाग्दै आएकोले वार्ड स्तरिय बजेट विनियोजन गरि वार्डले सो पोखरीको सफाई गरेको हो ।करिब पाँच विघा क्षेत्रफलमा फैलिएको उत पोखरी सौन्दर्यीकरणका लागि संघिय सरकारले ९० लाख रुपिया विनियोजन गरेको थियो । तर गाउपालिकाले त्यसको आवश्यक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई काम गर्ने उपभोक्ता समिति गठन पनि गर्न नसक्दा उक्त पोखरीको सफाई हुन नसकेको जनगुनासो बढदै गए पछि वार्डले आफ्नै पहलमा सो पोखरीको सफाई गरेको जनाएको हो । ठेक्का मार्फत पनि काम गराउन नसक्दा उक्त रकम फ्रिज भएर गएको सोही वार्डका वार्ड अध्यक्ष रविन्द्र कुमार सहानीले बताएका थिए ।...
भारतिय भुमि भएर बाल्मीकिआश्रम जानु पर्ने बाध्यता हटाउन पहल
पर्यटन, विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

भारतिय भुमि भएर बाल्मीकिआश्रम जानु पर्ने बाध्यता हटाउन पहल

नवलपरासी, २ जेठनेपाली भुमिमै अवस्थित ऐतिहासिक एवं धार्मिक स्थल प्राचीन वाल्मीकि आश्रम जानका लागि नेपाली नागरिकले भारतीय भूमि प्रयोग गर्नु पर्ने बाध्यता हटाउन पहल शुस् भएको छ । दशकौँ देखिको भारत भुमि भएर आश्रम पुग्नु पर्ने बाध्यता हटाउन सरकारले पहल सुरु गरेको हो ।संघीय सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालय र सरोकारवाला सांसदहरूबीच औपचारिक छलफलले स्थानियमा आशा जगाएको स्थानियबासीले बताएका छन् । सो छलफलले यस समस्यालाई कानुनी र व्यावहारिक रूपमा समाधान गरी दर्शनार्थी तथा पर्यटकहरूलाइ नेपाली भूमिबाटै सहज पहुँच पु¥याउने पहल अगाडि बढाएको हो । हाल चितवनको माडी नगरपालिका को वडा नं. १ मा बाल्मीकि आश्रम पर्छ । साविक गर्दि गाविस भित्र सो स्थान पर्ने गरेको थियो । चितवन निकुन्ज भित्र पर्ने वाल्मीकि आश्रम जानका लागि नेपालीलाई नवलपरासी हुँदै भारतीय भूभाग (बिहार प्रदेशको पश्चिम चम्पारन जिल्लाको बाल्मीकिनगर...
विद्युत प्रसारण आयोजनाको अवरोध हटाउन साँसदसँग आग्रह
अर्थ, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार, समाज

विद्युत प्रसारण आयोजनाको अवरोध हटाउन साँसदसँग आग्रह

नवलपरासी, २३ बैशाखविद्युत प्रसारणलाईन विस्तारमा भएको अवारेध हटाउन नेपाल विद्युत प्राविधिकरण परासी वितरण शाखाले सो क्षेत्रका संघिय साँसद नरेन्द्र कुमार गुप्तासँग आग्रह गरेको छ । स्थानिय प्रशासनको समेत वेवास्ताले परासी क्षेत्रका विद्युतको ४० हजार ग्राहकले २२ करोड नोक्सानी ब्यहोर्नुका साथै कम भोल्टेजका विद्युत बाल्न बाध्यता रहेको जनाउदै केन्द्रका प्रमुखले साँसद गुप्तासँग आग्रह गरेका हुन् ।किसानलाई सहज ढंगले सिचाई मिटर उपलब्ध गराउनु पर्ने जनताको माग लिएर केन्द्रमा पुगेको साँसदलाई केन्द्र प्रमुखले त्यसका लागि आवश्यक बजेट विनियोजनसँगै नीतिगत सुधारका लागि पहल गरिनुका साथै स्थानिय स्तरमा भएका अवरोध हटाउन पनि आग्रह गरेका थिए । केन्द्रका अनुसार विद्युत मिटरमा सिचाई मिटर भनेर उल्लेख छ,तर किसानले कृषि मिटरको माग गर्ने गरेका छन् । यसका लागि सरकारले नीतिगत रुपमै सिचाई मिटर भन्दा कृषि मिटर उल्लेख गरि पठा...
दुई दशक देखि अलपत्र त्रिवेणी–दुम्किबास सडक सुचारु गर्न माग
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

