विकास पुर्वाधार

डेढ करोड लगानीमा बनेको सञ्चालनमा नआउदै लिफ्ट सिचाई आयोजना अलपत्र
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

डेढ करोड लगानीमा बनेको सञ्चालनमा नआउदै लिफ्ट सिचाई आयोजना अलपत्र

नवलपरासी,१२ कातिकजिल्लाको रामग्राम ८ स्थित झरहीखोला लिफ्ट सिचाई आयोजना सञ्चालनमा नआउदै अलपत्र हुने देखिएको छ । पहिला आयोजनाको जग भास्सिएर जग चर्किएको पुर्वाधार मर्मत सम्भार गरिए पनि अहिले सो आयोजनाको ट्रान्फर्मर नै चोरी भएर जडान हुन नसक्नु र पाईपलाईन,कुलो समेत समेत विस्तार हुन नसक्दा करोडौ लगानीको आयोजना अलपत्र देखिएको हो ।सञ्चालनमा नआउदै जग चक्रिनु सिचाई डिभिजन कार्यालयले तयार गरेको उतm आयोजनाका कामको गुणस्तर माथि प्रश्न उठेको थियो, यसको अनुसंधान गरि समाधान खोज्न समेत लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालले माग गरेका थिए । उतm आयोजनामा प्राविधिक कमजोरी हो,कि निर्माण कम्पनीको लापर्वाही हो ? त्यसको अनुसंधान हुनु पर्ने प्रदेश साँसद जैसवालले कुरा उठाए पनि त्यसैलाई टालटुल गरि आयोजना छाडियो, सोही वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले भने, अहिले चोरी भएको ट्रान्सफर्मर पनि जडान ह...
सांसद फेरिए तर फेरिएन झरही खोलाको होचो पुल
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

सांसद फेरिए तर फेरिएन झरही खोलाको होचो पुल

नवलपरासी ८ कातिकपाल्हीनन्दन गाउँपालिका–२ स्थित झरही खोलामा रहेको होचो पुल स्थानीयका लागि वर्षौंदेखि समस्या बनेको छ । खोलाको वरिपरि चार लेनको सडक निर्माण भए पनि पुल भने पुरानै र साँघुरो हुँदा ठूला तथा भारी सवारीसाधनको आवागमन प्रभावित हुँदै आएको छ। पुल निर्माण र स्तरोन्नतिको माग दशकौँदेखि उठ्दै आए पनि अहिलेसम्म पूरा हुन नसकेको स्थानीयले गुनासो गरेका हुन ।स्थानीयका अनुसार पुलको उचाइ कम र चौडाइ साँघुरो हुँदा महेशपुर भन्सारबाट नेपाल भित्रिने तथा बाहिरिने ठूला मालवाहक सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ हुने गरेको छ । पुल कै कारण ठूला सवारीसाधन महेशपुर भन्सार हुँदै आउन नसक्ने अवस्था रहेको उनीहरूको भनाइ छ । त्यसको विकल्पमा कतिपय सवारीसाधन सुनौली भन्सार नाका प्रयोग गर्न बाध्य हुने गरेका छन ्। भारतसँग जोडिएको महेशपुर भन्सारको व्यापारिक सम्भावना बढाउन सडक पूर्वाधार विस्तार गरिए पनि मुख्य अवरोधका रूपमा ...
प्रदेश साँसद जैसवालको क्षेत्र विकास योजना अन्तर्गत एउटै वार्डमा ५२ लाखका ६ आयोजना
अर्थ, पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

प्रदेश साँसद जैसवालको क्षेत्र विकास योजना अन्तर्गत एउटै वार्डमा ५२ लाखका ६ आयोजना

