समाचार

मुस्लिम समाजलाई दाईजोमुक्त समाज बनाउन धर्मगुरुहरुको आग्रह
नवलपरासी (ब.सु.प.), समाचार, समाज

मुस्लिम समाजलाई दाईजोमुक्त समाज बनाउन धर्मगुरुहरुको आग्रह

नवलपरासी, २० फागुनपरासीमा फैजाने अहलेबैत कांफ्रेन्स (जलसा)मा धर्मगुरुहरुले मुस्लिम समाजलाई दाइजो मुक्त समाज बनाउनु पर्ने बताएका छन् । दाईजो प्रथाले महिला हिँसालाई प्रोत्साहित गर्ने र समाजलाई विकृत बनाउने हुदा दाईजो मुक्त मुस्लिम समाज हुनु पर्ने आफ्नो प्रबचन मार्फत आग्रह गरेका हुन् ।मदरसा जामिया फैजाने अहलेबैतको आयोजना तथा ओल्मा काउन्सिल नेपालको सहजीकरणमा उक्त कांफ्रेन्स (जलसा) नेपाली समाजमा मुस्लिम समाज पनि एक हो,मुस्लिम समाजले आफ्नो समाजलाई दाईजो र फजुलखर्च मुक्त बनाउदै उदाहरणिय समाजको रुपमा स्थापित हुनु पर्नेमा प्रबचन दिईने मुस्लिम धर्मगुरुहरुको भनाई थियो । कांफ्रेन्स ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको संयोजकत्वमा भएको उक्त जलसाले मुस्लिम समाजलाई जागरुक बनाउने उदेश्यले गरिएको थियो । झण्डै दुई हजारको संख्यामा मुस्लिम समुदायको उपस्थिती रहेको थियो । उक्त जलसामा ...
गण्डक नदीमा बगर खेतीलाई प्रोत्साहित गर्दै कृषि ज्ञान केन्द्र
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

गण्डक नदीमा बगर खेतीलाई प्रोत्साहित गर्दै कृषि ज्ञान केन्द्र

नवलपरासी,२० फागुनजिल्लाको गण्डकी(नारायणी) नदी किनारमा बगर खेती तर्फ स्थानिय युवाहरु उत्साही देखिएका छन् । गाँउघर नजिकै रहेको बखरमा पनि खेती गर्न सकिन्छ भनेर जानकारी नपाएका स्थानिय सो बगरमा गत बर्ष भारतबाट आएका केही किसानले खरबुजा खेती गरेर लाखौ आमदनी गरि फर्के पछि त्यस तर्फ अहिले आकर्षित भएका हुन् ।गत आर्थिक बर्षमा बगरखेतीका लागि लुम्बिनी प्रदेश सरकारले पाठएको १० लाख अनुदान फ्रिज भएर गयो,अहिले सो अनुदान ५० प्रतिसत कटेर आउदा बखरखेती गर्न किसान उत्साही देखिए । कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले भने,बालुवाले भरिएको बखर पनि आमदनीको स्रोत हुन सक्छ,भनेर अहिले पहिचान पाएको बताए । उनका अनुसार अहिले स्थानिय युवाहरु ५ विघा (१०० कट्टा)मा खरबुजा खेती शुरु गरेका छन् । उनीहरुलाई प्रति कट्ठा ५ हजारका दरले अनुदान कार्यालयले उपलब्ध गराउने छ । घरमै खरबुजाको नर्सरी तयार गरि अहिले बगरमा रोप्ने...
पाल्हीनन्दन गाउपालिकामा स्थानिय युवालाई नमुना संसादको अभ्यास गराईदै
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

