रामग्राम नगरपालिका

भिक्षुलाई भोजनदान : बौद्ध धर्ममा सेवा र श्रद्धाको महत्वपूर्ण परम्परा
रामग्राम नगरपालिका, समाचार, संस्कृति

भिक्षुलाई भोजनदान : बौद्ध धर्ममा सेवा र श्रद्धाको महत्वपूर्ण परम्परा

परासी, १४ भदौ ।पश्चिम नवलपरासीको रामग्राम स्तूपमा वर्षाबास बसिरहेका भिक्षुहरूलाई भोजनदान गरिएको छ। हरिओम फाउन्डेसन पोखरापालीका अध्यक्ष ओमप्रकाश अग्रहरीले रामग्राम स्तूप परिसरमा वर्षाबासमा रहेका पाँच जना भिक्षुलाई भोजनदान गरेका छन्। बौद्ध धर्ममा भिक्षुलाई भोजन गराउनु खाना खुवाउने काम मात्र नभई श्रद्धा, सेवा र पुण्यसँग जोडिएको महत्वपूर्ण परम्परा मानिन्छ। भिक्षुहरू आफ्नो समय अध्ययन, ध्यान, साधना र धर्मको अभ्यासमा बिताउने भएकाले उनीहरूको दैनिक आवश्यकतामा सहयोग गर्नु बौद्ध समाजमा महत्वपूर्ण मानिन्छ। वर्षाबासका क्रममा भिक्षुहरू एकै स्थानमा बसेर ध्यान, अध्ययन र धार्मिक अभ्यास गर्ने परम्परा छ। यस समयमा स्थानीय समुदाय तथा श्रद्धालुहरूले भिक्षुलाई खाना, आवश्यक सामग्री तथा अन्य सहयोग उपलब्ध गराउने चलन छ। रामग्राम स्तूपमा यस वर्ष पहिलोपटक वर्षाबासको व्यवस्था गरिएको हो। तीन महिनासम्म चल्ने वर्...
परासीमा भव्य रूपमा सम्पन्न भयो १५०१औँ मोहम्मद जन्मोत्सवको जुलुसे मोहम्मदी
रामग्राम नगरपालिका, समाचार, संस्कृति

परासीमा भव्य रूपमा सम्पन्न भयो १५०१औँ मोहम्मद जन्मोत्सवको जुलुसे मोहम्मदी

नवलपरासी, १० भदौ । पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०१औँ जन्मोत्सवको अवसरमा उलमा फाउन्डेशन नेपालले आयोजना गरेको जुलुसे मोहम्मदी बुधबार परासीमा भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक सद्भाव, शान्ति, प्रेम, भाइचारा र मानवताको सन्देशसहित निकालिएको जुलुसमा उलेमा, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, युवा तथा सर्वसाधारणसहित सयौँ नागरिक सहभागी भएका थिए। ब्यानर तथा माइकसहित निकालिएको जुलुसले परासी बजार क्षेत्रमा धार्मिक उत्साहसँगै आपसी सद्भाव र भाइचाराको वातावरण सिर्जना गरेको थियो। उलमा फाउन्डेशन नेपालका केन्द्रीय अध्यक्ष हजरत मौलाना सैयद गुलाम हुसैन मजहरीका अनुसार पैगम्बर मोहम्मदको जीवन, शिक्षा, आदर्श, प्रेम, करुणा, शान्ति र मानव सेवाको सन्देश जनस्तरसम्म पुर्‍याउने उद्देश्यले जुलुस आयोजना गरिएको हो। जुलुसको अध्यक्षता उलमा फाउन्डेशन नेपाल, नवलपरासीका निवर्तमान अध्यक्ष हजरत...
रामग्राम : बुद्धधातुको अमूल्य स्मृति र नागले संरक्षण गरेको पवित्र स्तूप
पर्यटन, रामग्राम नगरपालिका, विचार

