पाल्हिनन्दन गाउँपालिका

पाल्हीनन्दन गाउँपालिकाले आन्तरिक आय बढाउन पोखरीदेखि व्यवसायसम्मको लगत संकलन गर्ने
अर्थ, पाल्हिनन्दन गाउँपालिका, समाचार

पाल्हीनन्दन गाउँपालिकाले आन्तरिक आय बढाउन पोखरीदेखि व्यवसायसम्मको लगत संकलन गर्ने

नवलपरासी,६ असोजसंघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा मात्र निर्भर हुँदा सेवा प्रवाह र विकास निर्माणमा चुनौती थपिँदै गए पछि पाल्हीनन्दन गाउँपालिकाले आन्तरिक आय वृद्धि गर्ने आधारको खोजी थालेको छ । गाउँपालिकाले प्राकृतिक स्रोत, पोखरी तथा तालतलैया, उद्यम–व्यवसाय, बजार क्षेत्र र सार्वजनिक जग्गालाई व्यवस्थित गरी राजस्वको दायरा बढाउने तयारी गरेको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीका अनुसार गाउँपालिकाभित्र रहेका सम्भावित आयस्रोतको अध्ययन गरी लगत संकलन गर्ने र राजस्वको दायरामा नआएका उद्यम तथा व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउने योजना अघि सारिएको छ । विशेषगरी बजार क्षेत्रमा धेरै उद्यम तथा व्यवसाय बिना दर्ता सञ्चालनमा रहेको पाइएको भन्दै त्यस्ता व्यवसायलाई गाउँपालिकामा दर्ता गराउन शिविर सञ्चालन गर्नेसम्मको तयारी गरिएको उनले बताए । “गाउँपालिकाको आन्तरिक आयका प्रमुख आधारमध्...
पिडुरा–झरही दोभान कुण्डका गोही आरक्षमा सरकारी चाँसो बढ्दै, बजेट विनियोजन गर्न थाले
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, रामग्राम नगरपालिका, समाचार, सरावल गाउँपालिका

पिडुरा–झरही दोभान कुण्डका गोही आरक्षमा सरकारी चाँसो बढ्दै, बजेट विनियोजन गर्न थाले

नवलपरासी,जिल्लामा स्थानीयस्तरबाट गोही संरक्षणको पहल अघि बढेसँगै संरक्षणका लागि सरकारी निकायले पनि चाँसो लिन थालेका छन् । जिल्लाको गण्डक कमाण्ड क्षेत्रसँग जोडिएको झरही–पिडुरा दोभान कुण्ड क्षेत्रमा अवलोकनकर्ताको चहलपहल बढ्न थालेको र अहिले सो संरक्षण आरक्ष क्षेत्रमा संरक्षण तथा जागरणका लागि लुम्बिनी प्रदेश सरकार सरावल गाउपालिकाले लगानी गर्ने चाँसो बढाएको हो ।वर्षौंदेखि सो क्षेत्रका जलाशय तथा कुण्डमा गोही बस्दै आएको बताउँदै स्थानीयले संरक्षणका लागि आरक्ष क्षेत्र बनाउन पहल थाले पछि आन्तरिक तथा भारतीय पर्यटकसमेत अवलोकनका लागि आउन थालेका छन् । यसैले अहिले पहिलो बर्षमा सरावलको भागमा पर्ने क्षेत्रमा संरक्षण तथा प्रचार प्रसार र जागरणका लागि २ लाख रुपिया विनियोजन गरिएको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताए । यो लगानी बर्षेनी थपिदै जानेछ, उनले भने, यस क्षेत्रमा अब्यवस्थित रुपमा रहेका गोहीलाई आरक्ष क्...
दुई वर्षदेखि चिकित्सक विहीन नवलपरासीको पाल्हीनन्दन अस्पताल
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

