Author: Bechu Gaud

रामग्राम–१५ को सुक्रौली दक्षिण टोलमा १ करोड २९ लाखको डिप बोरिङ गरिने कार्यकोे शुभारम्भ
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रामग्राम–१५ को सुक्रौली दक्षिण टोलमा १ करोड २९ लाखको डिप बोरिङ गरिने कार्यकोे शुभारम्भ

नवलपरासी,२५ असोजनवलपरासीको रामग्राम नगरपालिका–१५ स्थित सुक्रौली दक्षिण टोलमा १ करोड २९ लाख रुपैयाँ लागतको डिप बोरिङ आयोजनाको कार्य शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जैसवालको आर्थिक वर्ष २०८३÷०८४ को क्षेत्र विकास योजनाअन्तर्गत सञ्चालन हुने बहुवर्षीय आयोजनाको शुभारम्भगरिएको हो ।सुक्रौली दक्षिण टोल उपभोक्ता समितिका अध्यक्ष तथा जल उपभोक्ता समितिका अध्यक्ष श्यामलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य जैसवालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा रामग्राम नगरपालिका–१५ का वडाध्यक्ष धनपत यादव, पूर्व जिल्ला समन्वय समितिका सदस्य राजेश यादव र समाजसेवी प्रवेश सिंह कुँवर विशिष्ट अतिथिका रूपमा सहभागी थिए । आयोजनाको शिलान्यास प्रमुख अतिथि जैसवालले विधिवत् रूपमा गरेका हुन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनी...
आयुर्वेद सेवामा सरावल गाउँपालिका जिल्ला मै प्रथम
समाचार, सरावल गाउँपालिका, स्वास्थ्य

आयुर्वेद सेवामा सरावल गाउँपालिका जिल्ला मै प्रथम

नवलपरासी,२३ असोजआयुर्वेद पद्यतीले स्वास्थ्य सेवा पुर्याउदै आएका आयुर्वेद सेवा केन्द्र मध्ये जिल्ला भित्र सरावल गाउपालिकाको आयुर्वेद शाखा पहिलो भएको छ । गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति मूल्याङ्कनमा सरावल गाउँपालिकाको आयुर्वेद शाखा जिल्ला भित्रका आयुर्वेद स्वास्थ्य संस्था मध्ये प्रथम भएको हो ।नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रले सरावल आयुर्वेद शाखालाई उत्कृष्ट घोषणा गर्दै प्रशंसा–पत्र प्रदान गरेको हो । जिल्ला भित्रका विभिन्न स्थानीय तहमा सञ्चालित आयुर्वेद स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह, औषधि वितरण, जनचेतनामूलक कार्यक्रम, वार्षिक प्रगति तथा प्रशासनिक व्यवस्थापनलगायतका सूचकका आधारमा गरिएको मूल्याङ्कनमा सरावल आयुर्वेद शाखा उत्कृष्ट ठहरिएको गाउपालिकाले जानकारी गराएको थियो । आयुर्वेद स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि, नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने प्रयास तथा समुदायस्त...
मालपोत कार्यालयमा कर्मचारी अभाव, सेवाग्राहीलाई सास्ती
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

मालपोत कार्यालयमा कर्मचारी अभाव, सेवाग्राहीलाई सास्ती

नवलपरासी,२३ असोजमालपोत कार्यालय नवलपरासीमा कर्मचारी अभाव हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । थोरै कर्मचारी हुदा साझसम्म घाममा सेवाग्राही लाम बसेर काम गराउनु परेको हो ।कार्यालयको कमजोरीले यस्तो समस्या आएको आरोप सेवाग्राही तथा लेखापढी ब्यवसायीहरुले पनि गरेका छन् । सरुवा भएर जाने कर्मचारीलाई कार्यालय प्रमुखले रवाना दिई हाल्ने तर यो कार्यालयमा सरुवा भई आउने कर्मचारी छिटो बोलाउन नसक्दा यस्तो समस्या आएको एक लेखापढी ब्यवसायीले बताए । कार्यालय प्रमुखको यो चरम लापर्वाही हो, उनले भने, सरुवा भए पनि पहिला आउने कर्मचारी हाजिर गर्न आई दिएको बेला सरुवा भई जाने कर्मचारीको रवाना दिएको भए यस्तो समस्या आउदैन्थ्यो । कर्मचारी अभावले जग्गा किनबेच, नामसारी, जग्गाधनी प्रमाणपुर्जा, रोक्का–फुकुवा तथा अन्य प्रशासनिक कामका लागि कार्यालय पुग्ने सेवाग्राही कर्मचारी अभावका कारण समयमै सेवा नपाउँदा समस्यामा परेका छन...
सुस्ताका बाढी प्रभावित लागि आएको राहत साता वितिसक्दा पनि वितरण भएन
राजनीति, समाचार, सुस्ता गाउँपालिका