रामग्राम : बुद्धधातुको अमूल्य स्मृति र नागले संरक्षण गरेको पवित्र स्तूप

बौद्ध अध्येता डा. कौशलेन्द्रबहादुर श्रीवास्तव इतिहास केवल राजवंश, युद्ध र राजनीतिक घटनाहरूको क्रम होइन। इतिहास मानिसले कुनै भूगोलसँग जोडेर सुरक्षित राखेको स्मृति, आस्था, परम्परा र सभ्यताको अभिलेख पनि हो। यही दृष्टिले हेर्दा रामग्राम बौद्ध सभ्यताको इतिहासमा अत्यन्त विशिष्ट महत्व बोकेको स्थलका रूपमा देखिन्छ। रामग्रामको महत्त्व केवल एउटा प्राचीन स्तूप वा पुरातात्त्विक अवशेषमा सीमित छैन। यसको ऐतिहासिक स्मृतिको केन्द्रमा भगवान् बुद्धको शरीरधातु, त्यसलाई सुरक्षित राखिएको स्तूप, त्यसको संरक्षणसँग जोडिएको नाग परम्परा, स्तूपमा श्रद्धा अर्पण गर्ने हात्तीहरूको कथा, भिक्षुहरूको साधना तथा प्राचीन बौद्ध तीर्थयात्राको परम्परा जोडिएको छ। रामग्रामसम्बन्धी सबैभन्दा महत्वपूर्ण लिखित विवरणमध्ये सातौँ शताब्दीका चिनियाँ बौद्ध यात्री ह्वेनसाङ् (Xuanzang) को यात्रावृत्तान्त प्रमुख स्रोत हो। उनको Records...
पवन माध्यमिक विद्यालयको शैक्षिक सफलताको कथा: प्रधानाध्यापक अरविन्द कुमार पाठकसँग विशेष संवाद
भिडियो, रामग्राम नगरपालिका, शिक्षा

पवन माध्यमिक विद्यालयको शैक्षिक सफलताको कथा: प्रधानाध्यापक अरविन्द कुमार पाठकसँग विशेष संवाद

https://youtu.be/TsoiL3I9MSM?si=NZ2-W73E2gg80UfR
रामग्रामका खोलाहरुबाट बालुवा तस्करी
अर्थ, रामग्राम नगरपालिका, समाचार

रामग्रामका खोलाहरुबाट बालुवा तस्करी

नवलपरासी,१९ साउनरामग्राम नगरपालिकाका विभिन्न खोलाबाट बालुवा चोरी तस्करी बढदै गएको छ । रामग्राम नगरपालिकासँगै स्थानिय प्रहरी र प्रशासनले चाँसो नलिदा खोलाबाट चोरी तस्करी बढेको स्थानियले बताएका हुन् ।नगरपालिकाको वार्ड नं.१४ स्थित तुरिया खोलाबाट खोलामै टेक्टर मार्फत बालुवा झिक्ने र भण्डारण गर्ने गरेका छन् । पछि भण्डारण गरिएका बालुवा बुटवल र भैरहवा पठाउदै आएको एक स्थानियले बताए । जनप्रतिनिधिहरुको आँखा अगाडी नै चोरी तस्करी हुने गरेको छ,उनले भने,तर चोरी तस्करी रोक्नमा जनप्रतिनिधिले चाँसो नलिदा मिलोमतो भएको अनुमान गर्न सकिन्छ । एका तिर राजस्व उठेन भनेर नगरपालिकाले विभिन्न विषयमा जनता माथि राजस्व उठाउन करको भार थुपार्ने तर राजस्वको स्रोत खोलानालाको बालुवा भष्कट चोरी तस्करी हुन दिईने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको दोहरो नीति देखिएको उनको गुनासो थियो । खोला कि सबै जनताका लागि निशुल्क लैजान दिईन...
भारतिय माछा प्रवेशले नेपाली माछा किसानलाई असर, नियन्त्रण गर्न किसानको माग
अर्थ, कृषि, रामग्राम नगरपालिका, समाचार

