बडकी अतवारको अवसरमा शुभकामना आदान–प्रदान तथा कोलिय एग्रो टुरिज्म पार्कमा वृक्षारोपण
नवलपरासी,४ असोजथारु कल्याणकारिणी सभा रामग्राम समितिको आयोजनामा बडकी अतवारको अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । थारु मधेशी समुदायमा असोजको पहिलो आईतवारलाई बडका अतवार भनेर मनाउने परम्परा अनुसार नै एक समारोहको आयोजना गरि शुभकामना तथा वृक्षारोपण गरिएको हो ।रामग्राम क्षेत्रमा थारु समुदायको संस्कृति, परम्परा तथा प्रकृतिसँगको सम्बन्धलाई संरक्षण गर्दै वातावरणीय संरक्षणमा समेत योगदान पु¥याउने उद्देश्यले रामग्राम १८ डिघवल स्थित कोलिय एग्रो टुरिज्म पार्कमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरूले बडकी अतवारको अवसरमा एकआपसमा शुभकामना आदान–प्रदान गर्दै थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए । कार्यक्रममा सरावल गाउपालिकाका अध्यक्ष शुखाडी चौधरी तथा सरावल गाउपालिाकै पुर्व उपाध्यक्ष ...










