स्वास्थ्य

एचआईभि संक्रमितको समस्या चुनौतीपुर्ण
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

एचआईभि संक्रमितको समस्या चुनौतीपुर्ण

नवलपरासी,१ असोजजिल्ला भित्र अहिले पनि एचआईभि एड्सका समस्या चुनौती पुर्ण नै रहेको सरोकारवाला संस्थाले जनाएका छन् । एचआईभि एड्स सम्बन्धि जिल्ला स्थित सरोकारवाला संघसस्थाहरुको समन्वय बैठकमा जनस्वास्थ्यको विभिन्न चुनौती मध्ये एचआईभि एड्स अझै लुकेको अवस्थामा रहेको त्यसलाई पत्ता लगाई नियमित औषधी उपचार,खोप लगायतका स्वास्थ्यकर्मीको सम्पर्क ल्याउनु पर्ने कार्य चुनौती पुर्ण नै रहेको बताएका थिए ।एचआईभि संक्रमितहरुकै सस्था लुम्बिनी प्लसले जिल्लामा ७ सय बढि एचआईभि संक्रमितहरु सम्पर्कमा रहेको जानकारी गराउदै अझै पनि गरिब विपन्न परिवारमा लुकेर बसेको अवस्थाम संक्रमित हुन सक्ने जानकारी गराएको थियो । एचआईभिको परिक्षण आफै स्वतःस्फुर्त तरिकाले हुने गरेको छैन । यो पनि चुनौती रहेको पृथ्वीचन्द्र अस्पतालका प्रमुख डा.वृज कुमार यादवले बताएका थिए । उनले पालिका स्तरमा रहेका सबै स्वास्थ्य शाखाहरुले एचआईभि संक्रमितलाई प...
दुई वर्षदेखि चिकित्सक विहीन नवलपरासीको पाल्हीनन्दन अस्पताल
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

दुई वर्षदेखि चिकित्सक विहीन नवलपरासीको पाल्हीनन्दन अस्पताल

नवलपरासी,३१ भदौजिल्लाको पाल्हीनन्दन गाउँपालिका–४ मा रहेको आधारभूत अस्पताल दुई वर्ष देखि मेडिकल अधिकृत विहीन हुँदा अस्पतालको नियमित सेवा प्रभावित भएको छ । पन्ध्र शैयाको क्षमतामा सञ्चालनका लागि निर्माण गरिएको अस्पतालमा आवश्यक चिकित्सक नहुँदा स्वास्थ्य सहायकको भरमा अस्पताल सञ्चालन गर्न परेको हो ।अस्पतालमा चिकित्सक नहुदा आधारभुत स्वास्थय सेवा बाहेक चिकित्सिय सेवाको उपचारका लागि आउने बिरामीले अपेक्षित सेवा पाउन नसकेको स्थानीयको गुनासो छन् । अस्पताल बन्यो,स्थानिय प्रेम सागर पटेलले भने,तर सेवा स्वास्थ्यचौकी सरहको छ । बोर्डमा अस्पताल लेखेर के उपलब्धी भयो,उनले थपे,जब सेवा पहिला जस्तै स्वास्थ्य चौकी स्तरकै छ । बर्थिगँ सेन्टर र प्याथोलोजि सेवा सञ्चालनमा छ । तर चिकित्सक नभएका कारण विरामी भर्ना गरेर उपचार गर्ने,परिक्षणका लागि प्रिप्सक्रिप्सन लेख्ने कार्य हुन सकेको छैन् । गाँउमा अस्पताल बने पनि अस्पतालक...
पृथ्वीचन्द्र अस्पतालमा रेडियोलोजिष्ट नहुदा सेवा प्रवाहमा असर
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा रेडियोलोजिष्ट नहुदा सेवा प्रवाहमा असर

नवलपरासी,३० भदौजिल्ला पृथ्वीचन्द्र अस्पतालमा विगत तिन महिना देखी रेडियोलोजि विशेषज्ञ चिकित्सक(रोडियोलोजिष्ट) नहुदा सेवा प्रवाहमा असर परेको छ । संघिय सरकार अन्तरगतको गजेन्द्र नारायण अस्पतालमा दरबन्दी भई काजमा खटिएर पृथ्वीचन्द्र अस्पतालमा सेवा दिदै आएका रेडियोलोजी विशेषज्ञ चिकित्सक डा.प्रकाश ढकाललाई संघिय सरकारले काज फिर्ता बोलाए देखी अस्पतालमा रेडियोलोजी विशेषज्ञ विहिन बने पछि समस्या देखिएको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले जानकारी गराएका हुन् ।संघिय सरकारमा दरबन्दी हुने तर काम प्रदेश सरकार मातहत रहेका अस्पतालमा कार्यरत देश भरिका कर्मचारी संघियमै फिर्ता बोलाउने संघिय सरकारको निर्णयका कारण अहिले समस्या उत्पन्न भएको उनको भनाई थियो । अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सकले सेवा दिदै आएका छन,उनले भने,तर ति विशेषज्ञ चिकित्सकलाई पनि रोग पहिचान गर्नका लागि रेडियोलोजी विशेषज्ञ चिकित्सक आवश्...
स्वास्थ्य कार्यालय नवलपरासीको समीक्षा कार्यक्रम सम्पन्न, २९ सूचकमा मूल्यांकन
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