भारतिय माछा प्रवेशले नेपाली माछा किसानलाई असर, नियन्त्रण गर्न किसानको माग

नवलपरासी, १७ साउनजिल्लाका मत्यस्य कृषक एकातिर आफ्नै प्रयासमा देश भित्र माछा आपुर्ति गर्न सक्ने गरि प्रयासमा छन् । यता सरकारी निकायबाट सहयोग गुर्न भन्दा असहयोग गर्ने प्रवृति कायम हुदा मत्स्यपालक किसानलाई चुनौती थपिदै गएको बताएका छन । जुन बेला नेपाली किसानको पोखरीमा माछा तयार हुन्छ,त्यही बेला सरकारले भारतिय माछा आयातलाई खुल्ला गरिदिन्छ, यस्तो गुनासो थियो,नेपाल मत्स्य पालक किसान संघका केन्द्रिय कोषाध्यक्ष भवानीशंकर यादवको ।भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख समेत रहेका मत्स्य निर्देक दिपक भुसालसँग गुनासो गर्दै यादवले गुनासो राख्दै प्रश्न गरे, के सरकारको नीयती नै बनेको छ,देश भित्रका किसान ब्यवसायीलाई निरुत्साही बनाउने ? यसलाई रोक्नका लागि पहल गरिदिन पर्यो, उनले निर्देशक भुसालसँग आग्रह गर्दै भने, कम्तीमा नेपाली मत्स्यपालक किसानको पोखरीमा माछा तयार भएको बेला आयात कम गराई...
उद्योग बाणिज्य संघमा आवद्ध ब्यवसायीलाई संघले गरि दिदैछ, एक लाखको दुर्घटना विमा
अर्थ, रामग्राम नगरपालिका, समाचार

उद्योग बाणिज्य संघमा आवद्ध ब्यवसायीलाई संघले गरि दिदैछ, एक लाखको दुर्घटना विमा

नवलपरासी,१७ साउनउद्योग वाणिज्य संघ नवलपरासीका नवनिर्वाचित अध्यक्ष नगेन्द्र कुमार अग्रहरीले आफ्ना उद्योगी, व्यवसायीको हितका लागि १ लाख बराबरको दुर्घटना बिमा गरिदिने भएका छन् । संघको ४० ओै वार्षिक साधारण एंव १६ ओै अधिवेशनको पद हस्तान्तरण समारोहमा उनले आफ्ना प्रतिवद्धता मन्तब्य राख्दै उतm घोषणा गरेका हुन् ।संघको सदस्य लिएका तर नविकरण नगरि बसेका उद्योगी ब्यवसायीले नविकरण गराउदा र नयाँ सदस्य बन्ने वित्तिकै सो विमा गरिदिइने उनले समारोहमा जानकारी गराएका थिए । संघमा हाल ५ सय ८० सदस्य आवद्ध छन् । धेरै जनाले संघबाट के लाभ भन्दा नविकरण समेत गराउन छाडेका थिए । केहीले नगर गाउको संघमा आवद्धता गराए पनि जिल्ला संघको नविकरण पनि गराउन छाडेका थिए । तर दुर्घटना बिमा घोषणा पछि सदस्य संख्या बढ्ने अपेक्षा लिइएको छ । जिल्लाको आर्थिक विकासका लागि उद्योगहरूसँग भगिनीसम्बन्ध कायम राखेर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष अ...
रामग्राम स्तुपमा वर्षावासी भिक्षुको सेवामा समुदाय र संघसंस्था सक्रिय
रामग्राम नगरपालिका, समाचार, समाज

रामग्राम स्तुपमा वर्षावासी भिक्षुको सेवामा समुदाय र संघसंस्था सक्रिय

नवलपरासी,१७ साउनरामग्राम स्तुपमा बर्षाबास शुरु गरेका भिच्छुलाई भोजनदान देखी स्वास्थ्य परिक्षणसम्मको सेवामा स्थानिय संघसस्था जुटेका छन् । भिच्छुहरुलाई सेवाभावले आवश्यकता पुरा गर्ने र स्तुपामा भिच्छुद्धारा गरिने ध्यान अभ्यासले शान्ति,करुणाको विकास हुने र सेवा गर्नेले समेत पुण्यलाभ पाउने भएको भन्दै सेवामा जुटेका हुन् ।आईतवार इभरग्रिन अस्पताले पाँच जना भिच्छुको स्वास्थ्य परिक्षण गर्दै स्वास्य सेवा दिएको जानकारी गराएको थियो । त्यसै गरि प्रत्येक दिन ति भिच्छुहरुलाई कुनै न कुनै संघसस्था र र भोजनदान गर्दै आएका छन् । उजैनी र देउरवा गाँउका बासिन्दा पनि पालो बनाई प्रत्येक दिन भोजनदान गर्ने ब्यवस्थापनमा जुटेको स्थानियबासी तथा रामग्राम ७ का पुर्व वार्ड अध्यक्ष शंकर हरिजनले जनाए । अहिले स्तुपमा आन्तरिक पर्यटकको पनि संख्यामा उल्लेखनिय वृद्धि हुदै गएको बताउदै उनले स्तुपमा भिच्छुको उपस्थितीले पनि धार्मिक प...
रामग्राम स्तुप परिसरमा पाच बर्गिय भिच्छुद्धारा प्रथम बर्षा बास
पर्यटन, रामग्राम नगरपालिका, समाचार, समाज, संस्कृति

