नवलपरासी (ब.सु.प.)

मुस्लिम समाजलाई दाईजोमुक्त समाज बनाउन धर्मगुरुहरुको आग्रह
नवलपरासी (ब.सु.प.), समाचार, समाज

मुस्लिम समाजलाई दाईजोमुक्त समाज बनाउन धर्मगुरुहरुको आग्रह

नवलपरासी, २० फागुनपरासीमा फैजाने अहलेबैत कांफ्रेन्स (जलसा)मा धर्मगुरुहरुले मुस्लिम समाजलाई दाइजो मुक्त समाज बनाउनु पर्ने बताएका छन् । दाईजो प्रथाले महिला हिँसालाई प्रोत्साहित गर्ने र समाजलाई विकृत बनाउने हुदा दाईजो मुक्त मुस्लिम समाज हुनु पर्ने आफ्नो प्रबचन मार्फत आग्रह गरेका हुन् ।मदरसा जामिया फैजाने अहलेबैतको आयोजना तथा ओल्मा काउन्सिल नेपालको सहजीकरणमा उक्त कांफ्रेन्स (जलसा) नेपाली समाजमा मुस्लिम समाज पनि एक हो,मुस्लिम समाजले आफ्नो समाजलाई दाईजो र फजुलखर्च मुक्त बनाउदै उदाहरणिय समाजको रुपमा स्थापित हुनु पर्नेमा प्रबचन दिईने मुस्लिम धर्मगुरुहरुको भनाई थियो । कांफ्रेन्स ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको संयोजकत्वमा भएको उक्त जलसाले मुस्लिम समाजलाई जागरुक बनाउने उदेश्यले गरिएको थियो । झण्डै दुई हजारको संख्यामा मुस्लिम समुदायको उपस्थिती रहेको थियो । उक्त जलसामा ...
गण्डक नदीमा बगर खेतीलाई प्रोत्साहित गर्दै कृषि ज्ञान केन्द्र
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

गण्डक नदीमा बगर खेतीलाई प्रोत्साहित गर्दै कृषि ज्ञान केन्द्र

नवलपरासी,२० फागुनजिल्लाको गण्डकी(नारायणी) नदी किनारमा बगर खेती तर्फ स्थानिय युवाहरु उत्साही देखिएका छन् । गाँउघर नजिकै रहेको बखरमा पनि खेती गर्न सकिन्छ भनेर जानकारी नपाएका स्थानिय सो बगरमा गत बर्ष भारतबाट आएका केही किसानले खरबुजा खेती गरेर लाखौ आमदनी गरि फर्के पछि त्यस तर्फ अहिले आकर्षित भएका हुन् ।गत आर्थिक बर्षमा बगरखेतीका लागि लुम्बिनी प्रदेश सरकारले पाठएको १० लाख अनुदान फ्रिज भएर गयो,अहिले सो अनुदान ५० प्रतिसत कटेर आउदा बखरखेती गर्न किसान उत्साही देखिए । कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले भने,बालुवाले भरिएको बखर पनि आमदनीको स्रोत हुन सक्छ,भनेर अहिले पहिचान पाएको बताए । उनका अनुसार अहिले स्थानिय युवाहरु ५ विघा (१०० कट्टा)मा खरबुजा खेती शुरु गरेका छन् । उनीहरुलाई प्रति कट्ठा ५ हजारका दरले अनुदान कार्यालयले उपलब्ध गराउने छ । घरमै खरबुजाको नर्सरी तयार गरि अहिले बगरमा रोप्ने...
सोचे अनुसारको काम भएको छैनः लुम्बिनी प्रदेश मुख्यमन्त्री चौधरी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