दुई वर्षदेखि चिकित्सक विहीन नवलपरासीको पाल्हीनन्दन अस्पताल

नवलपरासी,३१ भदौजिल्लाको पाल्हीनन्दन गाउँपालिका–४ मा रहेको आधारभूत अस्पताल दुई वर्ष देखि मेडिकल अधिकृत विहीन हुँदा अस्पतालको नियमित सेवा प्रभावित भएको छ । पन्ध्र शैयाको क्षमतामा सञ्चालनका लागि निर्माण गरिएको अस्पतालमा आवश्यक चिकित्सक नहुँदा स्वास्थ्य सहायकको भरमा अस्पताल सञ्चालन गर्न परेको हो ।अस्पतालमा चिकित्सक नहुदा आधारभुत स्वास्थय सेवा बाहेक चिकित्सिय सेवाको उपचारका लागि आउने बिरामीले अपेक्षित सेवा पाउन नसकेको स्थानीयको गुनासो छन् । अस्पताल बन्यो,स्थानिय प्रेम सागर पटेलले भने,तर सेवा स्वास्थ्यचौकी सरहको छ । बोर्डमा अस्पताल लेखेर के उपलब्धी भयो,उनले थपे,जब सेवा पहिला जस्तै स्वास्थ्य चौकी स्तरकै छ । बर्थिगँ सेन्टर र प्याथोलोजि सेवा सञ्चालनमा छ । तर चिकित्सक नभएका कारण विरामी भर्ना गरेर उपचार गर्ने,परिक्षणका लागि प्रिप्सक्रिप्सन लेख्ने कार्य हुन सकेको छैन् । गाँउमा अस्पताल बने पनि अस्पतालक...
एक महिना नबत्दिै पाल्हीनन्दन पोखरीमा बनाइएको पर्खाल चर्किदै
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

एक महिना नबत्दिै पाल्हीनन्दन पोखरीमा बनाइएको पर्खाल चर्किदै

नवलपरासी,१५ साउनजिल्लाको पाल्ह्ीनन्दन गाउपालिकाले बनाउन लागएको पोखरीको पर्खाल चर्किन थालेको जनाउदै स्थानियले त्यसबारे छानविन गरिनु पर्ने माग गरेका छन् । वार्ड नं.४ स्थित पौराणिक तथा सेनकालिन शिवपार्वती सिद्धधाम स्थित पोखरी ब्यवस्थापन गरि सौन्दर्यीकरण कार्यका लागि बनाइएको पोखरीको पर्खाल चर्किन थालेको देखिए पछि स्थानियले सो माग गरेका हुन् ।पर्खालको डिजाईनमा कमजोरी हो ? कि काम गुणस्तर हित हो ? कि पोखरीबाट अनियन्त्रित रुपमा माटो खनेर बाहिर लैजादा के कारणले पर्खाल चर्किन थालेकोबारे स्थानियले चाँसो लिदै छानविन गरि सत्यतथ्य सार्वजनिक गरि काम अगाडी बढाउनु पर्ने माग भई रहेको एक स्थानियले बताए । पोखरीबाट अनियन्त्रित माटो खनेर बाहिर लैजादा समस्या भएको हुन सक्ने स्थानियले अनुमान गरेका छन् । विना राजस्व करोड बढिको माटो झिकिएको दाबी समेत स्थानियको छ । सम्बन्धित ठेकेदारले कुनै पनि राजस्व नै नबुझाई लाखौ र...
सडकका माटो थुपार्दा दुर्घटना बढने जोखिम
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

सडकका माटो थुपार्दा दुर्घटना बढने जोखिम

नवलपरासी,३२ असारजिल्लाको महेशपुर —त्रिवेणी सडकमा जथाभावी माटो थपुारेर अवरोध भएकोले दुर्घटनाको जोखिम बढदै गएको स्थानियले बताएका छन् । सडक स्तरोन्नती गर्ने ठेक्का लिएको ठेकेदारले सडक किनारामा माटो खसाल्नु पर्नेमा सडक नै छेक्ने गरी माटो राखेको र हप्तौसम्म माटो राखिएको थप्रो ब्यवस्थान नगर्दा अहिले सडकमा दुर्घटनाको जोखिम बढाएको स्थानियले बताएका हुन् ।सडक किनारमा खाल्टा छन्,माटो खाल्टोमै राख्दा पनि हुने हो,तर ठेकेदारको लापर्वाहीले सडकमा आउ जाउ गर्ने मोटरसाईकल,साईकल,पैदरयात्री र अन्य सवारीसाधनसँगै चौपाया जनावर समेत हिड्ने गर्छन्,त्यसैमा माटो राखिर सडक साँघुरो बनाउदा सडक दुर्घनाको जोखिम बढेको पाल्हीनन्दन गाउपालिका वार्ड नं १ शंकरपुरका स्थानिय चुल्हाई यादवले बताए । एक लैनको सडक छ,त्यसमा पनि सडक वरिपर गहिरो खाल्टाहरु छन्, उनले माटोको थप्रो देखाउदै भने,यस प्रति ठेकेदारको ध्यान गएको छैन् ।सवारी साधन द...
जलकुम्भिले भरिएको प्राचीन पाल्ही पोखरी वार्डले सफा गरायो
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