सुस्ताका बाढी प्रभावित लागि आएको राहत साता वितिसक्दा पनि वितरण भएन

नवलपरासी,२१ असोजजिल्लाको सुस्ता गाउँपालिका–५ का बाढी प्रभावित नागरिकका लागि विभिन्न संघ–संस्थाले उपलब्ध गराएको राहत सामग्री साता दिन भन्दा बढि भई सक्दा पनि बाडिएको छैन् । वडा कार्यालयले समय मै वितरण नगर्दा पीडितहरू खाद्यान्न अभावमा बस्न बाध्य भएको पिडितहरुले बताएका हुन् ।बाढी प्रभावित नागरिकका लागि नेपाल रेडक्रस सोसाइटी, उद्योग बाणिज्य संघ,जरलैया आमा समूह, इन्द्रेणी सामाजिक विकास मञ्च तथा विभिन्न राजनीतिक दलको तर्फबाट त्रिपाल, चामल, दाल, तेल, सोयाबिन, मसला, नुन, चिउरा, नमकिन, चाउचाउ, बिस्कुट, पाउरोटी, पानीलगायतका राहत सामग्री उपलब्ध गराइएको थियो । ती सामग्री सुस्ता–५ का जनप्रतिनिधिलाई हस्तान्तरण गरिएको भए पनि १० दिन बितिसक्दा पनि प्रभावित नागरिकसम्म पुग्न सकेका छैनन् । राहतका लागि प्राप्त खाद्यान्न तथा अन्य सामग्री वडा कार्यालयको कोठाभित्र राखिएको छ, एक स्थानियले भने, बाढीका कारण घर तथा दै...
वन अतिक्रमण गराउनमा सुनवल नगरपालिका नै लागेको आरोप
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

वन अतिक्रमण गराउनमा सुनवल नगरपालिका नै लागेको आरोप

नवलपरासी,२१ असोज जिल्लाको सुनवल नगरपालिकामा वन अतिक्रमण गर्न गराउनमा नगरपालिका नै लागेको आरोप स्थानियले लगाएका छन् । वन अतिक्रमण गरि पहिला हाट बजार बनाउने र पछि त्यसै क्षेत्रमा नगरपालिकाका विभिन्न संरचना बनाउदै अन्य संघसस्थालाई पनि जग्गा देखाउने र बजेट समेत विनियोजन गरिदिइने देखिदा वन क्षेत्र अतिक्रमणमा नगरपालिका नै लागेको अवस्था देखिन थालेको हो । यस्को उदाहरण नगरपालिकाले हालै सुनवल उद्योग बाणिज्य संघको भवन निर्माणका लागि वन क्षेत्रको जग्गा सहित बजेट समेत विनियोजन गरि टेण्डर निकालेर भवन निर्माण प्रकृया अगाडी बढाएको थियो । पछि सेक्टर वन कार्यालय सुनवल र डिभिजन वन कार्यालयले पत्राचार गरि वन क्षेत्रमा भवन पुर्वाधार निर्माण नगर्न गराउन निर्देशन गरे पछि विगत एक महिना देखी काम रोकिएको छ । तर बनिसकेको संरचना भने भत्काइएको छैन । रोकिएको भवन निर्माणको छत ढलान मात्र बाकी छ, एक स्थानियले भने, य...
निजी क्षेत्रबाट काठ आपुर्ति घटदा राजस्वमा पनि कमी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