दुई दशक देखि अलपत्र त्रिवेणी–दुम्किबास सडक सुचारु गर्न माग

नवलपरासी,१६ बैशाखदुई दशक देखी अलपत्र अवस्थामा रहेको दुम्किबास त्रिवेणी सडक निर्माणका लागि सरकारसँग आवश्यक पहल गरिदिन बालेन सरकारसँग सो क्षेत्रका साँसदले माग गरेका छन् । सो क्षेत्रका साँसद मनिस खनालले दुई दशक देखी अलपत्र परेको सडकलाई कानुनी जटिलता हटाई पुर्वपश्चिम राजमार्गमा पर्ने दाउन्नेडाँडाको बैकल्पिक मार्गको रुपमा बनाउन समेत उनले कुरा उठाएका हुन् ।बुटवल–नारायणगढ सडक विस्तारमा भइरहेको ढिलाइ र दाउन्ने खण्डको जोखिमपूर्ण यात्राका कारण आजित भएका सर्वसाधारणका लागि त्रिवेणी–दुम्किबास सडक एक ’लाइफलाइन’ हुन सक्ने उनको तर्क थियो । तर २० वर्षअघि सुरु भएको यो योजना अझै अलपत्र छ,उनले भने, यो सडकले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ (सुस्ता गाउँपालिका) हुदै पूर्वी नवलपरासी –( नवलपुर ) को निर्वाचन क्षेत्र नं. २ (दुम्किबास) लाई सिधा जोड्ने सामथ्र्य राख्दछ । साविकको नवलपरासी जिल्ला हुँदा २०६२ साल ...
दाउन्ने सडकको अवस्था अवलोकन गरे नेपाल सरकारका गृहमन्त्री गुरुँग
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

दाउन्ने सडकको अवस्था अवलोकन गरे नेपाल सरकारका गृहमन्त्री गुरुँग

नवलपरासी,३० चैत्रदुई साता पहिला दाउन्ने डाडामा दैनिक हुने जाँम ब्यवस्थापनमा प्रमुख जिल्ला अधिकारीण्(सिडिओ) दिपकराज नेपालले सक्रियता(एक्सन) लिएको स्थानमा नेपाल सरकारका गृहमन्त्री सुदन गुरुगँ पुगेकाछन् छन् । सडक निर्माणमा हुने ढिलाईका कारण प्रत्यक्ष रुपमा हेर्न,बुझ्न र आवश्यक निर्देशन दिइने उदेश्यले गृहमन्त्री गुरुगँ आईतवार आफै सो स्थानको अवलोकन गरेका हुन् ।सो स्थानमा आएका गृहमन्त्रीलाई नवलपरासी निर्वाचन क्षेत्र नं.२ का संघिय साँसद नरेन्द्र कुमार गुप्ताले स्वागत गर्दै उतm स्थानका समस्याबारे अवगत समेत गराएका थिए । यसमा हालको सरकार त्यसमा पनि गृहमन्त्री गुरुगँ आफै उपस्थित भएर अवलोकन र सरोकारवालालाई निर्देशन समेत दिएका थिए । उनको निर्देशनले पक्कै कामले निरन्तरता हुने गरेको समस्या समाधान हुदै सहजता हुने साँसद गुप्ताले विश्वास ब्यतm गरेका थिए ।नियमित हुदै आएको ट्रफिक जामको वास्तविकता बुझ्दै आयोजन...
पैतिस लाखको लागतमा सिकाई केन्द्र भवनको शिलान्याश
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