जलकुम्भिले भरिएको प्राचीन पाल्ही पोखरी वार्डले सफा गरायो

नवलपरासी,२२ जेठविगत बर्ष देखी नै जलकुम्भिले भरिएको प्राचीन सेन कालिन इतिहास बोकेको पाल्ही माझखण्डका प्राचीन पोखरी अहिले सरसफाई गरिएको छ । पाल्हीनन्दन गाउपालिका ४ स्थित पाल्ही भगवती मन्दिर परिसर नजिकैको उक्त पोखरीको ब्यवस्थापन,सरसफाई र सौन्दर्यीकरणमा ध्यान नदिएको आरोप लाग्दै आएकोले वार्ड स्तरिय बजेट विनियोजन गरि वार्डले सो पोखरीको सफाई गरेको हो ।करिब पाँच विघा क्षेत्रफलमा फैलिएको उत पोखरी सौन्दर्यीकरणका लागि संघिय सरकारले ९० लाख रुपिया विनियोजन गरेको थियो । तर गाउपालिकाले त्यसको आवश्यक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई काम गर्ने उपभोक्ता समिति गठन पनि गर्न नसक्दा उक्त पोखरीको सफाई हुन नसकेको जनगुनासो बढदै गए पछि वार्डले आफ्नै पहलमा सो पोखरीको सफाई गरेको जनाएको हो । ठेक्का मार्फत पनि काम गराउन नसक्दा उक्त रकम फ्रिज भएर गएको सोही वार्डका वार्ड अध्यक्ष रविन्द्र कुमार सहानीले बताएका थिए ।...
झरही—धनेवा दोभान क्षेत्रमा खोला सफाई कार्य शुभारम्भ
कृषि, पाल्हिनन्दन गाउँपालिका, समाचार

झरही—धनेवा दोभान क्षेत्रमा खोला सफाई कार्य शुभारम्भ

नवलपरासी,१६ जेठलुम्बिनी प्रदेश सभा सदस्य माननीय वैजनाथ जैसवालको पहलमा डुबान क्षेत्र पाल्हीनन्दन गाउँपालिका वडा नं. १ स्थित झरहीखोला सफाई कार्य शुभारम्भ गरिएको छ । बर्षायमा शुरु हुदै गर्दा त्रसित स्थानियबासीलाई झरही खोलाबाट वर्षेनि आउने बाढीका कारण हुने धनजनको क्षति तथा खेतीयोग्य जमिन कटान भई नष्ट हुने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले नदी किनारमा थुप्रिएको माटो निकाल्ने कार्यको शुभारम्भ गरिएको हो ।यस कार्यले बाढी नियन्त्रणमा सहयोग पुग्नुका साथै स्थानीय बासिन्दाको जनधन र खेतीयोग्य जमिनको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको सो वार्डका वार्ड अध्यक्ष चुल्हाई यादवले जनाए । उनका अनुसार स्थानीयवासीले यस पहल प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यहरू निरन्तर अगाडि बढ्ने अपेक्षा गरेका छन् ।उतm खोलाले जिल्लाको सरावल र पाल्हीनन्दनका गाउ डुबान नियन्त्रण गर्न डुबा...
पाल्हीनन्दनमा स्वास्थ्य कार्यक्रमको समिक्षा
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दनमा स्वास्थ्य कार्यक्रमको समिक्षा

