सरावल गाउँपालिका

वरिष्ठ उपाध्यक्ष यादवले लिए माधव चौधरीका छोराछोरीको शिक्षाको जिम्मा
समाचार, समाज, सरावल गाउँपालिका

वरिष्ठ उपाध्यक्ष यादवले लिए माधव चौधरीका छोराछोरीको शिक्षाको जिम्मा

नवलपरासी, २० भदौ ।रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता रहेका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१, बासाबसही नयाँटोलका माधव चौधरीका छोराछोरीको विद्यालय तहको शिक्षामा लाग्ने सम्पूर्ण खर्च सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले व्यहोर्ने घोषणा गरेका छन्। बाढीपछि चौधरी बेपत्ता हुँदा परिवार आर्थिक तथा मानसिक संकटमा परेको अवस्थामा बालबालिकाको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले यादवले उनीहरूको शिक्षाको जिम्मेवारी लिने घोषणा गरेका हुन्। यादवले चौधरीको परिवारलाई यसअघि पनि खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेका थिए। तत्कालीन राहत सहयोगपछि बालबालिकाको शिक्षालाई निरन्तरता दिन दीर्घकालीन जिम्मेवारीसमेत लिने निर्णय गरेको यादवले बताएका छन्। चौधरी बेपत्ता भएपछि परिवारमा परेको आर्थिक कठिनाइका कारण बालबालिकाको शिक्षामा समस्या आउन सक्ने अवस्था देखिएपछि यादवको सहयोगले उनीह...
सरावलमा रेडक्रस दिवसको अवसरमा वृहत् वृक्षरोपण, करिब ३०० बिरुवा रोपिए
समाचार, सरावल गाउँपालिका, स्वास्थ्य

सरावलमा रेडक्रस दिवसको अवसरमा वृहत् वृक्षरोपण, करिब ३०० बिरुवा रोपिए

नवलपरासी, भदौ १९ ।६४औँ नेपाल रेडक्रस दिवसको अवसरमा सरावल गाउँपालिका–२, मनरीस्थित जनता माध्यमिक विद्यालय परिसरमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी देवगाउँ उपशाखाको आयोजना तथा जनता माध्यमिक विद्यालय मनरीको सहआयोजनामा भएको कार्यक्रममा करिब ३०० वटा विभिन्न प्रजातिका शोभनीय तथा वातावरणमैत्री बिरुवा रोपिएका छन्। कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी थारू (चौधरी) प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश रेडक्रसका कोषाध्यक्ष हैदर अली मोमिन विशेष अतिथिका रूपमा सहभागी थिए। वृक्षरोपण कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। जुनियर रेडक्रसका विद्यार्थीहरूले उत्साहपूर्वक बिरुवा रोप्नुका साथै रोपिएका बिरुवाको संरक्षण र हु...
बिरेन्द्र यादवसँग उद्योग, व्यापार र सरावलको आर्थिक सम्भावनाबारे विशेष संवाद | चिन्तन–मनन EPISODE 4
अर्थ, भिडियो, सरावल गाउँपालिका

बिरेन्द्र यादवसँग उद्योग, व्यापार र सरावलको आर्थिक सम्भावनाबारे विशेष संवाद | चिन्तन–मनन EPISODE 4

https://youtu.be/krRyoDLYNao?si=Glzrp_A-mjvowK89
भोटेकोसी बाढीपछि सम्पर्कविहीन माधवको परिवारलाई राहत
समाचार, समाज, सरावल गाउँपालिका

भोटेकोसी बाढीपछि सम्पर्कविहीन माधवको परिवारलाई राहत

नवलपरासी, १४ भदौ ।भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ नयाँटोलका माधव चौधरीको परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ। ३५ वर्षीय माधव बाढीपछि सम्पर्कविहीन भएपछि उनको परिवार आर्थिक समस्यामा परेको छ। घरको मुख्य आम्दानी गर्ने व्यक्ति नै सम्पर्कविहीन भएपछि परिवारलाई दैनिक खर्च चलाउनसमेत कठिनाइ भएको हो। परिवारको अवस्थाबारे जानकारी पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरावलका सभापति वीरेन्द्र यादवले आइतबार चौधरीको घरमै पुगेर खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराएका छन्। करिब एक महिनाका लागि पुग्ने गरी चामल, दाल, आलु, प्याज, तेललगायत सामग्री सहयोग गरिएको छ। माधव वेत्रावती विद्युत् आयोजनाको हाइटेन्सन क्षेत्रमा ट्याक्टर चालकका रूपमा काम गर्दै आएका थिए। भोटेकोसीमा आएको बाढीपछि उनी सम्पर्कविहीन भएका हुन्। माधव सम्पर्कविहीन भएपछि उनकी श्री...
सहकारीले शसतmीकरणसंगै समृद्ध बन्दै ग्रामिण क्षेत्रका महिला
अर्थ, समाज, सरावल गाउँपालिका

