कृषि

अवैध पशुपन्छी पैठारी रोक्न सरोकारवालाले सक्रिता बढाउदै,तर स्थानिय अझै शसतिmत
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

अवैध पशुपन्छी पैठारी रोक्न सरोकारवालाले सक्रिता बढाउदै,तर स्थानिय अझै शसतिmत

नवलपरासी,१३ कातिकजिल्लाका विभिन्न सीमावर्ती नाकाबाट हुने अवैध पशुपन्छीको चोरी पैठारी तथा पशुजन्य वस्तुको ओसारपसार तिब्र रुपमा भई रहेको जनगुनासो बढदै गए पछि अहिले सुरक्षा निकाय र सरोकारवाला सक्रिता बढाउन थालेका छन् । स्थानियबासीले पटकपटक यस्ता पशु र पशुजन्य पदार्थको चोरी पैठारी रोक्नु पर्ने माग उठाउन थाले पछि त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकाय र सरोकारवाला सक्रिता बढाएका हुन् ।सोहीक्रममा शुक्रवार सुरक्षा निकाय तथा नियमनकारी निकाय बीच प्रभावकारी समन्वय बैठक समेत गरिएको छ । सो बैठकमा सबै निकायले भारतबाट अवैध रुपमा हुने पशु तथा पशु जन्य पदार्थको चोरी पैठारी रोक्न आवश्यक रहेकोमा जोड दिइएको थिए । पाल्हिनन्दन गाउँपालिका–१, महेशपुरस्थित पशु क्वारेन्टाइन चेकपोस्ट कार्यालयमा आयोजित बैठक तथा अन्तरक्रिया कार्यक्रममा सीमा क्षेत्रमा हुने अवैध पशुपन्छी ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचमा कडाइ...
कृषिमा बर्षेनी लज्जास्पद रुपमा बजेट कटौती गर्दै सरकार
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

कृषिमा बर्षेनी लज्जास्पद रुपमा बजेट कटौती गर्दै सरकार

नवलपरासी,१३ कातिकजिल्ला कृषि ज्ञान केन्द्र नवलपरासीको बजेट लज्जा स्पद रुपमा बर्षेनी घट्दै जादा सरकारको नीति र नियतिमा फकर देखिन थालेको छ । ज्ञान केन्द्रले शुक्रवार स्थानीय तहका प्राविधिकहरुसँग राखेको अन्तरक्रियामा प्रस्तुत गरेको कृषिको बजेट कार्यक्रममा बर्षेनी बजेट घट्दै गएको तथ्याँक प्रस्तुत हुदा नेताले किसानका लागि गर्ने भाषण र भित्रि भित्र गर्दै आएको कर्तुतलाई उजागर गरिदिएको हो ।जिल्लाको बर्षेनी कृषि बजेट कटौतीले सेवालाई प्रभावकारी बनाउन नसकिएको ज्ञान केन्द्रका प्राविधिकहरुले बताएका थिए । बर्षेनी कृषिको बजेट घट्दै जादा कृषकलाई सेवा प्रवाहमा समस्या आउने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताए । कृषि ज्ञान केन्द्र प्रति कृषकको चाँसो बढदै गएको तर सरकारले बजेट कटौती गर्दै गएको छ, उनले भने, बजेटमा वृद्धि गर्नका लागि जिल्ला स्थित जनप्रतिनिधिहरुले पहल गर्नका लागि आग्रह समेत गरेका थ...
भूमिहीन र सुकुम्बासीकाको काम तत्कालै सुचारु सांसदको ताकेता
कृषि, बर्दघाट नगरपालिका, समाचार

भूमिहीन र सुकुम्बासीकाको काम तत्कालै सुचारु सांसदको ताकेता

नवलपरासी,१२ कातिकजिल्लाको बर्दघाट नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई धनीपुर्जा (लालपुर्जा) वितरणका लागि साँसदले ताकेता गरेका छन् । आफ्ना क्षेत्रका जनतालाई चुनावमा गरेको प्रतिबद्धता अनुसार काम गर्नका लागि वर्दघाट नगरपालिकामा सो क्षेत्रका साँसद विक्रम खनालले ताकेता गरेका हुन् ।उनले ताकेता गरे पछि लालपुर्जाबारे भइरहेको कार्य प्रगतिको वस्तु स्थितिबारे सरोकारवालाहरूसँग छलफल गरिएको थियो । वर्षौँदेखि पुर्जाविहीन नागरिकको समस्या समाधान गरी छिटोभन्दा छिटो लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउनका लागि संघिय साँसद खनालकै सहितको सहभागितामा उक्त छलफल गरिएको नगरपालिकाले जनाएको थियो । नगरपालिकाका अनुसार छलफलका सहभागितहरुले जति सक्दो छिटो लालपुर्जा वितरण गर्नु पर्ने र सहभागी सरोकारवालाहरूले सकारात्मक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उतm छलफलमा प्रत...
सुनवल स्थित गैँडाखाल लवकेश्वर सिँचाइ आयोजनाबाट सयौँ किसान लाभान्वित
कृषि, रामग्राम नगरपालिका, समाचार