पाल्हीनन्दन गाउपालिकामा स्थानिय युवालाई नमुना संसादको अभ्यास गराईदै

नवलपरासी,१९ फागुनसंसदिय अभ्यासका लागि पाल्हीनन्दन गाउपालिकाका स्थानियहरु युवाहरु सक्रिय भएका छन् । नेपाल सरकार राष्ट्रिय युवा परिषदको नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तरगत हुन लागेको कार्यक्रममा स्थानिय युवाहरुले सक्रियता देखाउन थालेका हुन् । परिषद र गाउपालिकाको सहकार्यमा जिल्लाको यो पाल्हीनन्दन गाउपालिकाको वार्ड नं.२ हरपुरमा यस्तो कार्यक्रम गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । यो कार्यक्रम जिल्लाको पाल्हीनन्दन गाउपालिकाका छनौट भएको छ, उनले भने, यो पाल्हीनन्दन गाउपालिकाको लागि सौभाग्य हो । जुन संसद र संसदिय कार्य समाचारमा हेर्ने र पढने गरेका थिए । त्यसैलाई प्रत्यक्ष अनुभुतिका लागि सानै देखी अभ्यास गर्न पाउने मौका पाएका छन् । यसका लागि युवा परिषदले अवसर जुराएकोमा उनले परिषदलाई आभार ब्यतm गरेका थिए । उनका अनुसार अहिले संसदिय अभ्यासका लागि गाउपालिका भरि ...
बाली उपचार चिकित्सामा ब्यस्त भुपु बरिष्ठ उपसचिव मिश्र
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

बाली उपचार चिकित्सामा ब्यस्त भुपु बरिष्ठ उपसचिव मिश्र

नवलपरासी,१९ फागुनलुम्बिनी प्रदेश सरकारको बाली विज्ञान प्रयोगशालाको जिम्मेवारी सम्मालिदै आएका बरिष्ठ उपसचिव अवकाश लिएर आफ्नै बाली उपचार चिकित्सा तथा उपचार केन्द्र सञ्चालनमा ल्याएका छन् । सरकारी सेवा गरेर अवकाश लिए पछि पनि आफ्नो ज्ञान र सिपलाई किसानका लागि उपयोगी हुने गरि जिल्लाको प्रतापपुर गाउपालिकामा भुतपुर्व बरिष्ठ उपसचिव देवेश कुमार मिश्रले उतm उपचार केन्द्र सञ्चालनमा ल्याएका हुन् ।पशु रोग सम्बन्धि विभिन्न सेवा केन्द्रमा चिकित्सक भए पनि बनस्पति जन्य बालीनालीमा आउने गरेको समस्यालाई कम आकलन गरिने र समान्य लापर्वाहीले पनि किसानले नोक्सानी ब्यहोर्ने अवस्था अहिले पनि विद्यमान रहेको छ । लक्षणको आधारमा अहिले पनि उपचार गर्ने गरिएको छ, उनले भने, तर कारणको आधारमा उपचार गरियो भन्ने किसानको नोक्सानी हुदैन वा कम हुन्छ । यसले गर्दा आफुले जानेको र अनुभवले सिकेको कुरालाई उपचार केन्द्र मार्फत किसानलाई स...
स्वास्थ्य र संघसस्था दर्ता ऐन पास गर्दै पाल्हीनन्दनको १६ औ गाउसभा सम्पन्न
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

स्वास्थ्य र संघसस्था दर्ता ऐन पास गर्दै पाल्हीनन्दनको १६ औ गाउसभा सम्पन्न

नवलपरासी,१८ फागुनजिल्लाको पाल्हीनन्दन गाउपालिकाको १६ औ गाउसभा दुई वटा ऐन पास गर्दै सम्पन्न भएको छ । गाउपालिकाले स्वास्थ्य ऐन २०८० र संघसस्था दर्ता सम्बन्धि ऐन २०८० सँगै लैगिँक समानता,अपाँगता तथा समाजिक समावेशिकरण नीति २०८० र बिनियोजन विधेयकको संसोधन गर्दै सो नगरसभा सम्पन्न भएको हो ।गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताको अध्यक्षतामा भएको उतm सभामा बिधायन समितिका संयोजक तथा गाउपालिकाका प्रवतmा समेत रहेका कृष्णचन्द्र यादवले ति विधेयकहरु प्रस्तुत गरेका थिए । त्यसको ब्याख्या र औचित्य माथि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले प्रकाश पारेका थिए । ति विधेयकहरुलाई गाउसभा सदस्यहरुले सर्वसम्मतले पास गरेका थिए । त्यसै गरि अगामी दिनहरुमा गाउपालिकाको राजश्व वृद्धिका लागि दर भन्दा दायराको वृद्धि गर्नु पर्ने र थप राजश्वको स्रोत खोजीमा लाग्नु पर्ने गाउपालिकाकी उपाध्यक्ष फातिम अंसारी सकि...
प्रतापपुर गाउपालिकाको बाउन्नगढी नै प्राचीन बौद्ध कालिन गजगढी
प्रतापपुर गाँउपालिका, समाचार, संस्कृति