स्वास्थ्य कार्यालय नवलपरासीको समीक्षा कार्यक्रम सम्पन्न, २९ सूचकमा मूल्यांकन

नवलपरासी । पश्चिम नवलपरासीमा स्वास्थ्य क्षेत्रअन्तर्गत सञ्चालन भएका कार्यक्रमको वार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्यसम्बन्धी योजना तथा प्राथमिकता निर्धारण गरिएको छ। स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा भूमहीमा भएको कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रगति, सेवा प्रवाह, उपलब्धि तथा चुनौतीबारे समीक्षा गरिएको हो। समीक्षा पश्चात् स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवा प्रवाहको गुणस्तर सुधार र नागरिकमैत्री स्वास्थ्य प्रणाली विकासलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ। स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जिल्लाका स्वास्थ्य संस्थाबाट प्रवाह भइरहेका सेवाको अवस्था, उपलब्धि, चुनौती तथा स्वास्थ्यसम्बन्धी सूचकांकको समीक्षा गरी आगामी योजना तयार गरिएको बताए। वार्षिक समीक्षा कार्यक्रममा मातृ तथा बाल...
सरावलमा रेडक्रस दिवसको अवसरमा वृहत् वृक्षरोपण, करिब ३०० बिरुवा रोपिए
समाचार, सरावल गाउँपालिका, स्वास्थ्य

सरावलमा रेडक्रस दिवसको अवसरमा वृहत् वृक्षरोपण, करिब ३०० बिरुवा रोपिए

नवलपरासी, भदौ १९ ।६४औँ नेपाल रेडक्रस दिवसको अवसरमा सरावल गाउँपालिका–२, मनरीस्थित जनता माध्यमिक विद्यालय परिसरमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी देवगाउँ उपशाखाको आयोजना तथा जनता माध्यमिक विद्यालय मनरीको सहआयोजनामा भएको कार्यक्रममा करिब ३०० वटा विभिन्न प्रजातिका शोभनीय तथा वातावरणमैत्री बिरुवा रोपिएका छन्। कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी थारू (चौधरी) प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश रेडक्रसका कोषाध्यक्ष हैदर अली मोमिन विशेष अतिथिका रूपमा सहभागी थिए। वृक्षरोपण कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। जुनियर रेडक्रसका विद्यार्थीहरूले उत्साहपूर्वक बिरुवा रोप्नुका साथै रोपिएका बिरुवाको संरक्षण र हु...
भदौ २४ देखि नवलपरासीमा एचपीभी खोप अभियान, २०० केन्द्रमा सेवा दिइने
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

भदौ २४ देखि नवलपरासीमा एचपीभी खोप अभियान, २०० केन्द्रमा सेवा दिइने

भदाै १७, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा भदौ २४ गतेदेखि तीनदिने एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। अभियानको तयारी तथा सञ्चालनसम्बन्धी जानकारी दिन जिल्ला समन्वय समिति, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को कार्यालयमा मंगलबार कार्यक्रम आयोजना गरिएको हो। जिल्ला समन्वय समिति प्रमुख भगवती यादव (रुदल)को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले एचपीभी खोप अभियानको तयारी, खोप केन्द्र तथा परिचालन हुने जनशक्तिबारे जानकारी दिएका थिए। शाहीका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा भदौ २४ देखि २६ गतेसम्म तीन दिन एचपीभी खोप अभियान सञ्चालन हुनेछ। लक्षित समूहसम्म सहज रूपमा खोप सेवा पुर्‍याउने उद्देश्यले जिल्लाभर २०० वटा खोप केन्द्र निर्धारण गरिएको छ। निर्धारित खोप केन्द्रमध्ये १०९ वटा सामुदायिक अर्थात् सरकारी र ९१ वटा संस्थागत अर्थात् गैर...
परासीमै अर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

