भोटेकोसी बाढीपछि सम्पर्कविहीन माधवको परिवारलाई राहत
नवलपरासी, १४ भदौ ।भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ नयाँटोलका माधव चौधरीको परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ।
३५ वर्षीय माधव बाढीपछि सम्पर्कविहीन भएपछि उनको परिवार आर्थिक समस्यामा परेको छ। घरको मुख्य आम्दानी गर्ने व्यक्ति नै सम्पर्कविहीन भएपछि परिवारलाई दैनिक खर्च चलाउनसमेत कठिनाइ भएको हो।
परिवारको अवस्थाबारे जानकारी पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरावलका सभापति वीरेन्द्र यादवले आइतबार चौधरीको घरमै पुगेर खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराएका छन्। करिब एक महिनाका लागि पुग्ने गरी चामल, दाल, आलु, प्याज, तेललगायत सामग्री सहयोग गरिएको छ।
माधव वेत्रावती विद्युत् आयोजनाको हाइटेन्सन क्षेत्रमा ट्याक्टर चालकका रूपमा काम गर्दै आएका थिए। भोटेकोसीमा आएको बाढीपछि उनी सम्पर्कविहीन भएका हुन्।
माधव सम्पर्कविहीन भएपछि उनकी श्री...