सोचे अनुसारको काम भएको छैनः लुम्बिनी प्रदेश मुख्यमन्त्री चौधरी

नवलपरासी,१७ फागुनलुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले जनताको चाहना अनुसार अहिले पनि लुम्बिनी प्रदेश सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । नवलपरासीको परासीमामा आयोजित एक अनौपचारिक छलफलमा प्रदेश साँसद र नेपाली काँग्रेसका कार्यकर्ता तथा केही स्थानिय जनप्रतिनिधिहरुको बिचमा उनले सोचे अनुसारको काम गर्न नसकिएको कुरा स्वीकार गरेका हुन् ।लुम्बिनी प्रदेश सभास सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालको घरमा आईपुगेका मुख्यमन्त्री चौधरीले जनता र कार्यकर्ताको धेरै चाहना रहेको छ,तर त्यसलाई प्रदेश सरकारले पुरा गर्न सकिरहेको छैन्,उनले भने,तर अगामी दिनमा सबै समस्याहरुलाई हल गर्दै लैजान्छौ । प्रदेश सरकारको प्राथमिकतामा नवलपरासी रहेको बताउदै विगत दुई बर्ष देखी अलपत्र रहेको प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)लाई परासी बजार तथा रामग्राम स्तुपसँग जोड्ने तुरिया खोला पुलको समस्य...
उबासंघको आयोजनामा हुने नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी तिब्र
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

उबासंघको आयोजनामा हुने नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी तिब्र

नवलपरासी, १४ फागुन ,जिल्लामा हुन गईरहेको छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी पारिएको छ । नवलपरासीको सदरमुकाम परासीमा यही फागुन १६ देखि शुरु हुन लागेको औद्योगिक व्यापार मेलालाई भब्यताका साथ सम्पन्न गर्नका लागि आयोजकले तयारीलाई तिब्र बनाएका हुन् । जिल्लाका प्रमुख पर्यटकिय स्थल रामग्राम स्तुप,पाल्ही भगवती मन्दिर लगायतको स्थानलाई पहिचान दिलाउनका लागि प्रतिक प्रदर्शनी मेला स्थलमै बनाउने कार्य भई रहेको मेला आयोजक उद्योग बाणिज्य संघका सल्लाहकार श्याम कुमार बस्यालले जानकारी गराए । उनका अनुसार मेलाका लागि प्रचार प्रसारलाई पनि ब्यापक बनाइएको छ । त्यसका लागि छिमेकी भारत युपिको महराजगँज जिल्ला र विहारको चम्पारन जिल्लासम्म पनि प्रचार प्रसार तिब्रता दिइएको छ । मेलालाई मनोरन्जनात्मक बनाउनका लागि भोजपुरी कलाकार प्रिति पासवान लगायतका कलाकार र नेपाली कलाकारको समेत प्रतुती गराउने योजना बनाइएको उ...
पाँच बर्ष पछि पुनः पृथ्वीचन्द्र अस्पतालमा शुरु भयो पाठेघर खसेका महिलाहरुको निःशुल्क अप्रेसन
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पाँच बर्ष पछि पुनः पृथ्वीचन्द्र अस्पतालमा शुरु भयो पाठेघर खसेका महिलाहरुको निःशुल्क अप्रेसन

नवलपरासी,१३ फागुन,जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालले पाँच बर्ष पछि पुनः पाठेघर खसेका महिलाहरुको निशुल्क अप्रेसन गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा जिल्ला स्थित विभिन्न संघसस्था परियोजना र स्वास्थ्य मन्त्रालयसँग पहल गरेर जिल्ला अस्पतालमा नै सो अप्रेसन सेवा शुरु गराउन सम्झौता गराएको हो ।स्वास्थ्य कार्यालय तथा विभिन्न पालिकाको सहयोगमा गाँउ गाँउमा पाठेघर खसेका महिलाहरु स्क्रिनिगँ गर्ने कार्य गरि प्रादेशिक अस्पताल पठाउने गरेको थियो । तर प्रादेशिक अस्पतालले पालो मिलाउदा ति महिलाहरुको पालो एक बर्ष पछि आउने गर्दा स्थानिय महिलाहरुले पिडादायी जिवन विताउन बाध्यताका कारण अप्रेसन खर्चका लागि प्रदेश सरकार तथा संघसंस्था र परियोजनासँग छलफल गराई स्रपोतको ब्यवस्थापन गराएर ति सेवा अहिले जिल्लाबाटै दिने गरि योजना बनाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पंथीले जानकारी गराए ।...
परासीमा मुस्लिम समुदायलाई जागरुक गराउन विशाल जलसा हुने
नवलपरासी (ब.सु.प.), संस्कृति