नवलपरासी,७ कातिकलुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जैसवालको क्षेत्र विकास योजना अन्तर्गत चालु आर्थिक वर्ष २०८३÷०८४ मा एउटै वार्डमा ५२ लाखका ६ आयोजना सञ्चालन हुने भएका छन् । विनियोजित योजनाहरूको लागत स्टिमेट तयार गर्ने उद्देश्यले जिल्लाको पाल्हीनन्दन गाउँपालिका–२ मा स्थलगत अनुगमन तथा निरीक्षण गरिएको गरिएको हो ।सहरी विकास कार्यालयका प्राविधिकहरूसहित सम्बन्धित योजनास्थलमा पुगेर निर्माण तथा पूर्वाधार विकासका लागि आवश्यक अवस्थाबारे जानकारी लिइएको स्थानिय जितेन्द्र गुप्ताले जानकारी गराए । उनका अनुसार वार्डका अतिआवश्यक पुर्वाधार आयोजनाका लागि बजेट विनियोजन गरिदिनका लागि प्रदेश साँसद जैसवालसँग पटक पटक कुरा उठाउदै आएका थिए । प्रदेश सासद जैसवालले जनताको चाहना र भावना अनुसार बजेट ब्यवस्थापन गरिदिएका छन्, उनले भने, प्राविधिक अनुगमनका क्रममा योजना स्थलको वस्तुस्थिति, आवश्यक पूर्वाधार र निर्माण कार्यका प्...
निर्वाचन क्षेत्रमा विनियोजित १ अर्ब बजेट कार्यान्वयका लागि स्थानियसँग छलफल गर्दै साँसद गुप्ता
कृषि, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

निर्वाचन क्षेत्रमा विनियोजित १ अर्ब बजेट कार्यान्वयका लागि स्थानियसँग छलफल गर्दै साँसद गुप्ता

नवलपरासी,७ कातिकजिल्लाको संघिय संसदिय निर्वाचन क्षेत्र नं.२ अन्तरगतका ४ पािलकामा परेको १ अर्ब बढिको बजेट कार्यान्वयन बारे सो क्षेत्रका साँसद नरेन्द्र कुमार गुप्ता सम्बन्धित पालिकाका स्थानिय र सरोकारवालासँग छलफल कार्यक्रम अगाडी बढाएका छन् । सडक तथा शहरी पुर्वाधार क्षेत्रको विकासका लागि एकमुष्ट रुपमा पालिका पालिकामा विनियोजित १ अर्ब ७९ लाख बजेटलाई प्राथमिकता तोकेर कार्यान्वयन गर्ने उदेश्यले उनले सो छलफल कार्य अगाडी बढाएको जानकारी उनको सचिवालयले जनाएको हो ।सचिवालका अनुसार रामग्राम नगरपालिकामा सहरी सडक स्तरोन्नति, मर्मत सुधार, सडक सुरक्षा तथा सघन सहरी विकास कार्यक्रम अन्तर्गत ३९ करोड रुपैयाँभन्दा बढी बजेट परेको छ । प्रतिनिधिसभा सदस्य गुप्ताको पहलमा सहरी पूर्वाधार विकासका लागि उक्त बजेट परेको सांसदका स्वकीय सचिव ज्ञानेश्वर साहनीले जानकारी दिएका दिएका थिए । साहनीका अनुसार रामग्राम नगरपालिकामा सह...
सांसद गुप्ताको पहलमा रामग्राममा सहरी पूर्वाधार विकासका लागि ३९ करोड भन्दा बढी बजेट
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

सांसद गुप्ताको पहलमा रामग्राममा सहरी पूर्वाधार विकासका लागि ३९ करोड भन्दा बढी बजेट

नवलपरासी,२६ असोजजिल्लाको रामग्राम नगरपालिकामा सहरी सडक स्तरोन्नति, मर्मत सुधार, सडक सुरक्षा तथा सघन सहरी विकास कार्यक्रमअन्तर्गत ३९ करोड रुपैयाँभन्दा बढी बजेट परेको छ । प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार गुप्ताको पहलमा सहरी पूर्वाधार विकासका लागि उक्त बजेट परेको सांसदका स्वकीय सचिव ज्ञानेश्वर साहनीले जानकारी दिएका हुन् ।साहनीका अनुसार रामग्राम नगरपालिकामा सहरी सडक स्तरोन्नति, मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रमका लागि १७ करोड ४३ लाख रुपैयाँ र सघन सहरी विकास कार्यक्रमअन्तर्गत सहरी पूर्वाधार विकासका लागि २१ करोड ७९ लाख रुपैयाँ बजेट परेको हो । यो बजेट सम्बन्धित मन्त्रालय अन्तरगतका कार्यालयका प्राविधिकहरुको समन्वयमा पालिका भित्रका योजनाहरुको छनौट,प्राथमिकिकरण गरि कार्यक्रम अगाडी बढाईने उनको भनाई थियो । दुवै कार्यक्रमका लागि छुट्याइएको बजेट जोड्दा ३९ करोड २२ लाख रुपैयाँ पुग्छ । उक्त बजेट कार्या...
रामग्राम–१५ को सुक्रौली दक्षिण टोलमा १ करोड २९ लाखको डिप बोरिङ गरिने कार्यकोे शुभारम्भ
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रामग्राम–१५ को सुक्रौली दक्षिण टोलमा १ करोड २९ लाखको डिप बोरिङ गरिने कार्यकोे शुभारम्भ