सहकारीले शसतmीकरणसंगै समृद्ध बन्दै ग्रामिण क्षेत्रका महिला

नवलपरासी, १३ साउनढाई दशक पहिला सरावल २ (साविक मनरी गाविस) की रमा सिँह थारु चौधरीलाई महिलाहरुको समुह बनाउदा अहिलेको अवस्थाको अनुमान नै थिएन् । घर भित्र बस्ने गृहणीको भुमिकामा रहिँ खान पकाउने,बच्चा स्यार्ने,खेतीपातीमा सहयोगी भुमिका बारे अरु काम महिलाले गर्नु पर्छ,भन्ने अवस्था पनि थिएन् । त्यो बेला महिलाहरुलाई संगठित गरि समान्य बचत गर्न सिकाउदै,शुख दुखका कुरा सुन्ने र सुनाउने महिला समुह माध्यम बनेको थियो, उनको लागि । तर आज त्यही सानो लक्ष्य लिई महिला जागरण कार्य गर्दै आउने रमा महिला जागरण बहुद्देशिय सहकारीकी ब्यवस्थापक छिन् । सानो समुह अहिले सहकारीमा परिणत हुदै करोडको कारोबार गरि रहेको छ । यस्ले महिलालाई शसतिmकरणसँगै समृद्ध बनाउदै गएको उनले अनुभव सुनाईन् ।रमा बाहेक थप पाँच जना महिलालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ । महिलाहरु मात्रै सेयर सदस्य रहेको महिला जागरण बहुदेश्यि सहकारी सस्थाले हजार...
थारु समुदायको परम्परागत खानाको ब्यवसायिकीकरण गर्न पाँच दिइने तालिम
समाचार, सरावल गाउँपालिका, संस्कृति

थारु समुदायको परम्परागत खानाको ब्यवसायिकीकरण गर्न पाँच दिइने तालिम

नवलपरासी,१८ जेठथारु समुदायको परम्पारागत खानाको ब्यवसायिक उत्पादन सम्बन्धि पाँत दिईने तालिम शुरु भएको छ । थारु कल्याणकारी सभा नवलपरासीको समन्वयमा लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय अन्तरगतको पर्यटन डिभिजन कार्यालय रुपन्देहीले उतm तालिमको शुभारम्भ गरेको हो ।जिल्लाको सरावल २ स्थित थारु साँस्कृतिक पार्क नजिकैको थारु रिसोर्टमा सञ्चालन गरिएको उतm तालिममा जिल्ला भित्रका ३० जना भन्दा बढि थारु युवा युवती सहभागि छन् । उनीहरु आफ्नो समुदायले विगत देखीका परम्परागत खानालाई कसरी ब्यवसायिक खानाको रुपमा परिस्किृत गर्ने र अन्य समुदायका लागि खान आकर्षित गर्नेबारे खाने गरेका खानाको परिकार बनाउने बारे सिप सिकाउने कार्य गरिने प्रशिक्षक बालिका चौधरीले बताएकी थिईन ।उनका अनुसार थारु संस्कृति र सभ्यता भित्रै पर्ने थारुको परम्परागत खाना पनि एक महत्वपुर्ण विषय हो । जुन अहिलेको पुस्ताले बाहिरी...
सरावल गाउपालिकाको प्रशासनिक भवन निर्माणमा तिब्रता
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाको प्रशासनिक भवन निर्माणमा तिब्रता

नवलपरासी,१० चैत्रजिल्लाको सरावल गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य तिब्र रुपले भई रहेको छ । पालिकाको स्थापना भएको लामो समय पछि गाउपालिकाले आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवन बनाउने कार्य मंसिर महिनामा शुभारभ्भ गरे पछि अहिले भवन निर्मा(ा कार्य धमाधम हुन थाले पछि भवन निर्माण कार्यले तिब्रता पाएको हो ।भवनको निर्माणले स्थानियबासीले पनि खुशी भएका छन् । भवन नबन्दा सम्म सरावलबाटै अन्यत्र प्रशासनिक सर्ने कि भन्ने पनि स्थानियमा आशंका हुदै आएको थियो । सरावल गाउपालिका ३ मै बन्नु पर्ने अस्पताल पहिलाका गाउसभाले वार्ड नं.५ मा बनाउने निर्णय गरिदिएका कारण पनि सरावल गाँउका बासिन्दा सशंँकित थिए । विगत बर्षमा सरावल गाउपालिकाको मुख्यालय मै बन्नु पर्ने अस्पताल भवन सारे जस्तै कुनै गाउसभाले प्रशासनिक भवन पनि अन्य वार्डमा सार्ने निर्णय गरि सादिए भन्ने भएको मुख्यालय अन्य वार्डमा जान सक्ने पनि आशंका अहिले भवन...
धनेवा झरही नदीले हुने डुबान क्षेत्रको अवलोकन
कृषि, समाचार, सरावल गाउँपालिका