नवलपरासी, ३ बैशाखपाल्हीनन्दन गाउँपालिकामा संचालित स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समिक्षा गरिएको छ । गाउँपालिको स्वास्थ्य शाखाले स्वास्थ्य क्षेत्रमा लिएको लक्ष्य र गरिएको कार्य प्रगतिको प्रभावकारिता बारे बुधबार समिक्षा गरेको हो ।पाल्हीनन्दन गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको अर्धवार्षिक समिक्षा कार्यक्रममा पालिका भित्र संचालित आधारभुत अस्पताल, स्वास्थय चौकीका ईन्चार्जहरुलाई सहभागी गराई संचालन गरिएको स्वास्थ्य कार्यक्रमको प्रभावकारिता र चुनौतीहरुका बारेमा समिक्षा गरिएको स्वास्थय शाखा प्रमुख हरिशंकर गुप्ताले जानकारी गराएका थिए । समिक्षा कार्यक्रममा गाउँपालिकाको लेखा अधिकृत संजय कुमार शर्माले स्वास्थ्य क्षेत्रलाई संवेदनशिल विषय रहेकाले प्रभावकारी रुपमा स्वास्थ्य कार्यक्रम संचालन गर्ने र उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थयकर्मीहरुलाई सुझाव दिएका थिए ।स्वास्थ्य चौकी, अस्पतालहरुबाट...
साँसद नरेन्द्र कुमार गुप्ताद्धारा लोहरौली स्थित गौरीपार्वती सिद्धधाम क्षेत्रको अवलोकन
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार, संस्कृति

साँसद नरेन्द्र कुमार गुप्ताद्धारा लोहरौली स्थित गौरीपार्वती सिद्धधाम क्षेत्रको अवलोकन

नवलपरासी, २७ चैत्रसंघिय सरकारको सहयोगमा वृहद विकासका कार्य थालिएको पाल्हीनन्दन ४ लोहरौली स्थित शिवपार्वती सिद्धधाममा भई रहेको वृहद विकास कार्यको संघिय साँदस नरेन्द्र कुमार गुप्ताले अवलोकन गरेका छन् । सदियौ देखी ओझेलमा परेको जिल्लाको पाल्हीनन्दन ४ स्थित शिवपार्वती सिद्धधाम क्षेत्रको वृहद विकास गरिने उदेश्यले यहिँ चैत्र महिना देखी धाम स्थित पोखरी ब्यवस्थापन कार्य शुभारम्भ गरि भई रहेको कार्यको अवलोकन गरेका हुन् ।पौराणिक महत्व बोकेको उतm धामको वृहद विकास गरि धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिई सो स्थानमा काम भई रहेको छ । सो स्थानको विकासका लागि आफु निरन्तर लागि रहने उनले बताएका थिए । ऐतिहासिक र अध्यात्मिक केन्द्रको रुपमा विकसित गर्नका लागि संघिय सरकारबाट करिब दुई करोड अनुदान प्राप्त गरेको र सो रकमबाट सिद्धधाममा आवश्यक पुर्वाधार विकास,संरक्षण,अध्यात्कि अभ्यास केन्द्र लगायतका...
पाल्हीनन्दनको शिवपार्वति सिद्धधामका वृहद विकास कार्यक्रमको शुभारम्भ
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार, संस्कृति

पाल्हीनन्दनको शिवपार्वति सिद्धधामका वृहद विकास कार्यक्रमको शुभारम्भ

नवलपरासी, ९ चैत्रसदियौ देखी ओझेलमा परेको जिल्लाको पाल्हीनन्दन ४ स्थित शिवपार्वती सिद्धधाम क्षेत्रको वृहद विकास गरिने उदेश्यले धाम स्थित पोखरी ब्यवस्थापन कार्य शुभारम्भ भएको छ । गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले सोमवार एक औपचारिक कार्यक्रम गरि सो कार्यको शुभारम्भ गरेका हुन् ।कार्यक्रमको शुभारम्भ गर्दै उनले छ्ट्टिै यो धामको वृहद विकासका लागि गाउपालिका लागि परेको बताएका थिए । यस धामको विकासका लागि गाउपालिकासँगै प्रदेश र संघ सरकारबाट उत्तिकै सहयोग आवश्यक रहेको औल्याएका थिए । प्राचीन इतिहास बोकेको सो धामलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य उनले सुनाएका थिए । संघिय सरकारको अनुदान सहयोगमा पौराणिक तथा सेनकालिन प्राचिन इतिहास बोकेको सो संरक्षण र विकासका काम अगाडी बढाइएको जानकारी समेत गराएका थिए ।ऐतिहासिक र अध्यात्मिक केन्द्रको रुपमा विकसित गर्नका लागि संघिय सरकारबाट करिब दुई...