सुनवल स्थित गैँडाखाल लवकेश्वर सिँचाइ आयोजनाबाट सयौँ किसान लाभान्वित

नवलपरासी,१० कातिकनवलपरासीको सुनवल नगरपालिका–१० स्थित गैँडाखाल लवकेश्वर सिँचाइ आयोजनाले स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध गराए पछि कृषि उत्पादनमा सहजता भएको छ । जंगलबाट बगेर आउने खोलाको पानीलाई बाँध निर्माण गरी सङ्कलन तथा व्यवस्थापन गरेर सिँचाइमा प्रयोग गर्न थालिएपछि किसानलाई धान, गहुँ र तोरी खेती गर्न राहत पुगेको हो ।सुनवल नगरपालिका–१० मा रहेको उक्त सिँचाइ आयोजनाबाट रामग्राम नगरपालिका–१४ सम्मका खेतबारीमा समेत सिँचाइ सुविधा पुगेको वडाध्यक्ष ओमप्रकाश यादवले जानकारी दिए । उनका अनुसार आयोजनाले सयौँ किसानलाई प्रत्यक्ष लाभ पु¥याएको छ । सिँचाइ सुविधा उपलब्ध भएपछि किसानले समयमै धानको बीउ राख्न तथा खेतीपातीको काम गर्न पाएका छन् । यसअघि वर्षा र खोलामा उपलब्ध हुने पानीमा निर्भर रहनुपर्ने किसानलाई आयोजनाले कृषि कार्यमा सहजता प्रदान गरेको यादवले बताए । विशेषगरी हिउँदमा गहुँ र तोरी खेतीका लागि समेत ...
बुद्ध धान ‘कालानमक’ खेतीमा किसानको आकर्षण बढ्दो
कृषि, रामग्राम नगरपालिका, समाचार, संस्कृति

बुद्ध धान ‘कालानमक’ खेतीमा किसानको आकर्षण बढ्दो

नवलपरासी,८ कातिकबुद्धकालीन इतिहाससँग जोडिएको सुगन्धित धान ‘कालानमक’ खेतीप्रति नेपाली किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा कुनै समय लोप हुने अवस्थामा पुगेको कालानमक धानको खेती पछिल्ला वर्षमा उल्लेखनीय रूपमा विस्तार भएको हो ।रामग्राम नगरपालिका ६ पोखरापालीमा लक्ष्मीनारायण गुप्ताले अहिले आफ्नो करिब डेढ विघा क्षेत्रफलमा कालानमक धान खेती गरेको बताए । विगतमा विभिन्न प्रजातीका हाईव्रिड लगायतका धानहरु रोपिने गरिएको थियो । तर पछिल्लो समय कालानमक धान रोप्न थालेको देखाए । कालनमक धान यसै क्षेत्रको बुद्धकालिन इतिहाससँग जोडिदा यो धान खेती गर्दा फरक गौरव र अनुभुति प्राप्त हुने गरेको उनले सुनाएका थिए । सरकारी स्तरबाट प्रवद्र्धन नगरिए पनि यस प्रति आफ्नै तरिकाले किसान आकर्षित हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गुप्ता जस्तै जिल्लामा धेरै किसान अहिले कालानमक धान तर्फ आकर्षित देखिएका छन् ।धान प्रवद्र्...
निर्वाचन क्षेत्रमा विनियोजित १ अर्ब बजेट कार्यान्वयका लागि स्थानियसँग छलफल गर्दै साँसद गुप्ता
कृषि, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

निर्वाचन क्षेत्रमा विनियोजित १ अर्ब बजेट कार्यान्वयका लागि स्थानियसँग छलफल गर्दै साँसद गुप्ता