धनेवा झरही नदीले हुने डुबान क्षेत्रको अवलोकन

नवलपरासी,७ चैत्रजिल्लाको सरावल र पाल्हीनन्दनका गाउ डुबान नियन्त्रण गर्न डुबान क्षेत्रको कारक धनेवा खोलाको सरोकारवालाद्धारा स्थलगत अवलोकन गरिएको छन् । डुबान नियन्त्रणका लागि गर्न सकिने कार्यहरुको र सरोकारवाला निकायको जिम्मेवारीबारे स्थलगत गरि यकिन गर्न अवलोकन गरेका हुन् ।नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख डिभिजन इन्जिनियर तिलकराम बुढाथोकी,सरावल गाउपालिकाका अध्यक्ष सुखाडी चौधरी,पाल्हीनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता र स्थानिय वार्डका वार्डअध्यक्ष तथा अन्य सरोकारवाला संघसस्था स्थानियबासीको समेत सहभागि भएका थिए । झरही धनेवा दोभान क्षेत्रबाट उतm क्षेत्रको अवलोकन गरिएको थियो । गत बर्ष सरावल गाउपालिकाले डुबान रोक्न आफै अग्रसरता देखाउदै पालिका स्तरबाटै लगानी गरेर भए पनि धनेवा बाँधको उचाई थप्ने कार्य थालनी गरेर थियो ।धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ...
सरावलको थारु साँस्कृतिक पार्कमा खिचडी महोत्सवको शुरु
समाचार, सरावल गाउँपालिका, संस्कृति

सरावलको थारु साँस्कृतिक पार्कमा खिचडी महोत्सवको शुरु

नवलपरासी,३० पुसजिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्कमा खिचडी महोत्सवको शुरु भएको छ । पुस ३० देखी माघ २ गतेसम्म चल्ने ३ दिइने खिचडी महोत्सवको लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व पर्यटनमन्त्री खड्क बहादुर बस्नेतले उदघाटन गर्दै शुभारम्भ गरेका हुन् ।प्रकृतिसँग तालमेल गर्दै बनेको खिचडी खिचडी संस्कृतिलाई थारु समुदायले आफ्नो थारु सम्वतको शुरुवात समेत हुने गरेको बताउदै खिचडीलाई महोत्सवको रुपमा मनाउदै आएको उनले बताएका थिए । नेपाल त्यसमा पनि लुम्बिनी प्रदेश विभिन्न जातजाती,समुदायको संस्कृतिले भरिएको प्रदेश रहेको बताउदै पुर्वमन्त्री बस्नेतले अहिले धेरै संस्कृति लोप हुने अवस्थामा पनि छन,तर खिचडी संस्कृतिले ब्यापकता पाई रहेकोमा खुशी ब्यतm गरेका थिए ।खिचडी खाने संस्कृति प्रकृतिसँग सम्बन्धित रहेको सरावल गाउपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरीले बताएका थिए । माँघे संक्राति देखी सुर्य उत्तरायण...
खलिहान संस्कृति जोगाउन र स्थानिय प्रशिक्षक परिचालन गर्न सरावल गाउसभामा उठ्यो माग
राजनीति, समाचार, सरावल गाउँपालिका

खलिहान संस्कृति जोगाउन र स्थानिय प्रशिक्षक परिचालन गर्न सरावल गाउसभामा उठ्यो माग

नवलपरासी,२९ पुसजिल्लाको सरावल गाउँपालिकाको गाउँसभाको १७ औँ गाउसभामा सभा सदस्यहरुले प्रस्तुत विषय बस्तुको अनुमोदन बाहेक थप माग समेत राखेका थिए । भुमि अयोगले गाँउ गाँउमा नापी गर्दा प्राचीनकाल देखी चल्दै आएको गाँउको खलिहान प्रथालाई मेटाउदै आएकोले खलिहान संस्कृति बचाउनु पर्ने र गाउपालिका भित्र हुने तालिम गोष्ठिमा स्थानिय प्रशिक्षक तथा स्रोत ब्यतिm राख्न समेत माग गरेका हुन् ।संस्कृति संरक्षण सहित प्रशिक्षक परिचालनमा स्थानिय तथा स्थानिय भाषा जानकारलाई राख्नका लागि आवश्यक कार्यविधि तयार हुने पर्ने समेत सभाका सदस्यले कुरा उठाएका थिए । केही पालिकामा सभाका सदस्यहरुलाई खुल्ला रुपमा विचार राख्ने पद्यती नभए पनि सरावल गाउपालिकाले नियमित बाहेक अन्य विषयमा पनि गाउसभामा कुरा राख्नका लागि सभासदस्यहरुलाई अवसर प्रदान गरि संसदिय अभ्यासलाई पनि निरन्तरता दिएका थिए । सभाका सदस्यले उठाएका विषयबस्तुबारे पनि टिपोट ग...