
नवलपरासी,१९ असोज
जिल्लाको सुनवल नगरपालिकामा अन्तर नगर साझेदारी तथा संयुक्त सेवा सञ्चालन कार्यविधि २०८३ बनाउने बारे पालिकाका प्रतिनिधिहरु विच छलफल भएको छ । नगरपालिका संघको समन्वयमा नवलपरासीका पालिकाहरुले सो कार्यविधि बनाउने बारे छलफल गरिएको हो ।
पालिका पालिका विच केही अनौपचारिक रुपमा आपसी समझदारीका कार्य हुदै आएको भए पनि त्यसलाई कानुनी मुर्त रुप दिनका लागि पनि यस्ता कार्यविधिहरुको आवश्यकता देखिएकोले कार्यविधिबारे छलफल चलाइएको सुनवल नगरपालिकाकी मेयर विमला अर्यालले बताईन् । सबै नगरपालिकाले यो कार्यविधिको आवश्यकता महशुस गरेका थिए,उनले भनिन,अहिले नगरपालिका महासंघले यसलाई सबै पालिकाहरुले यस्ता कार्यविधि पास गर्नका लागि पहलकदमी लिएको छ । यो सराहनिय कार्य हो,उनले थपिन,छलफलको निष्कर्ष पछि पालिकाहरुले अ आफ्ना कार्यपालिका बैठकमा छलफल गर्ने पछि सभामा पनि प्रस्तुत गर्न सक्ने छन् ।
उनका अनुसार वृहद पुर्वाधार निर्माण,फोहरमैला ब्यवस्थापन तथा प्रसोधन,खानेपानी तथा सरसफाई,विपद जोमि न्युनिकरण,दमकल तथा एम्बुलेन्स सेवा,शितभण्डार तथा चिस्यान केन्द्र,खाद्य प्रसोधन तथा भण्डारण,मानव बन्यजन्तु द्धन्द्ध ब्यवस्थापन,छाडा चौपाया ब्यवस्थापन,यातायात ब्यवस्थापन,भु उपयोग योजना तथा बस्ति ब्यवस्थापन र विकास,पर्यटन,संस्कृति तथा सम्पदा संरक्षण,कृषि तथा पशुपालन,वातावरण तथा जैविक विविधता संरक्षण,जलाधार क्षेत्र संरषण लगायतका विषयमा कुनै एउटा पालिकाले मात्रै गरिनु भन्दा पनि साझेदारी सहितका योजना बनाउन सक्ने हुदा सो कार्यविधिको आवश्यकता सबैले महशुस गरेका छन् । शितभण्डारको उदाहरण नवलपरासीमै रहेको बताउदै उनले पालिका,सहकारी सघको समन्वयमा भई रहेका छन् । यस्तै अन्य योजनामा पनि कार्यविधि अनुसार सहकार्य गरेर जान सक्ने हुदा कार्यविधि माथि छलफल गरिएको उनको भनाई थियो ।
