सुस्ताका बाढी प्रभावित लागि आएको राहत साता वितिसक्दा पनि वितरण भएन
नवलपरासी,२१ असोजजिल्लाको सुस्ता गाउँपालिका–५ का बाढी प्रभावित नागरिकका लागि विभिन्न संघ–संस्थाले उपलब्ध गराएको राहत सामग्री साता दिन भन्दा बढि भई सक्दा पनि बाडिएको छैन् । वडा कार्यालयले समय मै वितरण नगर्दा पीडितहरू खाद्यान्न अभावमा बस्न बाध्य भएको पिडितहरुले बताएका हुन् ।बाढी प्रभावित नागरिकका लागि नेपाल रेडक्रस सोसाइटी, उद्योग बाणिज्य संघ,जरलैया आमा समूह, इन्द्रेणी सामाजिक विकास मञ्च तथा विभिन्न राजनीतिक दलको तर्फबाट त्रिपाल, चामल, दाल, तेल, सोयाबिन, मसला, नुन, चिउरा, नमकिन, चाउचाउ, बिस्कुट, पाउरोटी, पानीलगायतका राहत सामग्री उपलब्ध गराइएको थियो । ती सामग्री सुस्ता–५ का जनप्रतिनिधिलाई हस्तान्तरण गरिएको भए पनि १० दिन बितिसक्दा पनि प्रभावित नागरिकसम्म पुग्न सकेका छैनन् । राहतका लागि प्राप्त खाद्यान्न तथा अन्य सामग्री वडा कार्यालयको कोठाभित्र राखिएको छ, एक स्थानियले भने, बाढीका कारण घर तथा दै...