पैतिस लाखको लागतमा सिकाई केन्द्र भवनको शिलान्याश

नवलपरासी,२६ चैत्रजिल्लाको रामग्राम १० मन्झरियामा स्थानियलाई अध्ययन सिकाईका लागि खुल्ला सिकाई केन्द्रको स्थापना गर्ने उदेश्यले केन्द्रको भवन निर्माण कार्य शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) वैजनाथ जैसवालले आफ्नो “क्षेत्र विकास योजना “ अन्तरगत योजना राखेर सो केन्द्रको भवन निर्माणको शिलान्यास गर्दै शुभारम्भ गरेका हुन् ।रामग्राम नगरपालिका वडा नं.१० मंझरियामा खुल्ला सिकाई केन्द्र पूर्वाधार निर्माण शिर्षकमा ३५ लाख बजेट विनियोजन भएको थियो । विहिवार एक कार्यक्रम विच खुल्ला सामुदायिक सिकाई केन्द्रको शिलान्यास भएको थियो । केन्द्रका अध्यक्ष हरिनरायण चौधरी ज्यूको अध्यक्षतामा कार्यक्रम भएको थियो । केन्द्रको भवन निर्माणले स्थानियमा उत्साह थपिएको अध्यक्ष चौधरीले बताएका िथए ।...
स्वच्छ पानीका लागि परासी खानेपानी आयोजनामा फिल्टर जडान
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

स्वच्छ पानीका लागि परासी खानेपानी आयोजनामा फिल्टर जडान

नवलपरासी,२३ चैत्रजिल्ला सदरमुकाम स्थित परासी खानेपानी तथा सरसफाई आयोजनाका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको स्वच्छ पानी आपुर्तिका लागि प्रसोधन प्लान्ट(फिल्टर) जडान गर्ने भएको छ । शहरी खानेपानी आयोजनको रुपमा रहेको जिल्लाकै जेठो खानेपानी आयोजनाले स्थापना भएको चार दशक पछि सो फिल्टर जडान गर्न लागेको हो ।लुम्बिनी प्रदेश सरकारद्धारा बजेट विनियोजन भएर आए पछि फिल्टर जडानका लागि खानेपानी तथा सरसफाई ब्यवस्थापन कार्यालय नवलपरासीले ठेक्का लगाई कार्य फिल्टर जडान गर्न जगको शिलान्यास गराई कार्य शुभारम्भ गराएको हो । उतm जगको शिलान्यास लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालले गरेका थिए । शिलान्यास पछि सम्बोधन गर्दै उनले अहिले लुम्बिनी प्रदेशले परासीको खानेपानी आयोजनालाई फिल्टर जडान गर्न लागेको र क्रमशः जिल्लाका सबै खानेपानी आयोजनामा फिल्टर जडान गर्दै लैजाने लक्ष्य रहेको सुनाएका थिए ।कार्यालयका...
रास्वपा नेताद्धारा रामग्राम स्तुप र संघाराम जोड्ने भलुहीखोला पुल स्थानको अवलोकन
पर्यटन, रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रास्वपा नेताद्धारा रामग्राम स्तुप र संघाराम जोड्ने भलुहीखोला पुल स्थानको अवलोकन

नवलपरासी, २३ चैत्रजिल्लाको बौद्धस्थल जोड्ने भलुहीखोलामा पुलको माग स्थायिनले राख्ने माग गरेका कारण अहिले सत्तारुढ दलका जिल्ला तथा नगरका नेताहरुले स्थलगत अवलोकन गरेका छन् । भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप र संघराम क्षेत्र जोड्ने भलुहीखोलामा पुल राख्नु पर्ने स्थानियको माग हुदै आएकोले रास्वपाका जिल्ला कार्यवाहक अध्यक्ष रवि पाण्डे र रामग्राम नगर अध्यक्ष सर्वजित तिवारीले स्थलगत अवलोकन गरेका हुन् । खोला किनारमै निर्माणाधिन कोरियन विशाल बौद्ध विहार समेत निर्माण भई रहेको र संघाराम तथा रामग्राम स्तुपको विचमा पर्ने भलुहीखोला पुल पर्यटकलाई मात्रै नभई स्थानियलाई समेत आवश्यकता रहेको रास्वपा जिल्ला अध्यक्ष पाण्डेले देखाएका थिए । पुलको निर्माण गर्न सकियो भन्ने स्थायिनबासीको दैनिक आवश्यकता आवागमनलाई सहज बनाउदै स्तुप क्षेत्रमा पर्यटकलाई आकर्षण थप्ने बताएका थिए । खोलामा पुल मात्रै नभई...
दाउन्नेमा नियमित हुने चक्काजाँम ब्यवस्थापनमा सिडिओको एक्सन
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार, समाज