रामग्राम स्तुप परिसरमा पाच बर्गिय भिच्छुद्धारा प्रथम बर्षा बास

नवलपरासी,१३ साउनशान्तिका अग्रदुत भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा पहिलो पटक पाँच बर्गिय(पाँच जना) भिच्छु तिन महिनाका लागि बर्षाबास बसेका छन् । बर्षायमा लागे देखी बुद्ध धर्म अनुसार असार अर्थात गुरुपुर्णियमा देखी असोज महिनासम्म बौद्ध भिच्छु एकै स्थानमा बसेर ध्यान साधना गर्ने प्रावधान अनुसार रामग्राम स्तुपमा पहिलो पटक पाँच जना भिच्छुले बर्षाबासको शुभारम्भ गरेका हुन् ।प्रथम बर्षाबास २०८३ भन्दै असार १३ गते देखी कार्तिक ९ गतेसम्म रामग्राम बौद्ध स्तुपा उज्जैनीमा ति भिच्छुहरु बर्षाबासको शुभारम्भ गरेको सोही वार्डका पुर्व वार्डअध्यक्ष समेत रहेका उपासक रामाशंकर हरिजनले जानकारी गराए । आधुनिक कालमा रामग्राम स्तुपमा भिच्छु बर्षाबास बस्ने कार्य ऐतिहासिक कार्य भएको छ, उनले भने, प्राचीन कालमा भिच्छुहरु स्तुप नजिकै बसेर ध्यान साधना र पुर्जा आर्चना गर्ने गरेको उल्लेख पाइए पनि आधुनिक क...
इभरग्रिन अस्पतालमा दन्तसेवा विभाग शुभारम्भ
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

इभरग्रिन अस्पतालमा दन्तसेवा विभाग शुभारम्भ

नवलपरासी,१२ साउनजिल्लाको सदरमुकाम परासीको एक मात्र निजी स्तरको इभरग्रिन अस्पतालले आफ्नो सेवा विस्तार गर्दै दन्त सेवा(डेण्टल) विभाग शुभारम्भ गरेको छ । सरकारी अस्पताल बाहेक दन्त सेवा लिनका लागि विरामीहरु निजी क्लिनीकमा जानु पर्ने बाध्यता हटाउने उदेश्यले सो अस्पतालले दन्त सेवा विभागको शुभारम्भ गरेको हो ।एक कार्यक्रमको आयोजना गरि सो अस्पतालले अस्पतालमा मंगलवार देखी विशेषज्ञ सहितको दन्त सेवा प्रदान गरिने जानकारी गराएको थियो । अस्पतालका सञ्चालक बलिराम कोईरीले स्थानियको माग अनुसार दन्त सेवा विभाग खडा गरिएको हो । दाँतका विरामीहरुले गुणस्तरिय दन्त सेवा अस्पतालमा पाउन भनि सेवा विस्तार गरेका छौ, उनले भने , विरामीलाई गुणस्तरिय दन्त सेवा प्रदान गरिने लक्ष्य अनुसार काम हुन्छ । सरकारी पृथ्वीचन्द्र अस्पताल बाहेक सेवा लिनका लागि निजी डेण्टलमा जानु पर्ने बाध्यता यस्ले हटाउनेमा उनले विश्वास ब्यतm गरेका थिए ।...