नेपाल कै पहिलो पंगास(बैखी)माछाका भुरा निकाल्ने ह्याचरीको अनुगमन
नवलपरासी,२९ असारनेपालकै पहिलो पँगास(बैखी)माछाका भुरा निकाल्न ह््याचरी निर्माण नवलपरासीको प्रतापपुर २ सेमरी स्थित एक कृषि अनुसंधान कम्पनीले शुरु गरे पछि जिल्ला स्थित सरोकारावाला कार्यालयले अनुगमन गरेको छ । भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी,कृषि ज्ञान केन्द्र,जिल्ला प्रशासान कार्यालय तथा जिल्ला समन्वय समितिका अधिकारी तथा पदाधिकारी िसहितको अनुगमन टोलीले अनुगमन गरेको हो ।नेपालमा बैखी माछाको बजारको सम्भावना राम्रो रहेको जनाउदै ए.के.एक्वा रिसर्च ह्याचरी प्रालि प्रतापपुर २ ले बैखी माछाको ह्याचरी निर्माण गरि भुरा निकाल्ने कार्य शुभारम्भ गरेको कुरालाई प्रशंसा गर्दै अनुगमन टोलीले यसको उचित ब्यवस्थजापनमा सरकारी सहयोग पनि आवश्यक रहेको प्रतिवद्धता जनाएको थियो । प्रजिअ दिपक राज नेपालले पनि यति ठूलो लगानी गरि कार्य गरिरहेको कृषि फर्मलाई सरोकारवाला कार्यालयले प्रोत्साहन गर्नु पर्ने औल्य...