दाउन्नेमा नियमित हुने चक्काजाँम ब्यवस्थापनमा सिडिओको एक्सन

नवलपरासी,१६ चैत्रदाउन्ने डाडामा दैनिक हुने जाँम ब्यवस्थापनमा प्रमुख जिल्ला अधिकारीण्(सिडिओ) दिपकराज नेपालले सक्रियता(एक्सन) लिएका छन् । नियमित हुदै आएको ट्रफिक जामको वास्तविकता बुझ्दै आयोजना कार्यालयका प्रमुख,सम्बन्धित ठेकेदार र ट्रफिक प्रहरी सहित दाउन्ने डाडामा सोमवार दिन भरि अध्ययन गर्दै निस्कर्षमा निकाल्नमा लागेका हुन् ।आयोजना निर्माण कार्यमा ठेकेदारकै बढि लापर्वाही देखिएको र जाँम हुनमा ट्रफिक प्रहरीको पनि कमजोरी रहेको निष्कर्ष निकालेका हुन् । त्यसका लागि उनले आयोजना कार्यालय मार्फत ठेकेदार र जिल्ला ट्रफिक कार्यालयका प्रमुख तथा प्रहरीलाई निर्देशन समेत दिइएको सिडिओ नेपालले बताए । अर्बको आयोजनाका काम भई रहेको छ,उनले भन्े तर जनशतिm परिचालन अति नै न्युन देखिएका छन् । आयोजनाका कार्य हुदै गर्दा ब्यवस्थापकिय कमजोरी पनि धेरै देखिएका छन् । खटन पटनका समस्या छन् । काम भएका स्थानमा पनि माटो थुपार्न...
१६ वटा खानेपानी आयोजनाको कार्य संघिय सरकारको कार्यालयमा
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

१६ वटा खानेपानी आयोजनाको कार्य संघिय सरकारको कार्यालयमा

नवलपरासी,१२ चैत्रजिल्ला स्थित खानेपानी तथा सरसफाई मार्फत काम हुदै आएका डेढ दर्जन खानेपानी आयोजनालाई संघिय सरकारको कार्यालयमा तानिएको छ । लुम्बिनी प्रदेश सरकार मातहतको जिल्ला खानेपानी तथा सरसफाई कार्यालय मार्फत विगतमा हुदै आएको कार्यक्रम तथा त्यसका लागि विनियोजित बजेट समेत संघिय सरकारको कार्यालय खानेपानी तथा ढलनिकास कार्यालय बुटवलमा गाभिएको उतm कार्यालयले जनाएको हो ।विगतमा सबै कार्यक्रम प्रदेश सरकारले नै हेर्दै आएकोमा अहिले केही आयोजना प्रदेश र केही संघिय सरकारको कार्यालयमा गएको जानकारी आएको कार्यालयका प्रमुख दिनेश प्रसाद शाहले जानकारी गराएका थिए । नेपालमा संघियता आउनु पुर्व केन्द्रिय सरकार मातहतको खानेपानी तथा सरसफाई डिभिजन मार्फत शुरु गरिएका जिल्लाका ४० भन्दा बढि खानेपानी आयोजनाहरु मध्ये केही शहरी खानेपानी आयोजनाको रुपमा रहेको थियो । केही फण्ड बोर्ड मार्फत सञ्चालन हुदै आएका थिए । त्यसै गर...