परासीमा मुस्लिम समुदायलाई जागरुक गराउन विशाल जलसा हुने

नवलपरासी, १२ फागुनजिल्लाको सदरमुकाम परासीमा फागुन १८ गते विशाल जलसा हुने भएको छ । मुस्लिम समुदायलाई धार्मिक तथा समाजिक जिवन प्रति जिम्मेवार बनाउने उदेशयले फैजाने अहलेबैत कांफ्रेन्सको (जलसा) आयोजना हुन लागेको हो ।मुस्लिम समुदायको धार्मिक तथा सामाजिक सचेतना बढाउन र ईस्लाम धर्मको सन्देश आम गर्ने उद्देश्यले उक्त कांफ्रेन्स (जलसा) आयोजना गरिएको ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाले बताए । मुस्लिम समुदायमा बढदो विकृति न्युनिकरण गर्न, समुदायमा धार्मिक तथा सामाजिक सदभाव कायम राख्न, आफनो धर्मसंस्कृति र धार्मिक स्थलहरुको संरक्षणमा एकजुट भई अगाडी बढने जस्तो एजेण्डाहरु कांफ्रेन्समा प्रस्तुत गरिने अध्यक्ष मिँयाले जनाए ।मदरसा जामिया फैजाने अहले बैतद्धारा संचालन हुने उक्त कांफ्रेन्स आउदो फागुन १८ गते अर्थात १ मार्च तारिख दिन शुक्रबार रातीमा हुने आयोजकले जनाएको छ । उक्त कांफ्रेन्...
‘रामग्राम विकास परियोजना’ स्वागत योग्य बताउदै नागरिक समाजद्धारा जिससलाई ज्ञापनपत्र
नवलपरासी (ब.सु.प.), पर्यटन

‘रामग्राम विकास परियोजना’ स्वागत योग्य बताउदै नागरिक समाजद्धारा जिससलाई ज्ञापनपत्र

नवलपरासी,१८ माघजिल्ला स्थित भगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुप क्षेत्रको विकासका लागि लुम्बिनी विकास कोषद्धारा ल्याइएको ‘रामग्राम विकास परियोजना’ नवलपरासीबासीका स्वागत योग्य भएको नागरिक समाज नवलपरासीले जनाएको छ । सो परियोजनाबारे विभिन्न सञ्चार माध्यम,संघसस्था र राजनीतिक दलहरु समेत भ्रममा परेर टिकाटिप्पणी गरिरहेको बेला नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउदै सो भ्रम चिर्नका लागि सरोकारवालाको वृहद छलफलको वातावरण मिलाउने माग समेत गरेको हो ।विगतमा पनि रामग्राम क्षेत्रको विकासका लागि बजेट आएको तर यस्तै टिकाटिप्पणी र विवादस्पद बनाउदा रकम फ्रिज भएर जादा रामग्रामकै विकास रोकिएको समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सन १८९६ मा पत्ता लागेको लुम्बिनी र सन १८९८ मा पत्ता लागेको रामग्रामको विकासमा किन भिन्नता ...
भारतसँग जोडिएको महेशपुर मुलनाकाको बजार र प्रवेशद्धार ब्यवस्थित गर्न जिससको चाँसो
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