नवलपरासी,२५ असोजनवलपरासीको रामग्राम नगरपालिका–१५ स्थित सुक्रौली दक्षिण टोलमा १ करोड २९ लाख रुपैयाँ लागतको डिप बोरिङ आयोजनाको कार्य शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जैसवालको आर्थिक वर्ष २०८३÷०८४ को क्षेत्र विकास योजनाअन्तर्गत सञ्चालन हुने बहुवर्षीय आयोजनाको शुभारम्भगरिएको हो ।सुक्रौली दक्षिण टोल उपभोक्ता समितिका अध्यक्ष तथा जल उपभोक्ता समितिका अध्यक्ष श्यामलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य जैसवालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा रामग्राम नगरपालिका–१५ का वडाध्यक्ष धनपत यादव, पूर्व जिल्ला समन्वय समितिका सदस्य राजेश यादव र समाजसेवी प्रवेश सिंह कुँवर विशिष्ट अतिथिका रूपमा सहभागी थिए । आयोजनाको शिलान्यास प्रमुख अतिथि जैसवालले विधिवत् रूपमा गरेका हुन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनी...
वन अतिक्रमण गराउनमा सुनवल नगरपालिका नै लागेको आरोप
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

वन अतिक्रमण गराउनमा सुनवल नगरपालिका नै लागेको आरोप

नवलपरासी,२१ असोज जिल्लाको सुनवल नगरपालिकामा वन अतिक्रमण गर्न गराउनमा नगरपालिका नै लागेको आरोप स्थानियले लगाएका छन् । वन अतिक्रमण गरि पहिला हाट बजार बनाउने र पछि त्यसै क्षेत्रमा नगरपालिकाका विभिन्न संरचना बनाउदै अन्य संघसस्थालाई पनि जग्गा देखाउने र बजेट समेत विनियोजन गरिदिइने देखिदा वन क्षेत्र अतिक्रमणमा नगरपालिका नै लागेको अवस्था देखिन थालेको हो । यस्को उदाहरण नगरपालिकाले हालै सुनवल उद्योग बाणिज्य संघको भवन निर्माणका लागि वन क्षेत्रको जग्गा सहित बजेट समेत विनियोजन गरि टेण्डर निकालेर भवन निर्माण प्रकृया अगाडी बढाएको थियो । पछि सेक्टर वन कार्यालय सुनवल र डिभिजन वन कार्यालयले पत्राचार गरि वन क्षेत्रमा भवन पुर्वाधार निर्माण नगर्न गराउन निर्देशन गरे पछि विगत एक महिना देखी काम रोकिएको छ । तर बनिसकेको संरचना भने भत्काइएको छैन । रोकिएको भवन निर्माणको छत ढलान मात्र बाकी छ, एक स्थानियले भने, य...
जलकुम्भिले भरिएको प्राचीन पाल्ही पोखरी वार्डले सफा गरायो
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