परासीमै अर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन

नवलपरासी ,२ भदोअर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै परासी बजारको मखनमोख क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ। अर्थोपेडिक तथा स्पाइनसम्बन्धी समस्या र क्यान्सरको उपचार तथा शल्यक्रियाका लागि यसअघि चितवन र काठमाडौं जानुपर्ने बाध्यता रहेकोमा परासीमै विशेषज्ञ सेवा उपलब्ध भएपछि स्थानीय बिरामीलाई सहज भएको छ। उपचारका लागि टाढा जानुपर्ने र लामो समय पालो कुर्नुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको छ। अर्थोपेडिक विशेषज्ञ डा। विजया गुप्ताको नेतृत्वमा सञ्चालनमा आएको अर्थोपेडिक स्पेसियालिटी क्लिनिकले हात, खुट्टा, जोर्नी तथा हड्डीसँग सम्बन्धित विभिन्न समस्याको निदान, उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको जनाएको छ। साथै, क्यान्सरसँग सम्बन्धित शल्यक्रिया तथा उपचार सेवासमेत उपलब्ध रहेको क्लिनिकले जनाएको छ। क्लिनिकका सम्बन्धमा आयोजित...
इभरग्रिन अस्पतालमा दन्तसेवा विभाग शुभारम्भ
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

इभरग्रिन अस्पतालमा दन्तसेवा विभाग शुभारम्भ

नवलपरासी,१२ साउनजिल्लाको सदरमुकाम परासीको एक मात्र निजी स्तरको इभरग्रिन अस्पतालले आफ्नो सेवा विस्तार गर्दै दन्त सेवा(डेण्टल) विभाग शुभारम्भ गरेको छ । सरकारी अस्पताल बाहेक दन्त सेवा लिनका लागि विरामीहरु निजी क्लिनीकमा जानु पर्ने बाध्यता हटाउने उदेश्यले सो अस्पतालले दन्त सेवा विभागको शुभारम्भ गरेको हो ।एक कार्यक्रमको आयोजना गरि सो अस्पतालले अस्पतालमा मंगलवार देखी विशेषज्ञ सहितको दन्त सेवा प्रदान गरिने जानकारी गराएको थियो । अस्पतालका सञ्चालक बलिराम कोईरीले स्थानियको माग अनुसार दन्त सेवा विभाग खडा गरिएको हो । दाँतका विरामीहरुले गुणस्तरिय दन्त सेवा अस्पतालमा पाउन भनि सेवा विस्तार गरेका छौ, उनले भने , विरामीलाई गुणस्तरिय दन्त सेवा प्रदान गरिने लक्ष्य अनुसार काम हुन्छ । सरकारी पृथ्वीचन्द्र अस्पताल बाहेक सेवा लिनका लागि निजी डेण्टलमा जानु पर्ने बाध्यता यस्ले हटाउनेमा उनले विश्वास ब्यतm गरेका थिए ।...
डायलसिस गर्ने उपकरण कहिँ प्रयोगविहिन, कहिँ उपकरण नहुदा उपचारमा समस्या
समाचार, स्वास्थ्य

डायलसिस गर्ने उपकरण कहिँ प्रयोगविहिन, कहिँ उपकरण नहुदा उपचारमा समस्या

नवलपरासी,४ साउनजिल्ला भित्र स्वास्थ्य क्षेत्रमा समान्जस्यता नहुदा कहिँ स्वास्थ्य उपचारमा प्रयोग गरिने करोडौ मुल्यका उपकरण प्रयोग विहिन हुने र कहिँ उपकरण नभएर विरामीलाई सेवा पुर्याउन नसक्ने अवस्था देखिएको छ । जनप्रतिनिधि लगायत सरोकारवाला निकायले विरामीको गम्भिरता भन्दा आफ्नो पब्लिलिसिटीलाई महत्व दिइने मनोविज्ञानका कारण यस्तो समस्या देखिन थालेको हो ।जिल्ला पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रहेको ५ वटा डायलासिस मेसिनले दैनिक १७ जना बिरामीलाई निरन्तर सेवा दिँदै आएको छ । बिरामीको चाप बढी भएकाले जिल्ला अस्पतालबाट सेवा लिन नसक्ने बिरामीहरू जिल्ला बाहिर जानुपर्ने अवस्था छ । अस्पतालसँग तालिम प्राप्त जनशतिm र पुर्वाधार पनि छ,तर थप मेसिन खरिद गर्न आर्थिक अभावले मेसिन थपिने अवस्था छैन् । अस्पतालका अनुसार अहिले पनि जिल्लाकै ४० जना विरामी मेसिन थपिए पछि उपचार पाउने प्रतिक्षामा रहेर जिल्ला बाहिर नै डायलसिस ग...