प्रतापपुर गाउपालिकाको बाउन्नगढी नै प्राचीन बौद्ध कालिन गजगढी

नवलपरासी,१८ फागुनजिल्लाको प्रतापपुर गाउपालिका २ स्थित बाउन्नगढी क्षेत्र बौद्धकालिन भएको गाउपालिकाले जनाएको छ । प्राचीन कोलिय गणराज्य अन्तरगत नै बौद्ध कालिन प्राचीन (गजगढी) अर्थात अहिलेको बाउन्नगढी भएको बताउदै गाउपालिकाले बौद्ध स्थलको रुपमा विकास गर्ने योजना रहेको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका हुन् ।प्राचीन कोलिय गणराज्य अन्तरगत ठूलो संख्यामा गज(हात्ती) सैनिक रहेको र उतm सैनिक गढ पनि यसै क्षेत्रमा रहेको बौद्ध गन्थहरुमा उल्लेख भएको पाइन्छ । सोही गजगढी कालान्तरमा बाउन्नगढी भएको र यस क्षेत्रमा देवीदेवताको पुजा आजा समेत हुने गर्दा यहाँ बाउन्नगढी देवीको रुपमा अहिले पनि पुजापाठ हुदै आएको छ,गाउपालिका अध्यक्ष यादवले भने,तर यसको प्राचिनताको पहिचान र ऐतिहासिक खोज अनुसंधान गर्दै यसलाई वृहद लुम्बिनीक्षेत्र(ग्रेटर लुम्बिनी)सँग जोडेर विकासका लागि गाउपालिकाले योजना बनाउने छ । यो प्राचिन सम्...
छात्रा आवासिय मदरसा इस्लामियाका छात्रालाई भेटिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

छात्रा आवासिय मदरसा इस्लामियाका छात्रालाई भेटिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना

नवलपरासी,१७ फागुनजिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले छात्रा आवसिय मदरसा इस्लामियाका बालबालिकाहरुलाई भेटेकी छिन् । छात्रबासको समस्याहरुको पहिचान गर्नका लागि उनले आवासिय रुपमा सञ्चालन हुदै आएको पाल्हीनन्दन ३ बेलासपुर स्थित सो मदरसाका छात्राहरुलाई एक कार्यक्रमको आयोजना गरि भेटघाट गरेकी हुन् ।उनी अभियानकै रुपमा सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकाको समस्याको सुनुवाई गर्न मदरसा र विद्यालयमा कार्यशाला,अन्तरक्रिया,प्रश्नोत्तर गर्दै आएकी उपाध्यक्ष सकिनाले छात्रबासका समस्या बुझ्नका लागि प्रत्यक्ष भेटघाट गरेकी थिईन् । प्रमख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल सहित उनी छात्रबासको समस्या गाउपालिकाबाट सकेसम्म सम्बोधन गर्नका लागि भेटघाट गर्न पुगेको उनका स्वकिय सचिव इमरान अलीले बताए । उनका अनुसार बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्र...
शिवरात्रीमा लाग्ने अतरहटी मेलाको भब्य तयारी
समाचार, सरावल गाउँपालिका, संस्कृति