जलकुम्भिले भरिएको प्राचीन पाल्ही पोखरी वार्डले सफा गरायो

नवलपरासी,२२ जेठविगत बर्ष देखी नै जलकुम्भिले भरिएको प्राचीन सेन कालिन इतिहास बोकेको पाल्ही माझखण्डका प्राचीन पोखरी अहिले सरसफाई गरिएको छ । पाल्हीनन्दन गाउपालिका ४ स्थित पाल्ही भगवती मन्दिर परिसर नजिकैको उक्त पोखरीको ब्यवस्थापन,सरसफाई र सौन्दर्यीकरणमा ध्यान नदिएको आरोप लाग्दै आएकोले वार्ड स्तरिय बजेट विनियोजन गरि वार्डले सो पोखरीको सफाई गरेको हो ।करिब पाँच विघा क्षेत्रफलमा फैलिएको उत पोखरी सौन्दर्यीकरणका लागि संघिय सरकारले ९० लाख रुपिया विनियोजन गरेको थियो । तर गाउपालिकाले त्यसको आवश्यक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई काम गर्ने उपभोक्ता समिति गठन पनि गर्न नसक्दा उक्त पोखरीको सफाई हुन नसकेको जनगुनासो बढदै गए पछि वार्डले आफ्नै पहलमा सो पोखरीको सफाई गरेको जनाएको हो । ठेक्का मार्फत पनि काम गराउन नसक्दा उक्त रकम फ्रिज भएर गएको सोही वार्डका वार्ड अध्यक्ष रविन्द्र कुमार सहानीले बताएका थिए ।...
भारतिय भुमि भएर बाल्मीकिआश्रम जानु पर्ने बाध्यता हटाउन पहल
पर्यटन, विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

भारतिय भुमि भएर बाल्मीकिआश्रम जानु पर्ने बाध्यता हटाउन पहल

नवलपरासी, २ जेठनेपाली भुमिमै अवस्थित ऐतिहासिक एवं धार्मिक स्थल प्राचीन वाल्मीकि आश्रम जानका लागि नेपाली नागरिकले भारतीय भूमि प्रयोग गर्नु पर्ने बाध्यता हटाउन पहल शुस् भएको छ । दशकौँ देखिको भारत भुमि भएर आश्रम पुग्नु पर्ने बाध्यता हटाउन सरकारले पहल सुरु गरेको हो ।संघीय सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालय र सरोकारवाला सांसदहरूबीच औपचारिक छलफलले स्थानियमा आशा जगाएको स्थानियबासीले बताएका छन् । सो छलफलले यस समस्यालाई कानुनी र व्यावहारिक रूपमा समाधान गरी दर्शनार्थी तथा पर्यटकहरूलाइ नेपाली भूमिबाटै सहज पहुँच पु¥याउने पहल अगाडि बढाएको हो । हाल चितवनको माडी नगरपालिका को वडा नं. १ मा बाल्मीकि आश्रम पर्छ । साविक गर्दि गाविस भित्र सो स्थान पर्ने गरेको थियो । चितवन निकुन्ज भित्र पर्ने वाल्मीकि आश्रम जानका लागि नेपालीलाई नवलपरासी हुँदै भारतीय भूभाग (बिहार प्रदेशको पश्चिम चम्पारन जिल्लाको बाल्मीकिनगर...
विद्युत प्रसारण आयोजनाको अवरोध हटाउन साँसदसँग आग्रह
अर्थ, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार, समाज

विद्युत प्रसारण आयोजनाको अवरोध हटाउन साँसदसँग आग्रह

नवलपरासी, २३ बैशाखविद्युत प्रसारणलाईन विस्तारमा भएको अवारेध हटाउन नेपाल विद्युत प्राविधिकरण परासी वितरण शाखाले सो क्षेत्रका संघिय साँसद नरेन्द्र कुमार गुप्तासँग आग्रह गरेको छ । स्थानिय प्रशासनको समेत वेवास्ताले परासी क्षेत्रका विद्युतको ४० हजार ग्राहकले २२ करोड नोक्सानी ब्यहोर्नुका साथै कम भोल्टेजका विद्युत बाल्न बाध्यता रहेको जनाउदै केन्द्रका प्रमुखले साँसद गुप्तासँग आग्रह गरेका हुन् ।किसानलाई सहज ढंगले सिचाई मिटर उपलब्ध गराउनु पर्ने जनताको माग लिएर केन्द्रमा पुगेको साँसदलाई केन्द्र प्रमुखले त्यसका लागि आवश्यक बजेट विनियोजनसँगै नीतिगत सुधारका लागि पहल गरिनुका साथै स्थानिय स्तरमा भएका अवरोध हटाउन पनि आग्रह गरेका थिए । केन्द्रका अनुसार विद्युत मिटरमा सिचाई मिटर भनेर उल्लेख छ,तर किसानले कृषि मिटरको माग गर्ने गरेका छन् । यसका लागि सरकारले नीतिगत रुपमै सिचाई मिटर भन्दा कृषि मिटर उल्लेख गरि पठा...