भारतसँग जोडिएको महेशपुर मुलनाकाको बजार र प्रवेशद्धार ब्यवस्थित गर्न जिससको चाँसो

नवलपरासी,३ माघजिल्लाकै मुलनाकाको रुपमा रहेको महेशपुर नाकाको प्रवेशद्धारलाई ब्यवस्थित गर्न जिल्ला समन्वय समिति(जिसस)ले सम्बन्धित पाल्हीनन्दन गाउपालिकालाई आग्रह गरेको छ । महेशपुर नाकाको अवलोकन गर्दै जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले गाउपालिका र भन्सार कार्यालयहरुले सहकार्य गरि सिमावर्ति महेशपुर बजार समेत ब्यवस्थित गर्न आग्रह गरेका हुन् ।भारतबाट नेपाल प्रवेशको प्रमुख नाका हो,उनले भने, महेशपुर बजार मुलनाकाको प्रमुख बजार पनि हो,यसलाई यहाँका संघिय सरकारको कार्यालयको रुपमा रहेको महेशपुर भन्सार र स्थानिय सरकारको रुपमा रहेको पाल्हीनन्दन गाउपालिकाले ब्यवस्थापनमा लाग्नु पर्छ । जिससले समन्वयका लागि भुमिका निर्वाह गर्न तयार रहेको छ । नेपाल भारतको सिमा निर्धारण गर्दाकै बखत बनेको महेशपुर बजार अहिले पनि अब्यवस्थित देखिएका छन्,उनले भने,नाकाबाट यदि सरकारले आम्दनी गर्छ भन्ने नाकाको स्वच्छता,ब्यवस्थान...
सेवालाई थप गुणस्तरिय बनाउन पृथ्वीचन्द्र अस्पतालले माग्यो गाउपालिका र नगरपालिकासँग तोकेर सहयोग
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

सेवालाई थप गुणस्तरिय बनाउन पृथ्वीचन्द्र अस्पतालले माग्यो गाउपालिका र नगरपालिकासँग तोकेर सहयोग

नवलपरासी, २८ पुसजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा सेवालाई थप प्रभावकारी बनाउन अस्पताल प्रशासनले जिल्लाका सबै पालिकासँग आर्थिक स्रोतको माग गरेको छ । भएकै जनशक्तिबाट अस्पतालको उपयुक्त व्यवस्थापन र गुणस्तरीय चिकित्सा सेवा दिन थालेपछि अस्पताल प्रति विरामीको आकर्षण बढदै जादा सेवाको गुणस्तर खस्किन नदिईन र थप गुणस्तरिय बनाउनका लागि विषय र स्रोत नै खुलाएर अस्पतालले पालिकालाई पत्राचार गरेको हो ।स्थानिय तहबाट विभिन्न प्रकारका विरामीलाई निशुल्क सेवा प्रदान गरिदिन अस्पतालका नाममा निरन्तर आग्रह गर्दै सेवा दिलाउदै आएको र अहिले अस्पतालमा बढदो विरामीको चाँपका कारण ब्यवस्थापनमा चुनौती भएकोले त्यसमा सहकार्यका लागि नगरपालिका र गाउपालिकालाई अनुरोधपत्र पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.किरण पाण्डेले बताए । अस्पताले प्रदान गर्ने चिकित्सा सेवामा व्यापक सुधार ल्याएपछि अस्पतालमा विरामीहरुको चाप...
पशु सेवा विज्ञ केन्द्रले थाल्यो, गाईभैसीमा देखिने बाँझोपन हटाउन घरदैलो ‘डोर टु डोर’ सेवा
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

पशु सेवा विज्ञ केन्द्रले थाल्यो, गाईभैसीमा देखिने बाँझोपन हटाउन घरदैलो ‘डोर टु डोर’ सेवा

नवलपरासी,२६ पुस,जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले पशुपालक कृषकको घरदैलोमै पुगेर पशुपालनका समस्या बुझ्न थालेको छ । घरदैलो अर्थात डोर टु डोर सेवा सञ्चालन गरि पशु पालनमा देखिएको समस्याहरुको अध्ययन गर्ने र पशुपालक किसानलाई आवश्यक सेवा परामर्श समेत दिने कार्य शुरु गरेको हो ।पशुपालक किसानका फर्म र घरमा रहेका दुधालु गाई भैसी मध्ये अधिकाँसमा बाझोपन जस्ता समस्या देखिएको अस्पतालकी पशु चिकित्सक डा.विभुती सिँहले बताईन् । उनका अनुसार पशु स्वास्थ्यकर्मी सहित चिकित्सकहरुको टोली पशुपालक किसानको डोर टु डोर पुग्ने र सेवा दिईने अभियानको रुपमा चलाईको छ । यसले पशुपालक कृषकमा उत्साह थपिएको छ, उनले भनिन्,किसानहरुले यस्तो पहिलो पटक घरदैलोमै आएर पशु(गाईभैसी)को समस्या बुझ्ने कार्य भई रहेको छ । पशुमा देखिने बाँझोपन समस्या प्रमुख समस्याको रुपमा देखिएको छ । पशु विरामी हुदा त किसानले थाहा पाउन...