नवलपरासी,७ कातिकजिल्लाको संघिय संसदिय निर्वाचन क्षेत्र नं.२ अन्तरगतका ४ पािलकामा परेको १ अर्ब बढिको बजेट कार्यान्वयन बारे सो क्षेत्रका साँसद नरेन्द्र कुमार गुप्ता सम्बन्धित पालिकाका स्थानिय र सरोकारवालासँग छलफल कार्यक्रम अगाडी बढाएका छन् । सडक तथा शहरी पुर्वाधार क्षेत्रको विकासका लागि एकमुष्ट रुपमा पालिका पालिकामा विनियोजित १ अर्ब ७९ लाख बजेटलाई प्राथमिकता तोकेर कार्यान्वयन गर्ने उदेश्यले उनले सो छलफल कार्य अगाडी बढाएको जानकारी उनको सचिवालयले जनाएको हो ।सचिवालका अनुसार रामग्राम नगरपालिकामा सहरी सडक स्तरोन्नति, मर्मत सुधार, सडक सुरक्षा तथा सघन सहरी विकास कार्यक्रम अन्तर्गत ३९ करोड रुपैयाँभन्दा बढी बजेट परेको छ । प्रतिनिधिसभा सदस्य गुप्ताको पहलमा सहरी पूर्वाधार विकासका लागि उक्त बजेट परेको सांसदका स्वकीय सचिव ज्ञानेश्वर साहनीले जानकारी दिएका दिएका थिए । साहनीका अनुसार रामग्राम नगरपालिकामा सह...
रामग्रामको पाल्ही भगवती कृषि फर्मबाट मासिक २० टन च्याउ उत्पादन, १०० जनालाई रोजगारी
कृषि, रामग्राम नगरपालिका, समाचार

रामग्रामको पाल्ही भगवती कृषि फर्मबाट मासिक २० टन च्याउ उत्पादन, १०० जनालाई रोजगारी

नवलपरासी,२७ असोजजिल्लाको रामग्राम नगरपालिका–१२, कुनवारमा सञ्चालित पाल्ही भगवती कृषि फर्म व्यावसायिक च्याउ खेतीको सफल उदाहरण बनेको छ। फर्मले मासिक करिब २० टन डल्ले गोब्रे च्याउ उत्पादन गर्दै आएको छ। स्थानीयस्तरमा उत्पादन गरिएको च्याउ नेपालका विभिन्न सहर तथा बजारमा पुग्न थालेपछि फर्मले आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ। च्याउ उत्पादनसँगै फर्मले करिब १०० जनालाई रोजगारीसमेत प्रदान गरेको छ।फर्मका सञ्चालक नरेश जैसवालका अनुसार पाल्ही भगवती कृषि फर्ममा उत्पादन हुने च्याउ काठमाडौंलगायत देशका विभिन्न सहर तथा बजारमा बिक्रीका लागि पठाइने गरिएको छ। बजारमा च्याउको माग रहेकाले उत्पादित च्याउ बिक्री गर्न समस्या नभएको उनले बताए । स्थानीयस्तरमै व्यावसायिक कृषि उत्पादनलाई प्राथमिकता दिँदै च्याउ खेती सुरु गरिएको र अहिले उत्पादनलाई नियमित रूपमा अगाडि बढाइएको जैसवालको भनाइ छ । गुणस्तरीय च्याउ उत्पादनमा ध्यान ...
सरकारको निर्देशन पछि धेरै कृषक अनुदानबाट बन्चित हुन सक्नेः कृषि ज्ञान केन्द्र
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

सरकारको निर्देशन पछि धेरै कृषक अनुदानबाट बन्चित हुन सक्नेः कृषि ज्ञान केन्द्र

नवलपरासी, १२ असोजकिसान सुचिकरण नगराएका कृषकहरु कृषि अनुदानबाट बन्च्ति हुने भएका छन् । हालै कृषि, वन तथा वातावरण मन्त्रालयले सरकारी बजेटबाट सञ्चालन हुने कृषि कार्यक्रम तथा आयोजनामा सहभागी हुने किसानको किसान सूचिकरण प्रणालीमा दर्ता भएको नम्बर अनिवार्य गरे पछि सुचिकृत नहुने किसान सरकारी अनुदान लगायतका सेवाबाट बन्चित हुने देखिएको हो ।संघिय मन्त्रालयले निर्देशन जारी गरेको हुदा ति निर्देशन प्रदेश सरकार र स्थानिय सरकारले लागु गर्ने हुन कि होईन,भन्ने कुरा पत्रमा उल्लेख नहुदा केही अन्यौलता देखिएको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख शिव प्रसाद अर्यालले बताए । पत्रको ब्यहोरा हेर्ने हो, भने संघ सरकार मातहतका कार्यालयले सो निर्देशन पालना गर्नु पर्ने हो,उनले भने,तर पछि संघिय सरकारको निर्देशन पनि कानुनी मान्यता पाउदा महालेखा परिक्षणले बेरुजु लेख्न सक्ने अवस्था पनि हुन जान्छ । यसका लागि प्रदेश सरकार तथा...
नेपालमा माछापालनको वास्तविकता के हो? | भवानी शंकर यादवसँग विशेष संवाद | चिन्तन–मनन Ep. 8
अन्तर्वार्ता, कृषि, नवलपरासी (ब.सु.प.), भिडियो

नेपालमा माछापालनको वास्तविकता के हो? | भवानी शंकर यादवसँग विशेष संवाद | चिन्तन–मनन Ep. 8

https://youtu.be/kj-Va9IGoNo?si=CAkC4qB6RJG_7LUO