निजी क्षेत्रबाट काठ आपुर्ति घटदा राजस्वमा पनि कमी

नवलपरासी,२० असोजकाठ आपुर्तिमा नम्बरी अवादीबाट ठूलो योगदान पुर्याउदै आएको भए पनि अहिले नम्बरी अवादी क्षेत्रबाट निजी स्तरको काठ घट्दै गएको डिभिजन बन कार्यालय नवलपरासीले जनाएको छ । विगतमा ठूलो मात्रामा काठ दाउराको आपुर्ति निजी क्षेत्र तथा ब्यतिmको नम्बरी अवादी खेत,निजी बनबाट आपुर्ति हुदै आएको भए पनि पछिल्लो बर्षमा मात्रा घट्दै गएको कार्यालयको तथ्याँकले देखाएको हो ।निजी बन तथा नम्बरी अवादी खेतबाट पहिला धेरै मात्रामा काठ कटानी गर्ने आदेश लिएर काठ संकलन गर्ने स मिलहरुले तथ्याँक बुझाएको तर अहिले त्यसको परिमाण घट्दै गएको बनको प्रशासन शाखाका शाखा अधिकृत अमजद अंसारीले बताए । नम्बरी अवादीबाट काठ संकलन गर्दा पनि राजस्व संकलन हुदै आएको छ,यदि काठ संकलन घट्दै गयो भन्ने राजस्व पनि कम हुदै जाने छ । यसका लागि सरकारी बनमा मात्रै नभई ब्यतिmलाई पनि निजी बनका लागि प्रोत्साहित गरिनु पर्ने आवश्यकता रहेको उनले सुन...
खानेपानीको बक्यौता महशुल नउठ्दा महेशपुर खानेपानी आयोजनामा थपिदै चुनौती
अर्थ, पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

खानेपानीको बक्यौता महशुल नउठ्दा महेशपुर खानेपानी आयोजनामा थपिदै चुनौती

नवलपरासी,२० असोजखानेपानी महशुल बक्यौता उठन नसक्दा महेशपुर खानेपानी आयोजना सञ्चालनमा चुनौती बढदै गएको छ । पाल्हीनन्दन गाउपालिका १ र २ वार्डका जनतालाई खानेपानी आपुर्तिका लागि दुई दशक देखी सञ्चालनमा रहेको आयोजनाका उपभोतmाहरुले महशुल बुझाउन नसक्दा आयोजना सञ्चालन र ब्यवस्थापनमा समस्या भई रहेको खानेपानी तथा सरसफाई उपभोतmा समितिले जनाएको हो ।उपभोतmाहरुलाई प्रति दिन नियमित ९ घण्टा धारामा पानी पुर्याउदै आएको तर खानेपानी महशुल बुझाउन उपभोतmाहरु आनाकानी गर्दा आयोजना सञ्चालनमा चुनौती थपिदै गएको उपभोतmा समितिका अध्यक्ष सञ्जय कानु बनियाले बताए । उनका अनुसार ५ सय भन्दा बढि खानेपानीका धाराहरु जडान गरिएका छन्,तर धेरैले महशुल नबुझाउदा ९ लाख भन्दा बढि बक्यौता रहेको सुनाए । दुई जना कर्मचारी नियमित काम गर्दै आएका छन्,उनले भने,बक्यौताका कारण उनीहरुलाई तलब सुविधा दिनका लागि पनि बेला बेला समस्या आउने गरेको छ । बज...
स्थानीय तहबीच साझा सेवा सञ्चालनका लागि कार्यविधि बनाइँदै
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

