सांसद गुप्ताको पहलमा रामग्राममा सहरी पूर्वाधार विकासका लागि ३९ करोड भन्दा बढी बजेट
नवलपरासी,२६ असोजजिल्लाको रामग्राम नगरपालिकामा सहरी सडक स्तरोन्नति, मर्मत सुधार, सडक सुरक्षा तथा सघन सहरी विकास कार्यक्रमअन्तर्गत ३९ करोड रुपैयाँभन्दा बढी बजेट परेको छ । प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार गुप्ताको पहलमा सहरी पूर्वाधार विकासका लागि उक्त बजेट परेको सांसदका स्वकीय सचिव ज्ञानेश्वर साहनीले जानकारी दिएका हुन् ।साहनीका अनुसार रामग्राम नगरपालिकामा सहरी सडक स्तरोन्नति, मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रमका लागि १७ करोड ४३ लाख रुपैयाँ र सघन सहरी विकास कार्यक्रमअन्तर्गत सहरी पूर्वाधार विकासका लागि २१ करोड ७९ लाख रुपैयाँ बजेट परेको हो । यो बजेट सम्बन्धित मन्त्रालय अन्तरगतका कार्यालयका प्राविधिकहरुको समन्वयमा पालिका भित्रका योजनाहरुको छनौट,प्राथमिकिकरण गरि कार्यक्रम अगाडी बढाईने उनको भनाई थियो । दुवै कार्यक्रमका लागि छुट्याइएको बजेट जोड्दा ३९ करोड २२ लाख रुपैयाँ पुग्छ । उक्त बजेट कार्या...