शिवरात्रीमा लाग्ने अतरहटी मेलाको भब्य तयारी

नवलपरासी,१७ फागुनजिल्लाको सरावल गाँउपालिका वडा नम्बर २ अत्रहट्टीमा रहेको शिवमन्दीरमा यस वर्ष ५० औँ महाशिवरात्री मेलाको तयारीमा स्थानियबासी जुटेका छन् । विगत बर्ष देखी नै समान्य रुपमा शिवरात्रीको दिन लाग्दै आएको उतm मेलालाई अहिले केही विस्तारित बनाउने योजना सहित स्थानियबासी जुटेका हुन् ।डेढ शताब्दी देखी उतm मेला लाग्दै आएको दाबी सहित मेलाको तयारीबारे आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले पुरानो उक्त मन्दिरमा विगत ५० वर्ष देखि महाशिवरात्रीको अवसरमा मेला लाग्दै बताएका थिए । जानकारीमा आए देखी यस वर्ष मेला आयोजनाको ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सवका कार्यक्रमका साथ मेला संञ्चालन गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष देवानन्द चौधरीले गराएका थिए । उनका अनुसार मेलाको स्वर्ण महोत्सवको अवसरमा विभिन्न सांस्कृतीक तथा खेलकुदका कार्यक्रम आयोजना गरिने छ । यही फागुन २४ देखी २७ गतेसम्म मेलामा विभिन्...
सोचे अनुसारको काम भएको छैनः लुम्बिनी प्रदेश मुख्यमन्त्री चौधरी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

सोचे अनुसारको काम भएको छैनः लुम्बिनी प्रदेश मुख्यमन्त्री चौधरी

नवलपरासी,१७ फागुनलुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले जनताको चाहना अनुसार अहिले पनि लुम्बिनी प्रदेश सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । नवलपरासीको परासीमामा आयोजित एक अनौपचारिक छलफलमा प्रदेश साँसद र नेपाली काँग्रेसका कार्यकर्ता तथा केही स्थानिय जनप्रतिनिधिहरुको बिचमा उनले सोचे अनुसारको काम गर्न नसकिएको कुरा स्वीकार गरेका हुन् ।लुम्बिनी प्रदेश सभास सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालको घरमा आईपुगेका मुख्यमन्त्री चौधरीले जनता र कार्यकर्ताको धेरै चाहना रहेको छ,तर त्यसलाई प्रदेश सरकारले पुरा गर्न सकिरहेको छैन्,उनले भने,तर अगामी दिनमा सबै समस्याहरुलाई हल गर्दै लैजान्छौ । प्रदेश सरकारको प्राथमिकतामा नवलपरासी रहेको बताउदै विगत दुई बर्ष देखी अलपत्र रहेको प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)लाई परासी बजार तथा रामग्राम स्तुपसँग जोड्ने तुरिया खोला पुलको समस्य...
सामुदायिक विद्यालयका बालबालिकासँग कार्याशाला गर्दै पाल्हीनन्दनकी उपाध्यक्ष सकिना
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

सामुदायिक विद्यालयका बालबालिकासँग कार्याशाला गर्दै पाल्हीनन्दनकी उपाध्यक्ष सकिना

नवलपरासी,१४ फागुन,जिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकाको समस्याको सुनुवाई गर्न विद्यालयमा कार्यशाला गरेकी छिन् । आफु विद्यार्थी कालमै चुनाव लडेर उपाध्यक्ष बनेकी सम्वतः नेपालकै कान्छि उपाध्यक्ष सकिनाले विद्यालयका बालबालिकासँग छलफल,अन्तरक्रिया तथा प्रश्नोत्तर गर्दै बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम गर्न थालेकी हुन् ।कार्यक्रमको शुभारम्भ गाउपालिकाको वार्ड नं.२ स्थित हरपुर माविमा गर्दै त्यसको निरन्तताका लागि सोमवार वार्ड नं.२ स्थित सिद्धार्थ मावि कुश्मामा कार्यशाला गरेकी थिईन् । विद्यालयमा समाजिक शिक्षक नभएको र सरसफाईमा ध्यान कम पुर्याइएको गुनासो समेत बालबालिकाले उठाएका थिए । सो कार्यक्रममा वार्ड अध्यक्ष गोधन प्रसाद हरिजन,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुरेस गुप्ता सहितको सहभाग...