स्थानीय तहबीच साझा सेवा सञ्चालनका लागि कार्यविधि बनाइँदै

नवलपरासी,१९ असोजजिल्लाको सुनवल नगरपालिकामा अन्तर नगर साझेदारी तथा संयुक्त सेवा सञ्चालन कार्यविधि २०८३ बनाउने बारे पालिकाका प्रतिनिधिहरु विच छलफल भएको छ । नगरपालिका संघको समन्वयमा नवलपरासीका पालिकाहरुले सो कार्यविधि बनाउने बारे छलफल गरिएको हो ।पालिका पालिका विच केही अनौपचारिक रुपमा आपसी समझदारीका कार्य हुदै आएको भए पनि त्यसलाई कानुनी मुर्त रुप दिनका लागि पनि यस्ता कार्यविधिहरुको आवश्यकता देखिएकोले कार्यविधिबारे छलफल चलाइएको सुनवल नगरपालिकाकी मेयर विमला अर्यालले बताईन् । सबै नगरपालिकाले यो कार्यविधिको आवश्यकता महशुस गरेका थिए,उनले भनिन,अहिले नगरपालिका महासंघले यसलाई सबै पालिकाहरुले यस्ता कार्यविधि पास गर्नका लागि पहलकदमी लिएको छ । यो सराहनिय कार्य हो,उनले थपिन,छलफलको निष्कर्ष पछि पालिकाहरुले अ आफ्ना कार्यपालिका बैठकमा छलफल गर्ने पछि सभामा पनि प्रस्तुत गर्न सक्ने छन् ।उनका अनुसार वृहद पुर्वाध...
वार्ड सचिवको सक्रियताले सुनवल नगरपालिकाको वार्ड स्तरमा राजस्व वृद्धि
अर्थ, समाचार, सुनवल नगरपालिका

वार्ड सचिवको सक्रियताले सुनवल नगरपालिकाको वार्ड स्तरमा राजस्व वृद्धि

नवलपरासी,१९ असोजजिल्लाको सुनवल नगरपालिका वार्ड नं.१ ले चालु आर्थिक बर्षको तिन महिनामा लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ । राजस्व संकलनमा वार्ड सचिव निर्मला प्रजापतिले सक्रियता बढाए देछि राजस्वमा उल्लेख्य वृद्धि भएको हो ।रामग्राम नगरपालिकामा लामो समय राजस्व शाखा सम्भाल्दै आएकी प्रजापति गत आर्थिक बर्षको अन्मित तिर सुनवल नगरपालिकामा सरुवा गराएकी थिईन् । राजस्व उठाउनका लागि करदाता तथा सेवाग्राहीलाई गरिने ब्यवहार,प्रोत्साहन,महत्व बुझाउने कलाले पनि राजस्व बढाउन उनी सफल भएको वार्डका कर्मचारीहरुले सुनाए । वार्ड सचिव भनेको प्रशासनिक कर्मचारी मात्रै नभई नगरपालिकाका लागि आन्तरिक स्रोत जुटाईदिइने कर्मचारी पनि हो । उनी रामग्राम नगरपालिकामा हुदा राजस्व शाखा मात्रै नभई एक्लो सचिव भई पाँच पाँच वार्डहरु सञ्चालन गर्न सक्ने क्षमता भएकोले पनि उनलाई सुनवलमा सरुवा भएर आफ्नो क्षमता प्रस्तुत गरेकी हुन् । सुनव...
पाल्हीनन्दनका दुई विद्यालयको एसईई नतिजा कमजोर, ६२ मध्ये एक विद्यार्थी मात्रै उत्तीर्ण
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

पाल्हीनन्दनका दुई विद्यालयको एसईई नतिजा कमजोर, ६२ मध्ये एक विद्यार्थी मात्रै उत्तीर्ण

नवलपरासी,१९ असोजजिल्लाको पाल्हीनन्दन गाउँपालिकाका दुई सामुदायिक विद्यालयको शैक्षिक अवस्था एसईई परीक्षाको नतिजा कमजोर देखिएको छ । गाउँपालिकाका दुई विद्यालयबाट गत वर्षको एसईई परीक्षामा सहभागी भएका ६२ विद्यार्थीमध्ये एक जना मात्रै उत्तीर्ण भएकाले शैक्षिक अवस्था कमजोर देखिएको हो ।पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माध्यमिक विद्यालयबाट कृषि संकायका ८ र साधारणतर्फका १९ गरी २७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जिल्ला शिक्षा समन्वय इकाईको परीक्षा शाखाका अनुसार तीमध्ये साधारणतर्फका एक जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यसै गरि पाल्हीनन्दन गाउँपालिका–१ स्थित बाल शिक्षा निकेतनबाट ३५ विद्यार्थी एसईई परीक्षामा सहभागी भए पनि सबै विद्यार्थी अनुत्तीर्ण भएका थिए । दुई विद्यालयको नतिजाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको स्थानीयको भनाइ छ ।बाल ...